वालिङ नगरपालिका: स्याङ्जाको एक नगरपालिका

वालिङ नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने मुख्य वाणिज्य केन्द्र तथा नगरपालिका हो। वालिङ नगरपालिका, जिल्ला सदरमुकाम पुतलीबजारबाट २० किलोमिटर टाढा रहेको छ। साविकको वालिङ, धनुवासे र पेखुबाघखोर गाउँ विकास समितिगाविसलाई गाभेर वि.सं.

२०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मा साविकको वालिङ नगरपालिका, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तिनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाउँ विकास समितिहरूलाई समेटेर वालिङ नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। जिल्लाकै मध्यभागमा रहेको यस नगरपालिकाको मध्य भागबाट ऐतिहासिक खोला आँधिखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले काटेर गएको छ। नक्साको आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुद्र सतहबाट ७३१ मिटर देखि १,५९६ मिटर उचाइसम्म रहेको छ। वालिङ नगरपालिकामा १४ वडाहरू रहेका छन्।

वालिङ
आँधिखोलाको किनारमा रहेको वालिङ बजारको अवस्थिति
आँधिखोलाको किनारमा रहेको वालिङ बजार
वालिङ is located in वालिङ नगरपालिका
वालिङ
वालिङ
वालिङ नगरपालिका
वालिङ is located in स्याङ्जा जिल्ला
वालिङ
वालिङ
वालिङ (स्याङ्जा जिल्ला)
वालिङ is located in गण्डकी प्रदेश
वालिङ
वालिङ
वालिङ (गण्डकी प्रदेश)
वालिङ is located in नेपाल
वालिङ
वालिङ
वालिङ (नेपाल)
निर्देशाङ्क: २७°५९′२०″उ॰ ८३°४६′३″पू॰ / २७.९८८८९°N ८३.७६७५०°E / 27.98889; 83.76750 ८३°४६′३″पू॰ / २७.९८८८९°N ८३.७६७५०°E / 27.98889; 83.76750
देशवालिङ नगरपालिका: जनसङ्ख्या, स्मार्ट वालिङ, प्रमख नदी तथा खोलाहरू नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
साक्षरतावृद्धि ८१.७१५% उच्च
जनसङ्ख्या वृद्धिदरवृद्धि १.७५% उच्च
नगरपालिकावि.सं. २०५३ माघ ११
समावेश (गाविस)वालिङ, धनुवाशे, र पेखु वागखोर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दी (१,४-६), तिनदोबाटे (२-५), मल्याङकोट (४), कालिकाकोट (१,२,९), सिर्सेकोट, पेलाकोट (५,६), स्वरेक (२-४,८) र माझकोट शिवालय
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरदीलीपप्रताप खाँड (नेपाली काँग्रेस)
 • अधिकृतभीमकान्त पौडेल
क्षेत्रफल
 • जम्मा१२८.४० किमी (४९.५८ वर्ग माइल)
उच्चतम उचाई
१,५९६ मिटर (५२३६ फिट)
न्यूनतम उचाई
७३१ मिटर (२३९८ फिट)
जनसङ्ख्या
 • जम्मा५१,१४३
 • घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रवालिङ कार्यालय
वेबसाइटवालिङ नगरपालिका

जनसङ्ख्या

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेको यस नगरपालिकामा नेपालको नयाँ प्रादेशिक संरचना कायम हुँदा साविकको नगर क्षेत्र, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तिनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाविसहरूलाई मिलाइएको हो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर वालिङ नगरपालिकाको कुल जनसङ्ख्या ५१,१४३ रहेको छ।

स्मार्ट वालिङ

वालिङलाई 'स्मार्ट वालिङ' बनाउन १९ बिषयलाई लिएर अगाडि बढाइएको छ। स्मार्ट वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रङ छानिएको छ। यसै सँगै अहिले वालिङलाई गुलाबी बनाउने ३०% जति कार्य सकिएको छ।

