निकोला टेस्ला (/ˈtɛslə/ TESS-lə; सर्बियाली सिरिलिक: Никола Теслаcode: sr is deprecated , उच्चारण ; 10 July १० जुलाई १८५६ - ७ जनवरी १९४३) एक सर्बियाली अमेरिकाली आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत अभियन्ता थिए जो आधुनिक अल्टरनेटिङ करन्ट (AC) बिजुली आपूर्ति प्रणालीको डिजाइनमा आफ्नो योगदानका लागि सबैभन्दा प्रसिद्ध थिए।
28 June] १० जुलाई १८५६ - ७ जनवरी १९४३) एक सर्बियाली अमेरिकाली आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत अभियन्ता थिए जो आधुनिक अल्टरनेटिङ करन्ट (AC) बिजुली आपूर्ति प्रणालीको डिजाइनमा आफ्नो योगदानका लागि सबैभन्दा प्रसिद्ध थिए।
निकोला टेस्ला | |
---|---|
जन्म | सिमिलजन, अस्ट्रिया (हाल क्रोएसिया) | १० जुलाई १८५६
मृत्यु | ७ जनवरी १९४३ न्युयोर्क, संयुक्त राज्य अमेरिका | (उमेर ८६)
निवास | निकोला टेस्ला सङ्ग्राहल, बेलग्रादे, सर्बिया |
नागरिकता | सर्बियाली, अमेरिकी |
शिक्षा | ग्रास प्राविधिक विश्वविद्यालय |
ढाँचा:Infobox engineering career | |
हस्ताक्षर | |
निकोला टेस्ला एक महान वैज्ञानिक तथा आविस्कारक हुन् । उनी आजीबन अविवाहित रहेर निरन्तर वैज्ञानिक अनुसन्धान र आविस्कारमा तल्लीन भए । विभिन्न उतारचढाव र विवादका बाबजुद उनको वैज्ञानिक अनुसन्धन्धानको यात्रा रोकिएन । उनको नाममा ६ सय भन्दा बढी अनुसन्धान र आविस्कारका पेटेन्टहरू छन् । टेस्लाको सम्मानमा म्याग्नेटिक फ्लक्स डेन्सिटीको एकाइको नाम टेस्ला (Tesla ) राखिएको छ । उनकै सम्मानमा अमेरिकी हुलाक सेवा विभागले १९८३ मा उनको चित्र अंकित हुलाक टिकट प्रकाशन गरेको छ । १९७६ मा इन्स्टिच्युट अफ इलेक्ट्रिकल इन्जिनियर्सले अत्यन्तै सम्मानित पुरस्कार “द टेस्ला अवार्ड” स्थापना गरी बार्षिक रूपले प्रदान गर्न थालेको छ । नायगरा पावर स्टेशनमा उनको प्रतिमा स्थापना गरिएको छ । त्यस्तै उनी जन्मिएको स्मिलजानमा पनि उनको प्रतिमा स्थापना गरिएको छ ।
निकोला टेस्लाको जन्म अस्ट्रियन साम्राज्य (वर्तमान दिन क्रोएशिया) मा, सर्ब जातीय स्मिलजान गाउँमा १८५६ जुलाई १० [O.S. २८ जुन] मा भएको थियो । उनका पिता मिलुटिन टेस्ला (१८१९–१८७९), पूर्वी अर्थोडक्स चर्चका पादरी थिए। उनको आमाको नाम जुका म्यान्डिक (१८२२–१८९२) हो ।
