बियोन्से

बियोन्से जिजेल नोल्स-कार्टर (अङ्ग्रेजी: Beyoncé Giselle Knowles-Carter) (जन्म: सेप्टेम्बर ४, १९८१) एक अमेरिकी गायिका, गीतकार, रेकर्ड निर्माता, नर्तकी, अभिनेत्री र चलचित्र निर्देशिका हुन् । सङ्गीत, नृत्य र फेसनको क्षेत्रमा उनले दिएका प्रभावकारी योगदानका कारणले उनी विश्वप्रख्यात छिन् । ह्युस्टन, टेक्ससमा जन्मेकी र हुर्केकी बियोन्सेले सानैदेखि विभिन्न नाँचगान प्रतियोगिताहरूमा भाग लिने गरेकी थिइन् । सन् १९९० तिर डेस्टिनीज चाइल्डको प्रमुख गायिकाको रूपमा उनले चर्चा बटुलेकी हुन् ।

बियोन्से
बियोन्सेको तस्वीर
सन् २०१९ मा द लायन किङको प्रथम युरोपेली प्रदर्शनमा बियोन्से
जन्मबियोन्से जिजेल नोल्स
(1981-09-04) ४ सेप्टेम्बर १९८१ (उमेर ४२)
ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका
अन्य नाम
  • बी
  • थर्ड वार्ड ट्रिल
  • साशा फियर्स
पेशा
  • गायिका
  • गीतकार
  • नायिका
  • रेकर्ड निर्माता
  • नर्तकी
  • उद्यमी
कार्यकालसन् १९९७ - अहिलेसम्म
संस्थान
जम्मा सम्पति$४० करोड
जीवनसाथी
(
वि २००८)
सन्तान
मातापिता
  • म्याथ्यू नोल्स
  • टिना नोल्स
आफन्तसोलान्ज नोल्स (बहिनी)
पुरस्कार
  • अमेरिकी सङ्गीत पुरस्कार
  • बिबिसी सङ्गीत पुरस्कार
  • बिलबोर्ड सङ्गीत पुरस्कार
  • ग्रामी पुरस्कार
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर
लेबल
सहयोगी
वेबसाइटbeyonce.com

डेस्टिनीज चाइल्डको अन्तरालमा बियोन्सेले सन् २००२ मा अमेरिकामा सर्वाधिक कमाई गर्ने चलचित्र अस्टिन पावर्स इन गोल्डमेम्बरमा आफ्नो अभिनय कला देखाउँदै सन् २००३ मा आफ्नो पहिलो एकल गीति सङ्गालो डेन्जरस्ली इन लभ सार्वजनिक गरेकी थिइन् जसले अमेरिकाको बिलबोर्ड २०० तालिकामा शीर्ष स्थान हासिल गरेको थियो । यस एल्बममा बिलबोर्ड हट १०० मा पहिलो स्थानमा पर्ने "क्रेजी इन लभ" र "बेबी बोइ" पनि समावेश गरिएको थियो । सन् २००६ मा डेस्टिनीज चाइल्डबाट छुट्टिएपछि उनले आफ्नो दोस्रो एकल गीति सङ्गालो बिडे सार्वजनिक गरिन्, जुन अमेरिकामा पहिलो स्थानमा परेको गीत "इरिप्लेसेबल" तथा बेलायतमा पहिलो स्थानमा परेका गीतहरू "डेजा भु" र "ब्युटिफुल लायर" पनि समावेश थियो । बियोन्सेले सन् २००६ को द पिङ्क प्यान्थरड्रिमगर्ल्स तथा सन् २००९ को अब्सेस्डमा आफ्नो अभिनयलाई निरन्तरता दिएकी थिइन् । जे-जीसँगको उनको विवाह र क्याडिल्याक रेकर्ड्समा एटा जेम्सको भूमिका खेलेकोले उनको सन् २००८ मा सार्वजनिक गरिएको तेस्रो गीति सङ्गालो आइ एम...सासा फियर्सलाई प्रभावित गरेको थियो जसले सन् २०१० मा ६ वटा ग्रामी पुरस्कार प्राप्त गरेको थियो । यस एल्बममा बेलायतमा पहिलो स्थानमा परेको गीत "इफ आइ वर अ बोइ" र अमेरिकामा पहिलो स्थानमा परेको गीत "सिङ्गल लेडिज (पुट अ रिङ अन इट)" समावेश गरिएको थियो । यसमा बियोन्सेको सर्वोत्कृष्ट एकल "हेलो" पनि समावेश गरिएको थियो ।

सन् २०१० मा आफ्नो व्यवस्थापक र बुबा म्याथ्यु नोल्ससँग छुट्टिएपछि बियोन्सेले सन् २०११ मा सार्वजनिक गरेकी थिइन् । सन् २०१३ मा कुनै विज्ञापन र घोषणा नगरी सार्वजनिक गरिएको बियोन्सेले गर्दा उनले झन् बढी ख्याती प्राप्त गरेकी थिइन् । सन् २०१६ मा सार्वजनिक गरिएको नारीवाद र बेवफाइका विषयवस्तुलाई केन्द्रिकृत गरिएको लेमनेड त्यो सालको सबैभन्दा बढी बिक्री भएको साङ्गीतिक सङ्गालो बन्न सफल भएको थियो । सन् २०१८ मा आफ्नो श्रीमान जे-जीसँग द कार्टर्स नामक समूहको स्थापना गरी एभ्रिथिङ इज लभ निकालेकी थिइन् । सन् २०१७ मा एड सिरनको "पर्फेक्ट" र सन् २०२० मा मेगन दी स्ट्यालियनको "स्यभेज" मा प्रमुख कलाकारको रूपमा बियोन्से बिलबोर्ड हट १०० मा सूचिकृत भएकी थिइन् । सन् २०२० मा डिज्नी+ मा ब्ल्याक इज किङ नामक साङ्गीतिक चलचित्र सार्वजनिक गरी बियोन्सेले सकारात्मक आलोचनात्मक प्रतिक्रिया प्राप्त गरेकी थिइन् ।

विश्वभर १० करोड भन्दा बढी रेकर्ड बिक्री गरेकी बियोन्से विश्वव्यापी रूपमा प्रख्यात छिन् । उनको कार्यलाई बिलबोर्ड र रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिकाद्वारा सम्मान गरिएको छ । बियोन्से ग्रामी पुरस्कारको इतिहासकै सबैभन्दा बढी नामाङ्कित कलाकार हुन् र २२ चोटी विजयी भएकी बियोन्से इतिहासकै सबैभन्दा बढी पुरस्कृत व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा पर्छिन् । माइकल ज्याक्सन भिडियो भ्यानगार्ड पुरस्कार लगायत २४ वटा एमटिभी म्यूजिक भिडियो पुरस्कार जितेकी बियोन्से यो श्रेणीमा पनि सबैभन्दा बढी पुरस्कृत भएकी छिन् । सन् २०१४ मा बियोन्से संसारकै सबैभन्दा धनी अफ्रिकी मूलको सङ्गीतकार बनिन् । त्यही साल उनी दोस्रो वर्ष टाइम पत्रिकाको सबैभन्दा प्रभावकारी व्यक्तिहरूको सूचीमा सूचिकृत भइन् । फोर्ब्सले सन् २०१५ र सन् २०१७ मा उनलाई मनोरञ्जन क्षेत्रमा लागेका प्रभावकारी महिलाहरूको सूचीमा सूचिकृत गर्यो । टाइमले सन् २०१६ मा बियोन्सेलाई "वर्षको व्यक्ति" मा छैटौँ स्थानमा राख्यो र सन् २०२० मा अघिल्लो शताब्दी परिभाषित गर्ने १०० महिलाहरूमा सूचिकृत गर्यो । मनोरञ्जन क्षेत्रमा बियोन्सेले पुर्याएका योगदानका लागि उनलाई सन् २०१९ मा इन्साइक्लोपिडिया ब्रिटानिकाको १०० महिलाहरूमा सूचिकृत गरिएको थियो ।

प्रारम्भिक र कार्य जीवन

सन् १९८१ - सन् १९९६: प्रारम्भिक जीवन

बियोन्से जिसेल नोल्सको जन्म ह्युस्टन, टेक्ससमा केशप्रशाधक टिना नोल्स र जीरक्स बिक्री प्रबन्धक म्याथ्यू नोल्सको छोरीको रूपमा भएको थियो । बियोन्सेको नाम उनकी आमाको माइतीको थरको सम्मानमा राखिएको थियो । बियोन्सेकी बहिनी सोलान्ज नोल्स पनि एक चर्चित गायिका र डेस्टिनीज चाइल्डकी भूतपूर्व पृष्ठभूमि नर्तकी हुन् । सोलान्ज र बियोन्से पहिलो स्थानमा एल्बम भएका प्रथम दिदीबहिनी हुन् । म्याथ्यू अफ्रिकी-अमेरिकी हुन् भने टिना लुइजियाना क्रियोल (फ्रान्सेली, अमेरिकी मूल निवासी र अफ्रिकी) मूलको साथमा यहूदी, स्पेनी, चिनियाँ र इन्डोनेसियाई वंशकी हुन् । आमाको पट्टिबाट बियोन्से अकादियन नेता जोसेफ ब्रूसार्ड र जोन-भिन्सेन्ट डबाडी द सेन्ट-कास्टिनका प्रत्यक्ष वंशज हुन् । सन् २०१८ मा बियोन्सेले आफ्नो वंशजको अनुसन्धान गरी आफू दास मालिकहरूसँग सम्बन्धित भएको खुलासा गरिन् ।

बियोन्से सेन्ट मेरीज मोन्टेसरी स्कूल जान्थिन्, जहाँ उनले नृत्य सिक्न थालिन् । एक दिन उनकी नृत्य प्रशिक्षक डार्लेट जोनसनले गीत गाइरहँदा बियोन्सेले त्यो गीत पूरा गरी उच्च नोट गाउँदा उनको गायन क्षमता पत्ता लागिएको थियो । सात वर्षको उमेरमा विद्यालयमा आयोजित प्रतिभा कार्यक्रममा जोन लेननको "इम्याजिन" गाई १५ वर्षका गायकहरूलाई पराजित गरे पछि बियोन्सेको सङ्गीतमा रुचि बढ्यो । सन् १९९० को शरदमा बियोन्से पार्कर एलिमेन्ट्री स्कूल नामक ह्युस्टनमा अवस्थित सङ्गीत विद्यालयमा भर्ना भइन्, जहाँ उनी समूहमा गाउँथिन् । उनी हाइ स्कूल फर द पर्फोमिङ एन्ड भिजुअल आर्ट्समा र पछि अलीफ एल्सिक हाइ स्कूलमा पनि भर्ना भइन् । बियोन्सेले दुई वर्षको लागि सेन्ट जोन्स युनाइटेड मेथोडिस्ट चर्चको गायन दलमा एकल गायिकाको भूमिका निर्वाह गरेकी थिइन् ।

८ वर्षको उमेरमा बियोन्से र उनका साथी केली रोल्यान्ड महिला मनोरञ्जन समूहको प्रतिस्पर्धी छनोट गर्न जाँदा लटेभिया रबर्सनसँग चिनजान भयो । उनीहरूलाई तीन जना अन्य केटीहरूसँग ह्युस्टनको पप सङ्गीत र र्याप समूह गर्ल्स टाइममा राखिएको थियो । चर्चित आर एन्ड बी रेकर्ड निर्माता आर्ने फ्रेजरले गर्ल्स टाइमलाई उत्तर क्यालिफोर्नियाको स्टुडियोमा बोलाई स्टार सर्चको लागि दर्ता गराए । दुर्भाग्यवश, उनीहरू पराजित भए जुन बियोन्से अनुसार नराम्रो गीतको छनोट थियो । सन् १९९५ मा बियोन्सेको बुबाले समूहको व्यवस्थापन गर्ने कामबाट राजिनामा दिए । यसले गर्दा बियोन्सेको परिवारको आय आधा भई उनका आमाबुबा छुट्टाछुट्टै अपार्टमेन्टमा बस्न बाध्य भएका थिए । म्याथ्यूले, फलस्वरूप, समूहबाट २ जनालाई निष्काशन गरे र बाँकी सदस्यलाई अन्य प्रचलित आर एन्ड बी समूहको कन्सर्टमा सहयोगीको रूपमा गाउन लगाए । बियोन्से र उनका साथीहरूलाई इलेक्ट्रा रेकर्ड्सले छान्नु भन्दा अगाडि उनीहरूले टन्नै रेकर्ड लेबलका लागि प्रस्तुति पेश गरेका थिए । पछि एट्लान्टा रेकर्ड्सले एउटा गीत रेकर्ड गरेपछि साझेदारी रद्द गर्यो । यसले गर्दा परिवारमा अझै तनाव पर्यो र बियोन्सेका आमाबुबा छुट्टिए । अक्टोबर ५, १९९५ मा ड्वेन विगिन्सको ग्रासरूट्स इन्टरटेनमेन्टले उनीहरूसँग साझेदारी गर्यो । सन् १९९६ मा उनीहरूले सोनी म्यूजिकको साझेदारीमा आफ्नो पहिलो गीति एल्बम सार्वजनिक गरे, नोल्स परिवारको पुनर्मिलन भयो र उनीहरूले कोलम्बिया रेकर्ड्ससँग साझेदारी गरे ।

