विश्वव्यापी महामारी

विश्वव्यापी महामारी सङ्क्रामक रोगको महामारी हो जुन ठूलो क्षेत्रमा (जस्तै महादेश) फैलिएको हुन्छ। यदि कुनै रोग विस्तृत क्षेत्रमा फैलिएको छ तर यसले प्रभावित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भएको छैन भने त्यसलाई विश्वव्यापी महामारी भनिदैँन। यसको अतिरिक्तमा फ्लू एक महामारी अन्तर्गत पर्दैन जुन मौसम परिवर्तनका कारण बारम्बार भइरहेको हुन्छ। इतिहासमा असङ्ख्य महामारीहरू विश्वभर फैलिएका थिए जसमा बिफर, क्षयरोग, एचआइभी र सन् २००९ को फ्लु पर्दछन्। हालसालै सन् २०२० मार्च का दिन विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइससलाई विश्वव्यापी महामारी भनी घोषणा गरेको थियो। १४औँ शताब्दीमा फैलिएको 'कालो मृत्यु' भनेर चिनिने महामारी अहिलेसम्मको सबैभन्दा ठूलो महामारी हो जसमा अनुमान गरिए अनुसार साढे सात करोड देखि २० करोड मानिसहरूको यस महामारीका कारण मृत्यु भएको थियो।

विश्वव्यापी महामारी
सन् १९१८-१९ को स्पेनी फ्लू एक विश्वमारी थियो जसबाट संसारको सबै भागमा अनपेक्षित सङ्ख्यामा मानिस मरेका थिए

परिभाषा र चरण

वर्तमान महामारी

इतिहासको माध्यमबाट उल्लेखनीय विश्वव्यापी महामारी

  • एथेन्सको प्लेग, ४३० ईसापूर्व: एथेन्सका सैनिकहरू र जनसङ्ख्याको एक चौथाई चार वर्षको अवधिमा टाइफाइड ज्वरोबाट मरेका थिए। यो रोगले एथेन्सको प्रभुत्वलाई घातक रूपमा कमजोर बनाउँदै विषाणुको डरलाग्दो बिरामीले यसको व्यापक फैलिनमा बाधा पुर्‍याएको थियो। प्लेगको वास्तविक कारण धेरै वर्षसम्म अज्ञात रहेको थियो। सन् २००६ जनवरीमा एथेन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सहरको तल गाडेको एउटा सामूहिक चिहानबाट बरामद गरेका कङ्कालहरूबाट दाँतको विश्लेषण गर्दै टाइफाइडको लागि जिम्मेवार ब्याक्टेरियाहरूको उपस्थिति पुष्टि गरेका थिए।
  • एन्टोइन प्लेग, १६५-१८०: नियर इस्टबाट फर्केका सैनिकहरूद्वारा इटालेेेली प्रायद्वीपमा बिफर आइपुगेको थियो। यसले एक चौथाई मानिसहरू सङ्क्रमित बनाएको थियो भने समग्रमा ५० लाख मानिसहरूको मृत्यु भएको थियो। साइप्रियन प्लेग (२५१-२६६) नामक यस्तै रोगको चरम अवस्थामा रोममा एकै दिनमा ५,००० मानिसको मृत्यु भएको थियो।
  • जस्टिनियनको प्लेग, ५४१-७५०, बुबोनिक प्लेगको पहिलो कीर्तिमान थियो। यसको उत्पत्ति मिश्रमा भएको थियो र वसन्त ऋतु पछि कुस्टन्टुनियामा पुगेको थियो। यस महामारीले प्रति दिन १०,००० को मृत्यु भएको थियो भने सहरमा बसोबास गर्ने ४० प्रतिशत जति सङ्क्रमित हुन सक्नेे अनुमान गरिएको थियो। यो महामारीले सम्पूर्ण ज्ञात विश्वको एक चौथाई जनसङ्ख्याको आधा भागलाई अन्त्य गरेको थियो। यसको कारणले ५५० र ७०० बीचमा युरोपको जनसङ्ख्या लगभग ५० प्रतिशतमा सिमित भएको थियो।
  • कालो मृत्यु को सुरुवात सन् १३०० को दशकमा भएको थियो। विश्वव्यापी रूपमा ७.५ करोड मानिस मारिएको अनुमान गरिएको छ। अन्तिम प्रकोपको आठ सय वर्ष पछि प्लेग युरोपमा फर्किएको थियो। एसियामा सुरु भएको यो रोग भूमध्यसागर र पश्चिमी युरोपमा पुगेको थियो (जुन सम्भवतः क्राइमियाली युद्धका कारण पलायन भएका इटाली व्यापारीहरूबाट फैलिएको थियो) जसले गर्दा छ वर्षमा अनुमानित २ देखि ३ करोड युरोपेलीहरू मरेका थिए जुन कुल जनसङ्ख्याको एक तिहाइ थियो। र सबैभन्दा खराब प्रभावित शहरी क्षेत्रहरूको आधा जनसङ्ख्या भएको थियो। यो युरोपेली प्लेग महामारीको चक्रको पहिलो प्रकोप थियो जुन १८औँ शताब्दीसम्म जारी रहेको थियो। यस अवधिमा १०० भन्दा बढी प्लेग महामारी युरोपभर फैलिएको थियो। उदाहरणका लागि इङ्ल्यान्डमा यी महामारीको प्रकोप सन्् १३६१ देखि सन् १४८० सम्म दुई पाँच वर्ष चक्रमा बनि रहेको थियो। सन् १३७० को दशकमा इङ्ल्यान्डको जनसङ्ख्या ५०% ले घटेको थियो। सन् १६६५-६६ लन्डनको ग्रेट प्लेग इल्यान्डमा प्लेगको अन्तिम ठूलो प्रकोप थियो। यो रोगले लगभग १,००,००० मानिसहरू मरेका थिए जुन लन्डनको २०% जनसङ्ख्याको बराबर थियो।
  • थर्ड प्यान्डेमिक, जसको सुरुवात १८औँ शताब्दीको मध्यमा चीनमा भएको थियो जुन मानव बसोबास भएको सम्पूर्ण महादेशमा फैलिँदा भारतमा मात्र १ करोड मानिस मारिएका थिए। यस महामारीको अन्तर्गत सन् १९०० मा संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोमा प्लेगको पहिलो घटना घटेको थियो।

