तुर द फँस

तुद द फँस, (फ्रान्सेली: Tour de France) फ्रान्समा वार्षिक रूपमा आयोजना हुने एक बहु स्तरीय तथा ऐतिहासिक साइकल धावन वा र्‍याली प्रतियोगिता हो। यो युरोपका तीन प्रमुख साइकल धावन प्रतियोगिताहरूका साथ साथै ग्रान्द तुरको एक भाग पनि हो। ग्रान्द तुरमा समावेश प्रतियोगिताहरूमा यो स्पेनको बुयल्ता आ स्पान्या र इतालीको जिरो दि इतालिया भन्दा पनि धेरै धनराशि भएको प्रतियोगिता हो। यो २१ चरणको प्रतियोगिता हो। यस प्रतियोगितालाई विश्वको सबैभन्दा प्रतिष्ठित तथा सर्वाधिक गाह्रो साइकल र्‍याली प्रतियोगिताको रूपमा लिइन्छ।

तुर द फँस
तुर द फँस सन् २०२० तुर द फँस
तुर द फँस
प्रतियोगिता विवरण
मितिजुलाई
क्षेत्रफ्रान्स र वरिपरिका देशहरू
स्थानीय नाम(हरू)Tour de France (फ्रान्सेलीमा)
उपनाम(हरू)La Grande Boucle
मार्गसडक
प्रतिस्पर्धाउनियाँ सिकलिस्त इन्तरनाजोनल विश्व भ्रमण
प्रकारस्तर प्रतियोगिता (ग्रान्द तुर)
आयोजकआमअरी खेलकुद सङ्गठन
प्रतियोगिता निर्देशकक्रिस्तियन प्रुदोहम
वेब साइटwww.letour.fr Edit this at Wikidata
History
प्रथम संस्करण१ जुलाई १९०३; १२० वर्ष पहिले (१९०३-०७-01)
संस्करण१०६ (सन् २०१९ मा)
प्रथम विजेताफ्रान्स मरिस गारीँ
सर्वाधिक विजयीफ्रान्स जाक आँकतिल फ्रान्स
बेल्जियम एदि मेर्क्स बेल्जियम
फ्रान्स बेरनार इनो फ्रान्स
स्पेन मिगेल इन्दुरायन स्पेन
    (प्रत्येकको ५ उपाधि)
हालको विजेताकोलोम्बिया एगान बिर्नाल कोलम्बिया

लेकिप नामक समाचार पत्रको बिक्री बढाउनका लागि प्रतियोगिता पहिलो पटक सन् १९०३ मा आयोजना गरिएको थियो र हाल यसलाई आमअरी खेलकुद सङ्गठनले सञ्चालन गरिरहेका छ। सन् १९०३ मा यसको पहिलो संस्करणदेखि यस प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको छ भने यस प्रतियोगिता प्रथम र द्वितीय विश्व युद्धको बेला भने रोकिएको थियो। प्रतियोगिताको लोकप्रियता बढ्दै जाँदा प्रतियोगिताको क्षेत्र लम्बाइएको थियो जसका कारण यस प्रतियोगिता विश्व भरिनै लोकप्रिय बन्न पुगेको थियो। प्रारम्भिक चरणमा, ससहभागिता मुख्य रूपमा फ्रान्सेली क्षेत्रबाट विस्तार भएको थियो र यसको आयोजक संस्थाले विश्वभरिका साइकल धावकहरूलाई प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगितामा आमन्त्रण गर्न थालेको थियो। यो प्रतियोगिता, साइकल र्‍याली प्रतियोगिताको नियमनकारी निकाय उनियाँ सिकलिस्त इन्तरनासजोनल एक विश्व भ्रमण कार्यक्रम हो। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरू सामान्यतया आयोजकले आमन्त्रित गर्ने टोलीहरू बाहेक, उनियाँ सिकलिस्त इन्तरनासजोनलका विश्व टोलीहरू हुन्। यो हाल विश्वको सबैभन्दा ठूलो वार्षिक खेलकुद प्रतियोगिता हो। यसको समान महिलाहरूको प्रतियोगिता सन् १९८४ देखि २००९ सम्म विभिन्न नामले आयोजना गरिएको थियो।

