ठुलो जुनबकुल्ला

ठुलो जुनबकुल्ला हिलोमा हिड्न सक्ने, बकुल्ला प्रजातिको जुनबकुल्ला उपप्रजातिमा पर्ने एक चरा हो। यसका दुईवटा उपप्रजातिहरू रहेका छन्, जसमा एउटा दक्षिणी जातिको चराले भने युरोप, एसिया र अफ्रिकाको उत्तरी तटिय क्षेत्रमा प्रजनन गर्दछ भने अर्को उत्तरी जातिको उपप्रजातिले भने दक्षिण अफ्रिकाको विशेष ठाउँमा मात्रै प्रजनन गर्दछ। यो चराले कुरा लुकाउने गर्दछ, यो धेरैजसो सिमसार क्षेत्रमा पाइन्छ र यो प्राकृतिक बासस्थानमा बस्न रूचाउँछ। यो खुला ठाउँमा त्यति देखिदैँन। यसको प्रमुख खाना माछा, चराको बच्चा, उभयचर, किरा आदि पर्दछन्।

ठुलो जुनबकुल्ला
ठुलो जुनबकुल्ला
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Pelecaniformes
परिवार: Heron
वंश: Botaurus
(लिनियस, १७५८)
प्रजाति:
B. stellaris
वैज्ञानिक नाम
Botaurus stellaris
(लिनियस, १७५८)
उपप्रजाति
  • B. s. stellaris Linnaeus, 1758
  • B. s. capensis (Schlegel, १८६३)
ठुलो जुनबकुल्ला
Range of Botaurus stellaris
पर्याय

Ardea stellaris लिनियस, १७५८

यसले आफ्नो गुँड पानी भएको क्षेत्र वरिपरि प्राकृतिक बासस्थानमा बनाउने गर्दछ। पोथी ठूलो जुनबकुल्लाले अण्डा कोरल्छ र चल्लाहरूलाई खुवाउने काम गर्दछ, चल्लाहरू गुँड दुई हप्ता पछि छोड्ने गर्दछन्। पोथीले उनीहरूलाई गुँडबाट विदा नहुन्जेलसम्म उनीहरूको राम्रो हेरचाह गर्ने गर्दछ र उनीहरू ६ हप्तापछि गुँड छोड्ने गर्दछन्।

यसको दायरामा र प्राकृतिक बासस्थान र सिमसार क्षेत्रमा आएको कमीका कारण यसको जनसङ्ख्या घट्दै गइरहेको छ। तथापि यसको घट्ने क्रम एकदमै कम छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिको जुनबकुल्लालाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको छ। यसका केही स्थानीय जनसङ्ख्या घट्दो क्रममा रहेको छ। सबै चराहरूको प्रजातिमा यो संयुक्त अधिराज्यमा असुरक्षित चराको प्रजाति मध्य एक हो।

विवरण

ठुलो जुनबकुल्ला 
ठूलो जुनबकुल्लाको खप्पर

यो पंक्षी हेर्दा खेरी मोटो, चमकिलो, पहेँलो हुन्छ भने यसको प्वाँख हलुका खैरो खालको हुन्छ र शरिरमा धर्सा वा रेसा परेको जस्तो देखिन्छ। यसको अर्को नाम यसै कारण लिइएको हो। यो जुनबकुल्ला उपप्रजाचिको सबैभन्दा ठूलो चरा हो। यसको भाले पोथी भन्दा ठूलो हुन्छ। ठूलो जुनबकुल्लाको लम्बाइ ६७-८१ सेमि (२७–३२ इन्च), यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाइ १००–१३० सेमि (३९–५१ इन्च) हुन्छ भने यसको तौल ०.८७–१.९४ किग्रा (१.९–४.३ पाउन्ड) हुन्छ।

