टोकियो

टोकियो (/ˈtoʊkioʊ, -kjoʊ/; जापानी: 東京; उच्चारणः तोउक्योउ,  ( सुन्नुहोस्)), आधिकारिक टोकियो महानगरपालिका (東京都, Tōkyō-to?), जापानको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। यो जापानको होन्सु द्वीपमा रहेको छ र यसको जनसङ्ख्या करिब ८६ लाख छ, जबकि टोकियो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मानिसहरू बसोबास गर्छन्, जुन यस देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको महानगरीय क्षेत्र हो। टोकियो लगभग ८० किलोमिटरको क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो।

टोकियो
東京都
टोकियो महानगरपालिका
टोकियो
टोकियोको झण्डा
टोकियोको आधिकारिक लोगो
राष्ट्रियगान: Tokyo Metropolitan Song (東京都歌 Tokyo Toka?)
जापानमा टोकियोको अवस्थितिको अवस्थिति
जापानमा टोकियोको अवस्थिति
निर्देशाङ्क: ३५°४१′२३″उ॰ १३९°४१′३२″पू॰ / ३५.६८९७२°N १३९.६९२२२°E / 35.68972; 139.69222 १३९°४१′३२″पू॰ / ३५.६८९७२°N १३९.६९२२२°E / 35.68972; 139.69222
देशटोकियो जापान
क्षेत्रकान्तो
टापुहोन्सु
सरकार
 • प्रकारमहानगरीय क्षेत्र
 • राजधानीटोकियो
क्षेत्रफल
 • महानगर२१८७.६६ किमी (८४४.६६ वर्ग माइल)
 • महानगर
१३५७२ किमी (५२४० वर्ग माइल)
 • क्रम४५औँ
जनसङ्ख्या
 (जुलाई ३१, २०१६)
 • महानगर१३६१७४४५
 • महानगर
३७८०००००
 • २३ वडा
८९६७६६५
 २०१५ अनुमान
वासिन्दाटोकियोको
समय क्षेत्रयुटिसी+९ (जापानी प्रमाणिक समय)
ISO 3166-2
JP-13
पुष्पसोमेइ-योसिनो चेरी ब्लोसम
वृक्षजिङ्कगो वृक्ष (Ginkgo biloba)
पक्षीश्याम सिरी गल (Larus ridibundus)
वेबसाइटwww.metro.tokyo.jp

टोकियो विश्वको सबैभन्दा विकसित सहरहरू मध्ये एक हो। यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो। यो विश्वको सबैभन्दा बढी महानगरीय अर्थव्यवस्था पनि हो जसको कुल घरेलु उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो। न्यु योर्क तथा लन्डनसँग मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने संयत्र हो र यसलाई अल्फा+ नगरको दर्जा प्राप्त छ। विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोकियोलाई विश्वको लगातार सबैभन्दा महँगो महानगर भएको गौरव प्राप्त छ।

नाम

टोकियोलाई मुख्य रूपमा इडोको नामले चिनिन्थ्यो, जसको जापानी अर्थ मुहाना हो। सन् १८६८ मा यसलाई जापानको राजधानी बनाइयो र यसको नाम परिवर्तन गरेर टोकियो (तोउक्योउ: तोउ (पूर्व) + क्योउ (राजधानी)) बनाइयो। प्रारम्भिक आरम्भिक मेइजी कालमा, यस सहरलाई 'तोउकेइ'को नामले पनि चिनिन्थ्यो जुन चीनी भाषामा लेखिएको शब्दको लागि वैकल्पिक उच्चारण थियो । धेरै पुराना अङ्ग्रेजी किताबहरूमा अहिले पनि 'टोकेई' ('Tokei') लेकिएको छ तर अब यो प्रचलनमा छैन र 'टोकियो' शब्दलाई नै अब प्रयोग गरिन्छ ।

२३ विशेष वडाहरू

  • अदाची
  • अराकावा
  • बून्क्यो
  • चियोदा
  • चूओ
  • इडोगावा
  • इताबाशी
  • कात्सूशिका
  • किता
  • कोटो
  • मेगूरो
  • मिनातो
  • नाकानो
  • नेरिमा
  • ओटा
  • सेतागाया
  • शिबूया
  • शिनागावा
  • शिन्जूकू
  • सूगिनामी
  • सूमिदा
  • ताइटो
  • तोशिमा

जनसङ्ख्या

अक्टोबर २००७ सम्म, आधिकारिक अन्तर जनगणनीय अनुमानको आधारमा टोकियोमा करिब १.२७९ करोड मान्छे बसोबास गर्छन्, जसमध्ये ८६.५३ लाख टोकियोको २३ वार्डहरूमा बसोबास गर्ने गर्दछन् । दिउसोको समय यहाँको जनसङ्ख्यामा लगभग २५ लाखले वृद्धि हुन्छ, किनकि कामदार तथा विद्यार्थी आसपासको क्षेत्रदेखि टोकियोमा आउने गर्छन् । यो स्थिति तीन केन्द्रीय वार्डहरू चियोदा, चुओ र मिनातोमा बढी देखिन्छ, जसको २००५ को राष्ट्रीय जनगणनाको अनुसार सामूहिक जनसङ्ख्या, रात्रीको समय ३,२६,००० हुन्थ्यो र दिउँसोको समय बढेर २४ लाख सम्म पुग्थ्यो ।