सन् १९९७ - सन् २००२: डेस्टिनीज चाइल्ड

बियोन्से 
बियोन्से (बीच) सन् २००५ मा डेस्टिनी फुल्फिल्डमा प्रस्तुति दिँदै

सन् १९९६ मा आइजेयाको पुस्तकमा आधारित भई उनको समूहको नाम डेस्टिनीज चाइल्ड राखियो । सन् १९९७ मा मेन इन ब्ल्याकको साउन्डट्र्याकमा उनीहरूले आफ्नो प्रथम रेकर्ड लेबलको गीत "किलिङ टाइम" सार्वजनिक गरे । नोभेम्बरमा उनीहरूले आफ्नो प्रथम लोकप्रिय गीत "नो, नो, नो" सार्वजनिक गरे । फेब्रुअरी १९९८ मा उनीहरूले डेस्टिनीज चाइल्ड नामक एल्बम सार्वजनिक गरे जसले गर्दा उनीहरूको लोकप्रियता बढ्यो । सन् १९९९ मा उनीहरूले आफ्नो मल्टि-प्लेटिनम दोस्रो एल्बम द राइटिङ्स अन द वाल सार्वजनिक गरे जसमा "बिल्स, बिल्स, बिल्स", समूहको पहिलो प्रथम स्थानमा परेको गीत "जम्पिङ, जम्पिङ, जम्पिङ" र उनीहरूको सबैभन्दा चर्चित एकल "से माइ नेम" समावेश गरिएको थियो । "से माइ नेम" ४३ औँ ग्रामी पुरस्कारमा सर्वोत्कृष्ट आर एन्ड बी गीत र समूहमा गाइएको सर्वोत्कृष्ट आर एन्ड बी गीतको श्रेणीमा विजयी भएको थियो । विश्वव्यापी स्तरमा द राइटिङ्स अन द वालको ८० लाख भन्दा बढी प्रति बेचिए । यस बेला बियोन्सेले बोइज टु मेनका सदस्य मार्क नेल्सनसँग द बेस्ट म्यान नामक चलचित्रका लागि "आफ्टर अल इज सेड एन्ड डन" गाएकी थिइन् ।

म्याथ्यूले समूहको व्यवस्थापन गरेकोले असन्तुष्ट भएका लटोया लकेट र रबर्सनलाई फेरा फ्रयाङ्क्लिन र मिशेल विलियम्सद्वारा प्रतिस्थापित गरिएको थियो । सामाजिक सञ्जालमा लकेट र रबर्सनको प्रतिस्थापनको प्रत्यक्ष कारण बियोन्से भएको हल्ला फैलिएका कारण बियोन्सेको मानसिक स्थिति बिग्रिएको थियो । यही बेला उनका प्रेमीले उनलाई छोडेका थिए । उनको मानसिक स्वास्थ्य समस्याले गर्दा उनलाई खाने विकार पनि भएको थियो । यो विकार र उनको मानसिक स्वास्थ्य ठिक हुन दुई-तीन वर्ष लाग्यो । बियोन्सेको मानसिक स्वास्थ्य समस्या र डिप्रेसनको बेला डेस्टिनीज चाइल्डले आफ्नो पहिलो ग्रामी पुरस्कार जितेका हुनाले उनले यसको बारेमा सार्वजनिक रूपमा आवाज उठाउन ठिक मानिनन् । यस्तो स्थितिमा उनकी आमा उनको सहारा बनेकी थिइन् । फ्रयाङ्क्लिनलाई पछि समूहबाट हटाइयो र अन्ततः बियोन्से, रोल्यान्ड र विलियम्स मात्रै बाँकी रहे ।

बाँकी रहेका सदस्यहरूले सन् २००० को चलचित्र चार्लीज एन्जल्सका लागि "इन्डिपेन्डेन्ट विमेन पार्ट १" रेकर्ड गरे जुन बिलबोर्ड हट १०० मा ११ हप्ता प्रथम स्थानमा रही समूहको सबैभन्दा लोकप्रिय गीत बन्यो । डेस्टिनीज चाइल्डले आफ्नो तेस्रो एल्बममा काम गरिरहँदा बियोन्सेले मेकई फाइफरसँग कार्मेन: अ हिप हपरामा प्रमुख भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरिन् । फिलाडेल्फियामा परिवेश रहेको यो चलचित्र फ्रान्सेली सङ्गीतज्ञ जोर्ज बिजेटको कार्मेन नामक गीति नाटकमा आधारित छ । मे २००१ मा डेस्टिनीज चाइल्डको तेस्रो एल्बम सर्भाइभर सार्वजनिक गरिएपछि लकेट र रबर्सनले उनीहरू माथि मुद्दा हाले । चार्टमा प्रथम स्थानमा परेको "बूटिलिशियस" र ग्रामी पुरस्कार विजेता "सर्भाइभर" समावेश गरिएको र बिलबोर्ड २०० मा प्रथम स्थानमा परेको यस एल्बमको सार्वजनिकीकरणको एक हप्तामा नै ६,६३,००० प्रति बेचिएको थियो । अक्टोबर २००१ मा ८ डेज अफ क्रिसमस सार्वजनिक गरेपछि समूहको सार्वजनिकीकरण भई सबै सदस्यले एकल कार्य जीवनको सुरुवात गरे ।

बियोन्सेले जुलाई २००२ मा अमेरिकामा सर्वाधिक कमाई गर्ने चलचित्र अस्टिन पावर्स इन गोल्डमेम्बरमा आफ्नो अभिनय कला देखाई प्रशंसा बटुलेकी थिइन् । यो चलचित्रको साउन्डट्र्याक एल्बममा समावेश गरिएको "वर्क इट आउट" बेलायत, नर्वे र बेल्जियममा सर्वोत्कृष्ट गीतको सूचीमा सूचिकृत भएको थियो । सन् २००३ मा बियोन्से क्युबा गुडिङ जुनियरका साथ द फाइटिङ टेम्प्टेशन्समा लिलीको भूमिकामा देखिएकी थिइन् । यो चलचित्रमा सकारात्मक र नकारात्मक, दुबै प्रकारका आलोचनात्मक प्रतिक्रिया आए पनि संयुक्त राज्यमा $३ करोड कमायो । बियोन्सेले मिसी एलियट, एमसी लाइट र फ्रीको सहयोगमा चलचित्रको साउन्डट्र्याकमा समावेश गरिएको "फाइटिङ टेम्प्टेशन" सार्वजनिक गरेकी थिइन् । साउन्डट्र्याकमा समावेश गरिएको बियोन्सेको "समरटाइम" नामक अर्को गीत चार्टमा समावेश गरिएको थियो ।

सन् २००३ - सन् २००५: डेन्जरस्ली इन लभडेस्टिनी फुल्फिल्ड

सन् २००२ मा एकल गायिकाको रूपमा जे-जीको "'०३ बोनी एन्ड क्लाइड" गाएकी बियोन्से बिलबोर्ड हट १०० मा चौथो स्थानमा सूचिकृत भएकी थिइन् । जून १४, २००३ मा बियोन्सेको पहिलो एकल प्रस्तुति र कन्सर्टको बेला उनले आफ्नो प्रथम एकल एल्बम डेन्जरस्ली इन लभको घोषणा गरेकी थिइन् । जून २४, २००३ मा मिशेल विलियम्स र केली रोल्यान्डले आ-आफ्ना एकल गीत सार्वजनिक गरेपछि बियोन्सेले आफ्नो एल्बम सार्वजनिक गरिन् । सार्वजनिकीकरणको पहिलो हप्तामा नै ३,१७,००० प्रति बिक्री गरी बिलबोर्ड २०० मा प्रथम स्थानमा सूचिकृत भएको यो एल्बमले यो एल्बमको विश्वभर १ करोड भन्दा बढी प्रति बेचिएका छन् । जे-जीलाई सहयोगी कलाकारको रूपमा राखिएको यस एल्बमको प्रमुख एकल गीत "क्रेजी इन लभ" संयुक्त राज्यमा प्रथम स्थानमा समावेश भएको बियोन्सेको एकल साङ्गीतिक कार्य जीवनको प्रथम गीत थियो । उनको एकल "बेबी बोइ" पनि प्रथम स्थानमा सूचिकृत भएको थियो भने "मि, माइसेल्फ एन्ड आइ" र "नटी गर्ल" पाँचौँ स्थानमा सूचिकृत भएका थिए । यो एल्बमले ५ ओटा वर्गमा ग्रामी पुरस्कार जितेर इतिहास बनाएको थियो । पुरस्कार समारोहमा उनले प्रिन्ससँग गीत गाएकी थिइन् ।

नोभेम्बर २००३ मा डेन्जरस्ली इन लभ टूरमा युरोपमा प्रदर्शनी प्रस्तुत गरेकी बियोन्सेले पछि मिसी एलियट र एलिसिया किजका साथ भेराइजन लेडिज फर्स्ट टूरमा प्रस्तुति दिएकी थिइन् । फेब्रुअरी १, २००४ मा बियोन्सेले ह्युस्टन, टेक्ससमा अवस्थित रिलायन्ट स्टेडियममा आयोजित सुपर बोलमा अमेरिकी राष्ट्र गान गाएकी थिइन् । डेन्जरस्ली इन लभको सार्वजनिकीकरण पछि दोस्रो एल्बम बनाउने योजना गरेकी बियोन्सेले डेस्टिनीज चाइल्डको अन्तिम स्टुडियो एल्बम, डेस्टिनी फुल्फिल्डको रेकर्डिङका लागि पछि सारेकी थिइन् । नोभेम्बर १५, २००४ मा संयुक्त राज्यमा सार्वजनिक गरिएको र बिलबोर्ड २०० मा दोस्रो स्थानमा परेको यो एल्बममा बिलबोर्ड हट १०० मा परेका "लूज माइ ब्रेथ" र "सोल्जर" जस्ता गीतहरू समावेश गरिएको थियो । म्याकडोनल्ड्सद्वारा प्रायोजित डेस्टिनी फुल्फिल्ड...लभिङ इटमा डेस्टिनीज चाइल्डले "नो, नो, नो", "सर्भाइभर", "से माइ नेम", "इन्डिपेन्डेन्ट विमेन" र "लूज माइ ब्रेथ" जस्ता लोकप्रिय गीतहरू गाए । यसका साथै उनीहरूले डेन्जरस्ली इन लभ र अन्य एकल गीतहरू पनि गाए । जून २५, २०११ मा बार्सिलोनामा हुँदा समूहको विघटनको घोषणा गरियो । अक्टोबर २५, २००५ मा समूहले संयुक्त राज्यमा आफ्नो पहिलो गीत सङ्ग्रहको सार्वजनिकीकरण गरे र मार्च २००६ मा हलिउड वक अफ फेममा स्थान स्वीकार गरे । डेस्टिनीज चाइल्डले विश्वव्यापी स्तरमा ६ करोड रेकर्ड बेचेका छन् ।

