एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बीच एकीकरण भई २०४७ पुस २२ गते स्थापना भएको नेपालको सबैभन्दा ठूलो विपक्षी राजनीतिक दल हो।

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सभापतिखड्गप्रसाद ओली
महासचिवशङ्कर पोखरेल
सचिवगोकर्ण विष्ट
योगेश भट्टराई
पद्मकुमारी अर्याल
छविलाल विश्वकर्मा
लेखराज भट्ट
टोपबहादुर रायमाझी
रघुवीर महासेठ
विद्यार्थी नेता(बुद्धभुमि न.पा. कपिलवस्तु)कृष बन्जाडे
वरिष्ठ उपाध्यक्षईश्वर पोखरेल
उपाध्यक्षअष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
उपमहासचिवप्रदीप ज्ञवाली
विष्णु रिमाल
पृथ्वीसुब्बा गुरुङ
स्थापना२०४७ पुस २२
विघटन२०७५ जेठ ३ (नेकपा (माके)सँग एकीकरण)
समायोजननेकपा (मार्क्सवादी)
नेकपा (मार्क्सवादी–लेनिनवादी)
अग्रकालीननेकपा(२०७५–२०७८)
प्रमुख कार्यालयथापाथली, काठमाडौँ
सक्रिय सदस्य (२०७८ भदौ)६,००,०००
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
जनताको बहुदलीय जनवाद
राजनीतिक स्थानबाम देखि उग्र बाम
अन्तर्राष्ट्रिय सम्बद्धताकम्युनिस्ट र मजदुरका दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन
प्रतिनिधि सभा
९६ / २७५
राष्ट्रिय सभा
१८ / ५९
प्रदेश सभा
१७८ / ५५०
स्थानीय सरकार
२७४ / ७५३
नगरप्रमुख/अध्यक्ष
निर्वाचन चिह्न
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी
राजनीतिक दलको झन्डा
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी
वेबसाइट
www.cpnuml.org

नेपालको सङ्घीय संसदमा यो प्रमुख प्रतिपक्षी दल हो। झण्डै ६,००,००० सदस्य रहेको यो नेपालको दोस्रो ठूलो दल हो। यो नेपाली काङ्ग्रेस लगायतका दुई मुख्य दलहरूमध्ये एक रहेको छ।

नेकपा (एमाले)ले पाँच वटा सरकारको नेतृत्व गरेको छ जसमा मनमोहन अधिकारीले एकपटक, केपी शर्मा ओली दुई पटक, माधवकुमार नेपालले एकपटक र झलनाथ खनालले एकपटक नेतृत्व गरेका थिए। २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय समिति सदस्य र झलानाथ खनाल लगायत सांसद्ले, नेकपा (एकीकृत समाजवादी) नामक नयाँ दल गठन गरेसँगै दल विभाजित बन्न पुगेको थियो।

यो पार्टीलाई बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता जस्ता लोकरिझाई कार्यक्रम सुरुवात गर्ने श्रेय/ आरोप दिइन्छ।

यद्यपि, संसद तथा सडकमा अवरोध गर्ने, सडकमा रेलिङ भाच्ने तथा टायर बाल्ने संसदीय विकृतिको सुरुवात गरेको दोष पनि यो पार्टीलाई जान्छ। यो पार्टीले लगातार ५७ दिन सम्म संसद अवरुद्ध गरेर रेकर्ड कायम गरेको थियो। त्यो ५७ दिनको आफ्नै रेकर्ड रेकर्ड नौ महिना संसद अबरुद्ध गरेर २०७८ -२०७९ सालमा भंग गरेको थियो।

इतिहास

स्थापनाकाल, २०४८–२०५०

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
नेकपा (एमाले)को झण्डा

पञ्चायती व्यवस्थाको विरोध गर्न र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना गर्न २०४६ मा संयुक्त वाम मोर्चा गठन भएको थियो। उनीहरूले नेपाली काङ्ग्रेससँग संयुक्त आन्दोलनको आयोजना गरेका थिए। फलस्वरूप नेपालको जनआन्दोलन २०४६ सफल भएसँगै पञ्चायती व्यवस्था उन्मुलन भएको थियो। संयुक्त वाम मोर्चाका दुई घटक नेकपा (मार्क्सवादी)नेकपा (मार्क्सवादी-लेनिनवादी) मिलेर २०४७ पुष २२ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) गठन गरेका थिए। आम निर्वाचन २०४८ अघि नै संयुक्त वाम मोर्चा निष्क्रिय भएको थियो।