टेस्ला पाँच सन्तानमध्ये चौथो थिइन्। उनका तीन दिदी बहिनी, मिल्का, एन्जेलिना र मारिका थिए, र टेस्ला पाँच वर्षको हुँदा घोडा सवारी दुर्घटनामा मारिएका डेन नामका दाइ थिए। उनले प्रारम्भिक शिक्षा स्मिलजानकै एक प्राथमिक विद्यालयमा शुरु गरेका थिए । त्यहाँ उनले गणित र धर्मशाश्त्र पढे । १८६२ मा टेस्ला परिवार गोस्पिक भन्ने ठाउँमा बसाई स¥यो । त्यहाँ टेस्लाका पिता पादरी काम गर्दथे । त्यहीँ उनी एक जिम्नेजियम विद्यालय भर्ना भए र आÏनो प्राथमिक शिक्षा पुरा गरे । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं टेस्ला सानै उमेर देखि तीक्ष्ण बुद्धिका थिए । एक पटक स्कूलमा इन्टिग्रल क्याल्कुलशको एउटा समस्या हल गर्दा शिक्षकले ‘चोरेर गरेको’ आरोपसमेत लगाएका थिए ।
१८७३ मा टेस्ला केही समयका लागि गृहनगर स्मिलजान फर्किए। त्यहाँ उनलाई हैजाले आक्रान्त पाऱ्यो। नौ महिनासम्म उनी ओछ्यान परे । उनी बल्लतल्ल मृत्युको मुखबाट उम्कन सफल भए । बिरामीबाट तंग्रिएपछि १८७५ मा उनी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रिया गए । त्यहाँको ग्रेजस्थित पोलिटेक्निक इन्स्टिच्युटमा मेकानिकल र विद्युतीय इन्जिनियरिङको अध्ययन गरे । पारिवारिक समस्याका कारण उनले १८७८ मा पढाइ बीचमै छोड्नुपर्यो । १८७९ मा पिताको निधनपछि टेस्ला गोस्पिक फर्किए । त्यहाँ पहिले आफू पढेको विद्यालयमा केही समय पढाए । पछि १८८१ मा उनी हँगेरीको बुढापेस्ट गएर त्यहाँको केन्द्रीय टेलिफोन एक्सचेन्ज अफिसमा काम गर्न थाले । त्यहाँ काम गर्दै गर्दा उनको दिमागमा चुम्बकीय क्षेत्रको परिभ्रमण सम्वन्धी बिल्कुलै नयाँ आइडिया फुर्यो । त्यो आइडियालाई मूर्तरूप दिन उनले अमेरिका जाने निर्णय गरे ।
२८ वर्षको उमेरमा टेस्ला १८८४ मा न्युयोर्क आइपुगे । जहाँ उनको विश्वकै सबैभन्दा महान् वैज्ञानिक तथा आविस्कारक थोमस एल्वा एडिसनसँग काम गर्ने अभिलाषा थियो । अमेरिका आइपुग्दा उनको खल्तीमा जम्मा ४ सेन्ट पैसा थियो अनि थियो केही गणितीय हिसाव (Mathematical computation), उड्ने मेसिनको स्केच आइडिया र एडिसनको युरोपियन व्यापारिक साझेदार चाल्र्स ब्याचलरको सिफारिशपत्र । जब टेस्ला आफूले भेट्न र सँगै काम गर्न चाहेको ‘हिरो’ एडिसनको अफिसमा पुगे, उनी एकदमै उद्धेलित र रोमाञ्चित भैरहेका थिए । उनले एडिसनको हातमा चाल्र्स ब्याचलरको सिफरिस पत्र थमाए, जहाँ लेखिएको थियो–
“My dear Edison, I know two great men & you are one of them. The other is this young man.”