हैजा

  • प्रथम हैजा महामारी सन् १८१६-१८२६ मा भारतीय उपमहाद्वीपबाट टाढा रहेको बङ्गालबाट सुुरु भएको थियो। यस पछि यो सन् १८२० सम्म सम्पूर्ण भारतभर फैलिएको थियो। यस महामारीको समयमा १०,००० बेलायती सैनिक र असङ्ख्य भारतीयहरूको मृत्यु भएको थियो। यसको प्रकोप कम हुनु भन्दा पहिले यसको विस्तार चीन, इन्डोनेसिया (जहाँ जावा द्वीपमा मात्र १,००,००० भन्दा अधिक मानिसहरूको मृत्यु भएको थियो) र क्यास्पियन सागर सम्म फैलिएको थियो। सन् १८६० देखि सन् १९१७ बीच भारतमा यसबाट मर्नेको सङ्ख्या १.५ कोरोड भन्दा अधिक भएको अनुमान गरिन्छ। सन् १८६५ देखि सन् १९१७ को बीच अन्य २३ लाख मानिसको मृत्यु भएको थियो। यस अवधिमा यस रोगले मर्ने रूसी नागरिकको सङ्ख्या २० लाख भन्दा अधिक रहेको थियो।
  • द्वितीय हैजा विश्वमारी सन् १८२९-१८५१; सन् १८३१ मा यो रोग रूस, हङ्गेरी र बेलायतमा फैलिएको थियो। सोही वर्ष फ्रान्स, क्यानडा (ओन्टारियो) र संयुक्त राज्य अमेरिकामा (न्युयोर्क) र सन् १८३४ सम्म उत्तरी अमेरिकाको प्रशान्त क्षेत्रसम्म फैलिएको थियो। सन् १८४८ मा इङ्ल्यान्डवेल्समा एक दुई-वर्षीय प्रकोपको आरम्भ भएको थियो जसबाट ५२,००० मानिसको ज्यान गएको थियो। अनुमान गरिए अनुसार सन् १८४९ देखि सन् १८३२ को बीचमा हैजाबाट १,५०,००० भन्दा अधिक अमेरिकीहरूको मृत्यु भएको थियो।
  • तृतीय महामारी सन् १८५२-१८६०: यस महामारीबाट मुख्य रूपमा रूस प्रभावित भएको थियो जहाँ दस लाख भन्दा अधिक मानिसको मृत्यु भएको थियो। सन् १८५२ मा भएको हैजा पूर्वबाट इन्डोनेसियासम्म फैलिँदै सन् १८५४ मा यसले चीन र जापानमा पनि आक्रमण गरेको थियो। फिलिपिन्समा सन् १८५८ र कोरिया सन् १८५९ मा यसको चपेटामा आएको थियो। सन् १८५९ बङ्गालमा भएको यसको प्रकोपले यस रोगलाई इरान, इराक, अरब र रूससम्म पुर्‍याएको थियो।
  • चतुर्थ विश्वमारी, सन् १८६३-१८७५: यो महामारी मुख्यरूपमा अफ्रिका र युरोपमा फैलिएको थियो। ९०,००० मक्का तीर्थयात्रीहरू मध्ये कम्तीमा पनि ३०,००० जना यस रोगबाट ग्रसित भएका थिए। हैजाबाट सन् १८६६, रुसमा ९०,००० मानिसको मृत्यु भएको थियो।
  • सन् १८६६ मा उत्तरी अमेरिकामा यस रोगको प्रकोप भएको थियो। यसबाट लगभग ५०,००० अमेरिकीहरूको मृत्यु भएको थियो।
  • पाँचौ विश्वमारी १८८१-१८९६: यस महामारीको कारणले युरोपमा २,५०,००० र महाअमेरिकामा कम्तीमा ५०,००० मानिसहरूको ज्यान गएको थियो।

