उपमन्यु गोत्र

उपमन्यु नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। वर्तमान समयमा गोत्र परम्परा वंशको निरन्तरताबाट भएको मानिन्छ । गोत्रप्रवर्तक ऋषि,महात्माहरु अत्यन्तै पराक्रमी र यशस्वी रहेका छन् । ब्रह्माबाट भएका सबै सृष्टिहरु फरक फरक गोत्रका रहेका छन् । एकै गोत्रका सम्पूर्ण मानवहरु एउटै वंशवृक्षका हुन् भनेर निश्चितता गर्न प्रामाणिक हँदैन । गोत्र निर्धारण वंश परम्परा ,गुरु परम्परा ,गोत्र स्थानान्तरण गरी तीन प्रकारबाट हुने गर्दछन् । ।(पृ.८८, स्मारिका ,पश्चिमाञ्चल विकाश मञ्च, उपमन्यु गोत्रीय ढकालहरुको मष्टो पूजा: डा.प्रकाश ढकाल ) संसारको सृष्टिसँगै मानिसहरु आ–आफ्नो समूहमा रहन थाले ।  सोही परम्पराबाट नै समाज, राष्ट्रको निर्माण भएको हो । यसै परम्पराको शैक्षिक ,धार्मिक उन्नयनसँगै  गोत्र परम्पराको विकाश भएको हो । मूलतः संसारका आदिम गोत्रहरु चार प्रकारका रहेका छन् । अङ्गिरा,कश्यप,वशिष्ठ र भृगु आदि गोत्र हुन् । (२९६।१७ शान्ति,महाभारत ) यीनै गोत्रको सेरोफेरोमा रहेर अन्य गोत्र परम्परा निर्धारण गरिएको विश्वास गरिएको छ । ढकालहरु कतिपयले तीन, पाँच प्रवर पनि भन्ने गर्दछन् । प्रवर भनेको गोत्रका विशिष्ट साधक,प्रचारक सिद्ध मुनिहरु हुन् ।  एवमेव प्रकारेण उपमन्यु,कपिल र विरुज उपमन्यु गोत्रका त्रिप्रवर  हुन् ।

उपमन्यु   

           वैदिक धर्मको समृद्धि एवं निरन्तरताको इतिहासमा ऋषि मुनिहरूको विशेष योगदान रहेको छ । वेदको अर्को नाम श्रुति हो । (१०।२ मनुस्मृति) सृष्टिको प्रारम्भिक कालमा ऋषिहरूले आफ्नो तपोबलद्वारा ईश्वरबाट दैवीवाक् सुने । त्यहीँ श्रुति परम्पराबाट नै वेद प्रारम्भ भयो । त्यसैले पनि वेद अपौरुषेय हो ।  सोही वेदलाई श्रुति परम्परामार्फत् जीवन्त राख्ने काम ऋषिमुनिहरूबाट भएको छ । वैदिक परम्परामा सप्तर्षिको स्थान उच्च रहेको छ । सप्तर्षिको धारणा सातवटा ऋषि भन्ने रहेतापनि विभिन्न कालखण्डमा यसको परिवर्तन भएको पाईन्छ । शतपथ ब्राह्मणमा भारद्वाज, कश्यप, मारीच, गौतम,अत्रि, विश्वामित्र, जमदग्नि र वशिष्ठलाई सप्तर्षि मानिएको  छ । महाभारतमा भने मारिच, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य, वशिष्ठ ऋषिहरूलाई सप्तर्षिका रूपमा मानिएको छ ।

       वैदिक ऋषिहरुमध्ये उपमन्यु पनि एक हुन् ।  ब्रह्माका छोरा वशिष्ठ थिए । ब्रह्मर्षि वशिष्ठका छोरा ब्याघ्रपाद हुन् । अदितिका छोराको नाम  आदित्य भएझैं वशिष्ठ ऋषिकी पत्नि ब्याघ्रयोनीबाट जन्मेका  छोराको नाम ब्याघ्रपाद रहेको हो ।  ब्याघ्रपादका छोरा उपमन्यु हुन् । महाभारतमा आफ्नो परिचय दिने क्रममा ब्याघ्रपादको छोरा र धौम्यको दाजु हुँ भनी परिचय दिनुभएको छ ।

