नोबेल पुरस्कार

नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउन्डेसन द्वारा स्विडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्त्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाईयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक वर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति स्वीडिस बैङ्कमा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो।

नोबेल पुरस्कार
नोबेल पुरस्कार
पुरस्कृत (कारण)उत्कृष्ट योगदान गरेबापत भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र
देशस्विडेन
नर्वे (शान्ति पुरस्कार मात्रै)
प्रस्तुतकर्तास्विडिस एकेडेमी
नोबेल समितिको शाही स्वेडिस एकेडमी
नोबेल समितिको कारोलिन्स्का संस्थान
नोरवेगियन नोबेल समिति
प्रथम पुरस्कृत१९०१ १९६९(अर्थशास्त्रतर्फ)
वेबसाइटनोबेल पुरस्कार समिति
नोबेल पुरस्कार
अल्फ्रेड नोबेल

शान्तितर्फको पुरस्कार ओस्लो, नर्वेबाट र अन्य पुरस्कारहरु स्टोकहोल्म, स्विडेनबाट प्रदान गरिन्छ ।

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

Tags:

अर्थशास्त्रमा नोबेल पुरस्कारअल्फ्रेड नोबेलक्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कारनोबेल फाउन्डेसननोबेल शान्ति पुरस्कारनोबेल साहित्य पुरस्कारबारुदभौतिक शास्त्रमा नोबेल पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कारस्विडेन

🔥 Trending searches on Wiki नेपाली:

बाइसे राज्यहरूसमाजशास्त्रपोलेको घाउगुरुङ जातियोगमाया न्यौपानेऔलोमुटुउचाङव्यवसायखिम्ती-१ जलविद्युतनेपालको सैन्य दर्जाअफ्रिकासहरनेपाल वायुसेवा निगमखुम्बु पासाङल्हामु गाउँपालिकाधनगढी उपमहानगरपालिकातामाङ जातिदलितमेटालोसारबर्तिका एम राईनेपालको पञ्चवर्षीय योजनाशेरबहादुर देउवाकौशिक गोत्रदोस्रो विश्व युद्धनेपालको प्रमाणिक समयझापा जिल्लाबुद्ध धर्मसूर्यविनायक नगरपालिकानिर्वाचन आयोग (नेपाल)मुक्तिनाथअर्थअगमसिंह गिरीनेपालमा बोलिने भाषाहरूश्वेता खड्कानेपाल आयल निगम लिमिटेडकार्यसम्पादन मूल्याङ्कनस्याङ्जा जिल्लाआँकपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीचरामूल्य अभिवृद्धि करसदर चिडियाखाना, नेपालअनलाइन खबरसार्की जातिचतराधामविज्ञानरगतपिनासह्रस्व दीर्घ नियमसञ्चारछाउपडीकतारसापेक्षता सिद्धान्तमहावीर पुनशाह वंशफ्रान्सेली राज्यक्रान्तिमष्टो देवतासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालको भूगोलसंयुक्त राष्ट्रढुङ्गे युगनेवार जातिइन्द्रबहादुर राईनरिवलविराटनगर महानगरपालिकानेपाल सरकारलहान नगरपालिकाध्रुवचन्द्र गौतमनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नागरिक लगानी कोषरुपन्देही जिल्लाविकिपिडियामुलुकी ऐनसमावेशीकरणनेपाली राष्ट्रिय क्रिकेट टोलीउपमहानगरपालिकामहाभारत पर्वत शृङ्खलाघरेलु हिंसा🡆 More