''(“प्रिय एडिसन महोदय, म दुई महान् मानिसहरूबारे जान्दछु र तपाइँ तिनीहरूमध्ये एक हुनुहुन्छ । अर्को चाहिँ यो ठिटो हो ।”)
टेस्लाले आफुले गरेका इन्जिनियरिङ सम्वन्धी कामहरूबारे बताए र एसी विद्युत अल्टरनेटिङ करेन्ट मोटरबारेको आफ्नो अवधारणा पनि सुनाए ।
सर्वप्रथम विद्युतको प्रयोग सन् १८७० को दशकको अन्त्यतिर भएको थियो । त्यतिखेर एडिसनले फिलामेन्ट चिमको भर्खरै आविस्कार गरेका थिए । एडिसनको DC पावर स्टेशन म्यानहटनको पल स्ट्रिटमा थियो । न्युयोर्कका धनाढ्यहरू आ–आÏनो घरका बिजुली बाल्न प्रशस्त खर्च गर्न तयार थिए । तीनै धनाढ्यहरूमध्येका एक बैङ्कर जे.पी. मोर्गानले एडिसनको परियोजनामा भारी मात्रामा लगानी गरेका थिए । तर त्यतिबेला विद्युत प्रणाली अत्यन्त जोखिमयुक्त थियो । डी.सी. करेन्टमा भएका खराबीहरू हटाउन एडिसनले टेस्लालाई नियुक्त गरे । टेस्लाको दाबी अनुसार यदि उनले उक्त काम सफलतापूर्वक सम्पन्न गर्न सके एडिसनले उनलाई ५० हजार अमेरिकी डलर दिने सम्झौता थियो । टेस्ला उक्त काम फत्ते गर्न रातदिन लागि परे । महिनौँसम्मको अथक परिश्रम र अनुसन्धानपश्चात् उनले आÏनो जिम्माको काम सफलतापूर्वक सम्पन्न गरे ।
काम सम्पन्न भइसकेपछि उनले एडिसनसमक्ष सम्झौताअनुसारको रकम दिन अनुरोध गरे, तर एडिसन यस कुरामा अनिच्छुक देखिए । उल्टो एडिसनले टेस्लालाई हाँसो–मजाकमा उडाउँदै जोकको एक पात्रको रूपमा चित्रित गरे । एडिसनले उक्त सम्झौता बमोजिमको रकम दिन अस्वीकार गरे । बरु टेस्लालाई उनको साप्ताहिक पारिश्रमिक १० डलरबाट बढाएर १८ डलर पु¥याइदिने प्रस्ताव राखे । एडिसनको यस किसिमको व्यवहारबाट टेस्लाले आफूलाई धोका र अपमान भएको महशुस गरे । उनले तत्कालै एडिसनलाई राजीनामा बुझाएर त्यहाँबाट काम छोडेर हिँडे ।
३० जुलाई १८९१ मा, ३५ वर्षको उमेरमा, टेस्ला संयुक्त राज्य अमेरिका को एक अंगीकृत नागरिक बने। त्यही वर्ष उनले आफ्नो टेस्ला कोइल पेटेन्ट गरे।
१३ मार्च १८९५ को बिहान सबेरै, टेस्लाको प्रयोगशाला रहेको साउथ फिफ्थ एभिन्यू भवनमा आगो लाग्यो। यो भवनको बेसमेंटबाट सुरु भएको थियो र यति तीव्र थियो कि टेस्लाको चौथो तलाको प्रयोगशाला जलेर दोस्रो तलामा खसेको थियो। आगलागीले टेस्लाका चलिरहेका परियोजनाहरूलाई क्षति पुर्यायो, यसले प्रारम्भिक नोटहरू र अनुसन्धान सामग्री, मोडेलहरू, र प्रदर्शन टुक्राहरूको संग्रहलाई पनि नष्ट गर्यो, जसमा १८९३ वर्ल्ड्स कोलम्बियाई प्रदर्शनीमा प्रदर्शन गरिएको थियो। टेस्लाले द न्यूयोर्क टाइम्सलाई बताए "म कुरा गर्नको लागि धेरै दु:खी छु। म के भन्न सक्छु?" आगो लागेपछि टेस्ला ४६ र ४८ पूर्वी ह्युस्टन स्ट्रिटमा गएर ६ औं र सातौं तल्लामा आफ्नो प्रयोगशाला पुनर्निर्माण गरे।