ब्याघ्रपाद इति ख्यातो वेदवेदाङ्गपारगः ।

तस्याहमभवं पुत्रो धौम्यश्चापि ममानुजः ।।११२।१४।अनुशासनपर्व, महाभारत

        उपमन्युका छोरा सिन्धुप्रद हुन् । वशिष्ठलाई ब्रह्माका छोरा भनिए तापनि कतिपय ग्रन्थमा उनको जन्म मित्रावरुण देवता र उर्वशी नामक अप्सराको कोखबाट भएको भन्ने भनाई पनि छ । (शक्राख्यातो..... वेश्यापुत्रो वशिष्ठ.....)   समग्रमा भन्नुपर्दा वशिष्ठबारे पूर्णरुपेण सत्यतथ्य भेटिदैन ।    महाभारतका  एक सशक्त न्यायवादी ऋषि पात्र धौम्यका यिनी दाजु हुन् । हिन्दु वैदिक तथा पौराणिक आख्यानहरूमा उपमन्युको प्रसङ्ग पाईन्छ । तपवाद,ब्रह्मवाद एवं गुरुभक्तिका  आदर्श उपमन्यु हुन् । उपमन्यु शिवभक्त थिए । उनले नित्य शिवार्चना गर्दथे । उपमन्यु ऋषिकै पारिवारिक तथा भक्तिमार्गी परम्पराबाट नै उपमन्यु गोत्र समुदाय प्रादुर्भाव भएको हो ।

कान्यकुब्ज

ब्रह्माको सृष्टि परम्परासँगै पृथ्वीमा मानवीय कर्तव्य एवं चेतनाको क्रमशः विकाश हुँदै आयो । ब्रह्माका पाँचवटा मानस पुरत्रहरू बसेको स्थानका आधारमा गौडी परम्परा मानिएको छ । पञ्चगौड ब्राह्मणहरूमा सारस्वत, कान्यकुब्ज, गौड, मैथिल,उत्कला जस्ता विभाजन रहेका छन् । उपमन्यु गोत्रीय ब्राह्मणहरूलाई कान्यकुब्जीय ब्राह्मण पनि भन्ने गरिएको छ । कान्यकुब्ज भनेको क्षेत्र स्थान विशेष शब्द हो । भारतको कन्नौजलाई कान्यकुब्ज पनि भनिन्छ ।कान्यकुब्ज ब्राह्मणका गोत्रहरुबारे विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

कश्यपश्च भरद्वाजो शाण्डिल्यः सांकृतस्तथा ।

कात्यायनोपमन्युश्च काश्यपश्च धनञ्जयः ।।

कविस्तो गौतमो गर्गो भारद्वाजस्तथैव च ।

कौशिकश्च वशिष्ठश्च वत्सः पाराशरस्तथा ।।

इत्येते कान्यकुब्जानां गोत्रान्याहुश्च षोडश । (ज्वालाप्रसाद मिश्र,जातिभाष्कर,पृ.५६)

        अर्थात् कश्यप, भरद्वाज, शाण्डिल्य, सांकृत, कात्यायन,उपमन्यु, काश्यप, धनञ्जय, कविस्त, गौतम, गर्ग, भारद्वाज, कौशिक, वशिष्ठ, वत्स, पराशर नामक सोह्र गोत्रहरु कान्यकुब्जमा प्रसिद्ध छन् । अझ त्यसैमा  कात्यायन,उपमन्यु,भारद्वाज, कश्यप,शाण्डिल्य  र सांकृत गरी छ गोत्रहरु कुलीन  मानिएका छन् । उपमन्यु गोत्रीय वंशजहरु सबै उत्तम कुलका हुन् । पूर्वीय शास्त्रहरूले पनि उपमन्यु ऋषि एवं उपमन्यु गोत्रीय वंशजको स्तुति गरेका छन् । श्रीमद्देवीभागवतमा उपमन्यु ऋषिले श्रीकृष्णलाई वरदान दिएको प्रसङ्ग पनि छ ।

उपमन्यु गोत्र अन्तर्गत पर्ने थरहरु

उपमन्यु गोत्रका सगोत्रीहरूमा ढकाल,मैनाली,दुवाल,भट्ट र दैनी पर्दछन् । यद्यपि पन्त,उप्रेती,ओली,कर्माचार्य,जोशी,पाठक,पाँडे,फुल्लेल,बर्तौला,मिश्र,वैद्यहरूको पनि उपमन्यु गोत्र हुन्छ भनी बताईएको छ । ( (पृ.८९ उपमन्यु गोत्रीय ढकालहरुको मष्टो पूजा: डा.प्रकाश ढकाल )

