वत्स गोत्र

वत्स गोत्र वैदिक परम्परा अनुशरण गर्ने हिन्दू धर्मावलम्बीहरूको एउटा गोत्र हो। महर्षि भृगुका सन्ततिहरु यस गोत्रमा पर्छन। यस गोत्रका प्रर्वतक भने वत्स ऋषि हुन।

वत्स गोत्रका प्रवरहरु

कुनै खास गोत्र प्रवर्तक ऋषिका मुख्य पुर्खा तथा सन्ततिलाई प्रवर भनिन्छ। वत्स गोत्र अन्तर्गत पञ्चप्रवरहरु रहेका छन। ती प्रवरहरु वत्स, और्व, च्यवन, भार्गव, र जमदग्नि हुन।

  • भार्गव : वत्स गोत्रका प्रवर्तकहरुमध्ये भृगु ऋषि सबैभन्दा पुराना ऋषि हुन। उनलाई ब्रह्माका मानस पुत्र (मनबाट सृजित) भनिन्छ। उनी ब्रह्माद्वारा सृजित प्रजापतिहरु मध्ये एक हुन भने ज्योतिषशास्त्रका प्रर्वतक पनि हुन। श्रीमद्भागवत गीतामा श्रीकृष्णले ऋषिहरु मध्यमा म भृगु ऋषि हुँ भनेका छन। भार्गव शब्द भृगुको विशेषणात्मक शब्द हो र महर्षि भृगुका सन्ततिलाई जनाउन प्रयोग गरिन्छ। भृगु ऋषिका छोराहरु धाता, विधाता, शुक्र, र च्यवन हुन।
  • वत्स : कतै कतै वत्स ऋषि, शुक्र ऋषि, र च्यवन ऋषि एकै पुस्ताका हुन भनिएको छ।
  • च्यवन : च्यवन ऋषिलाई भृगु ऋषिका छोरा भनिएको छ। कठोर तपस्या पश्चात वृद्द र अशक्त भएका च्यवन ऋषिलाई तागत दिन र जवान बनाउन विभिन्न जडिबुटीहरूबाट एक किसिमको विशेष लेदो (च्यवनप्राश) पहिलो पटक तयार पारिएको थियो।
  • और्व : और्व ऋषि च्यवन ऋषिका नाति (अप्नुवनका छोरा) हुन। यी ऋषिको जन्म भृगु सन्तति र क्षेत्री राजाहरूको युद्ध भइरहेको समयमा भएको थियो। सप्तर्षिहरुमध्येका एक जमदग्नि और्व ऋषिका नाति हुन।
  • जमदग्नि : जमदग्नि ऋषि और्व ऋषिका नाति हुन। यी ऋषि सप्तर्षिहरुमध्येका एक हुन। जमदग्नि ऋषिका ५ छोराहरुमध्ये कान्छा पर्शुराम भगवान विष्णुको छैठौं अवतार हुन।

वत्स गोत्र अन्तर्गत पर्ने थरहरु

  1. राणा
  2. लम्साल
  3. कुँवर
  4. दाहाल
  5. रूपाखेती
  6. दियाली
  7. रुचाल
  8. चौहान
  9. खराल
  10. मिश्र

यो पनि हेर्नुहोस

सन्दर्भ सूची

Tags:

वत्स गोत्र का प्रवरहरुवत्स गोत्र अन्तर्गत पर्ने थरहरुवत्स गोत्र यो पनि हेर्नुहोसवत्स गोत्र सन्दर्भ सूचीवत्स गोत्रगोत्रहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

सूचनान्यायिक समितिकुलदेवतावीरेन्द्र वीरविक्रम शाहसंस्कृतिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)देवकुमारी थापाबालेन शाहअंशुवर्मानेपालको एकीकरणनागरिकमहेन्द्र वीरविक्रम शाहहिन्दु धर्मव्यवस्थापननेपालका हिन्दू मन्दिरहरूको सूचीशिरीषको फूलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सात सालको क्रान्तिअरनिकोगाईजात्रामाधवप्रसाद घिमिरे (साहित्यकार)बुढासुब्बा मन्दिरबाल दिवसनेपालभक्ति थापाक्व्होलासोथार गाउँपालिकापोखरा महानगरपालिकासौर्यमण्डलजीवनीप्रदेश सभा निर्वाचन, २०७९फासीवादसन्दीप लामिछानेनारायणकाजी श्रेष्ठडिजिटल साक्षरताझाँक्रीगणेशरोमन भाषाबर्तमानथेससको जहाजकाठमाडौँकोलोम्बिया राष्ट्रिय फुटबल टोलीसम्पत्तिपञ्चायती व्यवस्थानिर्वाचन प्रणालीबारा जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीबाइसे राज्यहरूशेरबहादुर देउवाकार्यपालिकानेपालका बीमा कम्पनीहरूको सूचीसमाजवादकालिञ्चोक भगवतीभानुभक्त आचार्यअलङ्कार (साहित्य)भ्यागुतोजनै खटिरासुनसरी जिल्लाइलाम जिल्लानारायणगोपाल गुरूवाचार्यप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)इजिप्टनबिल बैंकअन्तर्राष्ट्रिय तिथि रेखानरिवलरवि लामिछानेनेपाल सरकारका मन्त्रालयहरूपाटन दरबार क्षेत्रअर्थ मन्त्रालय (नेपाल)सवारी दुर्घटनाकञ्चनजङ्घा हिमालकानूनराजविराज नगरपालिकानेपालको अन्तरिम संविधान २०६३सिमसारगोपालप्रसाद रिमालसगरमाथा राष्ट्रिय निकुञ्जकृष्ण जन्माष्टमी🡆 More