शिरीष

शिरीष अथवा कालो शिरीष खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा Minosa जातिको वनस्पति हो । नेपालका तराई भावर, चूरे, भित्रीमधेश र उष्ण पहाडी क्षेत्रमा ७/८ प्रजातिका शिरीष भेटिन्छन् । यसको वृक्ष मझौलादेखि निकै अग्लो (१०–१५ मिटर पनि) हुन सक्छ। शिरीषका पात मुलायम र उन्यूका पातझैँ असङ्ख्य स–साना पातहरूको संयुक्त पुञ्जमा सजिएको हुन्छ । फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरी लटरम्म हुन्छ । यी फूलको रङ जातअनुसार, गुलावी, प्याजी, फिका पहेँलो वा हल्का नीलो पनि हुन्छ; तर गाढा नीलो फूल भने कुनै पनि नेपाली रैथाने शिरीषमा फुल्दैन । टिप्नासाथ ओइलाएर जाने हुनाले शिरीषको फूल अति संवेदनशील वस्तुको प्रतीक मानिन्छ । अरू देव पूजामा प्रतिष्ठित भएपनि गणेशलाई यो फूल चल्दैन । दशैँ–तिहारको बेलादेखि शिरीषका पात झर्न थाल्छन् र फलहरू भने लामा–लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुण्डी बस्दछन् । रूखैबाट टिपेको कोसामा राम्रो बीउ हुन्छ । कुनै शिरीषको बीउ सय वर्ष पनि बाँच्न सक्छ । वसन्तको आगमनसँगै वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी दिने भएकोले चियावारीमा शिरीष रोप्ने चलन छ । कोसेवाली भएकोले शिरीषले हावाको नाइट्रोजन सोसेर माटोलाई मलिलो बनाउन सहयोग पनि गर्छ । यो ज्यादै गुनिलो वनस्पति हो ।

शिरीष
शिरीष
मुल्याङ्कन नगरिएका (आइयुसिएन ३.१)
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Fabales
कुल:
Fabaceae
वंश:
Albizia
प्रजाति:
A. lebbeck
वैज्ञानिक नाम
Albizia lebbeck
(L.) Benth.
पर्याय

Many, see text

सन्दर्भ सामग्रीहरू

अन्य सामग्री


Tags:

🔥 Trending searches on Wiki नेपाली:

रामायणनेपाल बैंकभारद्वाज ऋषिनेपाली सेनानेपालका जिल्लाहरूनेपालका सर्वोच्च आठ हिमालसुर्खेत जिल्लायान्देक्सआर्थिक विकासकतारबागमती प्रदेश सभाराजनीतिअलङ्कार (साहित्य)काँक्रे विहारनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाली परम्परागत नापका इकाईअवलोकनतराईयोगयुट्युबबजारशास्त्रनेपालको प्रधानन्यायाधीशनेपालका अञ्चलहरूदेशनेपालको अन्तरिम संविधान २०६३बंगलामुखी मन्दिरकाठमाडौँ जिल्लापृथ्वीनारायण शाहडाँफेनेपालमा कृषिगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाजङ्गबहादुर राणालैङ्गिक समानताभद्रपुर नगरपालिकाभिरिङ्गीस्थानीय व्यवस्थापिकानेपालको झन्डाजनमत सङ्ग्रहसल्यान जिल्लाएकल परिवारभूपि शेरचनकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)डिजिटल साक्षरताकूटनीतिच्याटजिपिटीनेपाली साहित्यको इतिहासलियोनेल मेसीनेपाल टेलिकमतिहारकोशी प्रदेशमहिनावारीआम निर्वाचन २०१५जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकैलाली जिल्लासमानुपातिक प्रतिनिधित्व प्रणालीवसन्तब्राह्मणबर्दिया जिल्लाजामनगर जिल्लागणतन्त्रविज्ञापनगौरीशङ्कर हिमालउपेन्द्र यादवबोक्सीनेपालको निसानछापसिन्दुरे जात्रा (नुवाकोट)नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लागिरिजाप्रसाद कोइरालामालारानी गाउँपालिकासुदूरपश्चिम प्रदेश सभाकानूनबागलुङ जिल्लाशिक्षानेपालका प्रधान सेनापतिहरूनेपालको राष्ट्रपतिमस्को🡆 More