यसको शिउर र घाँटी पछाडिको भाग कालो रङ्गको हुन्छ। यसको प्रत्येक प्वाँखहरू लामो र खुकुलोसँग मिलेका हुन्छन्। यसको प्वाँखको टुप्पो कालो र चुच्चो परेको हुन्छ। यसको घाँटीको छेउको भाग पनि कालो नै हुन्छ। यसको स्तन र पेटको भाग भने पहेँलो हुन्छ र छेउमा र बिचमा खैरो धर्सा हुन्छ। यसको पुच्छर खिया जस्तै देखिने खैरो रङ्गको हुन्छ र पुच्छरको टुप्पोमा कालो रेसा हुन्छ। यसको पखेटा पहेँलो-खैरो रङ्गको हुन्छ। यसको शक्तिशाली चुच्चो हरियो-पहेँलो हुन्छ भने चुच्चो अन्तिम भाग भने कालो हुन्छ। यसको आँखाको भित्री भाग पहेँलो रङ्गको हुन्छ। यसको खुट्टा र पञ्जा हरियो हुन्छ। किशोर ठूलो जुनबकुल्लाको प्वाँख वयस्कको जस्तै हुन्छ तर केही पहेँलो देखिन्छ जसले गर्दा छुट्याउन सजिलो हुन्छ।

वितरण र बासस्थान

ठूलो जुनबकुल्ला सिमसार क्षेत्र, पानी भएको क्षेत्र र प्राकृतिक बासस्थानमा ठूला र लामा घाँस भएका क्षेत्रहरूम पाइन्छ। यसको प्रजनन दायरा युरोप, एसियाका भाग गरी स्विडेन, फिनल्यानण्ड र पूर्वमा साइवेरिया र जापानको होकाइडो टापुसम्म फैलिएको छ। पंक्षीको उत्तरमा उपस्थिति उराल हिमश्रृङ्खलामा ५७°उत्तर साइबेरियामा ५७°उत्तरसम्म रहेको छ। यसको दक्षिणी सिमा भनेको भूमध्य सागर, कृष्ण सागर, इरान, अफगानिस्तान, कजाखस्तान, मङ्गोलिया र उत्तरी चीनको हेबे प्रदेश हो। यसको साना स्थानीय जनसङ्ख्याले ट्युनिसिया, मोरक्कोअल्जेरियामा पनि प्रजनन गर्दछ। यसले कहिलेकाहीँ तालको वरिपरि, कृषि गरिने क्षेत्रमा पनि गुँड बनाउने गर्दछ। तर रूचीमा यसले ठूलो प्राकृतिक बासस्थानलाई नै रोज्दछ, कम्तिमा २० हेक्टर वा ४९ एकर्स जसमा यसले प्रजनन गर्दछ।

ठुलो जुनबकुल्ला 
एक ठूलो जुनबकुल्ला, प्राकृतिक बासस्थानमा

यसको जनसङ्ख्याले बसाइँसराइ गर्दैनन् र १ वर्ष भरि एकै ठाउँमा बस्दछन्। उत्तर तर्फ गयो भने चराहरू प्रायः न्यानो ठाउँमा तिर बसाइँसराइ गर्दछन् तर केही चराहरू भने सोही ठाउँमा बस्ने गर्दछन्। उत्तरी युरोपका चराहरू दक्षिण र पश्चिम हुँदै दक्षिणी, उत्तरी र मध्य अफ्रिकामा पुग्ने चेस्टा गर्दछन्। उत्तरी एसियाली चराहरू भने अरबी प्रायद्विप, भारतीय उप- महाद्विप, मङ्गोलियाका केही प्रदेश गरी पूर्वी चीन तर्फ बसाइँसराइ गर्दछन्।

व्यवहार

ठुलो जुनबकुल्ला 
रक्षात्मक अवस्थामा

यो प्रायः एकान्त बस्न रूचाउँछ, ठूलो जुनबकुल्ला प्राकृतिक बासस्थानमा खाना खाने गर्दछ। यो हलुकासँथ हिड्छ र आहारा पाइने ठाउँमा पानी माथिनै ढुकेर बस्ने गर्दछ। यो पंक्षी लजालु हुन्छ। यसलाई तर्सायो भने प्रायः यसले चुच्चो माथि फर्काउँछ र त्यही स्थानमा अढिक बस्दछ। यो सोही स्थानमा रहिरहँदा यसको घाँटी र स्तनको वरिपरिको क्षेत्रमा कवचजस्तो बनाउँछ र घाँटीलाई लुकाउँछ।

