भगवान

भगवान एउटा देवताका लागि विशेष रूपले श्रीकृष्ण, राम र वैष्णव धर्ममा भगवान विष्णुका अन्य अवतारहरु र हिन्दू धर्मको शैव धर्म परम्परामा भगवान शिवका एउटा अवतार हुन्। यस शब्दको उपयोग जैनीहरुद्वारा तीर्थकर, विशेष रूपले महावीर र बौद्धद्वारा भारतमा भगवान बुद्धको उल्लेख गर्नका निमित्त गरिन्छ। भारत र दक्षिण एसियाका अनेकौं क्षेत्रमा, भगवान हिन्दुहरुका लागि एक सार्वभौमिक ईश्वरको अमूर्त अवधारणाको प्रतिनिधित्व गर्दछ जो आध्यात्मिक र धार्मिक रहेका छन् तर एउटा विशिष्ट देवताको पूजा गर्दैनन्। भगवान स्वयम् प्रकृतिका ५ तत्व (पञ्चतत्व)को संयोजनको एक संक्षिप्त रूप हुन्। शाब्दिक अर्थमा भन्ने हो भने भ को अर्थ भूमि (पृथ्वी), ग को अर्थ गगन (अन्तरिक्ष वा आकाश), वा को अर्थ वायु (हावा), अ को अर्थ अग्नि (आगो) र अन्तमा, न को अर्थ नीर (जल वा पानी) भन्ने हुन्छ। यी समग्र मिलेर नै भगवान बनेका हुन्। भगवान शब्द वेदहरुमा वा प्रारम्भिक वा मध्य उपनिषदहरुमा देखा पर्दैनन्। मुण्डाका उपनिषदमा भग शब्दको उपयोग रहेको छ, तर भगवान शब्दका लागि हैन। ईश्वर शब्दको प्रयोग ईशावाशोपनिषद बाहेक वैदिक शास्त्रमा वर्णित छैन। देवताहरु र देवी-देवताहरुका प्रतिनिधित्व गर्नका लागि श्रीकृष्ण, विष्णु, शिव जस्ता देवताहरुका नामको उपयोग गर्दै, सबभन्दा पुरानो संस्कृत ग्रन्थ एउटा अमूर्त सर्वोच्च आत्मा र पूर्ण वास्तविकता को प्रतिनिधित्व गर्नका निमित्त ब्राह्मण शब्दको उपयोग गर्दछ। ईश्वर शब्द वेदहरु र उपनिषदहरुमा देखा पर्दछ, जहाँ यसको उपयोग आध्यात्मिक अवधारणाहरुमाथि चर्चा गर्नका लागि गर्ने गरिन्छ। भगवान शब्द पछी वैदिक शास्त्र जस्तै- श्रीमद्भगवद् गीता र पुराणमा पाइने गरिन्छ। भक्ति स्कूल साहित्यमा, यो शब्द साधारणतया कुनै पनि देवताका लागि उपयोग गर्ने गरिन्छ, जसका लागि प्रार्थना गर्ने गरिन्छ; उदाहरणका लागि, राम, गणेश, श्रीकृष्ण, ब्रह्मा, शिव वा विष्णु। विशेष रुपले देवता, प्रायः भक्तको र केवल भगवानको हुने गर्दछ। भगवान भक्ति परम्पराहरुमा पुरुष हुन र भगवानको स्त्री समकक्ष भगवती हुन्। केहि हिन्दुहरुका लागि, भगवान शब्द भगवान को एउटा अमूर्त, लिङ्गरहित अवधारणा हो। बौद्ध धर्मको पाली ग्रन्थमा, शब्दको उपयोग गौतम बुद्धलाई दर्शाउनका लागि गर्ने गरिन्छ, जसको उल्लेख भगवान बुद्ध र भगवान शाक्यमुनीका साथ गरे। भगवान शब्द अन्य थेरावदा, महायान र तन्त्र बौद्ध ग्रन्थमा पनि पाइन्छ। भारतका केहि जनजातिहरुका दाबी रहेको छ कि शरद बाबा भगवान ब्रह्माण्डका निर्माता हुन्। यो कुरा पनि भनिने गरिन्छ कि विभिन्न प्राणीहरुका लागि दु:ख र समृद्धि एकै समयमा हुने गर्दछ। यो संसारको यादृच्छिकतालाई स्वीकार गर्दछ र भन्दछ कि हामीलाई आफ्नो धर्मको पालन गर्नुपर्दछ, जो कि हामी मानव ब्रह्माण्डका थोरै मात्र मानवले गर्ने गर्दछ।