आम निर्वाचन २०४८मा पार्टीले २०५ मध्ये ६९ सिट जितेको थियो र यो प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो। मनमोहन अधिकारी संसदीय दलको प्रमुखमा निर्वाचित भएका थिए र पछि प्रतिपक्ष दलको नेता बनेका थिए। २०४८ असार १४, मा नेकपा (एकीकृत) बाट अलग भएपछि आफूलाई पुनर्गठन गरेको नेकपा (बर्मा) पार्टीमा विलय भएको थियो। पाँचौँ पार्टीको महाधिवेशन सन् १९९३ जनवरीमा काठमाडौँमा सम्पन्न भएको थियो र जनवादी बहुदलीय जनवादलाई यसको मुख्य विचारधाराको रूपमा स्वीकार गरिएको थियो। मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको एउटै विचारधाराले यसले आउँदो वर्षहरूमा सबैभन्दा प्रमुख राजनीतिक दलहरू मध्ये एक बनाएको थियो। दलको पाँचौँ महाधिवेशनमा आधिकारीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो भने महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए। भण्डारीको त्यस वर्षको उत्तरार्धमा चितवनमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो भने माधवकुमार नेपाल पार्टीका महासचिव बनेका थिए। २०४९ मा, तुलसीलाल अमात्य नेतृत्वको नेकपा (अमात्य) नेकपा (एकीकृत)बाट टुक्रिएर एमालेसँग गाभिएको थियो।

प्रथम सरकार र विभाजन, २०५१–२०५४

२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीले २०५ मध्ये ८८ सिट जितेको थियो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो। भारतसँग पानी बाँड्ने सम्झौताबारे मतभेद भएपछि २०५४ मा पार्टीले पहिलो पटक विभाजनको सामना गर्नुपरेको थियो। वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का रूपमा मातृदलबाट ४६ जना सदस्य सहित नयाँ दल गठन भएको थियो।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, २०६१-२०६३

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
माधवकुमार नेपाल, पार्टीको पूर्व अध्यक्ष र पूर्वप्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)का अधिकांश सदस्यहरू २०५८ फागुन ३ गते पुनः मूल पार्टीमा आबद्ध भएको थियो। अरूले पनि विद्यमान पार्टीको पुनर्संरचना गर्ने निर्णय गरेका थिए। पार्टीको सातौँ महाधिवेशन २०५९ माघ १८ देखि २३ गते सम्म जनकपुरमा सम्पन्न भएको थियो । महाधिवेशनले पार्टी अध्यक्ष पद खारेज गर्ने निर्णय गरेको थियो। पार्टीको महासचिवमा मनमोहन अधिकारीको निधन पश्चात् माधवकुमार नेपाल सर्वसम्मत महासचिवमा नियुक्त भएका थिए।

राजा ज्ञानेन्द्रले संसद् विघटन गरेर २०६० सालमा नेपाली काङ्ग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेका थिए। अन्य पाँच दलले उनको निर्णयको विरोध गरेका थिए। तर, देउवालाई बहालमा लिएपछि नेकपा (एमाले)ले अस्थायी सरकारमा सहभागी भएर भरतमोहन अधिकारीलाई उपप्रधानमन्त्री बनाएका थिए। यस सरकारलाई राजाले २०६१ माघ १९ मा भङ्ग गरेका थिए। उनको निर्णयको विरोध गर्न सात दलीय गठबन्धन गठन गरिएको थियो र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग भएको सहमतिपछि राजाको प्रत्यक्ष शासनविरुद्ध संयुक्त सङ्घर्ष सुरु भएको थियो। २०६३ को जनआन्दोलन सफल भएपश्चात्, राजतन्त्रको अन्त्य भएको थियो र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए।

संविधान सभा, २०६४-२०६८

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
नेकपा (एमाले) नेता तथा प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंह

