लन्डन /ˈlʌndən/ ( सुन्नुहोस्) सहर बेलायत र संयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। व्यापार, अर्थतन्त्र र संस्कृतिको हिसाबले यो विश्वकै एक महत्त्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेशन र कलामा लन्डनले ठूलो प्रभाव पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, ब्रिटिश लाइब्रेरी र वेस्ट एन्ड थिएटर सहित कई धेरै महत्त्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।
लन्डन | |
---|---|
Sovereign state | संयुक्त अधिराज्य |
Country | England |
Region | London |
Ceremonial counties | City and Greater London |
Districts | City and 32 boroughs |
Settled by Romans | as Londinium, c. AD 43 |
Headquarters | City Hall |
सरकार | |
• Regional authority | Greater London Authority |
• Regional assembly | London Assembly |
• Mayor of London | Boris Johnson |
• UK Parliament - London Assembly - European Parliament | 74 constituencies 14 constituencies London constituency |
क्षेत्रफल | |
• London | ६०७ वर्ग माइल (१५७० किमी२) |
उन्नतांश | ७९ फिट (२४ मिटर) |
जनसङ्ख्या (July 2010 est.) | |
• London | ७,८२५,२०० |
• घनत्व | १२,८९२/वर्ग माइल (४,९७८/किमी२) |
• सहरी | ८,२७८,२५१ |
• महानगर | १३,७०९,००० |
• Demonym | Londoner |
• Ethnicity (June 2009 estimates) | Ethnic groups |
समय क्षेत्र | युटिसी±0 (GMT) |
• ग्रीष्म (डिएसटी) | युटिसी+1 (BST) |
Postcode areas | E , EC , N , NW , SE , SW , W , WC , BR , CM , CR , DA , EN , HA , IG , KT , RM , SM , TN , TW , UB , WD |
क्षेत्रीय सङ्केतहरू | 020, 01322, 01689, 01708, 01737, 01895, 01923, 01959, 01992 |
वेबसाइट | लन्डन.गव.युके |
रोमनहरूले इश्वि सन ४३मा थेम्स नदी किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लन्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लन्डनको पुनर्निर्माण गरे। लन्डन एक महत्त्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौँ सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।
त्यस पश्चात, लन्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लन्डनमा ३३ लन्डन बोर्होहरू र एक मेयर छन्। लन्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।
बृहत लन्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लन्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठूलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।
This article uses material from the Wikipedia नेपाली article लन्डन, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.