कालीगण्डकी नदी

कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।

कालीगण्डकी
कालीगण्डकी नदी
Kali Gandaki River, Nepal
कालीगण्डकी नदी
Map showing the Ghaghara and Gandaki tributaries of the Ganges.
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryतिब्बत, चीन
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
देवघाट, तनहुँ
लम्बाइ630 units?
जलाधारका विशेषताहरू
सहरहरूलोमान्थाङ

नदीको उदगम

कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ। कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।

काली गण्डकी गल्छी

जोमसोमटुकुचे हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी कालीगण्डकी खोंच भएर बग्छ जसको पश्चिममा धौलागिरी (८१६७ मी.) तथा पूर्वमा अन्नपूर्ण (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरोबाट ५५०० देखि ६८०० मी. तल पर्दछ।

सहायक नदीहरू

उक्त खोंचबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, रूद्रबेनीमा बडी गाड, आँधिखोला आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन देवघाटमा गएर सेती गण्डकी तथा त्रिशुली नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ।

कालीगण्डकी किनाराका बस्ती

यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा फलेवास, पूर्तीघाट, सेतीबेनी, मिर्मी, रुद्रबेनी, रिडी, डेढगाउँ देवघाट, नारायणघाट रामपुर तथा चापाकोट तथा त्रिबेणी

शालिग्राम पाइने ठाँउ

हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथदेवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्त्वसमेत रहेको छ । रामपुर नगरपालिकाको वडा न १ मा शालीग्राम संग्राहलय समेत छ ।

कालीगण्डकी जलविद्युत आयोजना

कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरूमध्ये पर्दछ। यसबाट उत्पादित १४४ मेगावाट बिजुली प्रसारण लाईन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाईनमा जोडिएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले मिर्मी तथा बेल्टारीको जनजीवन उकास्नमा राम्रो सहयोग पुर्‍याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।

चित्र दीर्घा

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

Tags:

कालीगण्डकी नदी नदीको उदगमकालीगण्डकी नदी काली गण्डकी गल्छीकालीगण्डकी नदी सहायक नदीहरूकालीगण्डकी नदी कालीगण्डकी किनाराका बस्तीकालीगण्डकी नदी शालिग्राम पाइने ठाँउकालीगण्डकी नदी कालीगण्डकी जलविद्युत आयोजनाकालीगण्डकी नदी चित्र दीर्घाकालीगण्डकी नदी सन्दर्भ सामग्रीकालीगण्डकी नदी यो पनि हेर्नुहोस्कालीगण्डकी नदी

🔥 Trending searches on Wiki नेपाली:

बालीप्रतिनिधि सभा (नेपाल)तोसिमा कार्कीसार्की जातिरानी राजेन्द्र लक्ष्मीमहिनावारीसाकेला नाचफेवा तालसार्क शिखर सम्मेलनको सूचीपूर्वीय दर्शनसुर्खेत जिल्लाचन्द्रमास्वास्थ्यशक्ति पृथकीकरणबैङ्कसंस्कारयुरोपअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालदिल्ली सम्झौतापाठ्यक्रमनेवारी गहनापर्यटनअमरसिंह थापासञ्चारप्रजनन स्वास्थ्यजनसङ्ख्या शिक्षायेले सम्वत्ज्योतिषशनिवारजुकाआवश्यकता शृङ्खला सिद्धान्तऊर्जामोन्टी देसाईसीताकृष्ण जन्माष्टमीस्नातक तहयुट्युबसवारी दुर्घटनावैदेशिक रोजगारलुम्बिनीमोनालिसाअश्लील शब्दहरूविवाह संस्कारएड्सभूपि शेरचनऐँसेलुतनहुँ १ (निर्वाचन क्षेत्र)चाडपर्वबागेश्वरी मन्दिर, नेपालगन्जनेपालका प्रमुख नदीहरूको सूचीनेपाली साहित्यमल्ल वंशभानुभक्त आचार्यन्यायिक समितिपाटन दरबार क्षेत्रघोराही उपमहानगरपालिकाइन्द्रजात्राविद्यावारिधीमध्यपहाडी राजमार्गभ्रष्टाचारइन्द्रबहादुर राईप्राइभेट लिमिटेड कम्पनीखनिजसामन्तवाददिगो विकासनेपाली रुपैयाँकोशी प्रदेशचट्याङह्रस्व दीर्घ नियमअनुसन्धान प्रस्तावजनमत सङ्ग्रहज्ञानेन्द्र वीरविक्रम शाहनेपाल स्काउटवीरेन्द्रनगर नगरपालिकाताप्लेजुङ जिल्ला🡆 More