संविधान सभा निर्वाचन, २०६४ पार्टीले ६०५ मध्ये १०८ सिट जितेर तेस्रो स्थान हात पारेको थियो। पछि, माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका थिए। उनको ठाउँमा झलनाथ खनालले पद बहाली गरेका थिए। पार्टीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गरेर उनको सरकारमा सहभागी भएको थियो। आठौँ महाधिवेशनमा पार्टी अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए।

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
झलनाथ खनाल, पार्टीको पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

२०६५ मा, पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकारले सेना प्रमुख रुक्माङगद कटवाललाई निष्कासन गरेपछि नेकपा (एमाले) गठबन्धन सरकार छाड्न बाध्य भएको थियो। सरकारबाट हटेपछि, पार्टी माधवकुमार नेपाल नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेसमधेशी जनअधिकार फोरमसँग नयाँ गठबन्धन सरकार बनाएको थियो। नयाँ संविधानको मस्यौदा तयार गर्न नसकेपछि २०६६ मा, माधवकुमार नेपालले राजिनामा दिएको थिए। सात महिनाभन्दा बढी राजनीतिक गतिरोधपछि खनाल २०६७ माघ २३ गते, एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को समर्थनमा नेपालको प्रधानमन्त्री निर्वाचित भएका थिए। नयाँ संविधान र शान्ति प्रक्रियाको मस्यौदा तयार गर्ने विषयमा अन्य दलहरुसँग सहमति जुट्न नसकेपछि उनले असोज मै राजीनामा दिएका थिए। २०६८ भदौ ११ गते बाबुराम भट्टराई नेतृत्वको सरकारमा दल सहभागी भएको थियो।

दोस्रो संविधान सभा, २०७०-२०७२

तोकिएको समयभन्दा अघि नै नयाँ संविधानको मस्यौदा तयार गर्न नसक्दा संविधान सभा विघटन पछि २०७० को निर्वाचनमा ५७५ मध्ये १७५ जना निर्वाचित सिटमा विजयी भएपछि दोस्रो ठूलो दल बनेको थियो। पार्टीले सुशील कोइरालाको नेतृत्वमा सत्तारुढ नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन सरकारमा सहभागी भएको थियो। पार्टीको नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेपछि २०७१ मा, खड्गप्रसाद ओली पार्टी अध्यक्ष बनेका थिए। यो सरकारले ३ असोज २०७२ मा नयाँ संविधान दिएको थियो।

सङ्घीय नेपाल

नयाँ संविधानको मस्यौदा तयार भएपछि सुशील कोइरालाले राजीनामा दिएर खड्गप्रसाद ओली एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भए। नेपाली काङ्ग्रेसनेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको अविश्वासको प्रस्ताव अघि ओलीले २०७३ साउन २० गते राजीनामा दिएका थिए।

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
प्रधानमन्त्री ओली, नरेन्द्र मोदीवामदेव गौतमको साथ

स्थानीय तह निर्वाचन, २०७४मा, पार्टीले १४,०९९ सिट (२९४ मेयर वा अध्यक्ष पद सहित) जितेको थियो र सबैभन्दा ठूलो स्थानीय-सरकार पार्टी बनेको थियो। पार्टीले काठमाडौँपोखरा लगायतका प्रमुख सहरमा मेयरमा विजयी हासिल गरेको थियो। प्रतिनिधि सभा निर्वाचन, २०७४प्रदेश सभा निर्वाचन, २०७४ अघि दलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग गठबन्धनको घोषणा गरेको थियो। पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७४मा, १२१ सिट जित्दै प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी बनेको थियो र नेपालका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको थियो। निर्वाचनपछि पार्टीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग आफ्नो गठबन्धन कायम गरेको थियो र नेपालको केन्द्र र सात प्रदेशमध्ये ६ वटामा गठबन्धन सरकार गठन गरेको थियो । सत्ता बाँडफाँड सम्झौता अनुसार नेकपा (एमाले)ले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरेको थियो।

२०७४ माघ २३ मा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) ले ५६ मध्ये २७ सिटमा जित हासिल गरी फेरि देशकै सबैभन्दा ठूलो दल बनेको थियो। पार्टी अध्यक्ष ओली प्रतिनिधि सभामा दलको संसदीय दलको नेता निर्वाचित भएका थिए र २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। विद्यादेवी भण्डारी फागुन २९ गते पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

विघटन र पुनर्सथापना, २०७५-२०७७

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओलीसँग नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