सन् २००६ - सन् २००७: बीडे

बियोन्से 
सन् २००७ मा बियोन्से द बियोन्से एक्स्पीरियन्स टूरमा प्रस्तुति दिइरहेको

बियोन्सेको दोस्रो एकल गीति एल्बम बीडे उनको पच्चीसौँ जन्मदिनको दिन सेप्टेम्बर ४, २००६ मा सार्वजनिक गरिएको थियो । सार्वजनिकीकरणको पहिलो हप्तामा नै ५,४१,००० प्रति बिक्री भई बिलबोर्ड २०० मा सूचिकृत यो एल्बम बियोन्सेको अमेरिकी चार्टमा प्रथम स्थानमा पर्ने दोस्रो एल्बम बनेको थियो । जे-जीलाई सहयोगी कलाकारको भूमिकामा राखिएको यो एल्बमको प्रमुख एकल "डेजा भू" बिलबोर्ड हट १०० मा पाँचौँ स्थानमा सूचिकृत भएको थियो । अस्ट्रेलिया, हङ्गेरी, आयरल्यान्ड, न्यूजिल्यान्ड र संयुक्त राज्यमा पहिलो स्थानमा एल्बमको दोस्रो अन्तर्राष्ट्रिय एकल "इरिप्लेसेबल" विश्वव्यापी रूपमा लोकप्रिय बनेको थियो । बीडेमा "रिङ दी अलार्म", "गेट मी बडीड" र संयुक्त अधिराज्यमा मात्रै सार्वजनिक गरिएको "ग्रीन लाइट" समावेश गरिएको थियो जसले गर्दा उनी ग्रामी पुरस्कारमा पाँच श्रेणीमा नामाङ्कित भएकी थिइन् । आगामी वर्ष बियोन्सेले बीडेका लागि दुई नामाङ्कन र ड्रीमगर्ल्स: म्यूजिक फ्रम द मोशन पिक्चरका लागि एउटा नामाङ्कन प्राप्त गरिन् ।

सन् २००६ मा बियोन्से स्टिभ मार्टिनको साथमा द पिङ्क प्यान्थर नामक हास्य नाटकमा देखिएकी थिइन्, जसले विश्वव्यापी स्तरमा $१५ करोड ८८ लाखको कमाइ भित्र्यायो । उनको दोस्रो चलचित्र ड्रीमगर्ल्स सन् १९८१ मा प्रदर्शित ब्रोडवे गीति नाटकको आधिकारिक रूपान्तरण थियो, जसले विश्वव्यापी स्तरमा $१५ करोड ४० लाख कमायो । जेनिफर हड्सन, जेमी फक्स र एडी मर्फी भएका यस चलचित्रमा बियोन्सेले डायना रसको भूमिका निर्वाह गरेकी थिइन् । चलचित्रको प्रचारका लागि बियोन्सेले साउन्डट्र्याक एल्बमको प्रमुख एकल "लिसन" सार्वजनिक गरिन् । अप्रिल २००७ मा बियोन्सेले आफ्नो प्रथम कन्सर्ट भ्रमण द बियोन्से एक्स्पीरियन्सको सुरुवात गरिन् जसले गर्दा उनले ९७ स्थलबाट $२ करोड ४० लाख कमाइन् । बियोन्सेले प्रत्यक्ष प्रस्तुति अघि आफ्नो पादरी सेन्ट जोन र फीडिङ अमेरिकाको सहयोगमा खाद्य सामग्री दान गरेकी थिइन् । यही बेला बियोन्सेले शकिरासँगको "ब्यूटिफुल लायर" लगायत अन्य ४ गीत समावेश गरी बीडेको डिलक्स संस्करण सार्वजनिक गरेकी थिइन् ।

सन् २००८ - सन् २०१०: आइ एम...साशा फियर्स

बियोन्से 
बियोन्से आइ एम...वर्ल्ड टूरमा "सिङ्गल लेडिज (पुट अ रिङ अन इट)" प्रस्तुत गर्दै

आइ एम...साशा फियर्स संयुक्त राज्यमा नोभेम्बर १८, २००८ मा सार्वजनिक गरिएको थियो । बियोन्सेको वैकल्पिक अहम साशाको अवधारणा सन् २००३ मा सार्वजनिक गरिएको "क्रेजी इन लभ" भिडियोको निर्माणको बेला नै सिर्जना भए पनि उनको पहिचान यो एल्बमको साथमा भएको थियो । समीक्षक र आलोचकहरूले खासै राम्रो समीक्षा नदिए पनि यो एल्बमले सार्वजनिकीकरणको पहिलो हप्तामा नै ४,८२,००० प्रति बिक्री गरी बिलबोर्ड २०० मा पहिलो स्थान पाउने तेस्रो एल्बम बनेको थियो । यस एल्बममा बेलायतमा पहिलो स्थानमा परेको गीत "इफ आइ वर अ बोइ" र अमेरिकामा पहिलो स्थानमा परेको गीत "सिङ्गल लेडिज (पुट अ रिङ अन इट)" समावेश गरिएको थियो । यसमा बियोन्सेको सर्वोत्कृष्ट एकल "हेलो" पनि समावेश गरिएको थियो । बियोन्सेको कार्य जीवनमा नै सबैभन्दा लामो समयसम्म हट १०० मा सूचिकृत भएको "हेलो" को सफलताले बियोन्सेलाई त्यो दशककै सबैभन्दा सफल गायिका बनायो । यो एल्बममा "स्वीट ड्रीम्स", "डिभा", "इगो", "ब्रोकन-हार्टेड गर्ल" र "भिडियो फोन" पनि समावेश गरिएको थियो । "सिङ्गल लेडिज" को भिडियोलाई विश्वभर इन्टरनेटमा प्यारोडी बनाइएको छ जसले गर्दा टोरन्टो स्टारले भने अनुसार नयाँ इन्टरनेट नाँचको चलन चल्तीमा आएको थियो । उक्त भिडियोले सन् २००९ मा एमटिभी युरोप सङ्गीत पुरस्कार, मोबो पुरस्कार र बिइटी पुरस्कार लगायत टन्नै पुरस्कार प्राप्त गरेको छ । २००९ एमटिभी भिडियो सङ्गीत पुरस्कारमा उपर्योक्त भिडियो ९ ओटा श्रेणीमा नामाङ्कित भएको थियो जसमध्ये ३ श्रेणीमा विजयी भयो । सर्वोकृष्ट महिला भिडियोको श्रेणीमा यो भिडियोको सट्टा टेलर स्विफ्टको "यू बिलङ टु मि" ले जित्दा कान्ये वेस्टले कार्यक्रमको अवरोध गरेका थिए । फलस्वरूप बियोन्सेले आफ्नो स्वीकृति भाषणको बेला स्विफ्टलाई बोल्ने अवसर दिएकी थिइन् । मार्च २००९ मा बियोन्सेले आफ्नो दोस्रो प्रत्यक्ष प्रस्तुति आइ एम...वर्ल्ड टूरको सुरुवात गरिन्, जसले १०८ प्रस्तुतिबाट $११ करोड ९५ लाखको कमाइ भित्र्यायो ।

सन् २००८ मा क्याडिल्याक रेकर्ड्समा एटा जेम्सको भूमिका निर्वाह गरेकी बियोन्सेले आफ्नो प्रस्तुतिका लागि सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएकी थिइन् । जेम्सको चित्रणका लागि बियोन्सेले स्याटलाइट पुरस्कार र एनएएसिपी लगायत अन्य पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेकी थिइन् । बियोन्सेले यो चलचित्रबाट कमाएकी सबै आम्दानी लागु पदार्थ दुर्व्यसनीमा लागेका व्यक्तिको सहयोग गर्ने फीनिक्स हाउसमा दान गरेकी थिइन् । जनवरी २०, २००९ मा बियोन्सेले बराकमिशेल ओबामाको पहिलो बलमा जेम्सको "एट लास्ट" प्रस्तुत गरेकी थिइन् । बियोन्से एली लार्टर र इड्रिस एल्बासँग अब्सेस्डमा देखिएकी थिइन् जसमा उनी श्यारन चार्ल्सको भूमिका निर्वाह गर्छिन् । खासै राम्रो आलोचनात्मक प्रतिक्रिया नपाए पनि यस चलचित्रले $२ करोडको लगानीमा $६ करोड ८० लाख कमायो । चलचित्रको अन्तिम दृश्यमा श्यारन र एली लार्टरको पात्रको बीचमा भएको झगडाले एमटिभी मूभी पुरस्कार जितेको थियो ।

बियोन्सेले ५२ औँ वार्षिक ग्रामी पुरस्कारमा १० नामाङ्कन प्राप्त गरेकी थिइन् । एकै वर्षमा सबैभन्दा बढी नामाङ्कन प्राप्त गरेकी गायिकाको रूपमा बियोन्से र लरिन हिल एउटै पदमा पर्छन् । ती १० नामाङ्कन मध्ये ६ मा विजयी भई बियोन्सेले आफ्नो सन् २००४ को रेकर्ड तोडेकी थिइन् । सन् २०१० मा बियोन्से लेडी गागाको एकल "टेलिफोन" मा सहयोगी कलाकारको रूपमा देखिएकी थिइन् । यो गीत संयुक्त राज्यको पप चार्टमा पहिलो स्थानमा सूचिकृत भई दुबै बियोन्से र लेडी गागाको छैटौँ प्रथम स्थानमा परेको गीत बनेको थियो । यसले गर्दा बियोन्से र लेडी गागा सन् १९९२ मा नीलसेन टप ४० चार्टको स्थापना देखि सबैभन्दा बढी एकल पहिलो स्थानमा भएको कलाकारको रूपमा मराया केरीको स्तरमा पुगेका थिए । "टेलिफोन" ले सर्वोत्कृष्ट स्वर पप सहयोगको श्रेणीमा ग्रामी पुरस्कारमा नामाङ्कित भएको थियो ।

जनवरी २०१० मा आफ्नी आमाको सुझाव मानी बियोन्सेले आफ्नो व्यक्तिगत जीवनमा ध्यान केन्द्रित गर्न सङ्गीतबाट विश्राम लिने घोषणा गरिन् । यो समयमा उनी र उनका बुबाले व्यवसायिक साझेदारको भूमिका निर्वाह गर्न बन्द गरे । यस बेला उनी चीनको विशाल पर्खाल, मिश्रका पिरामिडहरू, अस्ट्रेलिया, अमेरिकी र बेलायती सङ्गीत उत्सव, सङ्ग्रहालय र ब्याले प्रस्तुति हेर्न गएकी थिइन् ।

सन् २०११ - सन् २०१३: र वृत्तचित्र

बियोन्से 
सन् २०११ मा सार्वजनिक गरिएको अगस्ट २०११ मा बियोन्सेले ४ इन्टिमेट नाइट्स विथ बियोन्सेमा प्रस्तुत गर्दै

जून २६, २०११ मा बियोन्से ग्लास्टनबेरी उत्सवको २० वर्षको अवधिमा प्रमुख पिरामिड मञ्चमा प्रस्तुति दिने पहिलो एकल गायिका बनेकी थिइन् । उनको चौथो स्टुडियो एल्बम दुई दिन पछि संयुक्त राज्यमा सार्वजनिक गरिएको थियो । "रन द वर्ल्ड (गर्ल्स)" र "बेस्ट थिङ आइ नेभर ह्याड" समावेश गरिएको को सार्वजनिकीकरणको पहिलो हप्तामा नै ३,१०,००० प्रति बिक्री भयो र बिलबोर्ड २०० मा प्रथम स्थानमा पर्ने बियोन्सेको चौथो एल्बम बन्यो । उनको चौथो एकल "लभ अन टप" ले हट आर एन्ड बी गीति चार्टको पहिलो स्थानमा ७ हप्ता बितायो भने बिलबोर्ड हट १०० को बीसौँ स्थानमा सूचिकृत भयो । मा "पार्टी", "काउन्टडाउन", "आइ केर" र "एन्ड अफ टाइम" पनि समावेश गरिएको थियो । बियोन्सेले आफ्नो सन् २०१० को साङ्गीतिक जीवनबाट लिएको विश्रामको वर्णन गर्दै एसेन्स पत्रिकाको लागि लेखेको "ईट, प्ले, लभ" का लागि न्यू योर्क असोसिएसन अफ ब्ल्याक जर्नलिस्ट्सबाट लेखन पुरस्कार पाएकी थिइन् । सन् २०११ को पछिल्लो भागमा बियोन्सेले न्यू योर्कको रोजल्यान्ड बलरूममा ४ इन्टिमेट नाइट्स विथ बियोन्से कन्सर्टमा ४ रात प्रत्यक्ष प्रस्तुति दिइन् । को १० लाख प्रति बिक्री भएको उपलक्ष्यमा अगस्ट १, २०११ मा रेकर्डिङ इन्डस्ट्री असोसिएसन अफ अमेरिकाले उक्त एल्बमलाई प्लेटिनमको दर्जा दिएको थियो । डिसेम्बर २०१५ भित्र संयुक्त राज्यमा यो एल्बमको १५ लाख प्रति बिक्री भैसकेको थियो । फेब्रुअरी ८, २०१५ भित्र यो एल्बमलाई स्पटिफाईमा १० करोड चोटी सुनिएको थियो जसले गर्दा बियोन्से ३ ओटा एल्बममा १० करोड सुनाई पुग्ने पहिलो गायिका बनेकी थिइन् ।

