मङ्गोलिया

मङ्गोलिया चीनको उत्तर र रुशको दक्षिणमा अवस्थित एक भूपरिवेष्ठित रास्ट्र हो। यसको राजधानी उलानबटोर हो।

मङ्गोलिया
Монгол Улс
ᠮᠣᠩᠭᠣᠯ ᠤᠯᠤᠰ
मङ्गोलियाको झन्डा
झन्डा
मङ्गोलियाको Emblem
Emblem
राष्ट्रिय गान: 
  • Монгол улсын төрийн дуулал
    Mongol ulsyn töriin duulal
    (ढाँचा:"मङ्गोलियाको राष्ट्रिय गान")

 मङ्गोलिया-अवस्थिति (green)
 मङ्गोलिया-अवस्थिति (green)
राजधानी
र सबैभन्दा ठुलो सहर
उलानबटोर[a]
१०६°५३′पू॰ / ४७.९१७°N १०६.८८३°E / 47.917; 106.883
आधिकारिक भाषाहरूमङ्गोलियन
Official scriptsMongolian Cyrillic
Mongolian script
जातिगत समूहहरू
(२०१०)
  • ९६% मङ्गोलियाली
  • ४% कजाख
धर्म
बुद्ध (५३%)
इस्लाम (३%)
Shamanism (२.९%)
ईसाइ (२.२%)
रैथाने(हरू)
सरकारUnitary semi-presidential republic
बनोट
• शियोंगनु साम्राज्य
२०९ विसि
१२०६
• Declaration of independence from Qing dynasty, चीन
डिसेम्बर २९, १९११
• मङ्गोलिया गणतन्त्रको स्थापना
नोभेम्बर २६, १९२४
• Independence was recognized by Republic of China
जनवरी ५, १९४६
• हालको संविधान
१३ फेब्रुअरी, १९९२
क्षेत्रफल
• जम्मा
१५,६६,००० किमी (६,०५,००० वर्ग माइल)
• पानी (%)
०.६७
जनसङ्ख्या
• २०१६ अनुमानित
३,०८१,६७७ (१३४ अौँ)
• घनत्व
[convert: अमान्य सङ्ख्या] (२३८ अौँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$४३ विलियन
• प्रति व्यक्ति
$१३,७३४
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$१३ विलियन
• प्रति व्यक्ति
$४,०२९
गिनी (२०११)३६.५
मध्यम
मानव विकास सूचकाङ्क (२०१४)वृद्धि ०.७२७
उच्च · 90th
मुद्राTögrög (MNT)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७/+८
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+८/+९
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९७६
इन्टरनेट डोमेन.mn,
  1. ^ Also spelled "Ulan Bator".
  2. ^ "Mongolian" denotes nationality, which includes minorities such as Kazakhs or Tuvans, while "Mongol" indicates Mongol ethnicity.

जनसङ्ख्या

मङ्गोलिया 
उलानबटोरका परिवारिक बासस्थानहरू
मङ्गोलिया 
बस्ती

यसको जनसङ्ख्या २८ लाख छ ।

इतिहास

मङ्गोलिया 
इस्वि १३औ सताब्दीको मङ्गोलिया .

मङ्गोल साम्राज्य सन् १२०६ मा चंगेज खाँले स्थापना गरेका थिए । मङ्गोलियामा चीनले दुई सय वर्ष शासन गर्‍यो भने पूर्व सोभियत संघले यसलाई ७० वर्ष नियन्त्रणमा लियो । यसले सन् १९११ मा चीनबाट स्वतन्त्रताको घोषणा गरे पनि पूर्ण स्वतन्त्रता भने सन् १९२१ मा मात्र पाएको हो । तर, यसले विश्व समुदायबाट छुट्टै मुलुकका रूपमा सन् १९४५ मा मात्र मान्यता पाएको थियो । तर, सन् १९२४ देखि मङ्गोलिया पुनः सोभियत सङ्घको नियन्त्रण -प्रभाव)मा गयो । सन् १९८९ मा सोभियत सङ्घ विघटन भएपछि सन् १९९० मा मङ्गोलियामा पनि लोकतान्त्रिक आन्दोलन भयो । सन् १९९२ मा नयाँ लोकतान्त्रिक संविधान बनेपछि मङ्गोलिया संसदीय व्यवस्था र उदार अर्थतन्त्रको युगमा प्रवेश गर्‍यो ।

