देवकुमारी थापा

देवकुमारी थापा (अङ्ग्रेजी: Dev Kumari Thapa) जन्म सन् १९२८,१४ अप्रिल विक्रम सम्बत: १९८५ साल बैशाख २ गते नेपाली साहित्यकार तथा कथाकार हुन् ।

देवकुमारी थापा
जन्मदेवकुमारी थापा
(१९२८-०४-१४)अप्रिल १४, १९२८
पश्चिम वङ्गाल, खरसाङ, भारत
मृत्यु५ मे २०११(2011-05-05) (उमेर ८३)
विराटनगर
वासस्थानविराटनगर, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशालेखन
चिनारीको कारणकथासङ्ग्रह, वालकथासङ्ग्रह
उल्लेखनीय कार्य
सुनपखेटी चरी
देवकुमारी थापाका प्रतिनिधि कथाहरू
गृहनगरविराटनगर
जीवनसाथीबबरसिंह थापा
मातापिताहस्तबहादुरसिंह कटुवाल, रमादेवीसिंह कटुवाल
पुरस्कारगोरखा दक्षिण बाहु
महेन्द्र प्रज्ञा पुरस्कार
रत्नश्री स्वर्णपदक

जीवनी

वाल्यकाल

भारतको पश्चिम वङ्गाल, खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रूपमा परिचित छन् । देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भएकी थिइन्। वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन्, उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो । देवकुमारी थापा दस वर्षमा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भएकी थिइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट मातृस्नेह, छहारी र संरक्षण प्राप्त भएको थियो। त्यसैले आमाबुबाको अभावमा पनि उनको बाल्यजीवनमा कुनै पनि प्रकारका व्यवधान आएनन्

शिक्षा

‌कथाकार थापा दार्जिलिङ्गबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षे स्वास्थ्यपरिचारिकाको डिप्लोमा उत्तीर्ण हुन् ।

व्यक्तिगत तथा कार्य जीवन

देवकुमारी थापाले दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइ केही वर्ष रोगीको सेवा पनि गरिन् । त्यसपछि २०१७ सालमा उनी नेपालका मेजर बबरसिंह थापासँग वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् र साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन्। त्यसै क्रममा उनी मोरङको नेपाल बाल सङ्गठनकी अध्यक्ष पनि भइन्। थापाले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गरिन् ।

साहित्यिक यात्रा

थापाले त्यस युगमा आफ्नो पाइला राखिन् जुन बेला नेपाली साहित्यमा नारीकथाकार शून्य नै थिए । कुमारी तुषार मल्लिकाले खनेको गोरेटोमा हिँडेर नै उनले आधुनिक कथाविधामा आफ्नो नाउँ स्थापित गरिन् । थापा पच्चीस वर्षी हुँदा नेपालबाट दार्जिलिड्ग पुगेका त्रिमूर्तिमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाले चाहिँ सुश्री थापाको लेखनको प्रशंसा गर्दै कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समलाई पनि थापाको व्यक्तित्वप्रति आकर्षित गरेका थिए । देवकोटाले उनका डायरीमा लेखेका थिए “तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।” यसै प्रसङ्गमा गणेश गुरु अर्थात् गणेशप्रसाद शर्मा नेपाल भन्थे “थापा मनकी सुकुमारी हुन्, बुद्धिकी राजकुमारी हुन् र तनकी सम्पूर्ण हुन् ।” औपचारिक रूपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाई निरन्तरता दिइरहिन् । दार्जिलिङ्गवाट प्रकाशित हुने गोर्खा नामक दैनिक पत्रिकामा प्रकाशित 'पतन' कथा देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो। ‌‌‍‍‍‍देवकुमारी थापाले विशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाईन् । उनका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुनपखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन् । पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतीक्षा, टपरी, भोकृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरू आदि उनका साहित्यिक रचनाहरु हुन् । अन्ततः थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदान अतुलनीय छ । उनी विद्यार्थी हुदै लेखेको ‘भविष्य निर्माण’ शीर्षकको कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो।