आठ महिनाको योजनापछि नेपालका दुई प्रमुख वामपन्थी दललाई गाभ्ने योजनालाई अन्तिम रुप दिन एकीकरण संयोजन समितिको भेला बसेको थियो। २०७५ जेठ ३ मा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बीच एकीकरण भएको थियो र यो दल लगभग दुई तिहाइ बहुमत सहित नेपालको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो।

२०७७ फागुन २४ गते, सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को विलयबाट बनेको नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता वा आधिकारिक नाम ऋषि कट्टेलले यस भन्दा अगाडि नै निर्वाचन आयोगमा दर्ता गरेको भन्दै पूर्ववर्ती दलहरूलाई छुट्टाभिन्न गर्ने गरि आदेश जारी गरेको थियो। विघटन पश्चात्, विभिन्न प्रदेश तथा सङ्घीय सरकारबाट यो सत्ताबाट बाहिरिएको थियो।

विभाजित दलहरूको सूची

प्रथम सरकार र विभाजन, २०५१–२०५४

२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीले २०५ मध्ये ८८ सिट जितेको थियो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो। २०५४ अविश्वासको प्रस्ताव गुमाउँदा आधिकारी राजीनामा दिन बाध्य भएपछि सरकार नौ महिनासम्म चलेको थियो। सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारलाई समर्थन गरेपछि सन् २०५४ दल पुनः सरकारमा फर्किएको थियो। राप्रपामा भएको मतभेदपछि लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएका थिए र नेकपा (एमाले) फेरि विपक्षमा पुगेको थियो।

भारतसँग पानी बाँड्ने सम्झौताबारे मतभेद भएपछि २०५४ मा पार्टीले पहिलो पटक विभाजनको सामना गर्नुपरेको थियो। वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का रूपमा मातृदलबाट ४६ जना सदस्य सहित नयाँ दल गठन भएको हो। गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काङ्ग्रेसनेपाल सद्भावना पार्टीको गठबन्धन सरकारलाई समर्थन गर्दै २०५५ मा, पुन: पार्टी सरकारमा सहभागी भएको थियो। आम निर्वाचन २०५६ पार्टीले २०५ मध्ये ७० सिट जितेको थियो र यो प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो।

समानान्तर विभाजन

३ साउन २०७८, मा पार्टीबाट २२ जना प्रतिनिधि सभा सदस्यले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा मतदान गरेका थिए। उनले पार्टीको ह्विपको अवज्ञा गरेका थिए। पार्टी विपक्षमा भए पनि माधवको गुटले सरकारलाई समर्थन गरेको कारण पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपालकेपी शर्मा ओलीबीच विवाद उत्पन्न भएको थियो। २ भदौ २०२१ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक नयाँ पार्टी गठन भएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी उपाध्यक्षहरू र २३ जना सांसद नयाँ पार्टीमा सहभागी भएका थिए। यसले गर्दा पार्टीको तल्लो तहका कमिटीमा विभाजन भएको थियो।

२०७८ को सुक्ष्म विभाजन

वरिष्ठ उपाध्यक्ष वामदेव गौतम नेतृत्वको सानो समूहले २०७८ भदौ १९ मा पार्टी परित्याग गरेको थियो। हाल उनीहरू नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा छन्।

सांसद बृजेशकुमार गुप्ता र ईश्वर दयाल मिश्रसँगै हृदयेश त्रिपाठीनेतृत्वको अर्को सानो समूह पनि २० भदौ २०७८ मा विभाजित भएर जनता प्रगतिशील पार्टी गठन भएको थियो।

विभाजित दलहरूको सूची

वर्ष दल नेता स्थिति
२०५४ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) वामदेव गौतमसिपी मैनाली सक्रिय
२०६४ नागरिक उन्मुक्ति पार्टी राजकुमार लेखी नेपाल सद्भावना पार्टीसँग गाभिएको
२०६४ तराई मधेस सद्भावना पार्टी महेन्द्र राय यादव मधेशी जनअधिकार फोरम, नेपाल सँग गाभिएर जनता समाजवादी पार्टी, नेपाल बनेको
२०६८ सङ्घीय समाजवादी पार्टी नेपाल अशोक राई मधेशी जनअधिकार फोरम, नेपालसँग गाभिएर जनता समाजवादी पार्टी, नेपाल बनेको
२०७८ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) माधवकुमार नेपाल सक्रिय
२०७८ जनता प्रगतिशील पार्टी हृदयेश त्रिपाठी सक्रिय

