पृथ्वीसुब्बा गुरुङ

पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन्। २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए। प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो ।

पृथ्वीसुब्बा गुरुङ
Prithvi Subba Gurung
१ औं गण्डकी प्रदेशको मुख्यमन्त्री
कार्यकाल
16 February 2018 – 9 May 2021
राज्य प्रमुख
पूर्वाधिकारीposition created
उतराधिकारीHimself as caretaker CM
कार्यकाल
12 May 2021 – 10 June 2021
राज्य प्रमुख
  • सीता पौडेल
पूर्वाधिकारीHimself
उतराधिकारीकृष्णचन्द्र नेपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
कार्यकाल
31 March 2008 – 12 August 2008
प्रधानमन्त्रीप्रचण्ड
गण्डकी प्रदेश सभा सदस्य
पद बहाली
२०७५
निर्वाचन क्षेत्रलमजुङ १(ख)
व्यक्तिगत विवरण
जन्म (1958-02-13) १३ फेब्रुअरी १९५८ (उमेर ६६)
लमजुङ जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)
अभिभावकगंगाप्रसाद गुरुङ र चिनी गुरुङ
वेबसाइटocmcm.gandaki.gov.np

राजनितीमा प्रवेस

विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए । उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो । अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे ।

प्रतिवद्धता

गुरुङले पटक पटक आदिवासी जनजाति महासं‌घको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् । नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् ।

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३४,९६९मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार देव प्रसाद गुरुङले ३१,७८१मत प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

Tags:

पृथ्वीसुब्बा गुरुङ राजनितीमा प्रवेसपृथ्वीसुब्बा गुरुङ प्रतिवद्धतापृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभा २०७९पृथ्वीसुब्बा गुरुङ सन्दर्भ सामग्रीहरूपृथ्वीसुब्बा गुरुङ बाह्य कडीहरूपृथ्वीसुब्बा गुरुङक्व्होलासोथार गाउँपालिकागण्डकी प्रदेशगिलुङनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)फागुनबाबुराम कुँवरलमजुङ जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

औद्योगिक क्रान्तिसमासनेपाली चलचित्रहरूको सूचीकृष्णमानिसनेपालको सर्वोच्च अदालतसुशान्त केसीकान्तिपुर दैनिकत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवासुकी इन्डिकस्गाउँखाने कथानुवाकोट जिल्लावैशाखदादुराश्रीकृष्ण श्रेष्ठथापापञ्चायती व्यवस्थानेपालको राष्ट्रपतिनेपालका तालहरूको सूचीस्नातक तहनिकाराग्वाव्यवस्थापिकाकाफलसुपादेउराली मन्दिरत्रिभुवन विश्वविद्यालयकोइरालाललितपुर जिल्लायोगमाया न्यौपानेस्थानीय तहनेपाल टेलिकमपृथ्वीको वायुमण्डलनेपालका उर्जा केन्द्रहरूको सूचीवीर्यअनुष्टुप छन्दमनोविज्ञानभानु नगरपालिकानेपाली व्याकरणनेपाली विकिपिडियामहादेशब्राह्मणनाताराजेश हमालसीतानेपालका अञ्चलहरूनेपाल दूरसञ्चार प्राधिकरणक्षेत्रीहस्तमैथुनसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका राष्ट्रिय निकुञ्जहरूगाईकतारढोरबराहि मन्दिरदिगो विकाससूचनासुर्तीपाथीभरा देवी (ताप्लेजुङ)क्रिस्टियानो रोनाल्डोशिवदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपालको सैन्य दर्जाविराटनगर महानगरपालिकाकृषि प्रसारमहिनावारीअन्नप्राशन संस्कारमायाशुक्रराज शास्त्रीअर्थशास्त्रदेउकी प्रथादेवतायोनीमार्गबिस्केट जात्राविधेयकप्रविधि🡆 More