जून २०१२ मा रेभल एटलान्टिक सिटीको उद्घाटन मनाउन बियोन्सेले त्यहाँ चार रातका लागि प्रस्तुति दिएकी थिइन् जुन उनले आफ्नी छोरी जन्माए पछिको प्रथम प्रत्यक्ष प्रस्तुति थियो ।

जनवरी २०१३ मा डेस्टिनीज चाइल्डले आफ्ना पुराना एल्बमहरूमा भएका प्रेम प्रसङ्गयुक्त गीतका साथै "न्युक्लियर" नामक गीत समावेश गरी आफ्नो तेस्रो सङ्ग्रहित एल्बम लभ सङ्स सार्वजनिक गरे । बियोन्सेले पहिले देखि रेकर्ड गरिएको ट्र्याकको प्रयोग गरी वाशिङटन डिसीमा आयोजित राष्ट्रपति ओबामाको दोस्रो उद्घाटनमा अमेरिकी राष्ट्रिय गान गाएकी थिइन् । अर्को महिना, बियोन्सेले न्यू ओर्लीन्समा आयोजित सुपर बोलमा प्रस्तुति दिइन् । एक मिनेटमा २,६८,००० ट्विटको दरमा राखिएको यो प्रस्तुति ट्विटरको इतिहासमा नै दोस्रो सबैभन्दा महत्त्वपूर्ण घटना बनेको छ । ५५ औँ वार्षिक ग्रामी पुरस्कारमा बियोन्सेले "लभ अन टप" को लागि पुरस्कार पाइन् । फेब्रुअरी १६, २०१३ मा एचबीओमा पहिलो पटक प्रसारण गरिएको उनको वृत्तचित्र लाइफ इज बट अ ड्रीमको निर्देशनमा बियोन्सेले पनि सहयोग गरेकी थिइन् ।

कलाकारिता

स्वर र साङ्गीतिक शैली

"सिङ्गल लेडिज" सार्वजनिक गरिएको बेला मेरो हालसालै विवाह भएको थियो र मान्छेहरूको दिनदिनै बिहे भइरहेको हुन्छ । त्यसपछि जस्टिन टिम्बरलेकले स्याटरडे नाइट लाइभमा भिडियोको पुनर्निर्माण गरे । त्यही वर्ष युट्युब पनि लोकप्रिय भयो । "इरिप्लेसेबल" मा प्रयोग गरेको अकुस्टिक गिटार र ८०८ ड्रमको मिश्रण नयाँ किसिमको थियो, जसले गर्दा गीतको शैली पनि नवीन बन्यो । "क्रेजी इन लभ" पनि आशा नगरिएको ढङ्गले पप सङ्गीत जगतमा लोकप्रिय भयो । मेरो एल्बम सार्वजनिकीकरणको लागि पठाउने केही समय अघि नै मैले जे-जीलाई त्यो गीतमा सहयोग गर्न आग्रह गरेकी थिए । धन्न जे-जीले निसङ्कोच मानिहाले । त्यो गीत कहिल्यै नि पुरानो हुने छैन । मैले जति चोटी गाए पनि त्यो गीत चाहिँ पुरानो हुँदैन ।

— बियोन्से

जोडी रोजेनले "लोकसङ्गीतमा प्रयोग गर्न सकिने सर्वोत्कृष्ट वाद्ययन्त्र" भनी बियोन्सेको स्वर र लयको प्रशंसा गरेका छन् । उनको स्वर र गायनको कारणले नै उनी डेस्टिनीज चाइल्डकी प्रमुख गायिकाको रूपमा प्रख्यात छिन् । द न्यू योर्क टाइम्सका जोन परेलेसले उनको स्वरको वर्णन गर्दा "मखमली र टार्टको सम्मिश्रण, आक्रामक तथापि लोभ्याउने" भनेका छन् । रोजेनले बियोन्सेको सङ्गीतलाई आधुनिक र परम्परागतको सुमधुर सम्मिश्रण भनेका छन् । बियोन्सेको स्वर र कलाको प्रशंसा गर्ने कयौँ आलोचक र समीक्षक मध्ये द वाशिङटन पोस्टका क्रिस रिचार्ड्स अनुसार बियोन्सेले कुनै पनि धुनलाई आफ्नो सुमधुर स्वर र शक्तिशाली गर्जनले सामञ्जस्यपूर्ण बनाउन सक्छिन् ।

बियोन्सेको सङ्गीतमा सामान्यतया आर एन्ड बी, पप र हिप हप शैलीका प्रयोग हुने भए पनि धेरै गीतहरूमा सोल र फङ्कको प्रयोग गरिएको पाइन्छ । मा बियोन्सेले अन्य स्टुडियो एल्बममा भन्दा बढी सन् १९९० को दशकको आर एन्ड बी, सोल र हिप हपको प्रयोग गरेकी थिइन् । प्रायः अङ्ग्रेजी गीत निकाल्ने बियोन्सेले अमेरिकी रेकर्ड निर्माता रूडी पेरेजको सहयोगमा बीडेको पुनः सर्वजनिकीकरणको बेला आफ्नो विस्तृत एल्बम इर्रेम्प्लाजाब्लेमा स्पेनी भाषामा गीत गएकी थिइन् ।

गीत रचना र विवाद

बियोन्सेले डेस्टिनीज चाइल्डको भाग हुँदा सार्वजनिक गरेको धेरैजसो गीत रचना गरेको श्रेय पाएकी छिन् । आफ्नो एकल साङ्गीतिक कार्य जीवनमा निकालेको सबै गीतमा उनले रचनाको श्रेय पाए पनि पूर्ण श्रेय भने पाएकी छैनन् । उनका पुराना गीतहरूमा व्यक्तिगत धारणाको प्रचुरता देखिन्थ्यो र "इन्डिपेन्डेन्ट विमेन" तथा "सर्भाइभर" जस्ता गीतहरूले उनको नारीवादी विचार धारणाको पुष्टि गर्दछ । यद्यपि, उनले जे-जीसँग प्रेम सम्बन्ध सुरु गरेपछि उनका गीतहरूमा पनि प्रेम प्रसङ्ग सुनिन थालिए । यसको प्रमुख उदाहरणको रूपमा उनको गीत "केटर फोर यू" लाई लिन सकिन्छ । बियोन्सेले डेन्जरस्ली इन लभको ताल आफैँ निर्माण नगरे तापनि लय निर्माणमा सहयोग गरेको हुनाले उनले सो एल्बमको सह-निर्माताको श्रेय पाएकी छिन् ।

सन् २००१ मा बियोन्से वर्षको पप सङ्गीतकारको श्रेणीमा अमेरिकन सोसाइटी अफ कम्पोजर्स, अथर्स एन्ड पब्लिशर्स पप सङ्गीत पुरस्कार जित्ने प्रथम अफ्रिकी-अमेरिकी महिला र दोस्रो महिला सङ्गीतकार भएकी थिइन् । सन् १९७१ मा क्यारोल किङ र सन् १९९१ मा मराया केरी पछि ३ प्रथम स्थानमा सूचिकृत भएका गीतहरूको लेखन र रचनाको श्रेय पाउने तेस्रो महिला भएकी थिइन् बियोन्से । प्रथम स्थानमा सूचिकृत गीतहरू गनी ९ गीत रचना श्रेय भएकी बियोन्सेलाई धेरैले डायान वारेनसँग तुलना गरेका छन् । बियोन्सेले पछि को लागि सेप्टेम्बर ११ को हमलाबाट प्रभावित भई "आइ वज हियर" लेखेकी थिइन् । मे २०११ मा बिलबोर्डले बियोन्सेलाई बिलबोर्ड हट १०० मा परेका ८ एकल गीतहरू लेखेको हुनाले सर्वोत्कृष्ट २० हट १०० गीतकारहरूको सुचीमा सत्रौँ स्थानमा सूचिकृत गरेको थियो । त्यो सूचीमा बियोन्से, एलिसिया किजटेलर स्विफ्ट गरी तीन महिलाहरू मात्रै सूचिकृत भएका थिए ।

बियोन्सेको गीत रचनाको श्रेयमा धेरै पत्रकार र सङ्गीतकारले प्रश्न उठाएका छन् । आफूले गीतको लेखनमा सानो भूमिका निभाए वा सहयोग मात्र गरे तापनि बियोन्सेले प्रमुख गीतकारको श्रेय पाउने कुरालाई लिएर धेरै विवाद भएको छ । सन् २००५ को भ्यानिटी फेयरको प्रमुख लेखमा उनले डेस्टिनीज चाइल्डको कयौँ पहिलो स्थानमा परेका गीतहरू लेखेको बताएकी थिइन्, जसमा उनलाई सहयोगीको रूपमा श्रेय दिइएको थियो । सन् २००७ मा बार्बरा वाल्टर्ससँग अन्तर्वार्ता गर्दा बियोन्सेले डेस्टिनीज चाइल्डको "बूटिलिशियस" गीतको धुन बनाएको दाबी गरेकी थिइन् जसले गर्दा उक्त गीतको निर्माता रब फुसारीले बियोन्सेका पिता र तत्काल प्रबन्धक म्याथ्यू नोल्सको विरोधमा आवाज उठाएका थिए । यद्यपि, सन् २०१६ मा इन्टरटेनमेन्ट वीक्लीसँगको अन्तर्वार्तामा फुसारीले बियोन्सेलाई नै "बूटिलिशियस" को अवधारणा रचना गरेको श्रेय दिए ।

सन् २००७ मा एकेडेमी अफ मोशन पिक्चर्स एन्ड सायन्सेसले सर्वोकृष्ट मौलिक गीतको श्रेणीमा मनोनित ड्रीमगर्ल्सको "लिसन" बाट बियोन्सेलाई गीतकारको रूपमा मनोनित गरेन । त्यो बेला भर्खर अपनाइएको ३ गीतकारको सीमा भएकोले बियोन्सेको सो गीतको लेखनमा रहेको भूमिकालाई अरूहरूको भूमिका भन्दा कम महत्त्वपूर्ण मानिएको थियो । सन् २००९ मा रायन टेडरको "हेलो" गीतको मौलिक डेमो सार्वजनिक भएको थियो जसको धुन बियोन्सेले श्रेय पाएको "हेलो" सँग मिल्दोजुल्दो थियो । द गार्डियनसँगको अन्तर्वार्तामा टेडरले बियोन्सेले गीतको अन्तरामा परिवर्तन गरेको हुनाले श्रेय पाउनु स्वभाविक नै थियो भने । सन् २०१४ मा गीतकार लिन्डा पेरीले धेरैजसो गायकहरू जस्तै बियोन्सेले पनि गीतको एक-दुई शब्द परिवर्तन गर्न साथै गीतकारको श्रेय खोज्छिन् भनिन्, जसको समर्थन फ्र्याङ्क ओशनले पनि गरे ।

सन् २०१४ मा सन्डे इन्डिपेन्डेन्टका पत्रकार अलेक्सिस क्रिटसेलिसले यो गीत रचनासँग सम्बन्धित विवादमा आधारित भई बियोन्सेका प्रशंसकहरू कुन हदसम्म उनको माया र सम्मानमा अन्धो छन् भन्ने कुरामा प्रकाश पार्न खोजेकी थिइन् । पप संस्कृतिको आलोचक रोजर फ्रीडम्यान र द डेली बीस्टका केभिन फ्यालनले पनि पप सङ्गीतको जगतमा गायकको प्रसिद्धिको श्रेणी गायकको स्वरका साथै उनका गीतकारलाई पनि दिनुपर्ने भनेका छन् । भ्यानिटी फेयरका जेम्स एस. मर्फीले भनेझैँ बियोन्से आफ्नो गीत लेखन र रचनाको लागि लोकप्रिय नभए पनि तर फ्र्याङ्क सिनाट्रा र बिली होलिडे जस्तै आफूलाई दिइएका शब्दहरूमा भावना ल्याउन सक्ने क्षमताको कारणले प्रसिद्ध छिन् ।

