पुष्पलाल राजमार्ग

मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ। नेपालमा हाल निर्माणाधीन राजमार्ग हो। मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो यो तेस्रो राजमार्ग हो। निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ। यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ। चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ । नेपालमा हाल विद्यमान ५८ नगरपालिकामध्ये २७ पहाडमा पर्छन् । यो राजमार्गले यी २७ 'सहर' मध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन्.

सन् २०११ भित्र राजमार्गको ट्रयाक खोल्ने काम सक्ने योजना रहेको यो बाटोले कावेली, तमोर, अरुण, सुनकोशी, तामाकोशी दुधकोशी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढी गंगा र पश्चिमसेतीलगायत आयोजनालाई पनि जोड्ने छ। पहिलोपटक यो राजमार्गको ट्रयाक खोल्दा विस्फोटक पदार्थ प्रयोग नगरी वातावरणमैत्री शैली अपनाइएको छ। राजमार्गले सुदूर पूर्वको चियोभन्ज्याङ - गणेशचोक, गणेशचोक -जोरसल, जोरसल- तमोर- सक्रान्ति, सक्रान्ति -म्याङलुङ, म्याङलुङ - बसन्तपुर - हिले, हिले- लेघुवाघाट - भोजपुर, भोजपुर - दिक्तेल, दिक्तेल -घुर्मी, घुर्मी - खुर्कोट, खुर्कोट - नेपालथोक, नेपालथोक - धुलिखेल, धुलिखेल - काठमाडौ, काठमाडौँ - पोखरा, पोखरा -बाग्लुङ, बाग्लुङ -बुर्तिवाङ, बुर्तिवाङ -बाग्लुङ - मुसिकोट, बाग्लुङ - मुसिकोट -रुकुमकोट - मुसिकोट -चौरजहारी, चौरजहारी -दैलेख, दैलेख- दुल्लु - लैनचौर, लैनचौर -सतला -सैजुला, सैजुला - बेलखेत - मंगलसेन, मंगलसेन - सिलगडी, सिलगडी - स्याउले, स्याउले - सतबाँझ र सतबाँझ हुदै सुदूर पश्चिम बैतडीको झुलाघाटसम्म जोड्नेछ।

सहर र सदरमुकामलाई छोडेर यो राजमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी र घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, -भकुन्डेबेसी), दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन आदि बस्तीहरू नामी छन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् भने मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही राजमार्गमा पर्छन् । यसका साथै मध्य पहाडी राजमार्गले थुप्रै अन्य ससाना बस्तीलाई जोड्छ । त्यसमध्ये कुनै अन्य सडक वा राजमार्गका 'जक्सन'मा समेत रहेका छन् । आर्थिक वर्ष ०६४/६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सरसर्ती हेर्दा यो रेखाङ्कन पूर्ण रूपमा नयाँ नभई पहाडी जिल्लामा हाल सञ्चालनमा रहेका विभिन्न राजमार्ग वा सडकका थुप्रै खण्डलाई समेट्ने गरी गरिएको देखिन्छ । यसको उद्देश्य सकेसम्म चाँडो पूर्वी-पहाडदेखि पश्चिम पहाडसम्म पहाडै-पहाड पहुँच पुर्‍याउने देखिन्छ । यसो गर्दा कुनैकुनै ठाउँमा बढी नै घुमाउरो गरी रेखाङ्कन भएको जस्तो पनि देखिन्छ । -वसन्तपुर-हिले-जरायोटार-भोजपुर) ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पाँचथर जिल्लाबैतडी जिल्लामहेन्द्र राजमार्गहुलाकी राजमार्ग

🔥 Trending searches on Wiki नेपाली:

खोटाङ जिल्लासंयुक्त अरब इमिरेट्सनेपालको राजनीतिगढीमाईचूडाकर्म संस्कारनेपालमा हिन्दु धर्मलेखनाथ पौड्यालव्यवस्थापन लेखापरीक्षणएचटिएमएलखप्तड बाबासमासनेपाली रुपैयाँमदन भण्डारी राजमार्गबीमामुस्ताङ जिल्लानेपाली भाषा आन्दोलनस्थानीय तह निर्वाचन, २०७९आन्तरिक राजस्व विभाग (नेपाल)नेपालको झन्डाधनुषा जिल्लाबसाइँ सराईभक्ति थापागण्डकी प्रदेशसाम्यवाददिगो विकासका लक्ष्यहरूश्रेष्ठदेवतानेपालको मन्त्रिपरिषद्वैज्ञानिकफुलस्वरवर्ण र व्यञ्जनवर्णइन्डियन प्रिमियर लिगमकैको खेतीबुद्धबिस्केट जात्रामानिसकमला नदीनेपालका जातिहरूअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालललितपुर जिल्लानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८काठमाडौँ जिल्लासहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमुल्यकबड्डीनेपालको निसानछापभीमदत्त नगरपालिकाभारतपानीदाङ जिल्लासिद्धिचरण श्रेष्ठमहाशिवरात्रिजङ्गलकृष्णनवलपरासी जिल्लामहालेखा नियन्त्रकको कार्यालयदोलखा जिल्लाअन्टार्क्टिकायोगी नरहरिनाथसमावेशीकरणनारायणहिटी दरबार सङ्ग्रहालयभिरिङ्गीसिप्लिगानफेवातालकेन्द्रीय बैङ्कविधेयकनेपालको शिक्षा मन्त्रीहरूरोहित शर्माअफ्रिकास्वयम्भूनाथवर्णबूढानीलकण्ठ मन्दिरकार्यसम्पादन मूल्याङ्कन🡆 More