यो पंक्षीले प्रायः कुरा लुकाउने गर्दछ। यो धेरै जसो प्राकृतिक बासस्थान र सिमसार क्षेत्रमा लुकेर बस्छ। कहिलेकाहीँ, विशेषगरि हिउँदमा यो खुला ठाउँमा वा पानीको किनारमा बस्दछ। उडानको बेलामा, यसको पखेटा चौडा र गोलाकारको देखिन्छ। यसले उडान भर्ने ब्लामम आफ्नो घाँटी तन्काउने गर्दछ तर गती पकडिएपछि यसले आफ्नो घाँटीलाई खुम्च्याउने गर्दछ। यो त्यति धेरै उड्दैन, तर बच्चालाई आहार खोज्ने बेलामा भने सक्रिय रूपमा उड्छ। यो प्रभात र उषामा बढी सक्रिय हुने गर्दछ र खानम खोज्ने क्रममा दउनमा पनि सक्रिय हुने गर्दछ।

माछा समात्दै
ठुलो जुनबकुल्ला 
अण्डाको सङ्कलन

यसको प्रमुख खाना भनेको माछा, भ्यागुता, चेपाकाँडा, साना प्रजातिका स्तनधारी, उभयचर र ढाड नभएका जनवरहरू हुन्। यसले छिपछिपे पानीमा शिकार गर्ने गर्दछ। बेलायती रेकर्ड अनुसार यसले ३५ सेमि (१४ इन्च) सम्मका इल, अन्य माछा, मुसा, साना चरा र चराका बच्चाहरू, गँगटो, माकुरो, किराहरू पनि खाने गर्दछ। युरोप महादेशमा पाइने यस पंक्षीले भने २० विभिन्न प्रजातिका गोब्रे किरा, फट्याङ्ग्रा, गाइनेकिरा खाने गर्दछ। यसले केही पानीमा फल्ने तरकारी पनि खाने गर्दछ।

भालेले फरक फरक पोथीहरूसँग सम्भोग गर्दछ। यसले ५ वटा पोथीसँग मिलन गर्दछ। यसले पानीको किनारमा वा सिमसार क्षेत्रमा गुँड बनाउने गर्दछ। यसले खर पराल र साना साना दाउराको प्रयोग गरी गुँड बनाउने गर्दछ। यसको सामान्य अण्डाको लम्बाई ५२ मिमि र चौडाई ३८ मिमि (२.० र १.५ इन्च) हुन्छ। अण्डा चमक रहित, खैरो हुन्छ भने यसको सिमानामा कालो चिन्ह हुन्छ। यसले मार्च र अप्रिल महिनामा ४ देखि ६ वटा सम्म अण्डा पार्दछ र लगभग २६ दिनमा पोथीले उक्त अण्डालाई कोरल्ने गर्दछ। चल्ला निस्किएपछि, चल्लाहरूले २ हप्ता गुँडमा बिताउने गर्दछन्। पोथीले भालेको मद्दत बिनानै उनीहरूलाई पालनपोषण गर्ने गर्दछ। चल्लाहरू ८ हप्ता मै राम्रोसँग उड्न सक्ने हुन्छन्।

आवाज

भालेको आवाज

सम्भोगको लागि पोथीले बोलाएको आवाज भन्दा भालेले बोलाएको आवाज चर्को हुन्छ। यसको आवाज एक सुनसान रातमा लगभग ३ माइल वा ४.८ किमी टाढासम्म सुनिन्छ। उक्त आवाज प्रायः सम्भोगका लागि जनवरी र अप्रिल महिनाको बिचमा दिने गरिन्छ। विभिन्न भाले जातिका ठूलो जुनबकुल्लालाई समावेश गरी एक सर्वेक्षणको सञ्चालन गरिएको थियो र उक्त सर्वेक्षणमा निश्चित ठाउँमा भालेहरूको आवाज टिपोट गरिएको थियो। यति सानो चराले त्यस्तो तीखो आवाज कसरी निकाल्छ भन्ने कुरा अहिलेसम्म पनि अज्ञात छ। तथापि केही सामान्य सोचाइबाट हेर्ने हो भने यसले पराल वा खरमा आवाज दिन्छ र सो आवाज सिधा पानीमा गएर ठोकिएको कारण आवाज चर्को सुनिएको अनुमान गर्न सकिन्छ।