प्रभाव

बियोन्सेले माइकल ज्याक्सनलाई आफ्नो प्रमुख साङ्गीतिक प्रभाव मान्छिन् । पाँच वर्षको उमेरमा बियोन्सेले पहिलो पटक ज्याक्सनको प्रत्यक्ष प्रस्तुति हेर्न गई आफू पनि गायिका बन्ने सोच राखेकी थिइन् । सन् २००६ मा ज्याक्सनलाई विश्व सङ्गीत पुरस्कारले सम्मानित गर्दा बियोन्सेले ज्याक्सन नभएको भए उनी कहिल्यै सङ्गीतमा नलाग्ने खुलासा गरेकी थिइन् । उनी डायना रसलाई सर्वोत्कृष्ट मनोरञ्जकको रूपमा सम्मान गर्छिन् । आफ्नो शक्तिलाई स्त्रीलिङ्गी र मोहक बनाउने टिना टर्नर र उनलाई आफ्नो काममा सधैँ प्रेरणा दिने ह्विट्नी ह्युस्टनलाई बियोन्सेले खुब मन पराउँछिन् । उनले बाल्यकालमा मराया केरीको "भिजन अफ लभ" सुनी गीत गाउनमा अझै बढी समय लगानी गरेकी हुन् । उनका अन्य साङ्गीतिक प्रभावमा प्रिन्स, लरिन हिल, शाडे अडु, डना समर, मेरी जे. ब्लाइज, अनिटा बेकर र रशेल फेरेल पर्छन् ।

उनको दोस्रो एकल एल्बम बीडेमा प्रदर्शित नारीवाद र महिला सशक्तिकरणका विषयवस्तुहरूका प्रेरणा उनको चलचित्र ड्रीमगर्ल्स र जोसेफिन बेकर थिए । सन् २००६ को फेशन रक्स कन्सर्टमा "डेजा भू" बियोन्सेले बेकरको प्रसिद्ध नक्कली केरा टाँसिएको हुला जामा लगाई बेकरलाई सम्मान गरेकी थिइन् । बियोन्सेको तेस्रो एकल एल्बम आइ एम...साशा फियर्स जे-जी र विशेष गरी एटा जेम्सद्वारा प्रभावित भएको थियो जसको आँटले बियोन्सेलाई नयाँ साङ्गीतिक शैलीमा गीत रचना गर्ने हौसला प्रदान गर्यो । बियोन्सेको चौथो स्टुडियो एल्बम फेला कुटी, सन् १९९० दशकको आर एन्ड बी, अर्थ, विन्ड एन्ड फायर, डेबार्ज, लायनेल रिची, टिना मरी, द ज्याक्सन ५, न्यू एडिशन, फ्लोरेन्स एन्ड द मशिन र प्रिन्सद्वारा प्रभावित थियो ।

बियोन्सेले मिशेल ओबामाओपरा विनफ्री प्रति आफ्नो आदर र सम्मान व्यक्त गरेकी छिन् । उनले जे-जीलाई आफ्नो सङ्गीत र व्यक्तिगत जीवनमा पनि निरन्तर प्रेरणाको स्रोत भनेकी छिन् । बियोन्सेले जँ-मिशेल बास्क्याको सङ्गीतको पनि निकै प्रशंसा गरेकी छिन् । फेब्रुअरी २०१३ मा बियोन्सेले मडोनाले उनलाई आफ्नो कार्य जीवन आफ्नो नियन्त्रणमा लिन प्रेरित गरेको खुलासा गरिन् । बियोन्सेले शेरलाई आफ्नो फेशनको प्रेरणा भनेकी छिन् ।

सङ्गीत भिडियो र मञ्च

बियोन्से 
बियोन्से २००९ एमटिभी युरोप सङ्गीत पुरस्कारमा प्रस्तुति दिँदै

सन् २००६ मा बियोन्सेले आफ्नो महिला ब्यान्ड शुग मामाको परिचय दिएकी थिइन्, जसमा बेस वाधक, ड्रम वाधक, कीबोर्ड वाधक र पर्कशन वाधक समावेश गरिएको थियो । उनका पृष्ठभूमि गायक, जसलाई द मामाज भनिन्छ, अन्तर्गत मोन्टिना कापर-डोनल, क्रिस्टल कलिन्स र टिफनी मोनिके रिड्डिक पर्छन् । २००६ बिइटी पुरस्कारमा प्रथम पटक देखिएको यो ब्यान्डले पछि "इरिप्लेसेबल" र "ग्रीन लाइट" प्रस्तुत गर्न मञ्चमा फर्केका थिए । यस ब्यान्डले द बियोन्से एक्स्पीरियन्स (सन् २००७), आइ एम...वर्ल्ड टूर (सन् २००९ - सन् २०१०), द मिसेस कार्टर शो वर्ल्ड टूर (सन् २०१३ - सन् २०१४) र द फोर्मेशन वर्ल्ड टूर (सन् २०१६) लगायत अन्य प्रत्यक्ष प्रस्तुतिहरूमा बियोन्सेको सहयोग गरेको छ ।

प्रत्यक्ष प्रस्तुतिमा बियोन्सेको मञ्चमा उपलब्धि र स्वरको निकै प्रशंसा गरिएको छ । न्यू योर्क पोस्टका ज्यारेट वीजलम्यानले पाँच सर्वोत्कृष्ट गायक/नर्तकहरूको सूचीमा बियोन्सेलाई पहिलो स्थानमा सूचिकृत गरेका थिए । द गार्डियनकी बार्बरा एलेन दी इन्डिपेन्डेन्टकी एलिस जोनेसले बियोन्सेलाई मञ्चमा देखेको सबैभन्दा जोशिलो मनोरञ्जनकर्मीको दर्जा दिएका छन् । डेफ जामका भूतपूर्व अध्यक्ष एल.ए. रीडले बियोन्सेलाई सर्वश्रेष्ठ जीवित मनोरञ्जनकर्मी भनेका छन् । डेली न्यूजका जिम फार्बर र द स्टार फीनिक्सकी स्टेफनी क्लासेनले उनको शक्तिशाली आवाज र मञ्चमा उपलब्धिको प्रशंसा गरेका छन् । बियोन्सेले मञ्चमा लगाउने लुगा छोटो भएको हुनाले मलेसियाको लुगा सम्बन्धि कडा नियमले गर्दा उनले केही प्रस्तुतिहरू स्थगित वा रद्द गर्नुपरेको थियो ।

बियोन्सेले आफ्ना गीतहरूको भिडियो बनाउने क्रममा मेलिना मात्सूकस, जोनस एकर्ल्यान्ड र जेक नाभा लगायत कयौँ चर्चित निर्देशकहरूसँग काम गरेकी छिन् । ब्यूटी एन्ड द बीस्टका निर्देशक बिल कन्डनले उक्त चलचित्रको लागि बियोन्सेको लेमनेडबाट प्रेरणा लिएको खुलासा गरेका छन् ।

वैकल्पिक अहम

मञ्चमा प्रस्तुति दिँदा "मोहक र उत्तेजक" भनिएको बियोन्सेले आफ्नो असल पहिचान र मञ्चको पहिचानलाई अलग राख्न "साशा फियर्स" नामक वैकल्पिक अहमको सिर्जना गरेको बताइन् । उनले साशालाई आक्रामक, बलवान र मोहक भनी उनी असलमा त्यस्तो छैनन् भन्ने स्पष्ट पारिन् । साशाको अवधारणा "क्रेजी इन लभ" भिडियोको निर्माणको बेला नै सिर्जना भए पनि उनको पहिचान सन् २००८ मा सार्वजनिक गरिएको एल्बम आइ एम...साशा फियर्सको घोषणासँगै भएको थियो । फेब्रुअरी २०१० मा बियोन्सेले आफूसँग खुसी भई साशा फियर्सको आवश्यकता नपरेको अलोर पत्रिकालाई खुलासा गरिन् । मे २०१२ मा आगामी महिना आयोजित रेभल प्रिजेन्ट्स: बियोन्से लाइभका लागि साशा फियर्सलाई फिर्ता ल्याउने घोषणा गरियो ।

प्रसिद्धि

बियोन्से 
सन् २००६ मा ड्रीमगर्ल्सको प्रथम प्रदर्शनमा बियोन्से

बियोन्सेलाई मोहक र उत्तेजक भनी वर्णन गरिने गरिन्छ र सङ्गीत पत्रकार टूरे अनुसार डेन्जरस्ली इन लभको सार्वजनिकीकरण देखि उनी प्रणय प्रतीक बनेकी छन् । बियोन्सेलाई राम्रो र उत्तेजक लुगा लगाउन मन लागे पनि उनले मञ्चमा लगाउने लुगाहरू मञ्चको लागि मात्रै हो भन्ने उनले स्पष्ट पारेकी छिन् । बियोन्सेको बक्ररेखाका कारणले उनको वर्णन गर्दा सन् २००० को दशकमा मिडियाले "बूटिलिशियस" शब्दको प्रयोग गर्थ्यो । "बूटी" (अनुवाद: "पुट्ठा") र "डिलिशियस" (अनुवाद: "स्वादिलो") शब्दको संयोजन गरी बनेको यो शब्द डेस्टिनीज चाइल्डको त्यही नामको एकल गीतले गर्दा चलन चल्तीमा आएको हो । सन् २००६ मा यसलाई अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशमा थपिएको थियो ।

सेप्टेम्बर २०१० मा बियोन्सेले टम फोर्डको वसन्त/गृष्म २०११ फेशन शोमा प्रथम पटक रनवेमा मोडलिङ गरेकी थिइन् । उनलाई पीपलद्वारा "संसारको सबैभन्दा सुन्दर महिला" र सन् २०१२ मा कम्प्लेक्सद्वारा "इतिहासकै सर्वोत्कृष्ट गायिका" घोषणा गरिएको थियो । जनवरी २०१३ मा जीक्यूले बियोन्सेलाई "२१ औँ शताब्दीको सबैभन्दा मोहक १०० महिलाहरू" को सूचीमा प्रथम स्थानमा सूचिकृत गरेको थियो । भिएच १ ले उनलाई १०० सर्वोत्कृष्ट कलाकारहरूको सूचीमा प्रथम स्थानमा सूचिकृत गरेको थियो । न्यू योर्क, वाशिङटन डिसी, आम्स्टर्डम, बैङ्कक, हलिउड र सिड्नी लगायत अन्य प्रख्यात सहरहरूमा अवस्थित म्याडम टूसाड्स मैन सङ्ग्रहालयमा बियोन्सेका मैनका मूर्तिहरू सङ्ग्रह गरिएका छन् ।

इटालियन फेशन डिजाइनर रोबेर्टो काभालीले भने अनुसार बियोन्सेले आफ्नो सङ्गीतलाई प्राण दिनका लागि विभिन्न लुगा र फेशनको प्रयोग गर्छिन् । उनकी आमाले सन् २००२ मा डेस्टिनीज स्टाइल नामक पुस्तक लेख्न सहयोग गरेकी थिइन्, जसमा उनले फेशनले कसरी त्रयको सफलतामा प्रभाव पर्यो भनेर वर्णन गरेकी थिइन् । बीडे एन्थोलोजी भिडियो एल्बममा पनि उनीहरूको फेशनको बारेमा विस्तृत रूपमा छलफल गरिएको थियो । सन् २००७ मा स्पोर्ट्स इलस्ट्रेटेडको स्विमसूट संस्करणको आवरणमा छापिएकी बियोन्से उक्त पत्रिकामा छापिने टायरा ब्याङ्क्स पछिको दोस्रो अफ्रिकी-अमेरिकी महिला बनेकी थिइन् । त्यही वर्ष पीपल पत्रिकाले उनलाई सबैभन्दा राम्रो लुगाहरू लगाउने हस्ती घोषणा गरेको थियो ।