पोलिटेक्निकल कलेज निर्माण, नदि-नाला संरक्षण, फोहोर व्यवस्थापन, चर्पी तथा सेप्टिक ट्याङ्क निर्माण, अनलाइन बिल भुक्तानी, वालिङलाई ८५% गुलाबी बनाउने जस्ता अन्य थुप्रै कार्य भइरहेको छ।

प्रमख नदी तथा खोलाहरू

यस नगरपालिकाको प्रमुख नदी तथा खोलाहरूमा आँधिखोला, अर्मादीखोला, मिर्दिखोला, बाँयखोला र च्याङदीखोला रहेका छन्।

सूचना तथा सञ्चार

  • सामुदायिक रेडियो वालिङ

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

वालिङ नगरपालिका जनसङ्ख्यावालिङ नगरपालिका स्मार्ट वालिङवालिङ नगरपालिका प्रमख नदी तथा खोलाहरूवालिङ नगरपालिका सूचना तथा सञ्चारवालिङ नगरपालिका सन्दर्भ सामग्रीहरूवालिङ नगरपालिका बाह्य कडीहरूवालिङ नगरपालिका यो पनि हेर्नुहोस्वालिङ नगरपालिकाआँधिखोलाइतिहासएलादीकालिकाकोटकेवारे भञ्ज्याङगण्डकी प्रदेशगाउँ विकास समिति (नेपाल)चराछाङछाङ्दीजगत भञ्ज्याङतिनदोबाटेनगरपालिकानेपालपुतलीबजार नगरपालिकापेलाकोटपोखरा उपत्यकामल्याङकोटमाझकोट शिवालयराजमार्गलुम्बिनीवडासमुद्रसिद्धार्थ राजमार्गसिर्सेकोटस्याङ्जा जिल्लास्वरेक

🔥 Trending searches on Wiki नेपाली:

चैतनागरिकतागोत्रनाताआमामुनामदनरेखा शर्मानेपालका राष्ट्रिय चिन्हहरूकोशी बाँधलेखा प्रणालीनेपाली व्याकरणमकालु-बरूण राष्ट्रिय निकुञ्जपहाडी प्रदेश (नेपाल)काठमाडौँमाओवादी जनयुद्धडढेलोगायत्री मन्त्रप्रविधिनेपालका उर्जा केन्द्रहरूको सूचीकुकुरबुद्ध धर्मविवाह संस्कारक्षेत्रफलअरनिकोसंयुक्त राष्ट्र सुरक्षा परिषद्दासप्रथागाउँपालिकानगरकोटरङजनशक्तिदिगो विकासनेपालमा पाइने चराहरूको सूचीरेडियो नेपालविद्युतचुम्बकीय विकिरणअष्ट चिरञ्जीवीजैविक विविधताप्रकाशयौन तथा प्रजनन स्वास्थ्य अधिकारवडा कार्यालय (नेपाल)पाथीभरा देवी (ताप्लेजुङ)भूपरिवेष्ठित राष्ट्रलाली गुराँसनगरपालिकाजिमेलकोरियाली भाषाअर्थ मन्त्रालय (नेपाल)विशाल नेपालपूँजीवादव्यवस्थापन सूचना प्रणालीसंविधान सभामुख्यमन्त्री (नेपाल)भाषानेपालको राष्ट्रपतिजनकपुरधाम उपमहानगरपालिकाहात्तीझरेको पात (उपन्यास)धीरेन्द्र प्रेमर्षिऔद्योगिक क्रान्तिफूलनेपालका जिल्लाहरूसूचनायार्सा गुम्बाकार्यपालिकानदीघोडाघोडी तालमहाभारतसेतो मच्छिन्द्रनाथको रथयात्राखस बाहुनगुगलबजेटहनुमान चालीसालिच्छवि कालरेबिजपर्यटनबाबुराम भट्टराईअङ्कोरवाटमौरी पालनआन्तरिक राजस्व विभाग (नेपाल)🡆 More