परम्परागत रूपमा, यो प्रतियोगिता मुख्यतया जुलाई महिनामा आयोजना गरिन्छ। प्रतियोगिता सञ्चालन हुने मार्ग भने प्रत्येक वर्ष परिवर्तन हुन्छ, प्रतियोगिताको ढाँचा समय परीक्षणको रूपमा देखा पर्दछ। प्रतियोगिता पिरिनि र आल्प्सको पहाडी श्रृङ्खलाबाट भएर जान्छ र सामान्यतया पारीको सँज इलिजेमा समाप्त हुन्छ। तुर द फँसको आधुनिक संस्करणले २१ दिने लामो खण्ड र २३ दिने चरण र ३,५०० किलोमिटर वा २,२०० माइल क्षेत्र समावेश गर्दछ।प्रतियोगिता फ्रान्सको पहाडी क्षेत्रमा घडीको दिशा र धडीको दिशाको विपरीत घुम्दछ।

प्रतियोगितामा सामान्यतया २० र २२ टोली हुन्छन् जसमा प्रत्येक टोलीमा आठ सवारहरू हुन्छन्। सबै चरणहरू समय मै समाप्त हुने गर्दछ। सवारहरूको समय उनीहरूको अघिल्लो चरणको समयहरूको साथ सम्बन्धित हुन्छ। समयको आधारमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने सवारहरूले र पहेँलो पोशाक लगाउँदछन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

फ्रान्सेली भाषा

🔥 Trending searches on Wiki नेपाली:

नामनेपालको जनआन्दोलन २०६३मुख्य पृष्ठतराईपञ्चैबाजाॐ मणि पद्मे हूँचीनबडीमालिका नगरपालिकाकीर्तिपुर नगरपालिकानेपाल प्रहरीराष्ट्रिय गौरवका आयोजनानेपालका औद्योगिक क्षेत्रहरूको सुचीस्लमडग मिलियनेयरहिन्द महासागरनामकरण संस्कारनातानेपाल रेडक्रस सोसाइटीइलाम जिल्लानेपालको इतिहासश्रेष्ठशुक्लाफाँट राष्ट्रिय निकुञ्जभारद्वाज ऋषिहलोडाँफेबालश्रमनेपालका राजनीतिक दलहरूको सूचीसौर्यमण्डलगणितविक्रम सम्वत्नेपालका प्रधान सेनापतिहरूनमस्तेलैङ्गिक समानताखड्गप्रसाद ओलीगणतन्त्र दिवस (नेपाल)तारा तालनेपालका विश्वविद्यालयहरूको सूचीरारातालमल्ल वंशभक्ति थापाकिराँत धर्मवाच्य (व्याकरण)नेपाल प्रज्ञा प्रतिष्ठानखेलगुगलघोराही उपमहानगरपालिकारोकायाराजेश हमालसुनसरी जिल्लागोरखा दरबारब्रह्माण्डफेसबुकभानुभक्त आचार्यसञ्चारनेपालका अञ्चलहरूसंयुक्त राज्य अमेरिकाबनेपा नगरपालिकादोहोरो लेखा प्रणालीह्रस्व दीर्घ नियमपशुपतिनाथ मन्दिरस्थानीय कार्यपालिकादोलखा जिल्लाचितवन राष्ट्रिय निकुञ्जमहालेखा नियन्त्रकको कार्यालयनेपालको भूगोलझमक घिमिरेआविष्कारकहरूको सूचीभूगोलमानव अधिकारजनमत सङ्ग्रह, २०३७नेवारी भाषाब्राह्मणरवि लामिछानेधादिङ जिल्ला🡆 More