भूगोल

मङ्गोलियाको दक्षिण, पूर्व र पश्चिममा चीन र उत्तरमा रुस छ । मङ्गोलिया क्षेत्रफलका दृष्टिले काजकस्तानपछि दोस्रो ठूलो भूपरिवेष्ठित मुलुक हो। मङ्गोलियाको राजधानी उलान बटोर विश्वमा सबैभन्दा बढी चिसो हुने राजधानी मानिन्छ । हिउँदमा यहाँको तापक्रम ऋणात्मक ४० डिग्री सेल्सियससम्म झर्छ । एसियाको सबैभन्दा ठूलो गोवी मरुभूमि मङ्गोलियाको दक्षिणमा पर्छ । चीनको राजधानी बेइजिङ मङ्गोलयाको दक्षिणी सिमानाभन्दा तीन सय ४० माइल दक्षिणमा पर्छ । त्यसैले, मङ्गोलिया तथा अन्य लुटेराबाट बेइजिङलाई जोगाउन चीनले आफ्नो उत्तरी सिमानामा विश्वको सात आश्चर्य मध्येको एक आश्चर्य आठ हजार आठ सय एकाउन्न दशमलम आठ किमि लामो ग्रेटवाल कैयौँ पुस्ता लगाएर निर्माण गरेको हो ।

राज्यनीति

मङ्गोलिया दुई दशकअघि लोकतन्त्रमा प्रवेश गरेपछि यसले संसदीय व्यवस्थाको सशक्त अभ्यास गरिरहेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ औसतमा प्रतिव्यक्ति १६ पशु छन् ।मङ्गोलिया सरकारले सन् २००८ देखि यहाँका प्रत्येक नागरिकलाई प्रतिमहिना १७ अमेरिकी डलर (नेपालीमा करिब १,२२५ रूपैयाँ) निर्वाह भत्ताका रूपमा दिने गरेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ विदेशी लगानी पनि उत्तिकै उत्साहजनक ढङ्गले आइरहेको छ । परिणामस्वरूप मङ्गोलियामा धेरै वर्षदेखि वाषिर्क ९/१० प्रतिशतको उच्च दरमा आर्थिक वृद्धि भइरहेको छ । र, प्रतिव्यक्ति आय एक हजार सात सय अमेरिकी डलर पुगिसकेको छ । यहाँका तेल, कोइला, तामा, सुन, युरेनियम आदि खानी सञ्चालनमा आएपछि मङ्गोलियाको आर्थिक समृद्धि चामत्कारिक ढङ्गले बढ्ने विश्वास गरिएको छ ।

अर्थतन्त्र

मङ्गोलियालाई विभिन्न ८० किसिमका बहुमूल्य वस्तुको खानीको भण्डार मानिन्छ, जसमा सुन, युरेनियम, तामा, कोइला, तेल आदि प्रमुख छन् । यहाँ विश्वमै सबैभन्दा बढी कोइला, तामा र सुनको भण्डार भएको विश्वास गरिएको छ । मङ्गोलियामा चार करोड ६० लाख अउन्स सुन र चार करोड टन तामाको भण्डार भएको अनुमान गरिएको छ । सन् २००९ मा क्यानडा र अस्ट्रेलियाका कम्पनीलाई सन् २०१२ सम्ममा सञ्चालनमा ल्याउनेगरी चार अर्ब अमेरिकी डलरमा तामा र सुन खानी सञ्चालन गर्न ठेक्का दिइएको छ ।

