बुद्ध पूर्णिमा: बौद्ध धर्मावलम्बीको पर्व

संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ , भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । वि.सं.

२००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ ।

बुद्ध पूर्णिमा
मितिवैशााख शुक्ल पूर्णिमा

बुद्धको बारेमा जानकारी

हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ । यिनमा इङ्ल्याण्डबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको 'एसियाको ज्योति (१८७९)', तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा. भीमराव राम अम्बेडकरको 'बुद्ध र उनको धर्म (१९५७)' र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हर्मन हेस्सेको 'सिद्धार्थ (१९२२)' प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाको 'बुद्धिस्ट डिक्सनरी' (१९५०), र 'विश्वमा बुद्ध' (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको 'बुद्धको विचार' (१९५९), इटलीका जिसेप्पे टिउचिलेको 'मुस्ताङको भ्रमण' (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्धदर्शन अध्ययन अध्यापन हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन-अध्यापन गर्दै आएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रस्तावित सिद्धार्थ विश्वविद्यालयले पनि बौद्ध दर्शनको अनुसन्धान र चर्चा परिचर्चा गर्ने गरेका छन् । अन्तरजगतका कुशल चिकित्सक तथा बाहृय जगतका कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए र ती 'विनय', 'सुत्त' र 'अभिधम्म' पिटक आदि पुस्तकमा सङ्ग्रहीत छन् । सम्राट् अशोकले ई.पू. २४९ मा 'हित बुद्ध जातेती लुम्बिनी ग्रामे' भनी ब्राहृमी लिपिमा नेपाली भाषामा लेखेको अशोक स्तम्भ लुम्बिनीमा पत्ता लागेको १ सय ९ वर्ष पुगेको छ । तत्कालीन पश्चिम क्षेत्र कमान्डर जनरल खड्ग शम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखि पुरातत्त्व विशेषज्ञ डा.फुररको सहयोगमा स्तम्भ उत्खनन् तथा सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको गुरुयोजना आरम्भ भएको थियो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

मित्रोवार्षिक

Tags:

गौतम बुद्धबुद्धबुद्ध धर्मलुम्बिनी

🔥 Trending searches on Wiki नेपाली:

ललितपुर जिल्लादक्षिण कोरियारामेछाप जिल्लागर्भपतनफिफानेपालको उपप्रधानमन्त्रीनेपालका प्रधान सेनापतिहरूअल्पसङ्ख्यककर्णाली नदीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)यौनजयपृथ्वीबहादुर सिंहतराईदराई जातिसिन्धुली जिल्लालेखनाथ पौड्यालबोगटान राज्यहिमाली प्रदेशनेपालको अर्थतन्त्रगोत्रगृह मन्त्रालय (नेपाल)नरिवलराष्ट्रिय प्रजातन्त्र पार्टीef52iकर्णाली प्रदेश सभानेपालका गाउँपालिकाहरूमहान्यायाधिवक्ताको कार्यालयभूमध्यरेखासंस्कारहारुकी मुराकामीवर्ण विन्यासगण्डकी प्रदेश सभाढोरबराहि मन्दिरमृगौलाखनिजसिद्धिचरण श्रेष्ठमायाआइज्याक न्युटनविश्व सम्पदा क्षेत्रतत्समराष्ट्रिय सुरक्षा परिषद्नेपालको अन्तरिम संविधान २०६३सम्पति शुद्धीकरणनेपाल अङ्ग्रेज युद्धरानीमहलरामसार क्षेत्रनेपालको झन्डासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूविकिमेनियासाङ्केतिक भाषाबजेटकिराँत कालसन्दीप लामिछानेकार्यसम्पादन मूल्याङ्कनध्रुवचन्द्र गौतमशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सुर्खेत जिल्लाजानकी मन्दिरसुदूरपश्चिम प्रदेश सभातिहारझाँक्रीविसं २०७२ को महाभूकम्पगोरखापत्रनेपालका प्राकृतिक सम्पदाहरूको सूचीथारू जातिमष्टो देवताकारकभक्तराज आचार्यपुष्पकमल दाहाललुम्बिनी प्रदेशकाभ्रेपलान्चोक जिल्लानामसामाजिक विज्ञानगणतन्त्रबागमती प्रदेश🡆 More