=== 1. ढकाल ===2 मैनालि

ढकालहरु उपमन्यु गोत्रीय ब्राह्मण हुन् । उपमन्यु ऋषिका शिष्य वा सन्ततिहरु नै उपमन्यु कहलाएका हुन् । उपमन्यु गोत्रिय ब्राह्मण एवं उपमन्यु ऋषिका चेला उत्तराधिकारीहरु मुस्लिम दङ्गा पश्चात् कान्यकुब्जबाट वर्तमान नेपालको अछाम जिल्लाको ढाकु भन्ने स्थानमा बस्न थालेका हुन् । ढाकुमा बस्न थालेबाट नै उनीहरूको परिचय ढाक्कालयबाट हुन थाल्यो । उपमन्यु शिवभक्त हुनाले बसाई सरेर आउनेले कुल पूजा परम्परा अनुरुप शिव प्रतिक डमरु लिएर आएको विश्वास गरिन्छ । डमरुलाई संस्कृतमा ढक्का पनि भनिन्छ । त्यस स्थानमा उनीहरू आएर बस्दा शिव प्रतिक डमरुलाई ल्याएर  राखी पूजा गर्न थाले  । डमरुलाई ढक्का र राख्ने ठाँउलाई आलय भन्दा ढक्कालय भएको विश्वास छ । ढक्का राखेको ठाँउ ढाकु भन्ने नामले प्रचलित भयो । त्यसै गरी ढक्का+आलय मिलेर ढक्कालय बन्यो । ढक्कालय नै त्यहाँ रहने र बाहिरिनेको स्पष्ट परिचय बन्यो । पञ्जावको हरियाणा क्षेत्रमा ढकाल नामक प्राचीन स्थान प्रसिद्ध छ । नेपालमा रहेका ढकालहरूको पनि सोही स्थानसँग केही सम्बन्ध रहेको हुनसक्छ । यसको अध्ययन अनुसन्धान हुनु  अत्यन्त जरुरी छ । नेपालमा शाहवंशभन्दा अगाडि देखि नै ढकालहरु नेपालका विभिन्न  स्थानमा छरिएर रहेका छन् ।

Tags:

गोत्र

🔥 Trending searches on Wiki नेपाली:

दसैँगण्डकी नदीतत्वप्राइभेट लिमिटेड कम्पनीखस बाहुनमानव तस्करीकृष्ण जन्माष्टमीसंविधान सभामानव विकास अर्थशास्त्रसङ्गठनपहरी जातिच्याटजिपिटीनेपालका झरनाहरूको सूचीरानी पोखरीनेपालको जनआन्दोलन २०६३दीपेन्द्र वीरविक्रम शाहदलितनेपालका हिमालहरूको सूचीनेपालका सहिदहरूअमरसिंह थापानेपालमा भएका सडकहरूको सूचीमगर भाषासल्यान जिल्लानेपालका उर्जा केन्द्रहरूको सूचीभुक्तानीमहानगरपालिकाधनकुटा जिल्लाजनता समाजवादी पार्टी, नेपालमुनामदनपाँचथर जिल्लासगरमाथाबाल्यावस्थाविसं २०७२ को महाभूकम्पसहकारीचलचित्रनागरिक उन्मुक्ति पार्टीनेपालका प्रधानमन्त्रीहरूको सूचीकृष्ण मन्दिरमोनालिसासमानुपातिक प्रतिनिधित्व प्रणालीस्वरोजगारसमावेशी शिक्षाआत्रेय गोत्रनेपाल टेलिभिजनविश्व सम्पदा क्षेत्रवीरेन्द्रनगर नगरपालिकाबिन्ध्यवासिनी मन्दिरजैविक विविधताअर्थशास्त्रधर्म निरपेक्षतालाली गुराँसनेपालको इतिहासस्वर्णिम वाग्लेनेपालका संरक्षित क्षेत्रहरूको सूचीरूजुपाटन दरबार क्षेत्रउदयपुर जिल्लाकारकभक्तपुर दरबार क्षेत्ररुस-युक्रेन युद्धनेपालको दोस्रो सङ्घीय संसदभरतपुर महानगरपालिकानेपाल स्काउटपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रकाशचन्द्र लोहनीविवाह संस्कारनेपालका राजानेपालको संविधानझापा जिल्लासंविधान सभा निर्वाचन २०७०तीन घुम्ती (उपन्यास)नेपालको संस्कृतिबाल अधिकारपाथीभरा देवी मन्दिर (इलाम)गाउँपालिकानेपाल लेखामान बोर्ड🡆 More