भोल्गा

भोल्गा ( /ˈvɒlɡə, ˈvoʊlɡə/ ; रुसी: Во́лга link=| यो आवाजको बारेमा ) युरोपको सबैभन्दा लामो नदी हो। मध्य रूस देखि दक्षिण रुस हुँदै क्यासपियन समुद्रमा बग्ने यो नदिको लम्बाई ३,५३१ किमी (२,१९४ माइल) छ र यसको जलग्रहण क्षेत्र १३,६०,००० किमी२ (५,३०,००० वर्ग माइल) ओगटेको छ।

यो बहाव र जलाधार क्षेत्रको आधारमा पनि युरोपको सबैभन्दा ठूलो नदी हो। भोल्गा नदीलाई व्यापक रूपमा रूसको राष्ट्रिय नदीको रूपमा मानिन्छ। यसको भौगोलिक अवस्थाका कारण भोल्गाले पूर्वी र पश्चिम (एशियादेखि युरोप) बीच र साथसाथै दक्षिण र उत्तर बीचको आवागमनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। पुरानो रूसी राज्य, रूस 'खगनाट, भोल्गा नदीको वरिपरि विकसित भएको थियो। ऐतिहासिक रूपमा, यो युरेसियन सभ्यताको महत्वपूर्ण मिलनबिन्दु थियो।

यो नदी रूसमा जङ्गल, स्टेप्पहरू र स्टेप्प घाँसे मैदानहरू हुँदै बग्दछ । राजधानी मस्को सहित रसियाका बीस ठूला शहरहरू मध्ये ११ वटा शहरहरू भोल्गाको जलाधार/ सिंचित क्षेत्रमा अवस्थित छन्।

संसारका केही ठूला जलाशयहरू भोल्गाको आसपासमा अवस्थित छन्। रूसी संस्कृतिमा यो नदीको एक प्रतीकात्मक अर्थ छ र अक्सर रूपमा रूसी साहित्य र भोल्गालाई लोकगीत Волга-матушка भोल्गा-मतुस्का (भोल्गा माता)को रुपमा उल्लेख गरिन्छ।

Large river ending in triangular delta into sea, seen from above the atmosphere
भोल्गा डेल्टाको उपग्रह दृश्य

वर्णन

भोल्गा युरोपको सबैभन्दा लामो नदी हो, र यसको जलग्रहण क्षेत्र लगभग पूर्ण रूपमा रूस भित्र छ, जबकि रूसको सबैभन्दा लामो नदी ओब - इरतिश नदी प्रणाली हो। यो क्यासपियन सागरको बेसिनमा पर्छ, बन्द खोलामा बग्ने सबैभन्दा लामो नदी भएकोले। समुद्री सतहबाट २२५ मिटर (७३८ फिट) माथि वाल्दाई हिल्स, मास्कोको पश्चिमोत्तर र सेन्ट पीटर्सबर्गको करिब ३२० किलोमिटर (२०० माइल) दक्षिणपूर्व, मा उत्पत्ति भएर भोल्गा पूर्वतर्फ स्टर्ज ताल, टभेर, डुबना, राइबिन्स्क, यारोस्लाभल, निजनी नोभगोरोड र काजानको पूर्वतिर जान्छ। त्यहाँबाट यो दक्षिणतिर फर्कन्छ, उल्यानोवस्क, टोल्याट्टी, सामारा, सेराटोभ र भोल्गोग्राड हुँदै बग्छ र समुन्द्री सतहभन्दा २८ मिटर (९२ फिट) मुनी अस्ट्रखानको मुनि क्यास्पियन सागरमा निकास हुन्छ। यसको सबै भन्दा रणनीतिक बिन्दुमा, यो डन (ठूलो मोड) तिर मोडिन्छ )। भोल्गोग्राड, पहिले स्टालिनग्राद, त्यहाँ अवस्थित छ।

भोल्गाले पश्चिमी रूसको अधिकांश भाग सिंचित गर्छ । यसका धेरै ठूला जलाशयहरूले सिंचाइ र जलविद्युत उर्जा प्रदान गर्दछ। मस्को क्यानाल, भोल्गा – डोन नहर, र भोल्गा बाल्टिक जलमार्गले मस्कोलाई सेतो सागर, बाल्टिक सागर, क्यास्परियन सागर, आजोभको समुद्री किनार र कृष्ण समुद्रसंग जोड्ने समुद्री जलमार्ग बनेको छ । उच्च स्तरको रासायनिक प्रदूषणले नदी र यसका वासस्थानमा प्रतिकूल असर गरेको छ।

उर्वरा नदी उपत्यकाले गहुँको ठूलो मात्रामा उत्पादन हुन्छ, र यसमा धेरै खनिज सम्पत्तिहरू पनि छन्। भोलगा उपत्यकामा पर्याप्त पेट्रोलियम उद्योग केन्द्रहरू केन्द्रित छन् । अन्य स्रोतहरूमा प्राकृतिक ग्यास, नुन, र पोटाश सामेल छन् । भोल्गा डेल्टा र क्यास्परियन समुद्री माछा मार्ने मैदानहरू हुन्। अस्ट्रखान, डेल्टामा, क्याभियार उद्योगको केन्द्र हो।

परिबहन/ नेभिगेसन

स्याटेलाइट तस्बिर

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

भोल्गा वर्णनभोल्गा परिबहन नेभिगेसनभोल्गा स्याटेलाइट तस्बिरभोल्गा यो पनि हेर्नुहोस्भोल्गा सन्दर्भभोल्गाकश्यप सागरमद्दत:IPA/Englishयुरोपरुसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

किम्बुअङ्ग्रेजी भाषाशिरुवा पर्वविप्रेषणविष्णुबीमाकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)db2esबाइसे राज्यहरूकर्जानेपालको निसानछापत्रिभुवन विश्वविद्यालयजाभासिंहदरबारपरिवारअष्ट चिरञ्जीवीफेसबुक२०२० नेपालमा कोरोनाभाइरस महामारीविद्युतगोरखा जिल्लाआयुर्वेदलेखनाथ पौड्यालगर्भपतनह्रस्व दीर्घ नियमचन्द्रमासुनआमासामुदायिक वनशार्दूलविक्रीडित छन्दवाच्य (व्याकरण)गाउँ सभासती प्रथाडेउडा गीतभाषाचितवन राष्ट्रिय निकुञ्जराणा वंशअनुराधा कोइरालाजाजरकोट जिल्लाबालकृष्ण समदेवनागरी सङ्ख्या पद्धतिनेपाल राष्ट्र बैङ्कइन्डियन प्रिमियर लिगगजलहावापानीमष्टो देवताथारू जातिविश्व सम्पदा क्षेत्रबौद्धिक सम्पत्तिदिल्ली सम्झौतासम्भोगशेर्पा जातिस्थानीय व्यवस्थापिकाचार्वाक दर्शनशुक्रग्रहराई जातिसिन्धु गङ्गा मैदानकार्यपालिकानेपाल प्रहरीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालका तालहरूको सूचीमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीमार्क्सवादवनस्पतिविवाहनेपालका बीमा कम्पनीहरूको सूचीप्रकाश सपुतराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मधेश प्रदेशनेपालका जातिहरूनेपालका संरक्षित क्षेत्रहरूको सूचीऐँसेलुअगमसिंह गिरीनागरिक उन्मुक्ति पार्टी🡆 More