महाधिवेशन

महाधिवेशन स्थान मिति नतिजा
पहिलो ग्वाबहाल (पाटन) २०१० माघ १७-२५ महासचिवमा मनमोहन अधिकारी चयन
दोस्रो फोहोरा दरबार २०१४ जेठ १५-२५ महासचिवमा केशरजङ्ग रायमाझी
तेस्रो बनारस, (भारत) २०१९ साल, बैशाख ४–१५ महासचिवमा तुल्सीलाल अमात्य
चौथो सिराहा, सगरमाथा अञ्चल २०४६ भाद्र ९–१४ महासचिवमा मदन भण्डारी निर्वाचित
पाँचौ काठमाडौं २०४९ साल माघ १४–२० जनताको बहुदलीय जनवाद पारित
छैटौं २०५४ विजयी
सातौँ २०५६
आठौँ २०६५ झलनाथ खनाल अध्यक्ष निर्वाचित
नवौँ २०७० केपी शर्मा ओली अध्यक्ष निर्वाचित
दशौँ २०७८ चितवन केपी शर्मा ओली अध्यक्ष निर्वाचित

जनताको बहुदलीय जनवाद

नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त मार्क्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो। यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो। कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही सावित हुँदै आएको मानिन्छ।

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी 
जनताको बहुदलीय जनवाद

चुनावी प्रदर्शन

प्रतिनिधि सभा निर्वाचन

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
प्राप्त मत % सिट +/-
२०४८ मदन भण्डारी २,०४०,१०२ २७.९८
६९ / २०५
दोस्रो प्रतिपक्षमा
२०५१ मनमोहन अधिकारी २,३५२,६०१ ३०.८५
८८ / २०५
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  १९ एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  प्रथम अल्पमतीय सरकार
२०५६ माधवकुमार नेपाल २,७२८,७२५ ३१.६६
७१ / २०५
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  १७ एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  दोस्रो प्रतिपक्षमा
२०६४ माधवकुमार नेपाल २,२२८,०६४ २१.६३
१०८ / ६०१
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  ३७ एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  तेस्रो नेकपा (माओवादी), मजअफो, सद्भावना, र नेकपा (एकीकृत)को बीच गठबन्धनको सरकार
२०७० झलनाथ खनाल २,४९२,०९० २७.५५
१७५ / ५७५
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  ६७ एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  दोस्रो नेपाली काङ्ग्रेसराप्रपा बीच गठबन्धनको सरकार
२०७४ खड्गप्रसाद ओली ३,१७३,४९४ ३३.२५
१२१ / २७५
एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  ५४ एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  प्रथम माओवादी केन्द्रसँगको गठबन्धनको सरकार

प्रदेश सभा निर्वाचन

प्रदेश सभा निर्वाचन, २०७४मा नेकपा (एमाले)ले ७ प्रदेश मध्ये ६ प्रदेशमा सबैभन्दा ठूलो दल बनेको थियो र यसको नेतृत्वमा चार प्रदेशमा सरकार प्रमुख रहेको थियो।

प्रदेश निर्वाचन मत सिट स्थान गठित सरकार
प्राप्त मत %
प्रदेश नं. १ २०७४ ६७३,७०९ ३८.७९
५१ / ९३
प्रथम प्रतिपक्षमा
मधेस २४९,७३४ १६.२५
२१ / १०७
चौथो प्रतिपक्षमा
बागमती ६७७,३१७ ३५.८१
५८ / ११०
प्रथम प्रतिपक्षमा
गण्डकी ३७३,५०१ ३९.०४
२७ / ६०
प्रथम प्रतिपक्षमा
लुम्बिनी ५३३,६१३ ३३.१०
४१ / ८७
प्रथम प्रतिपक्षमा
कर्णाली १६९,७५५ ३४.३५
२० / ४०
प्रथम प्रतिपक्षमा
सुदूरपश्चिम २६०,९५५ ३१.९९
२५ / ५३
प्रथम प्रतिपक्षमा