बियोन्सेका प्रशंसकहरूलाई "बिहाइभ" भनिन्छ । पहिले उनका प्रशंसकहरूलाई "बियोन्से" र "अन्टूराज" (अनुवाद: "टोली") शब्दका संयोजन गरी "बियोन्टूराज" भनिन्थ्यो । प्रशंसकहरूलाई "बिहाइभ" भन्ने निर्णय ट्विटरमा आयोजित चुनावबाट सफल भएको थियो ।

सन् २००६ मा उनको फेशन लाइन हाउस अफ डेरेअनमा भुवाको प्रयोग गरेको हुनाले पशुसँग नैतिक व्यवहारको पक्षमा मानिसहरूले बियोन्सेको आलोचना गरेका थिए । सन् २०११ मा उनी फ्रेन्च फेशन पत्रिका लोफिशिएलमा आदिवासी शृङ्गारमा देखिएकी थिइन्, जसले गर्दा उनले मिडियाबाट प्रतिकूल प्रतिक्रिया पाएकी थिइन् । पत्रिकाको प्रवक्ताद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा बियोन्सेले आदिवासी शृङ्गारद्वारा उनको अफ्रिकी मूल झल्काउने प्रयास गरेको खुलासा गरेका थिए ।

बियोन्सेको हल्का रङ्ग र लुगाले गर्दा उनले अफ्रिकी-अमेरिकी समुदायबाट पनि प्रतिकूल प्रतिक्रिया पाएकी छिन् । नर्थइस्टर्न विश्वविद्यालयमा सङ्गीत प्राध्यापकको रूपमा काम गर्ने एमेट प्राइसले बियोन्सेको वर्णको कारणले गर्दा पनि उनले यस्तो नकारात्मक आलोचना पाएको हुन सक्छ भनेका छन् । बियोन्सेले जस्तै लुगा लगाउने कति गोरा जातका गायिकाहरूले प्रशंसा पाएको कुरामा पनि उनले प्रकाश परेका छन् । सन् २००८ मा लोरियाल माथि फेरियाको दिन सार्वजनिक गरिएको केश रङ्गको विज्ञापनमा बियोन्सेलाई गोरो बनाएको आरोप लागेको थियो, जसलाई उक्त कम्पनीले अस्वीकार गरेको थियो । सन् २०१३ मा बियोन्सेले आफैँ एच एन्ड एमले उनको सम्पादित प्रचारक तस्वीरहरूको प्रयोग गरेकोमा गुनासो गरेकी थिइन् र भोगमा छापिए अनुसार उनले सम्पादन गरिएका तस्वीरहरू प्रकाशन नगर्ने अनुरोध गरेकी छिन् ।

बियोन्सेले ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा आफ्नो समर्थन जनाएकी छिन् । सन् २०१६ मा सुपर बोलमा उनले दिएको "फोर्मेशन" को प्रत्यक्ष प्रस्तुतिमा केही राजनीतिज्ञ र प्रहरीले प्रतिकूल प्रतिक्रिया दिएका थिए । केही प्रहरीहरूले बियोन्सेको फोर्मेशन वर्ल्ड टूरको सामाजिक बहिष्कार गर्न खोजेका थिए । बियोन्से प्रहरीहरूको विरोधमा नभई प्रहरी क्रूरताको विरोधमा भएको उनले स्पष्ट पारेकी छिन् ।

व्यक्तिगत जीवन

विवाह र सन्तान

सन् २००२ मा जे-जीको एल्बम द ब्लूप्रिन्ट २: द गिफ्ट एन्ड द कर्सको सातौँ ट्र्याकमा परेको "'०३ बोनी एन्ड क्लाइड" मा सहयोग गरेपछि बियोन्सेले जे-जीसँग प्रेमको सम्बन्ध गाँसिन् । बियोन्से सो गीतको भिडियोमा जे-जीको प्रेमिकाको भूमिकामा देखिइन्, जसले गर्दा उनीहरूको सम्बन्धको अनुमान जताततै मिडियामा गरियो । अप्रिल ४, २००८ मा कुनै पूर्व घोषणा नगरी बियोन्से र जे-जीले विवाह गरे । अप्रिल २०१४ को तथ्याङ्क अनुसार बियोन्से र जे-जीले कुल ३० करोड रेकर्ड बिक्री गरिसकेका थिए । आफ्नो सम्बन्ध निजी राख्ने हुनाले चासोको विषय भइरहने भए तापनि उनीहरूले हालै आफ्नो सम्बन्धको बारेमा खुला रूपमा बोल्न सुरु गरेका छन् । जे-जीले विवाहबाहक सम्बन्ध राखेर उनीहरूको सम्बन्धमा आएको समस्याका बारेमा दुबै जनाले खुला रूपमा बोलेका छन् ।

सन् २०१०/११ तिर बियोन्सेको गर्भपतन भयो, जसलाई उनले आफ्नो जीवनको सबैभन्दा दुखद घटना मान्छिन् । यो पीडाबाट मुक्त हुन उनले स्टुडियो फर्की गीत रचना गर्न थालिन् । अप्रिल २०११ मा को एल्बम आवरणको लागि तस्वीर खिच्न पेरिस जाँदा उनी अचानक गर्भवती भइन् । त्यही साल अगस्ट महिनामा बियोन्सेले एमटिभी भिडियो सङ्गीत पुरस्कारमा "लभ अन टप" प्रस्तुत गरेपछि आफ्नो गर्भ संसारसामु पेश गरिन् । बियोन्सेको प्रस्तुतिले १ करोड २४ लाख दर्शक बटुली एमटिभीको इतिहासमा नै सर्वाधिक हेरिएको कार्यक्रम बन्यो । प्रति सेकेन्ड ८,८६८ ट्विटको दरमा पोस्ट राखिएको यो घोषणालाई गिनिज वर्ल्ड रेकर्ड्समा "एकल घटनाको लागि रेकर्ड गरिएको सर्वाधिक ट्विट गरिएको पोस्ट" भनी प्रकाशित गरिएको थियो । अगस्ट २९, २०११ मा गूगलले सार्वजनिक गरिएको तथ्याङ्क अनुसार "बियोन्से गर्भवती" सप्ताहको सर्वाधिक खोज गरिएको विषय थियो । जनवरी ७, २०१२ मा बियोन्सेले न्यू योर्क सहरको लेनोक्स हिल अस्पस्तलमा आफ्नी छोरी ब्लू आइभी कार्टरलाई जन्म दिइन् ।

सन् २०१६ मा लेमनेडको सार्वजनिकीकरण पछि सो एल्बममा रहेको "सरी" गीतले गर्दा जे-जीले "बेक्की" को छद्मनामले बोलाइएको महिलासँग विवाहबाहक सम्बन्ध राखेको अनुमान गरिएको थियो । द न्यू योर्क टाइम्सका जोन परेलेसले बियोन्सेले लेमनेडमा बियोन्सेले जे-जी माथि आरोप लगाएको स्पष्टिकरण गरेका थिए । त्यसैगरी रोलिङ स्टोनका रब शेफील्डले पनि "सक अन माइ बल्स, आइ ह्याभ ह्याड इनफ" (अनुवाद: "मैले धेरै सहिसके, मेरो गेडा चुस") जस्ता पङ्क्तिले पनि जे-जीको व्यभिचारलाई सङ्केत गर्ने अनुमान गरेका थिए ।

फेब्रुअरी १, २०१७ मा बियोन्सेले जुम्ल्याहा बालबालिका जन्माउने भन्दै आफ्नो गर्भवती भएको तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनको तस्वीरले आठ घण्टामा ६ करोड ३० लाख लाइक पाई त्यसबेलाको इन्स्टाग्रामको सर्वाधिक लाइक पाएको पोस्ट बनेको थियो । जुलाई १३, २०१७ मा एक महिना अगाडि जून १३, २०१७ को दिन उनका छोरा सर कार्टर र छोरी रुमी कार्टरको जन्म भएको घोषणा गर्दै त्रयको तस्वीर सार्वजनिक गरेकी थिइन्, जुन इन्स्टाग्रामको दोस्रो सर्वाधिक लाइक पाएको पोस्ट बन्न पुगेको थियो । बियोन्सेका जुम्ल्याहा सन्तान क्यालिफोर्नियास्थित रोनाल्ड रेगन यूसीएलए मेडिकल सेन्टरमा जन्मेका थिए । उनले आफ्नो गर्भावस्था र त्यसका असरहरूको बारेमा भोगको सेप्टेम्बर २०१८ संस्करणमा लेखेकी थिइन्, जसको आवरण तस्वीर बियोन्सेको निर्देशनमा ह्यामरवुड पार्कमा छायाचित्रकार टाइलर मिचेलद्वारा खिचिएको थियो ।

सम्पत्ति

जून २००७ देखि जून २००८ को अवधिमा बियोन्सेले आफ्नो सङ्गीत, चलचित्र र फेशन ब्र्यान्डबाट $८ करोड कमाई सबैभन्दा बढी धनी महिला मनोरञ्जनकर्मीको पदबाट मडोनासेलिन डियोनलाई प्रतिस्थापन गरेको फोर्ब्सले सन् २००८ मा अनुमान गरेको थियो । यसले गर्दा उनी सन् २००९ मा सिलेब्रिटी १०० मा चौथो स्थान र सन् २०१० मा "विश्वका सबैभन्दा शक्तिशाली महिलाहरू" मा नवौँ स्थानमा सूचिकृत भइन् । त्यो वर्ष आफ्नो फेशन ब्य्रान्ड र संयुक्त उपक्रमहरूबाट $३ करोड ५० लाख कमाएकी बियोन्से आगामी वर्ष उनी "३० वर्ष मुनिका सबैभन्दा बढी धनी हस्तीहरू" मा आठौँ स्थानमा परेकी थिइन् । सन् २०११ मा $४ करोड कमाए पनि बियोन्सेलाई सन् २०१२ को "सिलेब्रिटी १००" सूचीमा सोह्रौँ स्थानमा राखिएको थियो, जुन ३ वर्ष अगाडिको सूची भन्दा १२ स्थान तल थियो । त्यही वर्ष बियोन्से र जे-जीले कुल $७ करोड ८० लाख कमाई "संसारकै सबैभन्दा धनी हस्तीको जोडी" मा पहिलो स्थानमा परेका थिए । सन् २००९ मा कुल $१२ करोड २० लाख कमाएका बियोन्से र जे-जीलाई गत वर्ष गिनिज वर्ल्ड रेकर्ड्समा "सबैभन्दा बढी धनी प्रभावकारी जोडी" घोषणा गरिएको थियो । सन् २००९ देखि सन् २०११ को अन्तरालमा औसत $७ करोड प्रति वर्ष कमाएकी बियोन्सेले सन् २०१२ मा केवल $४ करोड कमाइन् । सन् २०१३ का बियोन्सेको पेप्सी र एचएनएमका संयुक्त उपक्रमले गर्दा उनी र बियोन्से सङ्गीत उद्योगकै सर्वप्रथम अरबपति जोडी बने । त्यही साल बियोन्से फोर्ब्सको चौथो सबैभन्दा शक्तिशाली र प्रभावकारी हस्ती बनिन् ।

सन् २०१४ को अन्त्य भित्र बियोन्से इतिहासको नै सबैभन्दा धनी अफ्रिकी-अमेरिकी सङ्गीतकार हुन्छिन् भनेर एमटिभीले अनुमान गरेको थियो । यो अनुमान जून २०१४ मा सत्य भयो । जून २०१३ देखि जून २०१४ सम्ममा $११ करोड ५० लाख कमाएकी बियोन्सेलाई जून २०१४ मा "सिलेब्रिटी १००" मा पहिलो स्थानमा राखिएको थियो । यो साल बियोन्से पहिलो पटक सिलेब्रिटी १०० मा प्रथम स्थानमा सूचिकृत भएकी थिइन् । सन् २०१६ मा बियोन्सेले $५ करोड ४० लाख मात्रै कमाएको हुनाले उनी सिलेब्रिटी १०० मा ३४ औँ स्थानमा सूचिकृत भइन् । यद्यपि, कुल $१० करोड ७५ लाख कमाएका जे-जी र बियोन्से सबैभन्दा धनी हस्ती दम्पतिको सूचीमा पहिलो स्थानमा परे । सन् २०१८ मा फोर्ब्सले बियोन्सेको जम्मा सम्पति $३५ करोड ५० लाख भएको अनुमान गरी त्यो वर्ष $६ करोड कमाएको हुनाले उनलाई सबैभन्दा धनी कलाकारहरूको सूचीको जून महिनाको संस्करणमा ३५ औँ स्थानमा सूचिकृत गर्यो । यो तथ्याङ्क अनुसार एकै वर्षमा दुई चोटी $१० करोड भन्दा बढी आय कमाउने कलाकारहरू मध्ये बियोन्से र मडोना एकै स्थानमा पर्छन् । दम्पति बियोन्से र जे-जीको जम्मा सम्पति $१ अर्ब १६ करोड रहेको छ । जुलाई २०१७ मा बिलबोर्डले सन् २०१६ मा $६ करोड २१ लाख कमाएकी बियोन्से त्यो वर्षको सबैभन्दा धनी सङ्गीतकार भएको घोषणा गर्यो ।

