डेभिड वुडार्ड

डेविड जेम्स वुडार्ड (अङ्ग्रेजी: David James Woodard, ⓘ; जन्म अप्रिल ६, १९६४, मा सांता बारबरा, क्यालिफोर्निया) एक अमेरिकी लेखक तथा संगीत निर्देशक हुन् । सन् १९९० ताका उनले prequiem (प्रिक्वीम), preemptive र requiem शब्दहरूको सन्धिबाट बनेको शब्द प्रत्युत्पादन गरेका थिए, जसले उनको बौद्ध अभ्यास अनुसार मृत्युको बेला वा त्यो भन्दा केही अगाडि बजाउन तयार पारिने समर्पित संगीतलाई बुझाउँछ ।

डेविड वुडार्ड
डेभिड वुडार्ड
२०२० मा वुडार्ड
जन्म(१९६४-०४-०६)अप्रिल ६, १९६४
सांता बारबरा, क्यालिफोर्निया
नागरिकता
  • अमेरिका
  • क्यानाडा
पेशासंगीतकार, लेखक
जीवनसाथीSonja Vectomov
सन्तान
हस्ताक्षर
डेभिड वुडार्ड

सन् २००१ मा हाल निष्कृय रहेको एन्जल्स फ्लाईट फनिक्युलर रेलवेमा दुर्घटनामा दिवंगत भएका लियोन प्रापोर्ट तथा उनका घाईते श्रीमती लोलाका सम्मानमा आयोजित नागरिक समारोह उनले संगीत निर्देशकका रूपमा काम गरेको लस एन्जलस मेमोरियल सर्भिसेजमा समावेश भएको छ ।:१२५ उनले समुद्री तटमा खसेर मरेको क्यालिफोर्नियाको खैरो पेलिकन (समुद्री चरा) लगायत अन्य वन्यजन्तुको सम्झनामा शोक गीतहरु प्रस्तुत गरेका छन् ।:१५२–१५३ उनले संगीत स्कोर सिर्जना गर्न रंगीन मसी प्रयोग गर्दछ ।:१७३

वुडार्ड उनले बनाएका ड्रिममेसिन, एक हल्का दिमागलाई असर गर्ने खालको बत्तिका प्रतिकृतिका लागि प्रख्यात छन्, जुन विश्वभर कला संग्राहलयहरूमा प्रदर्शनीका लागि राखिएका छन् । जर्मनीनेपालमा साहित्यिक जर्नल, डेर फ्रुन्ड Der Freund, लगायत अन्तर्प्रजातीको कर्म, बोटबिरुवाको चेतना तथा पाराग्वेको वसोवास न्यूभा जर्मानियाका लेखहरूमा योगदानका लागि उनी परिचित छन् ।

शिक्षा

वुडार्डले आफ्नो शिक्षा न्यू स्कुल फर सोसियल रिसर्च तथा यूनिभर्सिटि अफ क्यालिफोर्निया, सान्ता बार्बराबाट हसिल गरेका हुन् ।

न्यूभा जर्मानिया

सन् २००३ मा वुडार्ड जुपिटर हिल्स (लस एन्जलस काउन्टी), क्यालिफोर्नियामा काउन्सिल सदस्यका रूपमा निर्वाचित भएका थिए । यस पदमा कार्यरत रहँदा उनले प्रागको न्यूभा जर्मानियासंग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव गरे । उनको यस योजनालाई अगाडि बढाउन वुडार्डले पूर्व शाकाहारी / आदर्श नारीवादी व्यवस्था तर्फ यात्रा गरे र त्यहाँका नगरपालिकाको नेतृत्वसंग भेट गरे । प्रारम्भिक भ्रमण पश्चात् उनले यस सम्बन्ध अगाडि नबढाउने निर्णय गरे, तथापि, उनले त्यस समुदायमा भविष्यको लेखनका लागि अध्ययनको विषय फेला पारे । उनलाई अभिरुचि जागेको कुरा चाहिं विचारयोग्य योजनाकार रिचर्ड वाग्नर तथा एलिजावेथ फोर्स्टर नियत्ज्त्सेका आदी-परामानववादी विचारहरु थिए, जुन उनका श्रीमान बर्नर्ड फोर्स्टरसंग मिलेर स्थापना गरेका थिए र उनी सन् १८८६ र १८८९ का बीच कोलोनीमा बस्दथे ।

डेभिड वुडार्ड 
१९९७ मा ड्रिममेसिन संग वुडार्ड र बुरोस:१४२–१४६

सन् २००४ देखी २००६ सम्म वुडार्डले तत्कालीन संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति डिक चेनीको समर्थनमा न्यूभा जर्मानियाको अनगिन्ती अभियानहरूको नेतृत्व गरे । सन् २०११मा वुडार्डले स्वीस उपन्यासकार क्रिष्टियन क्राट्चलाई मूख्यतय न्यूभा जर्मानिया:११३–१३८ सम्बन्धि उनीहरू बीचका ठूला व्यक्तिगत पत्राचारहरु दुई खण्डमा युनिभर्सिटि अफ ह्यानभर अन्तर्गत वेह्रहाह्न भेरलागका नामबाट प्रकाशन गर्न अनुमति दिए ।:१८०–१८९ पत्र आदानप्रदानका सम्बन्धमा फ्राँकफर्टर आलजिमेईन जेईटुंगले भनेका छन्, "[वुडार्ड र क्राट्च]ले जीवन र कला वीचको सिमा उल्लंघन गरेका छन् ।" डेर स्पिगेलले मानेका छन् कि फाईभ ईयर्स (Five Years), पहिलो खण्ड क्राट्चको निकट भविष्यको उपन्यास ईम्पेरियम (Imperium) का लागि "आध्यात्मिक प्रारम्भिक कार्य" हो ।