श्रीकृष्ण भगवान का ३ माताहरुको जानकारी

  1. देवकी: देवकी श्रीकृष्णलाई जन्म दिनेवाली माता हुन् । देवकी मथुराका राजा कंसका पिता महाराजा उग्रसेनका भाई देवककी छोरी थिइन् । उनलाई अदितिको अवतार पनि मान्ने गरिन्छ । उनको विवाह वसुदेवसँग भएको थियो । त्यसैले भगवान श्रीकृष्णलाई देवकी नन्दन तथा वासुदेव भन्ने गरिन्छ ।
  2. रोहिणी : वसुदेवकी दोश्री पत्नी रोहिणी बलराम, एकांगा र सुभद्राकी माता थिइन् । उनले देवकीको सातौँ गर्भ ग्रहण गरेकी थिइन् । जसबाट बलरामको जन्म भएको थियो । भगवान श्रीकृष्णकी सौतेनी आमा रोहिणी नाग जातीकी थिइन् ।
  3. यशोदा: माता यशोदा भगवान श्रीकृष्णकी न सौतेनी आमा थिइन् न त जन्म दिने आमा । तर उनले श्रीकृष्णको पालनपोषण गरेकी थिइन् । त्यसैले उनी जन्म दिने आमा र सौतेनी आमाभन्दा ठूली थिइन् । नन्दकी पत्नी यशोदाका पिताको नाम सुसुख र माताको नाम पाटला थियो । श्रीकृष्णका पिता वसुदेवका अरु पनि श्रीमतीहरु थिए । पौरवी,भद्रा,मदिरा,रोचना र इला यी सबै भगवान श्रीकृष्णका सौतेनी आमा थिए ।

शिव रूप

भगवान 
शिव प्रतिमा
भगवान 
उत्तर प्रदेश के गोला गोकर्णनाथ में शिव प्रतिमा

शिव रूप सूर्य

जसरी यो ब्रह्माण्डको कुनै अन्त्य छैन, अन्त्य छैन र न सुरु नै छ, त्यसैगरी शिव अनन्त हुनुहुन्छ, सम्पूर्ण ब्रह्माण्ड शिवभित्र समाहित छ, केही नभए पनि शिव हुनुहुन्थ्यो, केही नभए पनि शिव हुनुहुन्थ्यो । शिवलाई महाकाल भनिन्छ, जसको अर्थ समय हो। शिवले आफ्नो यस रूपद्वारा सम्पूर्ण सृष्टिको पोषण गर्नुहुन्छ। यस रूपको माध्यमबाट भगवानले आफ्नो ऊर्जा र तापको शक्तिले सबै ग्रहहरूलाई एकताबद्ध गर्नुभएको छ।

भगवान शिवको १३ रहस्य

१. आदिनाथ शिव

सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार-प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो ।

२. शिवको अस्त्र-शस्त्र

शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो । यि सबैको उनले नै निर्माण गरेको मान्यता छ ।

३. शिवको नाग

शिवको गलामा नाग देखिन्छ । अर्थात नागको माला लगाएको देखिन्छ । उक्त नागको नाम वासुकि हो । वासुकिको ठूलो दाजुको नाम शेषनाग हो ।

४. शिवको अर्द्धाङ्गिनी

शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । उनलाई उमा, उर्मि, काली पनि भनियो ।

५. शिवको पुत्र

शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा । सबैको जन्मको कथा रोचक छ ।

६. शिवको शिष्य

शिवका सात शिष्य थिए । जसलाई प्रारम्भिक सप्तऋषि मानियो । यी ऋषिले शिवको ज्ञान सम्पूर्ण धर्तीमा प्रचार गरेका थिए । त्यहीबाट भिन्न भिन्नै धर्म र संस्कृतिको विकास भएको मानिन्छ । शिवले नै गुरु र शिष्य परम्पराको सुरुवात गरेका थिए । शिवको शिष्य हो, बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेनद्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।

७. शिवको गण

शिवले गणमा भैरव, वीरभद्र, मणिभद्र, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन् । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ । शिवगण नन्दीले कामशास्त्रको रचना गरेको पाइन्छ । कामशास्त्रको आधारमै कामसूत्र लेखिएको थियो ।

८. शिव पञ्चायत

भगवान सूर्य, गणपति, देवी, रुद्र र विष्णु यी शिव पञ्चायत भनिन्छ ।

९. शिवको द्वारपाल

नन्दी, स्कन्द, रिटी, वृषभ, भृंगी, गणेश, उमा महेश्वर र महाकाल ।

१०. शिव पार्षद

ज्सरी जय र विजय विष्णुको पार्षद हुन् । उसैगरी बाण, रावण, चन्ड, नन्दी, भृंगी आदि शिवको पार्षद हुन् ।