व्यापार र उद्यम

सन् २०१० मा कोलम्बिया रेकर्ड्समा आधारित भई बियोन्सेले पार्कवुड इन्टरटेनमेन्टको स्थापना गरिन्, जुन उनको चलचित्र र भिडियो निर्माण गर्ने प्रमुख मनोरञ्जन र व्यवस्थापन कम्पनी बन्यो । पार्कवुड इन्टरटेनमेन्ट पहिला बियोन्से बस्ने ह्युस्टनमा रहेको सडकको नाम पछि राखिएको हो । न्यू योर्कमा प्रमुख कार्यालय रहेको यस कम्पनीले बियोन्सेको सङ्गीत, चलचित्र, भिडियो र फेशनसँग सम्बन्धित उद्यमको व्यवस्थापन गर्छ । पार्कवुड इन्टरटेनमेन्टका कर्मचारीहरू कला र मनोरञ्जनका साथै चलचित्र निर्माण, भिडियो उत्पादन, फेशन डिजाइन, अर्थशास्त्र र बजारशास्त्रमा पनि सिपालु छन् । बियोन्सेद्वारा सहनिर्मित र बियोन्सेले एटा जेम्सको भूमिका निर्वाह गरेको सन् २००८ मा सार्वजनिक गरिएको क्याडिल्याक रेकर्ड्स पार्कवुड इन्टरटेनमेन्टको प्रथम उत्पादन थियो । सन् २०१३ देखि बियोन्सेका स्टुडियो एल्बमहरूको निर्माण र सार्वजनिकीकरण यही कम्पनीको अधीनमा भइरहेको छ । पार्कवुड अन्तर्गत बियोन्सेले क्लोई x ह्यालीसँग पनि साझेदारी गरेकी छिन् ।

संयुक्त उपक्रम र साझेदारी

सन् २००२ देखि पेप्सीसँग काम गरेकी बियोन्से सन् २००४ मा ब्रिट्नी स्पियर्स, पिङ्कएनरिके इग्लेसियासका साथ ग्ल्याडियेटरमा आधारित विज्ञापनमा देखिएकी थिइन् । सन् २०१२ मा बियोन्सेले पेप्सीको समर्थन गर्ने $५ करोडको साझेदारी गरिन् । संयुक्त राज्य अमेरिकाको सार्वजनिक हितमा विज्ञान केन्द्रले पेप्सीले गर्दा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने हुनाले सो साझेदारी रद्द गर्न खुला पत्र सार्वजनिक गरेको थियो । अप्रिल २०१३ मा सार्वजनिक गरिएको नेटबेसको तथ्याङ्क अनुसार बियोन्सेको पेप्सीको विज्ञापन सन् २०१३ को सबैभन्दा प्रख्यात विज्ञापन थियो, जसले ७०% दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्यो ।

बियोन्सेले ट्रू स्टार र ट्रू स्टार गोल्ड अत्तरहरूको निर्माण गर्न टमी हिल्फिगरसँग काम गरेकी छिन् । सन् २००७ मा उनले एम्पिरियो अरमानीको डायमन्ड्स अत्तरको विज्ञापन गरेकी थिइन् । सन् २०१० मा बियोन्सेले आफ्नो प्रथम आधिकारिक अत्तर हीटको सार्वजनिकीकरण गरिन् । अत्तरको विज्ञापन, जसमा सन् १९५६ को "फीभर" गीतको प्रयोग गरिएको थियो र जसमा बियोन्से वस्त्रहीन हुन्छिन्, संयुक्त अधिराज्यमा केवल राति प्रसारण गरिने अनुमति दिइएको थियो । फेब्रुअरी २०११ मा बियोन्सेले आफ्नो दोस्रो अत्तर, हीट रश निकालिन् । बियोन्सेको तेस्रो अत्तर पल्स सेप्टेम्बर २०११ मा सार्वजनिक गरियो । सन् २०१३ मा हीटको द मिसेस कार्टर शो सीमित संस्करण निकालिएको थियो । $४० करोड माथिको नाफा कमाएका बियोन्सेका अत्तरहरू हस्तीहरूका अत्तरहरू मध्ये सबैभन्दा प्रख्यात छ ।

गेटफाइभसँगको $१० करोडको साझेदारी रद्द गरी बियोन्सेले स्टारपावर: बियोन्से भिडियो खेलको सार्वजनिकीकरण रद्द गरेपछि उनले यो मुद्दा अदालतमा समाधान गर्नुपरेको थियो । गीतफाइभले आफ्ना वित्तीय समर्थक हराएपछि बियोन्सेले उक्त साझेदारी रद्द गरेको उनका वकिलहरूले खुलासा गरे । बियोन्सेले १८ वर्षको उमेरमा लोरियालसँग साझेदारी गर्नुका साथै अमेरिकन एक्सप्रेस र निन्टेन्डो डीएससँग पनि संयुक्त उपक्रम जारी गरेकी छिन् ।

मार्च २०१५ मा अन्य कलाकारहरूसँगै बियोन्से उच्च गुणस्तरीय श्रव्य साझेदारी मञ्च टाइडलकी सहसंस्थापक र मालिक बनिन् । बियोन्सेका श्रीमान जे-जीले सन् २०१५ को पहिलो भागमा टाइडललाई नियन्त्रण गर्ने कम्पनी एस्पिरोको खरिद गरेका थिए । बियोन्से र जे-जीको साथमा कान्ये वेस्ट, रिहाना, मडोना, क्रिस मार्टिन र निकी मिनाज लगायत १६ जना कलाकारहरूले ३% धितोमा टाइडलको स्वामित्व प्राप्त गरेका छन् । यसरी धेरै कलाकारहरूको स्वामित्वमा रहेको श्रव्य साझेदारी मञ्चको सिर्जनाले सङ्गीत उद्योगमा छिटो परिवर्तन भइरहने मागको आपूर्तिमा सहयोग पुग्ने विश्वास राखिएको छ ।

फेशन लाइन

बियोन्से र उनकी आमाले सन् २००५ मा महिलाहरूको लागि हाउस अफ डेरेअन नामक फेशन कम्पनीको स्थापना गरेका थिए । बियोन्सेकी हजुरआमा एग्नेज डेरेअनको स्मृतिमा किशोरावस्था, व्यासक र प्रौढ गरी ३ पुस्ताका महिलालाई हुने खाले कपडा पाइन्थ्यो हाउस अफ डेरेअनमा । टिनाले भने अनुसार हाउस अफ डेरेअनको समग्र शैलीले उनको र बियोन्सेको फेशन शैलीलाई झल्काउथ्यो । हाउस अफ डेरेअनको कोषको रूपमा बियोन्से र उनकी आमाले बियोन्ड प्रोडक्शन्सको पनि स्थापना गरेका थिए । डेस्टिनीज चाइल्डको डेस्टिनी फुल्फिल्ड प्रत्यक्ष प्रस्तुतिमा हाउस अफ डेरेअनका लुगाहरू प्रदर्शन गरिएको थियो । उक्त सङ्ग्रह अन्तर्गत स्पोर्ट्सवेयर, भुवा भएको डेनिम, आउटरवेयर र गौण पर्दछन् जुन अमेरिकी र क्यानाडेली बजारमा उपलब्ध छन् ।

सन् २००५ मा बियोन्सेले हाउस अफ डेरेअनका लागि जुत्ता र फुटवेयर निकाल्नका लागि हाउस अफ ब्र्यान्ड नामक फुटवेयर ब्र्यान्डसँग साझेदारी गरेकी थिइन् । जनवरी २००८ मा स्टारवेभ मोबाइलले हाउस अफ डेरेअनका लुगा र फेशनलाई प्रवर्धन गर्न बियोन्से फेशन डिभा नामक मोबाइल खेल सार्वजनिक गरेको थियो । जुलाई २००९ मा बियोन्से र उनकी आमाले बालबालिकाका लागि हुने लुगा बिक्री गर्नका लागि साशा फियर्स फर डेरेअनको स्थापना गरे । उक्त सङ्ग्रहमा स्पोर्ट्सवेयर, आउटरवेयर, हातमा बोक्न मिल्ने झोला, जुत्ता, चश्मा, अधोवस्त्र र गौण उपलब्ध गराइएको थियो । मे २७, २०१० मा डेरेअनले उत्पादन गरेका सामानहरू ब्राजिलमा बेच्नका लागि बियोन्सेले सी एन्ड एमसँग साझेदारी गरेकी थिइन् । उक्त सङ्ग्रहमा पनि विभिन्न प्रकारका लुगाहरू उपलब्ध गराइएको थियो ।

अक्टोबर २०१४ मा बियोन्सेले पार्कवुड इन्टरटेनमेन्टबाट टपशपसँग साझेदारी गरी एथ्लेटिक स्ट्रीटवेयरको निर्माण गर्न पार्कवुड टपशप एथ्लेटिक लिमिटेडको स्थापना गरिन् । दुबै कम्पनीले यो नयाँ ब्र्यान्डबाट आधा भाग पाउँछन् । आफ्नो कम्पनीको प्रवर्धन भइरहँदा साझेदारी गर्न टपशप बाहेक कुनै कम्पनी थाहा नभएको कुरा बियोन्सेले बताइन् । नोभेम्बर २०१८ मा पार्कवुड इन्टरटेनमेन्टले सहसंस्थापक फिलिप ग्रीनको यौन दुर्व्यवहार र वर्णभेदको बारेमा थाहा पाएपछि आइभी पार्कको पूर्ण स्वामित्व प्राप्त गरेको खुलासा भयो । अप्रिल ४, २०१९ मा बियोन्सेले आइभी पार्क र एडिडासको साझेदारीको घोषणा गरिन् । खुद्रा व्यापारी टपशपसँगको साझेदारी तोडिएपछि यो साझेदारीले आइभी पार्क पुनः सार्वजनिकीकरणको चिनो बन्यो । आइभी पार्कको आधिकारिक वेबसाइटमा प्रकाशित लेखमा बियोन्सेले एडिडास प्रति आभार व्यक्त गर्दै उनीहरूको साझेदारीको सफलताको कामना गरिन् । यो पुनः सार्वजनिकीकरणसँगै नयाँ जुत्ता, प्रदर्शन गियर र जीवनशैली पहिरन पनि उपलब्ध भए ।

परोपकार

बियोन्से 
मार्च ५, २०१० मा आयोजित बियोन्से कस्मेटोलजी सेन्टरको उद्घाटनमा बियोन्से (बीच) र उनकी आमा टिना (देब्रे)

सन् २००२ मा केली रोल्यान्ड र टिना नोल्सले डाउनटाउन ह्युस्टनमा युवाहरूका लागि नोल्स-रोल्यान्ड सेन्टरको स्थापना गरेका थिए । सन् २००५ को कट्रिना चक्रवातको प्रकोपमा परेका व्यक्तिहरूलाई घर निर्माण गर्नका लागि चाहिने रकमका साथै घर निर्माण प्रक्रिया चलिरहेको बेला बस्नका लागि आवश्यक छाप्रोको व्यवस्था मिलाउनका लागि बियोन्से र रोल्यान्डले मिलेर सर्भाइभर फाउन्डेशनको स्थापना गरेका थिए । यस फाउन्डेशनका लागि बियोन्सेले सुरुमा $२,५०,००० लगानी गरेकी थिइन् । त्यसबेला देखि यस फाउन्डेशनले अन्य परोपकारी संस्थाहरूसँग पनि काम गरेको छ । ३ वर्ष पछि, सन् २००८ मा आएको आइक चक्रवातको बेला पनि सर्भाइभर फाउन्डेशनले राहत पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । बियोन्सेले गल्फ कोस्ट आइक राहत कोषलाई पनि $१,००,००० दान गरेकी थिइन् । सन् २००७ मा ४३ घरबारविहीन व्यक्तिहरूलाई वासस्थानको व्यवस्था गर्न बियोन्सेले नोल्स-टेमेनोस प्लेस अपार्टमेन्ट्सको स्थापना गरेकी थिइन् । सन् २०१६ भित्र बियोन्सेले उक्त अपार्टमेन्टको मर्मतका लागि $७० लाख दान गरिसकेकी थिइन् ।

