सेयर

कम्पनीको पूँजि वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरूलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजिको विभाजीत इकाइको दस्तावेजलाई शेयर (अङ्ग्रेजी: share) भनिन्छ । कम्पनीको लागि पूँजि जम्मा गर्नको लागि शेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयरधनी विच करार हुने गर्दछ ।

शेयरमा लगानी गरे वापत शेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो । 

शेयरको प्रकार

अग्राधिकार शेयर

संस्थाले निष्काशन गरेको शेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर वा संस्थापक शेयर भनिन्छ । अग्राधिकार शेयरमा शेयरपूँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ ।

कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरूले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैङ्क वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरूले ३० करोड हाल्ने, ३० करोड बैङ्कबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरूले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो शेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ । 

साधारण शेयर

कम्पनीमा हुने अग्राधिकार सेयर भन्दा बाहेकको सेयरलाई साधारण शेयर भनिन्छ । यस प्रकारको शेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस शेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ ।

संस्थापकहरूले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको शेयर हो ।

नेपाल

सामान्यतया १ कित्ता शेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई १० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो ।

शेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको शेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । 

बोनस शेयर

कम्पनीको विद्यमान सेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने शेयर लाई बोनस शेयर (अङ्ग्रेजी: Bonus Share) भनिन्छ । यस्तो शेयर कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 

सन्दर्भ सामग्रीहरू

थप हेर्नुहोस्

Tags:

सेयर शेयरको प्रकारसेयर बोनस शेयरसेयर सन्दर्भ सामग्रीहरूसेयर थप हेर्नुहोस्सेयरअङ्ग्रेजी भाषालगानीकर्ता

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राष्ट्रिय विभूतिहरूमाधवप्रसाद घिमिरे (साहित्यकार)रवि लामिछानेबद्री पङ्गेनीनेपालको राष्ट्रपतिलुम्बिनी प्रदेशइटहरी उपमहानगरपालिकाक्रिस्टियानो रोनाल्डोसिद्धबाबा मन्दिरनेपाली सेनानेपाली रुपैयाँबीमालाली गुराँसनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८गौरी (शोककाव्य)टिकटककेरामिडियाविकीनेपालका मल्ल राजाहरूको सूचीकुकुरअन्तर्राष्ट्रिय श्रमिक दिवसमुख्यमन्त्री (नेपाल)धनुषा जिल्लाबहुदलीय प्रणालीभक्तपुर नगरपालिकागण्डकी नदीमुद्रानेपाली चलचित्रहरूको सूचीमधेश प्रदेशसामाजिक सञ्जालकोशी प्रदेशकुशेश्वर महादेव मन्दिरमाध्यमिक विद्यालयमन्दिरकार्यपालिकाब्लगगणतन्त्र दिवस (नेपाल)थेरवादप्रदेश प्रमुख (नेपाल)गजकेशरी योगविराटनगर महानगरपालिकाबेलयोगमाया न्यौपानेनेपाल प्रहरीबैजनीपहिलो विश्वयुद्धनवौँ राष्ट्रिय खेलकुद २०७९सन्दुक रुइतनेपालको प्रधानमन्त्रीबुटवल उपमहानगरपालिकाबासठ्ठीहरणस्नातक तहऔद्योगिक क्रान्तिजैविक विविधतानेपाल अङ्ग्रेज युद्धदोलखा जिल्लाविश्व स्वास्थ्य सङ्गठनविद्युतदशरथ चन्दनामआन्ध्र महासागरभित्री मधेशसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूअन्तर्राष्ट्रिय नारी दिवससुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४नेपाल समाजवादी पार्टीनेपालमा महिलाको अवस्थानेपालमा शिक्षानेपाली व्याकरणजङ्गलउत्तर अमेरिकामदन भण्डारीपृथ्वीनारायण शाहअक्षांशगोकर्णेश्वर मन्दिरबहादुर शाहसङ्खुवासभा जिल्ला🡆 More