आउँ

आउँ, मासी वा रगतमासी भन्नाले आन्द्रा सुन्निएर रगतसहितको पातलो दिसा लागेको अवस्थालाई बुझिन्छ। यसका साथै ज्वरो आउने, पेट दुख्ने तथा दिसा गर्ने बेलामा पूरै दिसा ननिस्किएको जस्तो महशुस हुने (रेक्टल टेनेस्मस) जस्ता लक्षणहरू देखा पर्छन्। यो रोग ब्याक्टेरिया, भाइरस, परजीवी कीराहरू वा प्रोटोजोआ आदिका कारणले हुने विभिन्न किसिमका सङ्क्रमणका कारणले हुने गर्दछ। यो रोग आमाशय र आन्द्रा सुन्निएर हुने रोगहरू (ग्यास्ट्रोएन्टेराइटिस) मध्येको एक हो। आन्द्रामा (विशेष गरी ठूलो आन्द्राको कोलोनमा) सङ्क्रमण भइ सुन्निएर हुने समस्याले गर्दा आउँ लाग्ने गर्दछ।

आउँ

विकसित देशहरूमा प्रायजसो ब्याक्टेरियाका कारणले हुने आउँ (ब्यासिलरी डिसेन्ट्री) लाग्ने गर्दछ। साधारणतया हल्का पेट दुख्ने र तारन्तार दिसा वा पखाला लाग्ने जस्ता लक्षण देखिने ब्यासिलरी डिसेन्ट्री मन्द खालको बिमारी हो। प्रायजसो सङ्क्रमणको एकदेखि तीन दिनपछि देखा पर्ने लक्षणहरू एक हप्ताभन्दा बढी रहँदैनन्। दिसा लाग्ने बारम्बारता, पातलो दिसाको मात्रा तथा दिसामा मासी (सिँगान जस्तो पदार्थ), पिप र रगतको मात्रा रोग लगाउने कीटाणुको प्रकारमा निर्भर गर्दछ। अस्थायी रूपमा दुधजन्य पदार्थ पचाउन नसकिने (ल्याक्टोज इन्टोलरेन्स) देखा पर्नसक्छ। केही बिरामीहरूमा पेट एकदमै दुख्ने, ज्वरो, रक्तचाप घटेर मुर्छा पर्ने (सक) तथा बेचैनी, भ्रम (डिलिरिअम) जस्ता लक्षणहरू देखिन्छन्।

सामान्यतया रगत नदेखिने तर सिँगान जस्तो पदार्थ (मासी) दिसामा देखिने किसिमको आउँ (अमिबिक डिसेन्ट्री) पिउने पानीमा अमिबा जस्ता एककोषीय परजीवीले दुषित पारेमा बढी देखिन्छ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

विद्यालयनेपालमा कृषिमोरङ जिल्लानेपाल रेडक्रस सोसाइटीदासप्रथासाहित्यइस्वी सम्वत्मकालु-बरूण राष्ट्रिय निकुञ्जनेपालका प्रधान सेनापतिहरूचैते दसैँकोरियाली भाषाइसाई धर्मजनसङ्ख्या नीतिहिन्दु धर्मको इतिहासनेपाली सेनासगरमाथाशक्ति पृथकीकरणनेपालको सैन्य दर्जाहनुमान चालीसाआँकधर्मउत्प्रेरणाहुलाक टिकटनेपालऊर्जाविश्व व्यापार सङ्गठनफलाममुख्य पृष्ठखेलजानकी मन्दिरस्थानीय तहनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)देवनागरी लिपिविदेश नीतिभानुभक्त आचार्यदुर्गानन्द झादोषी चश्मा (कथा)मार्क्सवादभीमसेन थापाशार्दूलविक्रीडित छन्दनेपालका जातिहरूमहाशिवरात्रिचितवन राष्ट्रिय निकुञ्जनेपालको जनआन्दोलन २०६३श्रीराम अवतारआन्तरिक राजस्व विभाग (नेपाल)पूर्वीय दर्शनअस्ट्रेलियानेपाल-भारत सम्बन्धबाल अधिकारअङ्कोरवाटबालकृष्ण समवास्तुशास्त्रनेपालमा पाइने चराहरूको सूचीकञ्चनपुर जिल्लाकबड्डीक्रान्तिकार्यपालिकानेपाली शब्दसागरचाडपर्वविकिमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८दाइजोनेपालको पहिलो संविधान सभाछालाचन्द्र शमशेर जङ्गबहादुर राणाछाउपडीस्नातक तहमनकामना मन्दिरवैदेशिक रोजगारनेपालका राष्ट्रिय चिन्हहरूलेखा प्रणालीपशुपति क्षेत्र विकास कोषमारुनी नाचभरतपुर महानगरपालिकाबाल्यावस्था🡆 More