समस्त प्रिफेक्चरमा २००७ मा १,२७,९०,००० (२३ वडाहरूमा ८६,५३,०००) निवासी थिए, जसमा दिउसो को समय ३० लाखले वृद्धि हुन्थ्यो । टोकियोको अहिलेसम्मको सर्वाधिक जनसङ्ख्या १९६५ को जनगणनामा थियो। त्यस समयमा २३ वार्डहरू को आधिकारिक जनसङ्ख्या ८८,९३,०९४ पुगेको थियो र १९९५को जनगणनामा यो संख्या घटेर ८० लाखभन्दा कम भएको थियो। तर त्यहादेखि मान्छे जग्गाको मुल्य घट्नाको कारणले सहरको भित्री भागमा बस्न थाले ।

२००५ सम्म, टोकियोमा रहने विदेशिहरूमा सबैभन्दा बढी जनसङ्ख्या चीनका नागरिकहरू (१,२३,६६१) को थियो, अनि कोरियाई (१,०६,६९७), फिलिपीनो (३१,०७७), अमेरिकी (१८,८४८), ब्रिटिश (७,६९६), ब्राजीलियाई (५,३००) र फ्रान्सीसी (३,०००) को थियो।

१८८९ को जनगणनाको तथ्य अनुसार टोकियोमा १३,८९,६०० मान्छे अभिलेख गरिएका थिए, जुन त्यस समय जापानमा सर्वाधिक थियो ।

शिक्षा

टोकियोमा धेरै विश्वविद्यालय, जुनियर कलेज तथा वोकेश्नल स्कुल छन् । जापानको धेरै नाम चलेका विश्वविद्यालयहरूमा कतिपय टोकियोमा पनि स्थित छ, जसमा टोकियो विश्वविद्यालय, हितोत्सूबाशी विश्वविद्यालय, टोकियो प्रौद्योगिकी संस्थान, वासीदा विश्वविद्यालय तथा कीओ विश्वविद्यालय पर्ने गर्दछन् । सर्वाधिक राष्ट्रिय विश्व विद्यालयहरू मध्ये टोकियोमा निम्नलिखित स्थित छन्:

  • ओचानोमिजू विश्वविद्यालय
  • वैद्युत-सञ्चार विश्वविद्यालय
  • टोकियो विश्वविद्यालय
  • टोकियो आयुर्विज्ञान तथा दन्त विश्वविद्यालय
  • टोकियो विदेशी शिक्षा विश्वविद्यालय
  • टोकियो समुद्री विज्ञान तथा प्रौद्योगिकी विश्वविद्यालय
  • टोकियो गाकूजेई विश्वविद्यालय
  • टोकियो कला विश्वविद्यालय
  • टोकियो प्रौद्योगिकी संस्थान
  • टोकियों कृषि एवँ प्रौद्योगिकी विश्वविद्यालय
  • हितोत्सूबाशी विश्वविद्यालय

पर्यटकीय स्थल

टोकियोको पर्यटकीय स्थलहरू निम्नलिखित छन्:

  • शाही महल
  • टोकियो टावर
  • असाकुसा श्राइन
  • मीजी जिन्गू श्राइन
  • अमेयोको
  • इन्द्रधनुषी पुल
  • तोशोगु मन्दिर
  • सूमो सङ्ग्रहालय
  • गिन्जा
  • नेशनल म्यूजियम अफ वेस्टर्न आर्ट

सहर दृश्यावली

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

टोकियो नामटोकियो २३ विशेष वडाहरूटोकियो जनसङ्ख्याटोकियो शिक्षाटोकियो पर्यटकीय स्थलटोकियो सहर दृश्यावलीटोकियो सन्दर्भ सामग्रीहरूटोकियो यो पनि हेर्नुहोस्टोकियो

🔥 Trending searches on Wiki नेपाली:

रारातालइजोरिया (उपन्यास)सामाजिक सञ्जालसगरमाथापाथीभरा देवी (ताप्लेजुङ)बाइसे राज्यहरूउदित नारायण झाह्वाट्सएपधर्म निरपेक्षताहिमाली प्रदेश (नेपाल)फिफासमयनेपालमा भ्रष्टाचारलोकगीतकमलरीदक्षिण अमेरिकास्नातक तहशाह वंशबाल्यावस्थापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीपर्यटनरेबिजबुटवल उपमहानगरपालिकाजङ्गलघले गाउँनेपालको जनआन्दोलन २०४६तथ्याङ्कनेपालमा भूकम्पको इतिहाससयौँ थुङ्गा फूलका हामीनेपालको सैन्य दर्जावनस्पतिकार्यपालिकागण्डकी प्रदेशनेपालका मल्ल राजाहरूको सूचीखाद्य सुरक्षादोलखा जिल्लानेपालका स्थानीय तहहरूतत्वक्यूआर कोडआविष्कारकहरूको सूचीभारतराष्ट्रिय स्वतन्त्र पार्टीवित्तीय विवरणहरूरुस-युक्रेन युद्धव्याकुल माइलापासाङ ल्हामु शेर्पानेपालमा भएका सडकहरूको सूचीबलभद्र कुँवरनेपाली चलचित्रदाहालअर्थ मन्त्रालय (नेपाल)कास्की जिल्लाशिवभीमसेन थापानेपालको प्रधानमन्त्रीदैवज्ञराज न्यौपानेगाउँ कार्यपालिकानेपालका सहरहरूको सूचीचट्याङकिराँत जातिकान्तिपुर राज्यगिर्जाघरकृषिनेपालका हिमालहरूको सूचीजलवायु परिवर्तनकावासोती नगरपालिकासांस्कृतिक लैङ्गिक पहिचानफेसबुकरौतहट जिल्लारोमानियाधर्मभक्त माथेमालिच्छवि कालदुबईकाठमाडौँनातासंयुक्त अरब इमिरेट्स🡆 More