स्थिति

ठुलो जुनबकुल्ला 
कम गहिराइ भएको पानीमा

ठूलो जुनबकुल्लाको विस्तारित दायरा रहेको छ। यसको विश्वव्यापी जनसङ्ख्या ११०,००० देखि ३४०,००० रहेको अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसको जनसङ्ख्या तुलनात्मक रूपमा कम मानिएता पनि यस पंक्षीलाई कम चासका प्रजातिको रूपमा वर्गीकरण गरेको छ। यसको घट्ने क्रम असुरक्षित वर्गलाई व्याख्या नगर्ने भएकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको हो। यस चराले सिमसार क्षेत्रको कमी, प्राकृतिक बासस्थानको कमी र विभिन्न समस्यहरू भोगिरहेको छ। अफ्रिकी बसाइँसराइ गर्ने पानीचराको संरक्षण लागू हुने यो प्रजाति मध्ये एक हो। २०अौँ सताब्दीमा यसको पश्चिमी जातिहरूका चराहरूमा सिमसार क्षेत्रको कमिका कारण भारी गिरावट आएको थियो र यसको विपरीत उत्तरी जाति भने एकदमै सुरक्षा दिइएको थियो।

संयुक्त अधिराज्यमा, सन् २००७ मा ठूलो जुनबकुल्लाले प्रजनन गर्ने जोडाहरू ४४ रहेको थियो। तथापि, ल्यानकासायर जनसङ्ख्या भने हालैको दशकमा गिरावट आएको छ। पश्चिम मुलुकहरूमा ठूलो जुनबकुल्ला प्राकृतिक बासस्थानमा आकर्षित भएका छन्। २१औँ शताब्दीमा चराहरू हिउँदमा लन्डन आउने गरेको तथ्याङ्क छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ठुलो जुनबकुल्ला विवरणठुलो जुनबकुल्ला वितरण र बासस्थानठुलो जुनबकुल्ला व्यवहारठुलो जुनबकुल्ला स्थितिठुलो जुनबकुल्ला यो पनि हेर्नुहोस्ठुलो जुनबकुल्ला सन्दर्भ सामग्रीहरूठुलो जुनबकुल्ला बाह्य कडीहरूठुलो जुनबकुल्ला

🔥 Trending searches on Wiki नेपाली:

चन्द्र शमशेर जङ्गबहादुर राणाविश्वेश्वरप्रसाद कोइरालाजोनी डेपक्षेत्रीमानिसयोनीमार्गविकिमिडिया कमन्सबौद्धनाथसङ्खुवासभा जिल्लाग्रहहरितगृह प्रभावढुङ्गे युगभ्रष्टाचारतत्सममुक्तिनाथनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालमा खेलकुदनेपालको जनआन्दोलन २०६३मगर भाषादरबार हत्याकाण्डजुकालाइब्रेरी पर्वॐ मणि पद्मे हूँरस (काव्य शास्त्र)मारुनी नाचसिन्धु गङ्गा मैदाननेपालको अर्थतन्त्रनेपालको एकीकरणरत्ननगर नगरपालिकाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीचन्दमेलम्ची नगरपालिकानेपालका प्रमुख नदीहरूको सूचीमानव विकास अर्थशास्त्रगुराँसमस्कोआन्तरिक राजस्व विभाग (नेपाल)व्रतबन्धसुर्खेत जिल्लायुनेस्कोनेपालका जातिहरूशिरुवा पर्वखनिजनेपालका तालहरूको सूचीमानव अधिकारवनस्पतिझोला (चलचित्र)विद्युतीय अपराधनेपालका नगरपालिकाहरूपोखरा महानगरपालिकामहागुरु फाल्गुनन्दमहानगरपालिकाविधिशास्त्रसंयुक्त राज्य अमेरिकानेवारी भाषासुशासनगजलजलवायु परिवर्तनराजनीतिपानीकैलाली जिल्लासमावेशीकरणभानुभक्त आचार्यनेपालमा पर्यटननेपालका मल्ल राजाहरूको सूचीपूर्वीय चिन्तन परम्परागोरखा दरबारप्रियङ्का कार्कीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल स्टक एक्सचेन्जनेपाल टेलिकमवाच्य (व्याकरण)मालारानी गाउँपालिकासीताबझाङ जिल्ला🡆 More