लुम्बिनी प्रदेश सभा

लुम्बिनी प्रदेश सभा लुम्बिनी प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी रूपन्देही जिल्लाको बुटवलमा रहेको छ। प्रादेशिक सभामा ८७ जना विधायक सदस्यहरू छन् जसमध्ये ५२ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ३५ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।

लुम्बिनी प्रदेश सभा
लुम्बिनी प्रदेेशको प्रथम सभा
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२०७४ माघ २१
नेतृत्वकर्ता
सभामुख
पूर्णबहादुर घर्ती, नेकपा
पदासीन: २०७४ माघ २८
उप-सभामुख
कृष्णी थारू, नेकपा
पदासीन: २०७४ फागुन ५
मुख्यमन्त्री
शङ्कर पोखरेल, नेकपा
पदासीन: २०७४ फागुन ४
प्रतिपक्ष दलको नेता
वीरेन्द्रकुमार कनेडिया, नेका
पदासीन: २०७४ माघ २६
संरचना
लुम्बिनी प्रदेश सभा
राजनीतिक दल
सरकार (३८)

प्रतिपक्ष (१९)

अन्य प्रतिपक्ष (२२)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
सिट:
  • ५२ सिट - सरल बहुमत प्रणाली
  • ३५ सिट - समानुपातिक
पछिल्लो निर्वाचन
मङ्सिर १० र मङ्सिर २१, २०७४
आउने निर्वाचन
२०७९
बैठक स्थल
उद्योग वाणिज्य सङ्घको भवन, बुटवल, रूपन्देही
वेबसाइट
pradeshsabha.p5.gov.np
संविधान
नेपालको संविधान

२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।

इतिहास

गण्डकी प्रदेश सभा नेपालको संविधान २०७२को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र लुम्बिनी प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ८७ सिटका लागि सम्पन्न भएको थियो। यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। २०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो। पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शङ्कर पोखरेलको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा माओवादीका पूर्णबहादुर घर्ती प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख कृष्णी थारू हुन्।

सभाहरूको सूची

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य मुख्यमन्त्री सभामुख
२०७४ पहिलो सभा २०७४ माघ १८ बहालवाला शङ्कर पोखरेल (नेकपा)
(मन्त्रिपरिषद्)
पूर्णबहादुर घर्ती (नेकपा)

हालको संरचना

दल संसदीय दलको नेता सिट
नेपाल कम्युनिष्ट पार्टी शङ्कर पोखरेल ६१
नेपाली काङ्ग्रेस वीरेन्द्रकुमार कनेडिया १९
जनता समाजवादी पार्टी, नेपाल साहसराम यादव
राष्ट्रिय जनमोर्चा तारा जिसी
जम्मा ८७

सन्दर्भ सामग्रीहरू

Tags:

लुम्बिनी प्रदेश सभा इतिहासलुम्बिनी प्रदेश सभा सभाहरूको सूचीलुम्बिनी प्रदेश सभा हालको संरचनालुम्बिनी प्रदेश सभा सन्दर्भ सामग्रीहरूलुम्बिनी प्रदेश सभानेपालका प्रदेशहरूबुटवल उपमहानगरपालिकारुपन्देही जिल्लालुम्बिनी प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

जिमेलवैदेशिक रोजगारनेपालको एकीकरणमृगौलायौनिक अल्पसङ्ख्यकसौर्यमण्डलभानुभक्त आचार्यबौद्धनाथझलकमान गन्धर्वनेपालका गाउँपालिकाहरूशिक्षाछिन्नमस्ता भगवतीबझाङ १ (निर्वाचन क्षेत्र)तराईनेपालमा पर्यटनकमला नदीसार्की जातिआगन्तुक शब्दजापानी भाषाउपमहानगरपालिकादार्जिलिङभगांकुरनेपालका औद्योगिक क्षेत्रहरूको सुचीलागत निर्धारणराष्ट्रिय परीक्षा बोर्डवाच्य (व्याकरण)विश्व सम्पदा क्षेत्रस्वयम्भूनाथनेपालको लोकतन्त्र दिवसइलाम जिल्लाबैतडी जिल्लापुनर्जागरणलागत लेखाविधिइमेलसात सालको क्रान्तिलोकतन्त्रवाग्नर समूहकलियुगनेपालको कानूनी इतिहासअन्टार्क्टिकासिन्जा उपत्यकातिहारलेखनाथ पौड्यालनेपालका सर्वोच्च आठ हिमालसमाचारनेपालको सङ्घीय संसदजयपृथ्वीबहादुर सिंहकोशी प्रदेश क्रिकेट टोलीत्रिभुवन वीरविक्रम शाहमहागुरु फाल्गुनन्दनेपालका विकास क्षेत्रहरूपारिस्थितिक प्रणालीजलवायु परिवर्तनउच्च अदालतज्ञानेन्द्र वीरविक्रम शाहरामेछाप जिल्लाआर्थिक विकासपूर्वी रुकुम जिल्लाघोराही उपमहानगरपालिकास्थिर लागतविस्तृत शान्ति सम्झौतासिंहदरबारवराहक्षेत्रडोल्पा जिल्लारस (काव्य शास्त्र)भक्तपुर नगरपालिकापर्वत जिल्लाभक्ति थापामहादेशवर्णपिनासनेपालमा धर्म🡆 More