एडिसनसँग सम्बनधविच्छेदपछि १८८८ मा टेस्लाले एसी करेन्ट (एसी विद्युत) सिस्टम (AC Current System ) सम्वन्धी काम शुरु गरे । उनलाई त्यतिबेलाका प्रख्यात उद्योगपति जर्ज वेस्टिङहाउसले साथ दिएका थिए । उनले (AC Current System ) सम्वन्धी आफूले पत्ता लगाएका ४० आविस्कारको राइट (स्वामित्व अधिकार) वेस्टिङहाउसलाई बेचेका थिए । जसको पेटेन्ट मूल्यबापत उनले ६० हजार अमेरिकी डलर प्राप्त गरे जसमध्ये ५ हजार डलर नगदै र बाँकी रकमबाट वेस्टिङहाउस कर्पोरेसनको १५० कित्ता सेयर थियो । यस बाहेक उनले प्रति हर्सपावर विद्युत उत्पादनबापत साँढे दुई अमेरिकी डलर रोयल्टी पाउने भए ।
वेस्टिङहाउससँगको सम्झौताबाट प्राप्त रकमबाट उनले आÏनै प्रयोगशाला स्थापना गरे । AC करेन्टमा वेस्टिङहाउस कर्पोरेसनको यस्तो किर्तिमानी लगानीपछि अमेरिकाको औद्योगिक क्षेत्रमा टेस्लाको AC करेन्ट प्रयोग गर्ने कि एडिसनको DC करेन्ट प्रयोग गर्ने भन्नेबारेमा ठूलो हलचल मच्चियो । किनभने एडिसन अमेरिकाको विद्युतीय संयन्त्रमा आफ्नो DC करेन्ट बेच्न चाहन्थे तर अन्ततः टेस्ला– स्टिङहाउसले यो मामिलामा बाजी मारे । कारण प्राविधिकरूपमा DC करेन्ट भन्दा AC करेन्ट सिस्टम कम त्रुटिरहित, उत्कृष्ट र प्रयोगयोग्य थियो । टेस्लाले १८९१ मा घरायसी प्रयोजनमा प्रयोग गरिने ६० हर्जको AC करेन्ट सिस्टम सम्वन्धी पेटेन्ट दर्ता गराए । त्यही वर्ष उनले टेस्ला क्वाइल (Tesla Coil) आविस्कार गरे । त्यही टेस्ला क्वाइल रेडियो तथा टेलिभिजन सेटमा आजसम्म प्रयोग गरिँदै आएको छ ।
सन् १८९३ को मे महिनामा अमेरिकाको शिकागो शहरमा शिकागो विश्व मेला (Chicago World Fair) आयोजना हुँदै थियो । कोलम्बसले अमेरिका पत्ता लगाएको ४ सय औँ वर्षगाँठको अवसरमा आयोजित उक्त मेलालाई कोलम्बियन महोत्सव (Columbian Exposition) को नाम दिइएको थियो । विद्युतीय प्रकाश प्रयोग गरी आयोजना गर्न लागिएको यो विश्वकै पहिलो प्रदर्शनी थियो । उक्त मेलामा विद्युतीय प्रकाशले झलमल्ल बनाउने जिम्मा टेस्ला–वेस्टिङहउस कर्पोरेसनले प्राप्त ग¥यो । यस प्रतिस्पर्धामा पनि एडिसनको जनरल इलेक्ट्रिक कम्पनी पछारिन पुग्यो । जसको पछाडी कारण थियो –DC करेन्ट सिस्टम सञ्चालन गर्न लाग्ने लागत AC करेन्टको भन्दा झण्डै दोब्बर थियो ।
१८९३ मे १ को साँझ तत्कालीन अमेरिकी राष्ट्रपति ग्रोभर क्लेभल्याण्डले उद्घाटनमा जब स्वीच अन गरे, उक्त समारोह स्थल हजारौं विद्युतीय चिमको प्रकाशले झलमल्ल भयो । उक्त समारोहस्थल ‘प्रकाशको शहर’ जस्तै भयो । यसको पछाडी टेस्ला–वेस्टिङहाउसको अथक मेहनत र लगानी जिम्मेवार थियो ।