११. सबै धर्मको केन्द्र शिव

शिवको वेशभूष यस्तो छ कि, प्रत्येक धर्मको मान्छेले त्यहाँ आफ्नो प्रतिक खोज्न सक्छन् । मुशरिक, यजीदी, साबिईन, सुबी, इब्राहीमी धर्ममा शिव हुनेको छाप स्पष्ट रुपमा देख्न सकिन्छ । शिवको शिष्यले एक यस्तो परम्पराको सुरुवात गरेका थिए, जो पछि गएर शैव, सिद्ध, नाथ, दिगंबर, सूफी सम्प्रदायमा विभक्त भयो ।

१२. देवता र असुर दुबैको पि्रय शिव

भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । ऊ रामलाई पनि वरदान दिन्छ, रावणलाई पनि । उनले भस्मासु, शुक्राचार्य आदि केही असुरलाई बरदान दिएका थिए । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हो ।

१३. शिव चिन्ह

वनवासीदेखि लिएर सबै साधरण व्यक्तिले जुन चिन्हको पूजा गरिन्छ, ति पत्थरको ढोल, बटिया शिवको चिन्ह मानिन्छ । यसका साथै रुद्राक्ष, त्रिसुललाई पनि शिवको चिन्ह मानिनछ । कसैले डमरु र अर्द्ध चन्द्रलाई शिवको चिन्ह मान्छन् । अहिले धेरैजसोले शिवलिंग अर्थात शिवको ज्योति पूजा गर्छन् ।

व्युत्पत्ति र अर्थ

हिन्दू धर्म

साहित्य

वैष्णव

महत्व

बौद्ध धर्म

साहित्य

महत्व

शिलालेख

यूनानी

बौद्ध कलश

पित्तलका स्तम्भ र स्तूप

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

भगवान श्रीकृष्ण का ३ माताहरुको जानकारीभगवान शिव रूपभगवान शिवको १३ रहस्यभगवान व्युत्पत्ति र अर्थभगवान हिन्दू धर्मभगवान बौद्ध धर्मभगवान शिलालेखभगवान यो पनि हेर्नुहोस्भगवान सन्दर्भ सामग्रीहरूभगवानकृष्णगणेशगौतम बुद्धब्रह्माभारतरामविष्णुशिव

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त राज्य अमेरिकामकैखप्तड राष्ट्रिय निकुञ्जरामानुजाचार्यक्रियापदॐ मणि पद्मे हूँनेपालका मल्ल राजाहरूको सूचीराष्ट्रिय स्वतन्त्र पार्टीविकिमिडिया कमन्सविज्ञानशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)जलवायु परिवर्तनकृषि विकास बैंककुलदेवतामिटरबझाङ जिल्लाबर्दिया राष्ट्रिय निकुञ्जef52iसंयुक्त राष्ट्रसङ्घका महासचिवबीमाअंशुवर्माभूपरिवेष्ठित राष्ट्रमहिला विरुद्धका हिंसाभरतपुर महानगरपालिकास्थानीय कार्यपालिकाअक्टोबर क्रान्तिभानुभक्त आचार्यस्टिफन हकिङस्टकहोमकार्यसम्पादन मूल्याङ्कनपर्यटनदलितनेपालका दलित वर्गमा पर्ने थरहरूलमजुङ जिल्लाॐ नमः शिवायनेपाली कांग्रेसभारदार परिवारभारद्वाज ऋषिमहात्मा गान्धीकुमारी बैंकबाल अधिकारनबिल बैंकरेखा थापासिद्धबाबा मन्दिरआन्तरिक नियन्त्रण प्रणालीगोरखा जिल्लासिन्धु घाटीको सभ्यतास्याङ्जा जिल्लाकुकुरनेपालमा पर्यटननेपालको राष्ट्रिय जनगणनाबहादुर शाहत्रिभुवन विश्वविद्यालयउत्तर आयरल्यान्डदियोमानव विकास अर्थशास्त्रनेपालको झन्डासङ्गठनबुढानीलकण्ठ स्कूलजैविक लिङ्गनेपालका संरक्षित क्षेत्रहरूको सूचीअङ्कनेपालको संविधान २०७२ मा बालबालिकाको हकटेलिभिजनहुलाकी राजमार्गगोपालप्रसाद रिमालजल उत्पन्न प्रकोप नियन्त्रण विभागगोपाल वंशसूर्यफिफाइन्स्टाग्रामउत्प्रेरणाबाल विवाहअङ्ग्रेजी भाषाबिस्केट जात्राचिठीबाघलिम्बू जाति🡆 More