सिराहा जिल्ला

सिराहा जिल्ला नेपालको प्रदेश नम्बर-२ सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, ६(छ) वटा नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ६ (छ)वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

सिराहा जिल्ला

नामाङ्कन

  • सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिका हो । यस स्थानको नाम ”सिरहा” रहेको सम्वन्धमा विभिन्न किंबदन्ती तथा भनाईहरू रहेका छन् ।
  • धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभ्रं भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ ।
  • राजा सलहेसले सबैलाई साथीको ब्यवहार गर्ने गरेकोले यही अंग्रेजी भाषाबाट यस सल्हेस क्षेत्रलाई सिराहा भनिएको हो कि भन्ने अनुमान यस ठाँउका बौद्धिक वर्गले गरेका छन् ।
  • यस्तै अर्को किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको भन्ने भनाई पनि रहेको छ ।

इतिहास

वि.सं. २०१८ सालमा नेपाल अधिराज्यको ३४ जिल्लाहरूलाई ७५ जिल्लामा बिभाजन गर्दा सम्म सिरहा जिल्लाको वर्तमान क्षेत्र सप्तरी जिल्लामा पर्दथ्यो । एकीकरण पूर्व बाइसेचौबिसे राज्यहरु जस्तै यस भेगका राजा कर्ण सेन थिए । यस राज्यको सिमाना पश्चिम कमला नदी देखि पूर्वमा कोशी नदी सम्म थियो, जसलाई चौदण्डी (उदयपुर गढी) भनिने गर्दथ्यो । नेपाल अधिराज्यकै दोश्रो विद्यालयको रूपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए, जुन अहिले चन्द्र माध्यमिक विद्यालयको नामबाट निरन्तर रूपमा माध्यामिक तहको शिक्षा उपलव्ध गराउँदै आएको छ । वि.सं. २०५३ सालमा नजिकैका ५ वटा गा.वि.स.हरु सिरहा, मखनाहा, मानपुर, बसविट्टा र ठेंगही मिलाई यस नगरपालिकाको स्थापना भएको हो । यसलाई ९ वडामा विभाजन गरिएको छ । साविकको सिरहा गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा १, २, ७ र ८, मखनाहा गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा नंं. ३ र वडा नंं. ४ को केही भाग, मानपुर गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा नं. ४ को केही भाग र वडा नं.  ५, बसविट्टा गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं.  ६ तथा ठेंगही गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं.  ९ बनाएको छ । महेन्द्र राजमार्गको चोहर्वाबाट यो न.पा. १८ कि.मी. दक्षिणको दूरीमा रहेको छ, जुन कालोपत्र गरिएको सडक छ । महेन्द्र राजमार्गको मिर्चयाबाट सिरहा जोडने सडक ग्राभेल गरिएको छ । त्यस्तै हुलाकी सडक यस न.पा. को वीचबाट हुदै धनुषासप्तरी जिल्ला छोएको छ भने दक्षिणी सिमानाबाट भारतको विहार राज्य ३ कि.मी. दुरीमा रहेको छ ।

भौगालिक अवस्था

  • जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर
  • अक्षांश: २६ डिग्री ३३" देखि २६ डिग्री ५५" उत्तर
  • देशान्तरः ८६ डिग्री ६" देखि ८६ डिग्री २६" पूर्व
  • उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म।
  • औषत लम्बाई: ४२.४ किलोमिटर
  • जिल्ला सदरमुकाम: सिराहा नगरपालिका

नदीनाला

प्रमुख नदीनालाहरूमा कमला, घुर्मी, बलान, मैनवती, खुट्टी, गागन, सर्रे, सहजा, बतहा, जिवा, भेडवा र केही खोलाहरू।

व्यापारिक महत्त्वका स्थानहरू

लाहान, सिराहा, माडर, सारस्वर, कल्याणपुर, सुखीपुर, मिर्चैया, गोलबजार, चोहर्वा, धनगडी आदि यस जिल्लाका प्रमुख व्यापारीक महत्त्वका स्थानहरू हुन।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

बाह्य कडीहरू

Tags:

सिराहा जिल्ला नामाङ्कनसिराहा जिल्ला इतिहाससिराहा जिल्ला भौगालिक अवस्थासिराहा जिल्ला नदीनालासिराहा जिल्ला व्यापारिक महत्त्वका स्थानहरूसिराहा जिल्ला सन्दर्भ सामग्रीहरूसिराहा जिल्ला यो पनि हेर्नुहोससिराहा जिल्ला बाह्य कडीहरूसिराहा जिल्लाउदयपुर जिल्लाकमला नदीधनुषा जिल्लानेपालप्रदेशबिहारभारतसगरमाथा अञ्चलसप्तरी जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

स्वर्गद्वारीलियोनेल मेसीराणा शासननेपालका हिमालहरूको सूचीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसुसाङ्ख्यदसैँनेपालका प्रमुख नदीहरूको सूचीआँखापूर्वी रुकुम जिल्लाहनुमानबालकृष्ण समभानु नगरपालिकाबालेन शाहदुर्गा प्रसाईबैतडी जिल्लागाउँ सभारुपन्देही जिल्लाज्योतिषमुद्रादादुराहरितगृह प्रभावनगर सभाएलन मस्कनेपालका प्रधान सेनापतिहरूमहागुरु फाल्गुनन्दमहासागरसमानुपातिक प्रतिनिधित्व प्रणालीविश्वव्यापीकरणवडा समिति (नेपाल)इलाम २ (निर्वाचन क्षेत्र)रारातालम्याग्दी जिल्लासुनभारद्वाज गोत्रभानुभक्त आचार्यउद्योगसिन्धुली जिल्लाशिवमकैनेपालमा महिला अधिकारगोसाइँकुण्डबङ्गलादेशनामपूर्वीय चिन्तन परम्परापाल्पा जिल्लादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसार्वजनिक प्रशासनभीमनिधि तिवारीभरतपुर महानगरपालिकानिर्वाचनवित्तीय विवरणहरूउखान-टुक्कापुष्पकमल दाहालस्नातक तहधीरेन्द्र प्रेमर्षिभ्रातृत्वब्राह्मणकोशी टप्पु वन्यजन्तु आरक्ष२०२४ इन्डियन प्रिमियर लिगमानव विकास सूचकाङ्कफूलपञ्चैबाजाकीर्तिपुर नगरपालिकासंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारधनगढी उपमहानगरपालिकामुलुकी देवानी संहिताअन्तर्राष्ट्रिय तिथि रेखासूचना प्रविधितत्समप्रदेश प्रमुख (नेपाल)नेपालका दलित वर्गमा पर्ने थरहरूसंयुक्त राज्य अमेरिकाविश्व व्यापार सङ्गठनअङ्कोरवाटमार्क्सवाद🡆 More