टेस्लाले यही प्रदर्शनीमा AC करेन्ट सिस्टमको बारेमा उक्त मेलामा सहभागी साँढे २ करोड मानिसलाई जानकारी गराउन सफल भए । यही प्रदर्शनीपश्चात् AC करेन्ट सिस्टम विद्युतीय क्षेत्रमा मानक ऊर्जा प्रणालीको रूपमा स्थापित भयो, जुन आजपर्यन्त स्थापित छ ।
टेस्ला बाल्यकालदेखि नै प्रकृतिबाट ऊर्जा उत्पादन कसरी गर्न सकिन्छ भनेर चिन्तन गर्दथे । उनको कल्पना १८९५ मा साकार हुन पुग्यो । जब वेस्टिङहाउसले विश्वप्रसिद्ध नायाग्रा झरनामा विद्युतगृह बनाउने सभ्झौता गरे । नायगरा झरनामा ‘पावरहाउस’ निर्माण गर्न अन्तर्राष्ट्रिय स्तरको नायगरा झरना आयोग (Niagara Falls Commission) बनायो । उक्त आयोगका प्रमुख विश्वविख्यात भौतिकशास्त्री लर्ड केल्भिन थिए । शिकागो महोत्सवमा आउनु अघिसम्म केल्भिन पनि DC करेन्टकै पक्षपाती थिए । तर पछि केल्भिन आफैले वेस्टिङहाउसलाई AC करेन्ट सिस्टम प्रयोग गर्न अनुरोध गरे । टेस्लाले १८९५ मा विश्वकै पहिलो जलविद्युत गृहको सफलतापूर्वक डिजाइन सम्पन्न गरे यो DC करेन्ट माथि AC करेन्ट सिस्टमको जितको अर्को सशक्त पाइला थियो ।
नायगरा प्रोजेक्ट सफतापूर्वक सम्पन्न गरेपछि टेस्ला न्युयोर्कस्थित आफ्नै प्रयोगशाला South Fifth Avenue फर्किए । १८९६ मा उनले एक्स–रे ट्युबको डिजाइन र निर्माण गरे । त्यस बारेमा ‘इलेक्ट्रिकल रिभ्यु’ पत्रिकाले लेख छापेको थियो । यो कुरा त्यतिबेला सार्वजनिक भयो, जतिबेला रोएन्टजनले पनि भर्खरै आफ्नो एक्स–रे आविस्कारको घोषणा गरेका थिए । तर टेस्लाले एक्स–रेको आविस्कार आफूले पहिले गरेको भनी दाबी गरेनन् । रोएन्टजनले पनि टेस्लाको स्तरीय एक्स–रे इमेजको प्रशंसा गर्दै बधाई दिए ।
टेस्लाले सन् १८९६ मै रेडियोको आधारभूत प्रणालीसम्बन्धी प्रतिलिपि अधिकार दर्ता गराइसकेका थिए। जसमा उनले रेडियो ट्रान्समिटरको सबै मूलभूत तत्वहरू व्याख्या गर्दै रेखात्मक चित्र प्रकाशित गरेका थिए। सोही वर्ष उनले रेडियो तरङ्ग पकड्न सक्ने उपकरण बनाएका थिए। उक्त उपकरण परीक्षण गर्ने क्रममा उनले आफ्नो प्रयोगशालबाट म्यानहटनसम्म रेडियो सङ्केत प्रसारण गर्ने सफलता समेत प्राप्त गरेका थिए। उनको यही रेडियो उपकरणबाट नै आधुनिक रेडियोको आविस्कार भएको हो। उनले सन् १८९६ मा ताररहित टेलिग्राफीको पहिलो एकस्व दर्ता गरेका थिए तर त्यो प्राविधिक रूपमा अत्यन्त कमजोर थियो। मार्कोनीको रेडियो सङ्केत केही मिटर दुरी मात्र पार गर्न सक्दथ्यो। पछि सन् १९०१ मा मार्कोनीले टेस्ला ओसिलेटर प्रयोग गरी रेडियो सङ्केतलाई पार गराउन सफल भएका थिए।
