ल्वाङ

प्रायः १२–१३ हात अग्लो बोट, दह्रो काठ, खरानी रङको चिल्लो बोक्रा तथा चम्किला, हरिया र हातले माड्दा बास्ना आउने मसिना पात, नीलोमा रातो मिसिएका रङ भएका फूल फुल्ने र फूलबाट आनन्ददायक बास्ना आउने रूखको मसलाका निम्ति प्रसिद्ध ससाना सुकेको फूललाई ल्वाङ भनिन्छ । पहिला हरिया देखिने यी फूलका कोपिलाको सुकाएपछि रङ बदलिन्छ । ल्वाङ वृक्षका फूलका कोपिला रातो हुँदैमा टिपिन्छ र बिस्कुन सुकाए जसरी सुकाइन्छ ।

परिभाषा

ल्वाङलाई अंग्रेजीमा Cloves वा Zanzibar red head र ल्याटिन भाषामा Caryophyllus aromaticus Linn., Syzygium aromaticum (L.) Merr.& L.M.Perry, Eugenia caryophyllata Thunb. वा Eugenia arromatica Kuntze भनिन्छ ।

ल्वाङ
ल्वाङ

ल्वाङसम्बन्धी अन्य केही नेपाली शब्दहरू

  • पद्मा : ल्वाङ ।
  • फूल : ल्वाङका टुप्पामा फुकेर रहेको फस्को अंश, ल्वाङको गोटा ।
  • लवङ्ग : ल्वाङको लहरो वा त्यसैको फूल, ल्वाङ ।
  • ल्वाँग : ल्वाङ ।

संस्कृत पर्यायवाची नामहरू

गीर्वाणकुसुम,  चन्दनपुष्पक, तीक्ष्णपुष्प, दिव्य, देवकुसुम, भृङ्गाङ्गी, भृङ्गार, रुचिर, लव, लवङ्ग,  लवङ्गकलिका, वारिसम्भव, शिखर, शेखर, श्रीपुष्प, श्रीप्रसूनक र श्री (लक्ष्मी) वाचक शब्दहरू ।

स्वाद

ल्वाङ तिक्खर, पिरो र तीतो हुन्छ । यो पचेपछि गुलियो हुन्छ ।

आयुर्वेदमा बताइएका फाइदा

  1. पचाउन हलुका हुन्छ ।
  2. आँखाका लागि लाभदायक हुन्छ ।
  3. शीतल गर्दछ ।
  4. आम (खाएको कुरा पचेर बनेको रस) लाई पचाउँदछ र पाचनशक्तिलाई बाल्दछ ।
  5. खानमा रुचि जगाउँदछ ।
  6. रक्तविकार, तिर्खारोग, वाकवाकी, आध्मान (पेट फुल्ने एक रोग, अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग), शूल, खोकी, दम, बाडुली र क्षयरोग नाश गर्दछ ।
  7. मुटुका लागि लाभदायक हुन्छ ।
  8. आनाह (पचेर अथवा नपची दूषित भएको मलमूत्र पेटमा रोकिएर हुने रोग), त्रिदोष र टाउकाका रोग नाश गर्दछ ।
  9. ल्वाङ पहिला उष्णवीर्यको र पचेपछि शीतवीर्यको हुन्छ ।
  10. बीचमा नरोकिई प्रेमपूर्वक अर्क पिउनू र त्यसपछि पान चपाउनू । पान खान निषेध गरिएको अवस्थामा ल्वाङ्ग चपाउनू ।
  11. ल्वाङ अजीर्ण हटाउन उपयोगी हुन्छ ।
  12. यसले विषको असर कम गर्दछ ।
  13. घाँटी बसेको वा मुख पाकेको बेलामा ल्वाङलाई उपयोगी मानिन्छ ।

बेफाइदा

ल्वाङले शुक्र नाश गर्दछ र पित्त बढाउँदछ ।

सन्दर्भ ग्रन्थ

  • अमरकोश, कुलचन्द्र शर्मा ।
  • नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  • भावप्रकाश निघण्टु, टीकाकार डा. कृष्णचन्द्र चुनेकर ।
  • भावप्रकाश निघण्टु, टीकाकार विश्वनाथ द्विवेदी शास्त्री ।
  • पेयर डी अमरकोश ।
  • आचार्य बालकृष्णको अनलाइन लेख ।
  • मदनपाल निघण्टु ।
  • राज निघण्टु ।
  • आयुर्वेद महोदधि ।
  • अर्कप्रकाश, रावण ।

यो पनि हेर्नुहोस

बाह्य कडीहरू

Tags:

ल्वाङ परिभाषाल्वाङ सम्बन्धी अन्य केही नेपाली शब्दहरूल्वाङ संस्कृत पर्यायवाची नामहरूल्वाङ स्वादल्वाङ आयुर्वेदमा बताइएका फाइदाल्वाङ बेफाइदाल्वाङ सन्दर्भ ग्रन्थल्वाङ यो पनि हेर्नुहोसल्वाङ बाह्य कडीहरूल्वाङ

🔥 Trending searches on Wiki नेपाली:

फुटबल खेलनेपालका सर्वोच्च आठ हिमालपोखरेलगणतन्त्र दिवस (नेपाल)खुम्बु पासाङल्हामु गाउँपालिकानेपालमा कृषिपूँजी बजारज्योतिषइन्टरनेटपरेवाॐ नमः शिवायविज्ञानमुख्य पृष्ठशौनक गोत्रमस्कोलागत लेखाविधिसार्वभौमसत्तासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)ट्रेड युनियनतनहुँ जिल्लानेपालका बैङ्कहरूको सूचीसयौँ थुङ्गा फूलका हामीजापाननेपालको प्रमाणिक समयसिन्दुरे जात्रा (नुवाकोट)नागरिकमगर भाषानेपालको उपप्रधानमन्त्रीगोदावरी नगरपालिका, ललितपुरकागेश्वरी मनोहरा नगरपालिकासन्दुक रुइतक्षेत्रीधनुषा जिल्लानेपालमा भूकम्पको इतिहासलोक सेवा आयोग (नेपाल)राजवृक्षबाल विवाहभूपि शेरचननारायणगोपाल गुरूवाचार्यरेखा थापासंस्कारझोला (चलचित्र)भरतपुर महानगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीझमक घिमिरेइलाम नगरपालिकानेपालका प्रदेशहरूमाथवरसिंह थापामहिला सशक्तिकरणनेपालका प्राकृतिक सम्पदाहरूको सूचीसन्दीप लामिछानेप्रियङ्का कार्कीछाउपडीबौद्धनाथरवि लामिछानेनेपाली राष्ट्रिय क्रिकेट टोलीकान्तिपुर दैनिकजयपृथ्वीबहादुर सिंहसंयुक्त राष्ट्रसङ्घका महासचिवशब्दकोशहिमालयउदित नारायण झादशरथ चन्दसंविधान सभा निर्वाचन २०७०सङ्गठनजरायोटार, सिन्धुलीमाधवप्रसाद घिमिरे (साहित्यकार)जनकपुरधाम उपमहानगरपालिकातराईनेपालका मल्ल राजाहरूको सूचीगणतन्त्रयुट्युबसंस्कृत🡆 More