इन्फ्लुएन्जा

विश्वव्यापी महामारी 
विश्व स्वास्थ्य सङ्गठनबाट इन्फ्लुएन्जा महामारी चेतावनीको चरण

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

विश्वव्यापी महामारी परिभाषा र चरणविश्वव्यापी महामारी वर्तमान महामारीविश्वव्यापी महामारी इतिहासको माध्यमबाट उल्लेखनीय विश्वव्यापी महामारी सन्दर्भ सामग्रीहरूविश्वव्यापी महामारी बाह्य कडीहरूविश्वव्यापी महामारीएचआइभीकालो मृत्युक्षयरोगमहादेशविश्व स्वास्थ्य सङ्गठन२०१९-२० कोरोना भाइरस प्रकोप

🔥 Trending searches on Wiki नेपाली:

लोकतन्त्रजैविक खेतीसिन्जा उपत्यकालमजुङ जिल्लाखस राज्यपासाङ ल्हामु शेर्पाभारदार परिवारनेपालका संवैधानिक निकायहरूनदीको आधारमा नेपालको विभाजनसमासहरिभक्त कटुवालबागमती नदीस्टिफन हकिङ२०१६ ग्रीष्मकालीन ओलम्पिकसम्पत्तिसुवासचन्द्र नेम्वाङवैकल्पिक उर्जाअर्थ मन्त्रालय (नेपाल)प्रवेशिका परीक्षाहुलाकी राजमार्गबाघजिल्ला समन्वय समितिवडा कार्यालय (नेपाल)जनावरवेब्याक मेसिनजङ्गलनबिल बैंकबागमती प्रदेश सभाचेतन भगतनेपालका गाउँपालिकाहरूनेपालमा पर्यटनदादुरासङ्ग्रहालयचेक गणतन्त्रकुमाल जातिलुम्बिनीसिन्धुली जिल्लासुवर्णेश्वर महादेव, भक्तपुरबालेन शाहकोशी प्रदेश सभाधर्मओशोरवि लामिछानेदोधारा चाँदनी पुलविज्ञापनगोपाल हमालनेपालका विश्वविद्यालयहरूको सूचीविसं २०७२ को महाभूकम्पनेपाल सरकारबाल विवाहविश्व व्यापार सङ्गठनअपाङ्गतासुनसरी जिल्लाइन्द्रबहादुर राईनेपाल बैंककार्ल मार्क्सन्यायिक समितिगाउँखाने कथाभित्री मधेशबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासजिन ज्याक्स रुसोकिशोरावस्थापरमादेशसमानुपातिक प्रतिनिधित्व प्रणालीराष्ट्रिय सुरक्षा परिषद्प्रतिनिधि सभा निर्वाचन, २०७९सुकरातशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)यमबुद्धमगर जातिगुजरातप्राथमिक उपचारनेपालको निसानछापराजेन्द्र महतोप्रदूषणकृष्ण जन्माष्टमीयौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपालका अञ्चलहरू🡆 More