धर्म

मङ्गोलियाको प्रमुख धर्म तिब्बती शैलीको बौद्ध धर्म हो ।

जीवनशैली

मङ्गोलिया 
गाडामा घुमन्ते ब्यापर
मङ्गोलिया 
घुमन्तेहरू

मङ्गोलियाको २८ लाख जनसङ्ख्यामा झन्डै ३० प्रतिशतले अझै पनि घुमन्ते जीवन बिताइरहेका छन् । मङ्गोलियामा खेतीयोग्य जमीन अत्यन्त सीमित भएकाले यहाँको जीविकोपार्जनको प्रमुख माध्यम पशुपालन हो । त्यसैले यहाँ पशुको संख्या अत्यधिक छ ।विगतदेखि अहिलेसम्म पहिले पूर्व सोभियत संघबाट र अहिले रुसबाट अत्यन्त सस्तो मूल्यमा पर्याप्त परिमाणमा भोड्का आउने गरेकाले यहाँका मानिसमा अत्यधिक मदिरा सेवन गर्ने लत बसेको छ । मङ्गोलियाका २५ प्रतिशत पुरुष छुट्नै नसक्नेगरी मदिरा सेवनको लतमा फसेको अनुमान गरिन्छ । मङ्गोलियामा कफीभन्दा भोड्का सस्तो मूल्यमा पाइन्छ ।

मङ्गोलियाको साक्षरता अनुपात विकसित मुलुकहरूको जत्तिकै ९८ प्रतिशत छ ।यति थोरै जनसङ्ख्याका लागि मङ्गोलियामा एक सय ५१ वटा विश्वविद्यालय छन् र तिनमा अध्ययन गर्ने विद्यार्थीमा ७० प्रतिशत महिला छन् ।यसले गर्दा राजधानी उलान बटोरमा मात्र २२ वटा दैनिक अखबार निस्कन्छन् भने २१ वटा टेलिभिजन न्युज च्यानल छन् ।

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाहिरी लिन्कहरू

Tags:

मङ्गोलिया जनसङ्ख्यामङ्गोलिया इतिहासमङ्गोलिया भूगोलमङ्गोलिया राज्यनीतिमङ्गोलिया अर्थतन्त्रमङ्गोलिया धर्ममङ्गोलिया जीवनशैलीमङ्गोलिया अरु सम्बन्धित विषयहरूमङ्गोलिया रिफरेन्समङ्गोलिया बाहिरी लिन्कहरूमङ्गोलिया

🔥 Trending searches on Wiki नेपाली:

चीनअधिवक्ताअर्थविवाह संस्कारनागरिक समाजसुशासनतनहुँ जिल्लानेपाल बैंकबैङ्कजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकेकी अधिकारीफेसबुक मेसेन्जरसुर्खेत जिल्लाअनुसन्धानराशि-चक्रकिशोरावस्थाशिवतत्समनेपालका गाउँपालिकाहरूनेपालका संवैधानिक निकायहरूनेपालमा भएका सडकहरूको सूचीगर्भपतननिजामती सेवानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालीभारद्वाज ऋषिनेपालको सैन्य दर्जारामप्रसाद ज्ञवालीसार्वजनिक सेवा प्रवाहक्यूआर कोडसिन्धुलीगढीसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपाली चलचित्रॐ नमः शिवायहलोसाम्यवाददराजविक्रम सम्वत्भ्याम्पायरकाठमाडौँ उपत्यकामहर्जननेपाली ध्वनिविज्ञाननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सिद्धिचरण श्रेष्ठवाच्य (व्याकरण)पाल्पा जिल्लातारानाथ शर्माहलेसी महादेवनेपालका विश्वविद्यालयहरूको सूचीराजेश हमालदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रकेन्द्रीय बैङ्कदक्षिण कोरियाराष्ट्रिय निकुञ्जबुद्ध धर्मराउटे जातिनेपालविराटनगर महानगरपालिकासंयुक्त अधिराज्यएड्सभक्तपुर दरबार क्षेत्रसंयुक्त राष्ट्रसार्वभौमसत्तामादी गाउँपालिकापारिजात (साहित्यकार)उपेन्द्र यादवग्रहनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकर्णाली नदीनेपालमा भूकम्पको इतिहासनासो (कथा)सूचना प्रविधिनेपाल राष्ट्र बैङ्कसमबाहु त्रिभुजनिर्वाचनमौलाकालिका मन्दिर🡆 More