सन् २००९ मा क्याडिल्याक रेकर्ड्समा एटा जेम्सको भूमिका निर्वाह गरेर कमाएको सबै आम्दानी लागु पदार्थ दुर्व्यसनीमा लागेका व्यक्तिको सहयोग गर्ने फीनिक्स हाउसमा दान गरेकी थिइन् । बियोन्से र उनकी आमाले पछि बियोन्से कस्मेटोलजी सेन्टरको स्थापना गरिन् जसले फीनिक्स हाउसमा भर्ना भएका व्यक्तिहरूलाई कस्मेटिक्स र सौन्दर्यको बारेमा सिकाई उनीहरूको सिपको वृद्धि गर्छ ।

जनवरी २०१० मा बियोन्सेले जोर्ज क्लूनी र वाइक्लेफ जँको होप फर हाईटी टेलिथनमा प्रशस्त मात्रामा सम्पत्ति दान गरेको हुनाले उनलाई थ्योरीको सीमित "फेशन फर हाईटी" टी-शर्टमा छापिएको थियो जसको बिक्रीबाट कुल $१०,००,००० उठ्यो । अप्रिल २०११ मा बियोन्सेले तत्कालिन राष्ट्रपतिकी श्रीमती मिशेल ओबामा र नेशनल असोसिएसन अफ ब्रोडकास्टर्स फाउन्डेशनसँग साझेदारी गरी आफ्नो गीत "गेट मी बडीड" को प्रयोग गरी बच्चाहरूमा हुने मोटोपनलाई कम गराउने अभियानमा भाग लिएकी थिइन् । ओसामा बिन लादेनको मृत्यु पछि बियोन्सेले ली ग्रीनवुडको "गड ब्लेस दी यूएसए" गीतलाई आफ्नो आवाजमा गएर सार्वजनिक गरिन् र यसबाट आएको सबै आय न्यू योर्कका प्रहरी तथा अग्नि नियन्त्रकका विधवा तथा बालबालिकालाई आर्थिक सहयोगको रूपमा दान गरेकी थिइन् ।

सन् २०१२ मा विश्व मानवता दिवसको अवसरमा बियोन्सेले संयुक्त राष्ट्र सङ्घमा "आइ वज हियर" गीत प्रस्तुत गरिन् । सन् २०१३ मा बियोन्सेले सलमा हायेक र फ्रीडा जियानिनीका साथमा गूचीको महिला सशक्तिकरणसम्बन्धि अभियानमा भाग लिने घोषणा गरिएको थियो । फेब्रुअरी २८ मा सार्वजनिक गरिएको यस अभियानमा बियोन्सेका नयाँ गीतहरूको प्रयोग गरिएको थियो । यस अभियानको लागि एली गोल्डिङ, फ्लोरेन्स एन्ड द मशिन र रिता ओराका साथमा बियोन्सेले लन्डनमा प्रत्यक्ष प्रस्तुति दिइन् । प्रस्तुति भन्दा अगाडि मे १५, २०१३ मा सार्वजनिक गरिएको अभियानको भिडियोमा क्यामरन डियाज, जोन लेजेन्ड र काइली मिनोगका साथ आ-आफ्नी आमा र अन्य महिला कलाकारहरूबाट प्राप्त प्रेरणाको बारेमा वर्णन गरे । बियोन्सेले आफ्नी आमा टिनाबाट मानिसहरूको राम्रो गुणमा ध्यान दिन सक्ने क्षमता प्राप्त गरेको बताइन् । क्याटापुल्ट नामक अनलाइन मञ्चबाट दर्शकहरूले महिला सशक्तिकरणमा आफूले चाहेको भूमिका निर्वाह गर्न सक्ने अवसर दिइएको थियो । बियोन्सेले "मिस अ मील" नामक खाद्य पदार्थ दान गर्ने अभियानमा भाग लिएकी थिइन् । बियोन्सेले युरोप र संयुक्त राज्यमा रोजगारी सिर्जना गर्नका लागि च्यारिटीबज नामक संस्थालाई सहयोग गरेकी थिइन् । डिसेम्बर २०१६ मा बियोन्सेलाई वर्षको सबैभन्दा परोपकारी हस्ती घोषणा गरिएको थियो ।

अप्रिल २०२० मा बियोन्सेले २०१९-२० कोरोना भाइरस प्रकोपको बेला मानसिक स्वास्थ्यका लागि $६० लाख दान गरेकी थिइन् । उनले स्थानीय तहमा काला जातिका समुदायलाई मास्क, स्वच्छ खानेपानी तथा सुद्ध खानेकुरा प्रदान गर्न विभिन्न संस्थाहरूसँग साझेदारी गरिन् । त्यही महिना बियोन्सेले मेगन दी स्ट्यालियनको "स्यभेज" मा प्रमुख कलाकारको भूमिकामा भाग लिई ब्रेड फर लाइफ ह्युस्टनलाई कोरोना भाइरस प्रकोपमा परेका व्यक्तिहरूलाई सहयोग गरेकी थिइन् । मे २०२० मा अफ्रिकी-अमेरिकी समुदायमा कोरोना भाइरसको कारण धेरै जनाको मृत्यु भएपछि बियोन्सेले #ididmypart अभियान अन्तर्गत १,००० निःशुल्क टेस्ट किटका साथै १,००० निःशुल्क पञ्जा, मास्क, स्वच्छ खानेपानी तथा शुद्ध खानेकुरा, आवश्यक भिटामिन तथा घरेलु सामग्रीहरू दान गरिन् । जुलाई २०२० मा जोर्ज फ्लोइड विरोधहरू पछि बियोन्सेले एनएएसिपीसँग साझेदारी गरी काला जातिले चलाएका व्यवसायलाई $१०,००० दान गर्ने उद्देश्यले "ब्ल्याक-ओन्ड स्मल बिजनेस इम्प्याक्ट फन्ड" को स्थापना गरिन् । बियोन्सेको एकल "ब्ल्याक परेड" बाट आएको सबै आम्दानी उक्त कोषमा जम्मा गरिएको थियो । सेप्टेम्बर २०२० मा बियोन्सेले उक्त कोषबाट विभिन्न लघु व्यवसायहरूमा $१० लाख दान गरेको घोषणा गरिन् ।

सङ्गीत

  • डेन्जरस्ली इन लभ (सन् २००३)
  • बीडे (सन् २००६)
  • आइ एम...साशा फियर्स (सन् २००८)
  • (सन् २०११)
  • बियोन्से (सन् २०१३)
  • लेमनेड (सन् २०१६)

अभिनय

बियोन्सेद्वारा भूमिका निर्वाह गरिएका चलचित्रहरू

  • कार्मेन: अ हिप हपरा (सन् २००१)
  • अस्टिन पावर्स इन गोल्डमेम्बर (सन् २००२)
  • द फाइटिङ टेम्प्टेशन्स (सन् २००३)
  • फेड टु ब्ल्याक (सन् २००४)
  • द पिङ्क प्यान्थर (सन् २००६)
  • ड्रीमगर्ल्स (सन् २००६)
  • क्याडिल्याक रेकर्ड्स (सन् २००८)
  • अब्सेस्ड (सन् २००९)
  • एपिक (सन् २०१३)
  • द लायन किङ (सन् २०१९)

बियोन्सेद्वारा निर्देशित चलचित्रहरू

  • लाइफ इज बट अ ड्रीम (सन् २०१३)
  • बियोन्से: लेमनेड (सन् २०१६)
  • होमकमिङ (सन् २०१९)
  • ब्ल्याक इज किङ (सन् २०२०)

प्रत्यक्ष प्रस्तुति

प्रमुख कलाकारको रूपमा प्रस्तुति

  • डेन्जरस्ली इन लभ टूर (सन् २००३)
  • द बियोन्से एक्स्पीरियन्स (सन् २००७)
  • आइ एम...वर्ल्ड टूर (सन् २००९ - सन् २०१०)
  • द मिसेस कार्टर शो वर्ल्ड टूर (सन् २०१३ - सन् २०१४)
  • द फोर्मेशन वर्ल्ड टूर (सन् २०१६)

सहायक कलाकारको रूपमा प्रस्तुति

  • भेराइजन लेडिज फर्स्ट टूर (एलिसिया किज र मिसी एलियटका साथमा) (सन् २००४)
  • अन द रन टूर (जे-जीको साथमा) (सन् २०१४)
  • अन द रन २ टूर (जे-जीको साथमा) (सन् २०१८)

प्रत्यक्ष प्रस्तुति

  • आइ एम...योर्स (सन् २००९)
  • ४ इन्टिमेट नाइट्स विथ बियोन्से (सन् २०११)
  • रेभल प्रिजेन्ट्स: बियोन्से लाइभ (सन् २०१२)

सन्दर्भ सामग्री

बाह्य कडी

Tags:

बियोन्से प्रारम्भिक र कार्य जीवनबियोन्से कलाकारिताबियोन्से प्रसिद्धिबियोन्से व्यक्तिगत जीवनबियोन्से व्यापार र उद्यमबियोन्से सङ्गीतबियोन्से अभिनयबियोन्से प्रत्यक्ष प्रस्तुतिबियोन्से सन्दर्भ सामग्रीबियोन्से बाह्य कडीबियोन्सेअङ्ग्रेजी भाषाटेक्ससडेस्टिनीज चाइल्डह्युस्टन

🔥 Trending searches on Wiki नेपाली:

ललितपुर महानगरपालिकाप्रतिनिधि सभा (नेपाल)हस्तमैथुनमङ्गल ग्रहबागमती प्रदेश सभानिर्वाचननेपाल सशस्त्र प्रहरी बलयौनिक अल्पसङ्ख्यकअन्तरिक्षआचार्य (थर)नगरपालिकापञ्चैबाजानेपालका संवैधानिक निकायहरूरौतहट जिल्लारामकृष्ण ढकालप्रदेश सभा निर्वाचन, २०७९सत्यमोहन जोशीगणतन्त्रऋतुआन्तरिक लेखापरीक्षणराम मन्दिर, अयोध्याकर्जाव्यवसायचन्द्र शमशेर जङ्गबहादुर राणादिनेश अधिकारीबाइबलहुलाक सेवा विभाग, नेपालराजतन्त्ररेडियोअहमदाबाद जिल्लादुर्गानन्द झाराष्ट्रिय पहिचानकाठमाडौँ जिल्लापाथीभरा देवी (ताप्लेजुङ)हिमाली प्रदेश (नेपाल)सामन्तवादमनोविज्ञाननेपाल सरकारसामाजिक सञ्जालजुद्ध शमशेर जङ्गबहादुर राणामहोत्तरी जिल्लानेपालको अन्तरिम शासन विधान २००७मष्टो देवतातत्समकार्यपालिकाबज्रयोगिनी मन्दिरनेपालको जनआन्दोलन २०४६भारतविकिपिडियाच्याटजिपिटीसुननयाँ वर्षतेह्रथुम जिल्लाफिफासमाजशास्त्रनेपालमा महिलाको अवस्थागजलभीमनिधि तिवारीप्रतिनिधि सभा निर्वाचन, २०७४मानव विकास सूचकाङ्कसदर चिडियाखाना, नेपालचतराधामशुक्रग्रहआँखाबसाइँ सराईनेपालीसरस्वतीआगन्तुक शब्दअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबोक्सीनेपालको पञ्चवर्षीय योजनाआम निर्वाचन २०१५श्रीमद्भागवत् पुराणकिशोरावस्थास्थानीय तहमधेश प्रदेशका मुख्यमन्त्री🡆 More