टेस्लाले सन् १८९६ मै रेडियो अनुप्रयोग सम्बन्धी एकस्व दर्ता गराएका थिए। जबकी मार्कोनीले सन् १९०० को नोभेम्बरमा मात्र आफ्नो पहिलो अनुप्रयोग सम्बन्धी एकस्व अमेरिकामा दर्ता गराएका थिए। यो एकस्व अधिकारको विषयलाई लिएर सन् १९०३ सम्म चर्को विवाद भएको थियो। सन् १९०३ मा अमेरिकाको एकस्व कार्यालयले यसबारेमा निर्णय गर्दै मार्कोनीले दर्ता गरेको अनुप्रयोगलाई एकस्व अधिकार दिनयोग्य नभएको जनाएको थियो किनकी त्यही प्रकृतिको अनुप्रयोग आविष्कारको एकस्वहरू एकस्प नं. ६४५,५७६ र ६४९,६२१ टेस्लाले पहिल्यै दर्ता गराइसकेका थिए।
यसै सन्दर्भमा टेस्लासँगै काम गर्ने इन्जिनियर ओटिस पोण्डले टेस्लालाई सजग गराउँदै मार्कोनीले उनको आविष्कारमाथि दाबी गरेकोबारे जानकारी गराएका थिए। तर यसबारेमा टेस्लाको प्रतिक्रिया यस्तो थियो – ‘मार्कोनी एक असल विद्वान हुन् उनलाई काम गर्न दिऊँ, उनले मेरा १७ वटा पेटेन्टहरू प्रयोग गरिरहेका छन्।’
तर अमेरिकी एकस्व कार्यालयले १ वर्ष अघिको आफ्नै निर्णय उल्टाउँदै सन् १९०४ मा रेडियो आविष्कारको एकस्व अधिकार एक्कासी मार्कोनीलाई प्रदान गरेको थियो। रेडियोको आविष्कार गरेको भन्दै सन् १९०९ को भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार समेत मार्कोनीलाई दिइएको थियो। एकस्व प्रदान कार्यालयको यस्तो कदमप्रति टेस्ला निकै आक्रोशित बनेका थिए। उनले मार्कोनीको कम्पनी विरुद्ध अदालतमा क्षतिपूर्तिको मुद्दा दायर गरेेका थिए जसको फैसला सन् १९४३ मा मात्र भएको थियो। त्यति बेलासम्म टेस्लाको मृत्यु भैसकेको थियो। मुद्दाको फैसला गर्दै अमेरिकी सर्वोच्च अदालतले रेडियो आविष्कारको वास्तविक हकदार टेस्ला नै भएको फैसला गर्दै उक्त एकस्व अधिकार टेस्लाकै नाममा हुने फैसला गेरेको थियो।
सन् १८९९ मा टेस्लाले कोलोराडोमा आफ्नो अनुसन्धान केन्द्र स्थापना गरेका थिए जहाँ उनले त्यहाँ उनले उच्च भोल्टेज र उच्च तरङ्ग युक्त विद्युत् र अन्य थप विषयहरूमा अनुसन्धान गरेका थिए। आफूले आविष्कार गरेको टेस्ला क्वाइलको प्रयोगले उनले ३० फिट लामो र अग्लो विद्युतीय झिल्काहरू उत्पन्न गराउन सफल भएका थिए। यही प्रयोगशालाबाट उनले ताररहित तरङ्गहरू प्रसारण सम्वन्धी प्रविधि आविष्कार गरी ऊर्जालाई सयौँ माइलसम्म प्रसारण गराउन सफल भएका थिए। सन् १८९९–१९०० को बीचमा उनले सबैभन्दा महत्त्वपूर्ण स्थलीय स्थिर तरङ्गको आविस्कार गरेका थिए। यो आविष्कारबाट उनले पृथ्वीलाई पनि विद्युतको सुचालकको रूपमा उपयोग गर्न सकिने तथ्य प्रकाशमा ल्याएका थिए। यही सिद्धान्तमा आधारित भएर करिब २५ माइल (४० किमी) टाढा तारबिना नै २ सय वटा विद्युतीय बत्तीहरू बालेर टेस्लाले देखाएका थिए। त्यहीँ उनले १ सय ३० फिट अग्लो विद्युतीय झिल्का उत्पन्न गराएर देखाए जुन आजसम्मकै सबैभन्दा अग्लो मानवनिर्मित विद्युतीय भिल्कोको किर्तिमान हो।