नेतृत्व

अध्यक्ष

उपमहासचिव

नेपालको प्रधानमन्त्री

क्र.सं प्रधानमन्त्री तस्वीर कार्यावधि संसद मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
सुरु अन्त्य कार्यकाल
मनमोहन अधिकारी २०५१ मंसिर १४ २०५२ भदौ २७ २८६ दिन तेस्रो प्रतिनिधि सभा मनमोहन अधिकारी मन्त्रिपरिषद् काठमाडौँ ३
माधवकुमार नेपाल एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  २०६६ जेठ ११ २०६७ माघ २३ १ वर्ष, २५७ दिन पहिलो संविधान सभा माधवकुमार नेपाल मन्त्रिपरिषद् मनोनीत
झलनाथ खनाल एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  २०६७ माघ २३ २०६८ भदौ १२ २०४ दिन पहिलो संविधान सभा खनाल मन्त्रिपरिषद् इलाम १
खड्गप्रसाद ओली एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी  २०७२ असोज २५ २०७३ साउन २० २९७ दिन व्यवस्थापिका संसद पहिलो ओली मन्त्रिपरिषद् झापा ७
२०७४ फागुन ३ २०७८ असार २९ ६ वर्ष, ५६ दिन पहिलो सङ्घीय संसद दोस्रो ओली मन्त्रिपरिषद् झापा ५

भातृ सङ्गठन

  • नेपाल ट्रेड युनियन महासङ्घ
  • नेपाल युवा सङ्घ
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
  • अखिल नेपाल महिला युनियन
  • अखिल नेपाल मजदुर युनियन
  • अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन
  • नेपाल राष्ट्रिय शिक्षक सङ्घ
  • राष्ट्रिय जनसांस्कृतिक मञ्च
  • अपाङ्गता भएका व्यक्तिहरुको लोकतान्त्रिक राष्ट्रिय संगठन–नेपाल

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी इतिहासएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी विभाजित दलहरूको सूचीएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी महाधिवेशनएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी जनताको बहुदलीय जनवादएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी चुनावी प्रदर्शनएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी नेतृत्वएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी भातृ सङ्गठनएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी यो पनि हेर्नुहोस्एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी सन्दर्भ सामग्रीहरूएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टी बाह्य कडीहरूएकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिस्ट पार्टीनेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)नेपालका राजनीतिक दलहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

तत्समग्रहसदर चिडियाखाना, नेपालनेपालको सैन्य दर्जानेपालमा पर्यटननेपालका सर्वोच्च आठ हिमालखाँदवारी नगरपालिकावीरेन्द्र वीरविक्रम शाहबाल अधिकारकर्जाविश्वेश्वरप्रसाद कोइरालाशब्दकोशहस्तमैथुनदोधारा चाँदनी पुलगणेशबुद्ध धर्मओखलढुङ्गा जिल्लानैतिक दृष्टान्तदसैँसार्की जातिइटहरी उपमहानगरपालिकाभुल्ने पो हो की ?वेब्याक मेसिनकाफलभारोपेली भाषा परिवारज्योतिषविद्यालयसन्दुक रुइतकालीगण्डकी नदीनेपालका तालहरूको सूचीसात सालको क्रान्तिगणतन्त्र दिवस (नेपाल)शरद ऋतुदेउकी प्रथाभण्डारखाल पर्वसङ्घीयताअन्नप्राशन संस्कारदिल्ली सम्झौताभूपतीन्द्र मल्लबनेपा नगरपालिकाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)त्रिभुवन विश्वविद्यालयनेपालको एकीकरणनेपाल टेलिकमचतराधामक्षेत्रीखस राज्यमाटोवैज्ञानिकनेपालमा महिलाको अवस्थागोरखाली१२ वैशाखधरान उपमहानगरपालिकामदन भण्डारी राजमार्गगोरखापत्रबागेश्वरी मन्दिर, नेपालगन्जकलियुगनबिल बैंकगतिपृथ्वीनारायण शाहन्यायिक समितिसमाजभृकुटीरानीमहलफुटबल खेलवडा कार्यालय (नेपाल)मृगौलाव्यवस्थापनसामाजिक विज्ञाननेपालको राष्ट्रपतिमस्कोमेटाखोटाङ जिल्लासमाजवाददरबार हाई स्कुलबझाङ जिल्लाहावापानी🡆 More