कन्फुसियस

कन्फुसियस (इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए।

कन्फुसियस
कन्फुसियसको सन् १९२२ मा बनाइएको चित्र, चित्रकार E.T.C. Werner)

जुनबेला नेपालमा भगवान गौतम बुद्ध धर्मको बारेमा नयाँ विचार खोजी गरिरहेका थिए त्यसैताका चीनमा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम कन्फुसियस थियो। त्यस समय चीनमा चाऊ वंशको शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो। यिनको जन्म जिसस क्राइस्टको जन्मको करीब ५५० वर्ष पहले चीनको सानतुङ्ग प्रदेशमा भएको थियो। यिनको वाल्यकालको नाम कुङ फू च्चू थियो। उनको ज्ञानको आकांक्षा असीम थियो। तर वाल्यकालमा नै पिताको मृत्यु भएका कार ज्ञान आर्जन गर्न यिनलाई एकदमै कठीन परेको थियो। १७ वर्षको उमेरमा यिनले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण यिनी यो नोकरीमा धेरै समय रमाउन सकेनन्। यिनले यो नोकरी छोडेर शिक्षण कार्यमा लागे। घरमैं विद्यालय खोलेर विद्यार्थीहरूलाई पढाउन थाले। यिनले मुख्यगरी इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे। यिनले काव्य इतिहास संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए।
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए। मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए। कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिए। यिनी सदाचारमा अधिक जोड दिन्थे। र मानिसलाई विनयी, परोपकारी, र और चरित्रवान बन्ने प्रेरणा दिन्थे। अग्रज तथा बृद्धहरूलाई आदर-सम्मान गर्न सिकाउँथे। उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ।
चीनका महान दार्शनिक र विचारक कंफ्यूशियस (confucius)को जन्म ५५१ ईसा पूर्व चीनको पूर्वी प्रांत शानडोंग (शान तुंग)को क्यूफू (छ्वी फु) शहरमा भएको थियो। भारतमा त्यस बेला भगवान महावीर शाक्यमुनी बुद्धको विचारको प्रभाव थियो । महावीर जस्तै कंफ्यूशियसले राजनीतिमा चाख देखाएका थिए। कंफ्यूशियसलाई एक राजनीतिज्ञ विचारक भन्दा धेरै एक धार्मिक विचारक पनि मानिन्छ । ओशो रजनीश भन्थे कि कंफ्यूशियसको नीतिवादी विचार धेरै प्रभावी सिद्ध भयो। समयको केहि अन्तरमा कंफ्यूशियस- लाओत्से तुंग, सुकरात, महावीर र शाक्मुनी बुद्धको समकालीन थिए। कंफ्यूशियसले यसै समयमा जन्म लिए जबकि चीनको शक्ति कमजोर भएको थियो र त्यस समय कमजोर झोऊ राजवंशको आधिपत्य थियो । त्यस बखतमा कंफ्यूशियसको दार्शनिक विचारहरूको साथ नै उनको राजनीतिक र नैतिक विचारहरूले चीनमा मान्छेहरूमा राम्रो प्रभाव पार्यो । यसै अनुसार केहि समय राजनीतिमा पनि बिताए । वास्तवमा कंफ्यूशियस एक सुधारक थिए । कंफ्यूशियसको विचारलाई अहिले विभिन्न सञ्चार सम्बन्धि तालीमहरूमा पनि प्रयोग गरिन्छ । उनी भन्थे जे कुरा सुन्छु त्यसलाई बिर्सन्छु केवल २० प्रतिशत सम्झन्छु । जब देख्छु सम्झन्छु ४० प्रतिशत मात्रै सफल हुन्छु जब अभ्यासमा लाग्छु ८० प्रतिशत सफल हुन्छु । कंफ्यूशियसले स्व:अनुशासन, राम्रो जीवनचर्या र परिवारमा समानजस्यतामा जोर दिएकाथिए। उन्को शिक्षाहरूको आज पनि चीनमा केहिले पालन गर्छन । यि दार्शनिकको नामले चीनको सरकार एक शान्ति पुरस्कार पनि प्रदान गर्छन । कंफ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मन्दिर र भवन समेत कैयौँ घरहरू छन् । यिनि चीनको सांस्कृतिक धरोहर हुन, जसलाई यूनेस्कोले विश्व धरोहरको लिस्टमा समावेस गरेकोछ ।

कन्फुसियस धर्म प्रचारक नभै एक सुधारक थिए। यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरु मान्न थाले। यिनको मृत्यू इशापूर्व ४८० मा भयो। कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो। यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ।

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

🔥 Trending searches on Wiki नेपाली:

जनसाङ्ख्यिकीय लाभांशसरकारनेपालको प्रधानन्यायाधीशस्थानीय तह निर्वाचन, २०७४स्त्री प्रजनन प्रणालीझमक घिमिरेवैदेशिक रोजगारकञ्चनपुर जिल्लाजाजरकोट भूकम्प, २०८०क्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीदुलालमारुनी नाचगुगल एनलाइटिकनौमती बाजासप्तकोशी नदीमोजिला फायरफक्ससती प्रथाकार्बन व्यापारचन्द्रागिरी केबलकारसुर्खेत जिल्लाह्रस्व दीर्घ नियमनेपालमा महिलाको अवस्थादिगो विकासबृहस्पति ग्रहओखलढुङ्गा जिल्लानेपाली कांग्रेसलाली गुराँसबेलायतनेपाल सम्वत्क्रोकस सिटी हलमा आक्रमणसंस्कारएस्टन भिल्ला फुटबल क्लबपिनासनेपालको भूगोलयौननेवारी भाषापाकिस्तानअलिखित (उपन्यास)ललितपुर महानगरपालिकाघरेलु हिंसाकाठमाडौँअनुसन्धानमानव विकास चरणअन्तर्राष्ट्रिय नारी दिवसनेपालको जनआन्दोलन २०४६अल्लोस्वरवर्ण र व्यञ्जनवर्णडेभिड वार्नरवसन्तबनेपा नगरपालिकाजलविद्युतत्रिभुवन विश्वविद्यालयमहात्मा गान्धीनेपालको निसानछापफूलग्रहझोला (चलचित्र)ठूला पुस्तकालयहरूको सूचीभीमनिधि तिवारीजियानलुइजी बुफनप्राङ्गारिक मलरानीमहलपायल्सभारोपेली भाषा परिवारव्यवसायजङ्गबहादुर राणाकाठमाडौँ जिल्लासुशासनचट्टानचुरेअमेरिकाको राष्ट्रपतिलुम्बिनीउदयपुर जिल्लासयौँ थुङ्गा फूलका हामीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)निबन्ध🡆 More