नेपोलियनकालीन युद्ध

नेपोलियनकालीन युद्ध (सन् १८०३-१८१५) नेपोलियन प्रथमको नेतृत्वमा रहेको फ्रान्सेली साम्राज्य र सहयोगी र अन्य युरोपेली शक्तिको गठबन्धन; जसको खर्च तथा नेतृत्व संयुक्त अधिराज्यले गरेको थियो। यो युद्ध फ्रान्सेली राज्यक्रान्ति पछि समाधान नभएका विवादसँग सम्बन्धित छ। यो युद्धलाई कहिलेकाँही पाँच द्वन्दहरूमा वर्गीकरण गरिन्छ।

फ्रान्स विरुद्ध तेस्रो समूहको गठन

नेपोलियनकालीन युद्ध 
तृतीय गुट युद्ध पहिले १८०५ मा युरोपको रणनीतिक स्थिति

यूरोपमा अन्य देश माथि नेपोलियनको आधिपत्य स्थापित गर्ने प्रयासहरूलाई निष्फल गर्नको लागि यूरोपको मुख्य राज्यहरूले १८०५ ई. मा नेपोलियन र फ्रान्स विरुद्ध तृतीय गुट बनाए। यसको नेतृत्व बेलायतले गरेको थियो। यस गुटमा इङ्ल्यान्ड, अस्ट्रिया, रूस, स्विडेन जस्ता देशहरू थिए, जबकि अस्ट्रियाको विरोधी दक्षिणी जर्मन राज्यहरूले यो समूहको विरुद्ध नेपोलियनलाई समर्थन गरे।

फ्रान्स र इङ्ल्यान्डको युद्ध

मे १८०३ मा फ्रान्स र बेलायत बीच परस्पर युद्ध भयो। नेपोलियनले इटालीको पिडमोन्ट राज्यलाई फ्रान्समा सम्मिलित गर्यो। हल्याण्डलाई आफ्नो अधिकारमा लिनको लागि त्यहाँको एण्टवर्प बन्दरगाहमा जल सेनालाई विस्तृत कार्य प्रारम्भ गर्यो। फ्रान्सको यो कार्य बेलायतको हित विपरित थियो। त्यसकारण १८ मे १८०३ मा इङ्ल्यान्डले फ्रान्स विरुद्ध युद्ध घोषणा गर्यो।

ट्रफलगारको युद्ध

२१ अक्टोबर १८०५ मा, फ्रान्स र स्पेनको संयुक्त नौसेना र नेल्सनको नेतृत्वमा ब्रिटिश नौसेना बीच ट्राफलगर नजिकैको समुद्रमा भीषण युद्ध भयो। यसलाई ट्राफलगरको युद्ध भनिन्छ। यद्यपि यस युद्धमा नेल्सन शहीद भए, तर बेलायती नौसेनाले फ्रान्स र स्पेनको संयुक्त नौसेनालाई ट्राफलगरको युद्धमा पराजित गर्यो। फ्रान्सको यो हारसँगै नेपोलियनले समुन्द्रबाट इंग्ल्याण्डमाथि आक्रमण गर्ने डरको अन्त्य भयो ।

फ्रान्स र आस्ट्रियाको युद्ध

नेपोलियनकालीन युद्ध 
उल्म (Ulm) नगर का समर्पण (२० अक्टूबर, १८०५)

नेपोलियनले मेकको कमाण्डमा अस्ट्रियाली सेनालाई आक्रमण गरे र २० अक्टोबर १८०५ मा उल्मको युद्धमा पराजित गरे। यस विजय पछि नेपोलियनले भियना कब्जा गरे। अस्ट्रियाका शासक फ्रान्सिस द्वितीय, भियना छोडेर पूर्व गए।

अस्टरलिट्जको युद्ध

नेपोलियनले अक्टोबर १८०५ मा अस्टरलिट्जको युद्धमा रुस र अस्ट्रियाको संयुक्त सेनालाई हराए। यो विजय नेपोलियनको महत्वपूर्ण विजय मध्ये एक थियो। यस हारपछि रुसले आफ्नो सेना फिर्ता लिएको थियो र अस्ट्रियाले २६ डिसेम्बर १८०५ मा नेपोलियनसँग प्रेसबर्ग सन्धिमा हस्ताक्षर गर्यो।

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

नेपोलियनकालीन युद्ध फ्रान्स विरुद्ध तेस्रो समूहको गठननेपोलियनकालीन युद्ध फ्रान्स र इङ्ल्यान्डको युद्धनेपोलियनकालीन युद्ध ट्रफलगारको युद्धनेपोलियनकालीन युद्ध फ्रान्स र आस्ट्रियाको युद्धनेपोलियनकालीन युद्ध अस्टरलिट्जको युद्धनेपोलियनकालीन युद्ध यो पनि हेर्नुहोस्नेपोलियनकालीन युद्ध सन्दर्भनेपोलियनकालीन युद्धफ्रान्सेली राज्यक्रान्ति

🔥 Trending searches on Wiki नेपाली:

बहादुर शाहघोराही उपमहानगरपालिकानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विज्ञापननेपालमा धर्मफौजदारी कानुननेपालका जातिहरूजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीभगवानहनुमान चालीसादैवज्ञराज न्यौपानेडाँफेमहेन्द्र राजमार्गरानीमहलपहरी जातिनेपालका संवैधानिक निकायहरूवीरेन्द्र वीरविक्रम शाहकश्यप गोत्रगौतम बुद्धखस बाहुनअनलाइन खबरमितिविवाहका प्रकारहरूजाँतोनयाँ पत्रिका दैनिकसप्तकोशी नदीनेपालको उपराष्ट्रपतिनेपालको सैन्य दर्जाफेसबुकबाइबलपोखरा उपत्यकासवारी दुर्घटनाबालाजु बाइसधारा मेलाशिक्षारामसार क्षेत्रजनमत सङ्ग्रहनैतिक दृष्टान्तबाथमहादेशमगर जातिसङ्खुवासभा जिल्लाबुद्ध धर्मबुद्ध पूर्णिमाप्रदूषणनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसत्य युगनेपाल रेल्वेवायु प्रदूषणजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीपञ्चायती व्यवस्थामुलुकी ऐननेपालको जनआन्दोलन २०४६नेपालको एकीकरणनेपालमा महिला अधिकाररामचन्द्र पौडेलचाँगुनारायण मन्दिरव्यवसायवेदान्तसगरमाथाकानूननेपालको पञ्चवर्षीय योजनानेपालका प्राकृतिक सम्पदाहरूको सूचीपूर्वीय चिन्तन परम्पराकार्ल मार्क्सनेपाली साहित्यको इतिहासप्रकाशचन्द्र लोहनीसम्पत्तिफिफाबदरीनाथ भट्टराईउदयपुर जिल्लामकैस्थानीय तह निर्वाचन, २०७४नेपाल सम्वत्अन्तिम संस्कारझलकमान गन्धर्वनारायणहिटी दरबार सङ्ग्रहालयनेवारी गहनाखस🡆 More