एन्ड्रु म्याककानका अनसार वुडार्डले "कुनै स्थानको अवशेषको यात्रा, जहाँका आदिवासीहरुका सन्ततिहरु अत्यन्तै सिमित परिवेशमा बस्ने गर्दछन्" को यात्रा गरे र "समुदायको साँस्कृतिक पार्श्वचित्रको विकास तथा कुनै बेला एलिजावेथ फोस्टर नियत्ज्त्सेको परिवार बस्ने स्थानमा सानो आकारको वेरुथ ओपेरा हाउसको निर्माण गर्न" अगाडि बढे । हालैका वर्षहरूमा न्यूभा जर्मानियाले ब्रेकफास्ट तथा सुत्ने व्यवस्था भएको र तुरुन्तै तयार पर्न सक्ने ऐतिहासिक संग्राहलय भएको मैत्री गन्तव्यतर्फ जोड दिएका छन् ।

ड्रिममेसिन

सन् १९८९ देखी २००७ सम्म वुडार्डले ड्रिममेसिनका नक्कलहरु बनाए, जुन ब्रिगन जिसिन तथा ईयान सोमरभिलले निर्माण गरेको स्ट्रोबस्कोप जस्तै एल चलाखीपूर्ण आविष्कार हो, जुन तामा वा कागजनबाट बनेको हुन्छ, यसमा बेलन राखिएको हुन्छ र विद्युतिय बत्ति वरिपरी घुम्दछ – आँखा चिम्लिएर हेर्दा यस यन्त्रले मानसिक रूपमा भ्रम पैदा गरिदिन्छ जुन लागुपदार्थको नशा वा सपनामा जस्तै हुने गर्दछ ।

विलियम एस. बुरोगको सन् १९९६ मा LACMA दृष्य पूर्वव्यापी Ports of Entry का लागि ड्रिममेसिन योगदान गरे पश्चात् वुडार्ड लेखकसंग साथी बने र उनको ८३औं तथा अन्तिम जन्मदिनको अवसरमा उनलाई "बोहेमियन नमुना" को (कागजबाट निर्मित) ड्रिममेसिन प्रदान गरे ।:२३

सन्दर्भ र टिपोट

टिपोट

सन्दर्भ

बाह्य कडीहरू

Tags:

डेभिड वुडार्ड शिक्षाडेभिड वुडार्ड न्यूभा जर्मानियाडेभिड वुडार्ड ड्रिममेसिनडेभिड वुडार्ड सन्दर्भ र टिपोटडेभिड वुडार्ड बाह्य कडीहरूडेभिड वुडार्डअङ्ग्रेजी भाषाक्यालिफोर्नियाचित्र:Pronunciation of the English surname Woodard.oggबुद्ध धर्म

🔥 Trending searches on Wiki नेपाली:

इस्लाम धर्मछाउपडीआगन्तुकगुगलमङ्गल ग्रहबोक्सीपर्यटननैतिक दृष्टान्तदलितविद्युतनेपालमा पर्यटननागार्जुन नगरपालिकाअङ्ग्रेजी भाषामहागुरु फाल्गुनन्ददोहोरो लेखा प्रणालीखेडा जिल्लादासप्रथाविज्ञापनसमाजभीमसेन थापानविकरणीय उर्जाबालश्रमरामेछाप जिल्लाश्रीलङ्कान्युटनको गतिका नियमहरूस्थानीय कार्यपालिकाभौतिक विज्ञानखनिजअनुराधा कोइरालाझापा जिल्लायान्देक्सढोरबराहि मन्दिरग्रिसइन्द्रबहादुर राईविद्युतीय अपराधराजनीतिजापानकाँक्रे विहारमनोविज्ञानस्वयम्भूनाथइलाम नगरपालिकामहिनावारीस्थानीय व्यवस्थापिकाग्रहचन्दसंयुक्त राष्ट्रसङ्घका महासचिवनबिल बैंकदैलेख जिल्लातत्समनेपालको अन्तरिम संविधान २०६३किशोरावस्थाभाषाविवाहलैङ्गिक समानतानेपालको अन्तरिम शासन विधान २००७सेतो कपडामा युवतीदैवज्ञराज न्यौपानेमाधवप्रसाद घिमिरे (साहित्यकार)सार्वभौमसत्तानाटकसङ्खुवासभा जिल्लाकुलदेवतानेवारी भाषामष्टो देवतागर्भपतनसप्तकोशी नदीनिजीकरणमृगौलाजुकाबूढानीलकण्ठ मन्दिरसामाजिक सञ्जालवासुकी इन्डिकस्एसिया🡆 More