समाजसेवा

देवकुमारी थापा नेपालमा प्रवेश भएपछि समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् । उनले आफ्नो स्वर्गीय श्रीमानको नाममा 'बबरसिंह थापा सेवा गुठी' सञ्चालन गरेकी थिइन् । उनले आफ्नो सम्पूर्ण जीवन शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा समर्पित गरिन् । उनी बालबालिकालाई देशका भविष्य निर्माता ठानी उनीहरूको चौतर्फी विकास गर्न बालसंस्था र समाजसेवामा समर्पित भइन् । उनकै प्रेरणाले मानिसहरु बाल साहित्य लेखनतर्फ आकर्षित भएका थिए । उनले विभिन्न माध्यमबाट बालमैत्री वातावरण शिक्षा दिन प्रोत्साहन गर्दै उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइन् । साहित्य समाज, गुरुकुल विद्यालय, बालमन्दिर, नेपाल प्रज्ञा प्रतिष्ठान आदि संस्थासँग आबद्ध भई शैक्षिक जागरण ल्याउन उनी सदा अग्रसर भएर लागिन् । देवकुमारीले गाउँ गाउँमा पुगेर बालबालिका महिला, वृद्ध, अशक्त र विरामीहरूको उपचार पनि गरिन् । त्यस्तै असाहाय, पीडित, विपन्न र रोगग्रस्त मानव समुदायको दुःख पीर हटाउन सँधै क्रियाशील रहिन् ।

मृत्यु

थापालाई २०६३ सालमा पक्षघात भएपछि उनको जीवन केही कष्टले नै परिचालित भयो । अस्वस्थताका कारण उनी घरैमा लडेकी थिएन् । उनी लडेको पाँचौं दिनमा अल्सरका कारण उनलाई रक्तश्राव भएको थियो । अनि त्यसैदिन उनले दस दान गराइन् । तर दान गरिरहेकै बेला उनले आफ्नो प्राण त्याग गरिन् । २०६८ साल वैशाख २२ गते उनी विराटनगरमा स्वर्गीय भइन् ।

प्रकाशित कृतिहरू

class="duhoc-ne wikitable table-responsive "

पुरस्कार तथा सम्मान

सामाजिक सेवा र साहित्यसृजना गरेबापत थापाले प्रबल गोरखादक्षिणबाहु, महेन्द्ररत्नभूषण, उत्तम कुँवर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्ण पदक, नूरगङ्गा पुरस्कार प्राप्त गरिन् ।

सन्दर्भ सामग्रीहरू

बाहिरी सूत्र

Tags:

देवकुमारी थापा जीवनीदेवकुमारी थापा प्रकाशित कृतिहरूदेवकुमारी थापा पुरस्कार तथा सम्मानदेवकुमारी थापा सन्दर्भ सामग्रीहरूदेवकुमारी थापा बाहिरी सूत्रदेवकुमारी थापाen:Dev Kumari Thapaकथाकारविक्रम सम्वत्साहित्यकार

🔥 Trending searches on Wiki नेपाली:

महावीर पुनवर्षा ऋतुनेपालको संस्कृतिमल्ल वंशपाथीभरा देवी (ताप्लेजुङ)नेपालका प्रमुख नदीहरूको सूचीशारीरिक व्यायामनेपाली साहित्यको इतिहासहुलाक सेवा विभाग, नेपालनेपाल विद्युत प्राधिकरणकूटनीतिइटहरी उपमहानगरपालिकाकाठमाडौँ जिल्लानेपालको राष्ट्रपतिसामाजिक सञ्जालसामन्तवाद१८औँ सार्क शिखर सम्मेलनमहिला सशक्तिकरणभीमदत्त पन्तहिन्दु पञ्चाङ्गडढेलोविज्ञानशहिदगेटकर्मचारी सञ्चय कोषराष्ट्रिय वाणिज्य बैंकसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)मुनामदनमन्त्रभरतपुर महानगरपालिकादशरथ चन्दनामकरण संस्कारगुल्मी जिल्लायुट्युबजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीभ्रष्टाचाररञ्जिता श्रेष्ठयोगमाया न्यौपानेनेपालमा दूरसञ्चार सेवासाउदी अरबचन्द्रमानेवार जातिनेपाली चलचित्रमुख्यमन्त्री (नेपाल)ग्वाङझाउनयाँ वर्षबागमती प्रदेश सभालुभुशेरबहादुर देउवाबृहस्पति ग्रहवर्ण विन्यासअनुष्टुप छन्दविकिपिडियानेपाल सशस्त्र प्रहरी बलपर्यटनस्वास्थ्यराष्ट्रिय सङ्ग्रहालय, छाउनीआँकनन्दकिशोर पुनसंविधान सभा निर्वाचन २०७०रवि लामिछानेनेपालको शिक्षा मन्त्रीहरूआगोगोपालप्रसाद रिमालखप्तड बाबाभीमसेन थापान्यायिक समितिनेपालको प्रशासनिक विभाजनअक्षांशनेपालमा भूकम्पको इतिहासभूपतीन्द्र मल्लसुर्खेत जिल्लानेपालको सङ्घीय संसदनगर कार्यपालिकानेपालमा बोलिने भाषाहरूगौरा पर्व🡆 More