गण्डकी प्रदेश सभा

गण्डकी प्रदेश सभा गण्डकी प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक गण्डकी प्रदेशको प्रादेशिक राजधानी कास्की जिल्लाको पोखरामा रहेको छ। प्रादेशिक सभामा ६० जना विधायक सदस्यहरू छन् जसमध्ये ३६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने २४ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।

गण्डकी प्रदेश सभा
दोस्रो गण्डकी प्रदेेश सभा
प्रकार
प्रकारगण्डकी प्रदेशको एकसदनात्मक व्यवस्थापिका
इतिहास
नयाँ कार्यकालको सुरुवात
वि.सं. २०७९ पुस १८
नेतृत्वकर्ता
सभामुख
कृष्णप्रसाद धिताल, माके
पदासीन: वि.सं. २०७९ पुस ३०
उपसभामुख
बिना कुमारी थापा, एमाले
पदासीन: वि.सं. २०७९ माघ २
मुख्यमन्त्री
खगराज अधिकारी, एमाले
पदासीन: वि.सं. २०७९ पुस २५
प्रतिपक्ष दलको नेता
सुरेन्द्र पाण्डे, नेका
पदासीन: वि.सं. २०७९ पुस २५
संरचना
गण्डकी प्रदेश सभा
राजनीतिक दल
सरकार (३३)

प्रतिपक्ष (२७)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर प्रणाली:
पछिल्लो निर्वाचन
२०७९
आउने निर्वाचन
२०८४
बैठक स्थल
सहरी विकास प्रशिक्षण केन्द्र, पोखरा, कास्की
वेबसाइट
pradeshsabha.gandaki.gov.np
संविधान
नेपालको संविधान

इतिहास

गण्डकी प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। वि.सं. २०७४ सालमा गण्डकी प्रदेशको प्रदेश सभा निर्वाचन तर्फको ६० सिटका लागि सम्पन्न भएको थियो। यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। वि.सं. २०७५ जेठ ३ मा यी दुई राजनीतिक दलहरू एकआपसमा गाभिएर नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो। पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पृथ्वी सुब्बा गुरूङको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा माओवादीका नेत्रनाथ अधिकारी प्रदेश सभाका प्रथम सभामुख निर्वाचित भएका थिए भने प्रथम उप-सभामुख एमालेकी सृजना शर्मा थिइन्।

सभाहरूको सूची

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य सभामुख मुख्यमन्त्री राजनीतिक दल
२०७४ पहिलो सभा वि.सं. २०७४ माघ १८ वि.सं. २०७९ असोज १ नेत्रनाथ अधिकारी पृथ्वीसुब्बा गुरुङ(मन्त्रिपरिषद्) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
कृष्णचन्द्र नेपाली पोखरेल(मन्त्रिपरिषद्) नेपाली कांग्रेस
२०७९ दोस्रो सभा वि.सं. २०७९ पुस १८ पदासीन कृष्णप्रसाद धिताल खगराज अधिकारी('मन्त्रिपरिषद्') नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

समितिहरू

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.सं समिति सदस्यता
कार्य व्यवस्था परामर्श ११
व्यवस्थापिका १३
सार्वजनिक खाता १३
वित्त र विकास १४
प्रदेश मामिला ११

हालको संरचना

राजनीतिक दल संसदीय दलको नेता सिट
नेपाली कांग्रेस सुरेन्द्रराज पाण्डे २७
नेपाल कम्युनिस्ट पार्टी (एमाले) खगराज अधिकारी २२
नेपाल कम्युनिस्ट पार्टी (माके) हरिबहादुर चुमान
राष्ट्रिय प्रजातंत्र पार्टी
नेपाल कम्युनिस्ट पार्टी (एस)
जम्मा ६०

सन्दर्भ सामग्रीहरू

Tags:

गण्डकी प्रदेश सभा इतिहासगण्डकी प्रदेश सभा सभाहरूको सूचीगण्डकी प्रदेश सभा समितिहरूगण्डकी प्रदेश सभा हालको संरचनागण्डकी प्रदेश सभा सन्दर्भ सामग्रीहरूगण्डकी प्रदेश सभाकास्की जिल्लागण्डकी प्रदेशनेपालका प्रदेशहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीपोखरा महानगरपालिकासमानुपातिक प्रतिनिधित्व प्रणाली

🔥 Trending searches on Wiki नेपाली:

भाषायुनेस्कोखडक बहादुर सिंहसामाजिक विज्ञानभारतपरराष्ट्र मन्त्रालय (नेपाल)गाउँपालिकासहिदखेडा जिल्लाकाठमाडौँमेलम्ची नगरपालिकानेपालका प्राकृतिक सम्पदाहरूको सूचीइन्टरनेटलोकगीतइटहरी उपमहानगरपालिकाबीमाडोल्पा जिल्लानेपालका गाउँपालिकाहरूअनुष्टुप छन्दकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)हिमाली प्रदेश (नेपाल)जाभादोलखा जिल्लाढुङ्गे युगपाँचथर जिल्लासूर्यजयस्थिति मल्लहिमालयन बैंक लिमिटेडनारायणगोपाल गुरूवाचार्यनागरिकविद्यादेवी भण्डारीजङ्गलतत्वकाँक्रे विहारसाम्यवादचितवन राष्ट्रिय निकुञ्जनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीघोराही उपमहानगरपालिकाअर्थ मन्त्रालय (नेपाल)टिकटकदक्षिण अमेरिकाप्रदेश सभा निर्वाचन, २०७९दक्षिण कोरियाजनमत सङ्ग्रह, २०३७पेलेमनकामना मन्दिरविश्व व्यापार सङ्गठनमल्ल वंशबेलबुटवल उपमहानगरपालिकाइन्द्रबहादुर राईनेपाल रेडक्रस सोसाइटीगौरीशङ्कर हिमालनेपालको भूगोलमहोत्तरी जिल्लादादुरात्रिभुवन विश्वविद्यालयसिद्धार्थनगर नगरपालिकादेवनागरी सङ्ख्या पद्धतिसल्यान जिल्लाकार्यपालिकानागरिक लगानी कोषविकिभानुभक्त आचार्यझोला (चलचित्र)नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लादसैँउपेन्द्र यादवनेपालमा भूकम्पको इतिहासश्रीमान् गम्भीरसप्तकोशी नदीलागु पदार्थरस (काव्य शास्त्र)सञ्चारव्यवस्थापिका🡆 More