व्याकरण वाच्य

वाच्य भनेको भनाइ हो । वाक्यमा रहेका कर्ता, कर्म र क्रियामध्ये कुन भनाइ मुख्य रहेको छ भनी छुट्याउने व्याकरणिक कोटिलाई वाच्य भनिन्छ । अर्थात् कर्ता, कर्म र भावको बोध गराउने वाक्यलाइ वाच्य भनिन्छ ।

नेपालीमा वाच्य तीन प्रकारको हुन्छन् :क) कर्तृवाच्य, ख) कर्मवाच्य र ग) भाववाच्य

कर्तृवाच्य :

कर्ताको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्तृवाच्य भनिन्छ । अर्को शब्दमा कर्ता जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । कर्तृवाच्यको कर्तामा परिवर्तन गर्दा त्यसको असर क्रियामा पर्दछ । कर्तृवाच्यको वाक्य सकर्मक र अकर्मक दुवै क्रियाबाट बन्न सक्छ । कृर्तवाच्यको क्रिया सकर्मक छ भने कर्मवाच्य र अकर्मक छ भने भाववाच्यमा परिवर्तन गर्नुपर्छ ।

जस्तै : सकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ चिठी लेख्छ ।
  2. म भात खान्छु
  3. विनोदले भात खायो ।
  4. भाइ भकुन्डो खेल्छ ।
  5. गोठालोले घाँस काट्यो ।

अकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ रोयो ।
  2. म हाँस्छु ।
  3. हरि मेचमा बस्छ ।
  4. विनोद हिँड्यो ।

कर्मवाच्य

:कर्मको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्मवाच्य भनिन्छ । अर्को शब्दमा कर्म जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्मवाच्य भनिन्छ । कर्मवच्यको क्रियापद सकर्मक क्रियाबाट मात्र बन्दछ । कर्मवाच्यबाट कर्तृवाच्यमा वाच्य परिवर्तन गर्न सकिन्छ ।

जस्तै :

कर्मवाच्य कर्तृवाच्य
१. आफू त परीक्षा लेखिन्छ । म त परीक्षा लेख्छु ।
२. भाइबाट कलम किनियो । भाइले कलम किन्यो ।
३. रमेशबाट भात खाइएला । रमेश भात खाला ।
४. माधवबाट भकुन्डो खोलियो । माधवले भकुन्डो खेल्यो ।
५. मबाट मासु खाइन्छ । म मासु खान्छु ।

रविना ले कपी र किताब किनिन्

भाव वाच्य

वाक्यमा क्रिया वा क्रियाको अर्थ मुख्यरूपमा रहने वाच्यलाई भाववाच्य भनिन्छ । भाववाच्यको क्रियापद अकर्मकबाट मात्र बन्छ । क्रियाको धातुपछि ‘इ’ थपिएर भाववाच्यको क्रिया बन्छ । यसबाट वाच्य–परिवर्तन गर्दा कर्तृवाच्यमा गरिन्छ ।

जस्तै :uniharu khub nachaxan

भाववाच्य कर्तृवाच्य
१. (रामद्धारा) हाँसिन्छ। आफु त क्लबमा आनन्दले नाच्छु।
२. (विनोद्धारा) घर गइनेछ । विनोद घर जानेछ ।
३. आफू त कतै गइन्न । म त कतै जान्न ।
४. सुत्नसम्म सुतिएछ । सुत्नसम्म सुतेछु ।
५. (रामबाट) चाँडै हिँडियो । राम चाँडै हिँड्यो ।

सन्दर्भ सामग्रीहरू

Tags:

व्याकरण वाच्य कर्तृवाच्य :व्याकरण वाच्य कर्मवाच्यव्याकरण वाच्य भाव वाच्यव्याकरण वाच्य सन्दर्भ सामग्रीहरूव्याकरण वाच्य

🔥 Trending searches on Wiki नेपाली:

ऋतुप्रतिनिधि सभा निर्वाचन, २०७४मधेश प्रदेशव्रतबन्धध्रुवचन्द्र गौतमसप्तरी जिल्लानेपाल स्काउटअल्पविकसित देशनेपालका अञ्चलहरूगौरीशङ्कर हिमालराजनीतिप्रदेश प्रमुख (नेपाल)पूँजीवादआगन्तुक शब्ददुर्गानन्द झानेपालको प्रमाणिक समयताप्लेजुङ जिल्लाअरनिकोसमाचारसुपादेउराली मन्दिरऊर्जावेब्याक मेसिनवसन्तबज्रयोगिनी मन्दिरराजतन्त्रआन्तरिक राजस्व विभाग (नेपाल)काठमाडौँ २ (निर्वाचन क्षेत्र)इसाई धर्मऔद्योगिक क्रान्तिनेपाल कानुन आयोगढोरबराहि मन्दिरखेडा जिल्लाकुँवर इन्द्रजीत सिंहनेपाल बैंकसिंहदरबारनेपाली सेनाराणा शासनसन्दुक रुइतनमस्तेद्वन्द्वात्मक भौतिकवादस्याङ्जा जिल्लारामकृष्ण ढकालइतिहासनेपालका बैङ्कहरूको सूचीबर्दिया जिल्लाश्रीलङ्कानुवाकोट जिल्लानेपालको सर्वोच्च अदालतमहोत्तरी जिल्लाकालिकोट जिल्लाभिरिङ्गीपर्यटनकुलदेवतास्थानीय तह निर्वाचन, २०७४सङ्खुवासभा जिल्लाबडीमालिका नगरपालिकाजिल्ला मालपोत कार्यालयलाइब्रेरी पर्वमुनामदन (चलचित्र)राष्ट्रिय स्वतन्त्र पार्टीघरपालुवा चौरी गाईसुदूरपश्चिम प्रदेशगोसाइँकुण्डस्वरवर्ण र व्यञ्जनवर्णअर्थसंस्कृतिचतराधामवीरेन्द्रनगर नगरपालिकानेपालको जनआन्दोलन २०६३नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनागार्जुन नगरपालिकाजारी (चलचित्र)🡆 More