उर्दु भाषा: हिन्द आर्य भाषा

उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो। यस बाहेक यो भारतको राज्य तेलङ्गाना, दिल्ली, बिहार तथा उत्तर प्रदेशको अतिरिक्त शासकीय भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। मुगल कालदेखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दु भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र हिन्दी भाषामा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ।

उर्दु (اردو)
ur
उर्दु भाषा: हिन्द आर्य भाषा
उच्चारणहिन्दुस्तानी: [ˈʊrd̪u]
मूलभाषीपाकिस्तान, भारत, मरिसस, दक्षिण अफ्रिका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफगानिस्तान, ताजकिस्तान, उज्बेकिस्तान
मातृभाषी वक्ता१०-१५ करोड
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ur
आइएसओ ६३९-२urd
आइएसओ ६३९-३urd
भाषाविद् प्रयोगशाला59-AAF-q

'उर्दु' शब्द को उत्पत्ति

'उर्दु' शब्द मूलतः तुर्केली भाषाबाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्‍यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। शाहजहाँँले दिल्लीमा लाल किला बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठुलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दु ए मुअल्ला’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो।

मुहम्मद हुसैन आजाद, उर्दुको उत्पत्ति ब्रज भाषासँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'

सन्दर्भ सामग्रीहरू

Tags:

अरबी भाषाआर्य भाषा परिवारउत्तर प्रदेशतत्समतेलङ्गानादक्षिण एसियानयाँ दिल्लीपाकिस्तानफारसी भाषाबिहारमुगल साम्राज्यसंस्कृतहिन्दी भाषाहिन्दुस्तानी भाषा

🔥 Trending searches on Wiki नेपाली:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपिनासतत्वमुख्य पृष्ठबूढानीलकण्ठ मन्दिरबझाङ जिल्लादरबार हत्याकाण्डफेवातालनेपालको संविधान २०७२सगरमाथा राष्ट्रिय निकुञ्जअस्ट्रेलियाआन्तरिक लेखापरीक्षणन्याय सेवा आयोग (नेपाल)सामन्तवादनेपालका सहिदहरूसङ्घीयतापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बीमासिद्धार्थनगर नगरपालिकासल्यान जिल्लाराजनीतिनेपाल सशस्त्र प्रहरी बलकपिलवस्तु जिल्लाइजरायल–हमास युद्ध, सन् २०२३विद्युतपूर्वीय दर्शनहुलाक सेवा विभाग, नेपालगोपाल वंशलाली गुराँसअनुष्टुप छन्ददसैँगोसाइँकुण्डनेपालका प्रदेशहरूकुँवर इन्द्रजीत सिंहनेपालका जातिहरूभूमध्यरेखामहादेशचूडाकर्म संस्कारबाघफ्लोरेन्स नाइटिङ्गेलकुलदेवतासमाजवादकाभ्रेपलान्चोक जिल्लानेपालको इतिहासनेपालीभिरिङ्गीबालेन शाहनेपाल प्रजा परिषद्नगरपालिकाढोरबराहि मन्दिरनेपालका प्रधान सेनापतिहरूनाटकजुकायौननारायणगोपाल गुरूवाचार्यसहरीकरणविसं २०७२ को महाभूकम्पप्रवेशिका परीक्षाप्रकाश सपुतसहस्राब्दी विकास लक्ष्यगुरुङ जातिमहाकाली नदीगोत्ररामहलोजिल्ला समन्वय समितिविकिमिडिया नेपालको विधानधर्मछुवाछुतमानव विकास अर्थशास्त्रबुद्ध धर्ममेटातारा ताल🡆 More