पहिलो विश्वयुद्ध सुरु हुनेबेला अमेरिकी सरकारले जर्मनीको सामुद्रिक जहाजहहरू पत्ता लगाउने उपाय खोजी गरिरहेको थियो। उक्त उपायको अनुसन्धान गर्ने जिम्मा थोमस एल्वा एडिसनलाई दिइएको थियो। टेस्लाले ऊर्जा तरङ्गको प्रयोगमा आधारित एक प्रस्ताव पेश गरेका थिए जसलाई राडार प्रविधि भनिन्छ। तर एडिसनले टेस्लासँगको दुस्मनीका कारण उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए जसले गर्दा राडारको आविस्कार हुन थप २५ वर्ष लागेको थियो। पछि सन् १९३४ मा फ्रान्सेली वैज्ञानिक इमिल जेरार्दुले टेस्लाकै सिद्धान्तका आधारमा राडार प्रविधिको विकास गरेका थिए।
सन् १९३७मा ८१ वर्षको उमेरमा एक रात, आफ्नो नियमित काम परेवाहरूलाई आहारा खुवाउनको लागि क्याथेड्रल र पुस्तकालय जान होटेल न्यू योर्करबाट निस्किए। होटेलबाट केही ब्लकहरू सडक पार गर्दा टेस्लालाईइ ट्याक्सीले ठक्कर दियो र उनी भुइँमा लडे। दुर्घटनामा उनको ढाडमा गहिरो चोट लागेको थियो भने तीनवटा करङ भाँचिएको थियो । टेस्लाले डाक्टरसँग परामर्श लिन अस्वीकार गरेकाले उनको चोटको पूर्ण हद कहिल्यै थाहा थिएन; र उनी लगभग आजीवन चलन, र पूर्ण रूपमा निको भएन।
७ जनवरी १९४३ मा ८६ वर्षको उमेरमा टेस्लाको होटल न्यूयोर्करको कोठा ३३२७ मा एक्लै मृत्यु भयो। उनको शव होटलको मेड एलिस मोनाघनले फेला पारे। टेस्लाले दुई दिन अघि आफ्नो ढोकामा राखेको "DO NOT DISTURB " चिन्हलाई बेवास्ता गर्दै उनी कोठामा प्रवेश गरेपछी उनले टेस्लाको शव देखिन् । सहायक चिकित्सा परीक्षक एच .डब्ल्यू . वेम्बलीले शरीरको जाँच गरे र मृत्युको कारण कोरोनरी थ्रोम्बोसिस (हृदयघातको एक प्रकार) भएको ठहर गरे।
टेस्लाको उनको अन्त्येष्टीमा २ हजार भन्दा बढी मानिसहरू सहभागी भएका थिए जसमध्ये कयौँँ नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू पनि थिए। टेस्लाको मृत्युु पश्चात् अमेरिकी सरकारको गुप्तचर निकायले उनका सम्पूर्ण अप्रकाशित महत्त्वपूर्ण अनुसन्धानात्मक लेख तथा टिपोटहरू कब्जा गरेको थियो। टेस्लाको आविस्कार र एकस्वका कागजात तथा दस्तावेजहरू अमेरिकी गुप्तचर निकायले अत्यन्त गोप्य भनी अनुसन्धान गरेको थियो। यो अनुसन्धानको नेतृत्व हुभरले गरेका थिए जसले महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जासुरी गरी १२ हजार पृष्ठको एक दस्तावेज बनाएका थिए।
''सन् १९५१मा भतिजाको सहयोगमा उनको सरसामान सर्बियाको बेलग्रेड पुर्याइयो,'' । त्यसको चार वर्षपछि बेलग्रेडमा निकोला टेस्ला सङ्ग्रहालय सञ्चालनमा आयो जहाँ अझै पनि बर्सेनि हजारौँ मानिस पुग्छन्।
Booknotes interview with Jill Jonnes on Empires of Light, 26 October 2003, C-SPAN |
This article uses material from the Wikipedia नेपाली article निकोला टेस्ला, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.