यान्देक्स ब्राउजर

यान्देक्स ब्राउजर (रुसी: Яндекс.Браузер) बहुप्रतिष्ठित रूसी वेब खोजी निगम यान्देक्सद्वारा विकसित एक फ्रिवेर वेब ब्राउजर हो जसले ब्लिङ्क वेब ब्राउजर इञ्जिनको प्रयोग गर्दछ र यो क्रोमियम खुला स्रोत परियोजनामा आधारित छ। यो ब्राउजरले वेब पृष्ठको सुरक्षा यान्देक्स सुरक्षा प्रणाली मार्फत जाँच गर्दछ र डाउनलोड भइसकेका फाइलहरू क्यासपरस्काई एण्टि भाइरस मार्फत जाँच गर्दछ। याण्डेक्स ब्राउजर बेलारूसी, अङ्ग्रेजी, कजाखस्तानी, रूसी, टुर्की र युक्रेनी गरी ६ वटा भाषामा उपलब्ध छ।

यान्देक्स ब्राउजर
यान्देक्स ब्राउजर
विकासकर्ता(हरू)यान्देक्स
सुरुवाती जारी मिति१ अक्टोबर २०१२; ११ वर्ष पहिले (२०१२-१०-01)
प्रोग्रामिङ भाषासि++, जाभा स्क्रिप्ट
सञ्चालन प्रणाली
इञ्जिनब्लिङ्क
सुखाङ्ख्य मञ्चएआरएम, आइए-३२, एक्स८६-६४
आकार६० मेगाबाइट
उपलब्ध भाषाहरूबेलारूसी, अङ्ग्रेजी, कजाख, रूसी, टुर्की, युक्रेनी
विकासको स्थितिचालू
प्रकारWeb browser
सफ्टवेर अनुमति पत्रफ्रिवेर
वेबसाइटbrowser.yandex.com

यो वेब ब्राउजर ओपेरा सफ्टवेयरको टर्बो प्रविधि प्रयोग गरी सुस्त भएको इण्टरनेटको गतिलाई बढाउने काम गर्दछ।

यो ब्राउजरको आधिकारिक अनुप्रयोग विन्डोज, आइओएस, म्याक ओएस र एन्ड्रोइडमा उपलब्ध छ। अक्टोबर २०१४ मा लिनक्सको परीक्षण संस्करण पनि सार्वजनिक गरिएको थियो।

रूसमा हाल यान्देक्स गुगल खोजी मार्फत वेब खोजी प्रतिस्पर्धा झेलिरहेको छ। गुगल क्रोम रूसको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो जसले गुगल खोजीको प्रयोग गर्दछ जुन यसको प्रणालीमा पुनर्निर्धारित वेब खोजी इञ्जिन हो। जून २०१२ मा, मोजिला फायरफक्स, विश्वको तेस्रो सबैभन्दा लोकप्रिय वेब ब्राउजरले याण्डेक्स खोजीलाई हटाउँदै गुगल खोजी राख्नमा एक सम्झौता गरेको थियो। यान्देक्स ब्राउजरको स्मार्टबक्समा यान्देक्स खोजी पुनर्निर्धारित वेब ब्राउजर हुन्छ जसले गर्दा यान्देक्सलाई रूसी बजारमा गुगलसँग प्रतिस्पर्धा गर्न सहज बनाएको छ।

फरक विशेषताहरू

याण्डेक्स ब्राउजरका फरक विशेषताहरू यस प्रकारका छन्:

१) यान्देक्स ब्राउजरमा, विन्डोज ८ जस्तै अन्तरखुख साथ फरक "नयाँ ट्याब" पर्दा र लोकप्रिय सेवाहरूको लागि विशेष विजेट (जस्तै, जीमेल, नपढेका सन्देशहरूको सङ्ख्या देखाउँने) जस्ता दुईवटा उत्तम सुविधा रहेका छन्।

२) एकीकृत किबोर्ड नमूना, शब्द साट्ने सुबिधा: उदाहरणको लागि यदि प्रयोगकर्ताले जि-मेल डटकम प्रयोग गर्दछ र रूसी भाषामा "пьф" लेखेर प्रविष्ट थिच्यो भने उक्त प्रयोगकर्ता सिधै जिमेल डटकममा निर्देशित हुन्छन्।

सुरक्षा

वाइफाई सुरक्षा

खुला वाइफाई वा डब्ल्यूइपी सुरक्षा कमजोर भएको सञ्जालमा जब हामी जोडिन्छौ याण्डेक्स ब्राउजरले स्वचलित रूपमा आफु र एचटिटिपी साइटहरूमा ट्राफिकको गुप्तिकरण गर्दछ।

बजार साझेदारी

लाइभ इण्टरनेटको विश्लेषण अनुसार, यान्देक्स ब्राउजर यसको सार्वजनिकको दुई महिना पश्चात् २.३% बजार ढाकेको थियो भने मार्च २०१९ मा कम्प्युटरहरूमा यसको बजार साझेदारी १४.८६% र मोबाइल उपकरणहरूमा ८.५४% पुगेको थियो। यान्देक्स ब्राउजर रूस तथा रूस वरिपरिका देशहरूमा लोकप्रिय छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

यान्देक्स ब्राउजर फरक विशेषताहरूयान्देक्स ब्राउजर सुरक्षायान्देक्स ब्राउजर बजार साझेदारीयान्देक्स ब्राउजर सन्दर्भ सामग्रीहरूयान्देक्स ब्राउजर बाह्य कडीहरूयान्देक्स ब्राउजरयान्देक्सरुसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

दक्षिण अमेरिकागौतम बुद्धस्पेनपहाडी प्रदेश (नेपाल)व्यवस्थापन सूचना प्रणालीटिकापुर काण्डशब्दकोशक्षेत्रीमनुस्मृतिव्यापारगुरुप्रसाद मैनालीक्षेत्रफलअन्तिम संस्कारस्थानीय तह निर्वाचन, २०७९मकवानपुर जिल्लागोविन्द बहादुर मल्लनेपालमा पर्यटनस्वर्गद्वारीनेपाली रुपैयाँउद्योगगणेशनेपालका राष्ट्रिय विभूतिहरूहैदराबादबलरेसम किराचराविराटनगर महानगरपालिकाजङ्गबहादुर राणालोकबाजाआउँराई जातिपरेवाप्रेमगीत ३एलन मस्कस्नातक तहहुलाक टिकटनेपाल प्रजा परिषद्नविकरणीय उर्जारुसराष्ट्रिय स्वतन्त्र पार्टीत्रिभुवन विश्वविद्यालयसूर्यकरारमकैदेशान्तरआलुनेपाली कांग्रेसमानव अधिकार दिवसकुखुरा पालनझलकमान गन्धर्वप्राइभेट लिमिटेड कम्पनीजिल्ला सभासंस्कारनवलपरासी जिल्लाकविताकथानकसञ्चारहिन्दु धर्मको इतिहासलोक सेवा आयोग (नेपाल)नेपालका वनस्पतिहरूजङ्गलमहाकाली सन्धिपूर्णबहादुर खड्कापशु पालनसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूलेनिनवादमुद्राकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)नेपालका राष्ट्रिय चिन्हहरूसदर चिडियाखाना, नेपालकुकुरसती प्रथानयनसिंह थापानेपाली चलचित्रहरूको सूचीसिराहा जिल्लानेपाली सेनासेयरफूल🡆 More