चलचित्र द डार्क नाइट

द डार्क नाइट (अङ्ग्रेजी: The Dark Night) क्रिस्टोफर नोलनद्वारा निर्देशित, निर्माण र सह-लिखित सन् २००८ को एक सुपरहिरो चलचित्र हो। डिसी कमिक्स चरित्र ब्याटम्यानमा आधारित, चलचित्र नोलनको 'द डार्क नाइट ट्रिलोजी'को दोस्रो भाग हो भने यो सन् २००५ को 'ब्याटम्यान बिगिन्स'को उत्तरकथा हो, जसमा क्रिस्टियन बेल, माइकल केन, हिथ लेजर, गेरी ओल्डमन, एरन एकहार्ट, म्याग्गी जिलेनहाल र मोर्गन फ्रिम्यानले अभिनय गरेका छन्। चलचित्रमा ब्रुस वेन / ब्याटम्यान (बेल), पुलिस लेफ्टिनेन्ट जेम्स गोर्डन (ओल्डमन) र जिल्ला अटर्नी हार्वे डेन्ट (एकहार्ट) गोथम शहरमा सङ्गठित अपराध उन्मूलन गर्न एक गठबन्धन गठन गर्छन्, तर जोकर (लेजर) भनेर चिनिने एक अराजकतावादी मास्टरमाइन्डले धम्की दिन्छन्, जसले ब्याटम्यानको प्रभावलाई कमजोर पार्दछ र शहरलाई अराजकतामा पार्दछ।

द डार्क नाइट
The Dark Knight
चलचित्र द डार्क नाइट
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकक्रिस्टोफर नोलन
पटकथा
  • जोनाथन नोलन
  • क्रिस्टोफर नोलन
कथा
  • क्रिस्टोफर नोलन
  • डेभिड एस गोयर
आधारितCharacters appearing in comic books published
लेखक: DC Comics
निर्माता
  • एमा थोमस
  • चार्ल्स रोभन
  • क्रिस्टोफर नोलन
मुख्य कलाकार
छायाङ्कनवाली फिस्टर
सम्पादनलिि स्मिथ
सङ्गीत
  • हान्स जिमर
  • जेम्स न्युटन हावर्ड
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
  • १४ जुलाई २००८ (2008-07-14) (न्यु योर्क सहर)
  • १८ जुलाई २००८ (2008-07-18) (संयुक्त राज्य अमेरिका)
  • २५ जुलाई २००८ (2008-07-25) (संयुक्त अधिराज्य)
अवधि
१५२ मिनेट
राष्ट्र
  • संयुक्त राज्य अमेरिका
  • संयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
बजेट$१८५ मिलियन
बक्स अफिस$१.००५ बिलियन

जुलाई १८, २००८ मा प्रदर्शित भएपछि, 'द डार्क नाइट'ले महत्त्वपूर्ण आलोचनात्मक र व्यावसायिक सफलता हासिल गरेको थियो। विश्वव्यापी १ अर्ब डलरभन्दा बढीको आम्दानीको साथमा, यो २००८ को सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो र अहिलेसम्मको ४६औं सर्वाधिक कमाई गर्ने चलचित्र हो, जुन मुद्रास्फीतिको लागि अनुपयुक्त छ (प्रदर्शनको समयमा चौथो); यसले १५८ मिलियन डलरको साथ सबैभन्दा बढी कमाउने घरेलु उद्घाटनको कीर्तिमान पनि स्थापित गरेको थियो, जुन तीन वर्ष सम्म आयोजित गरिएको थियो। ८१औं एकेडेमी पुरस्कारमा, चलचित्रले आठ नामाङ्कनहरू प्राप्त गरेको थियो; यसले सर्वश्रेष्ठ ध्वनि सम्पादन पुरस्कार जितेको थियो र लेजरलाई मरणोत्तर सर्वश्रेष्ठ सहायक अभिनेताबाट सम्मानित गरिएको थियो। 'द डार्क नाइट'लाई यसको दशकको सर्वश्रेष्ठ चलचित्रहरू मध्ये एक र अहिलेसम्म निर्मित एक सबैभन्दा राम्रो सुपरहिरो चलचित्र मानिन्छ। ट्रिलोजीको अन्तिम चलचित्र 'द डार्क नाइट राइजेज' जुलाई २०, २०१२ मा प्रदर्शित भएको थियो।

कथानक

नकाबधारी लुटेराको समुह गोथम शहरको बैंक लुट्छन र बैंक लुटे पछि एक अर्कालाई मार्छन्। अन्तिम लुटेरा बाच्नु भन्दा पहिले, असली 'जोकर' सबैलाई मारेर लुटेको सबै पैसा लिएर फरार हुन्छ।

डिस्ट्रिक अटर्नी (न्यायधिवक्ता), हार्वी डेन्ट शहरलाई यस सङ्गठित अपराध मुक्त गर्नको लागि एक अभियानको अगुवाई गर्छन्, ताकी नागरिकहरू सुरक्षितपूर्वक जिउन सकुन्। पुलिस गोर्डन मार्फत, उनी ब्याटम्यानलाई पनि साझेदार बन्न आग्रह गर्छन्। गार्डन त्यो पाँच बैंकको नाम दिएर सर्च वारेन्ट जारी गर्छन्, जुहाँ माफियासँग गुप्त करार हुन्छ। त्यहीबेला वेयन इन्टरप्राइजेजका सि.इ.ओ लुसियास फक्स, चिनियाँ अकाउन्टेन्ट लाउको आधिकारिक रेकर्डमा सन्देह हुनाले उनको सम्झौता रद्द गर्छन्। ब्रुस वेयन "डिस्ट्रिक अटर्नी"लाई आगामी चुनावको लागि फन्डरेजेर दिने कुरा गर्छन्।

माफिया साल मरोनी, ग्याम्बल र चेचेन भिडियो कन्फरेन्सबाट लाउ सँग उनको उसको बैंकिङ फन्ड लैजाने र हङकङ फरार हुने सम्बन्धित कुरा गर्छन्। यसै बेला जोकर मिटिङमा हस्तक्षेप गर्छन्, र भन्छन् कि ब्याटम्यानको कुनै सिमितता छैन र लाउलाई जसरी पनि समाउनेछन्। त्यसकारण राम्रोको लागि जोकर ब्याटम्यानलाई मार्ने र त्यसको बदलामा सबै पैसाको आधा हिस्साको माग गर्छन्। जोकरको अनुचित मागबाट रिसाएका ग्याम्बल जोकरलाई मार्ने सुपारी दिन्छन् तर आखिरीमा ऊ जोकरबाट नै मरिन्छ। र माफिया पनि जोकरको मद्दत लिने निर्णय गर्छन्।

ब्याटम्यान हङ्कङ गएर लाउलाई समाउछन् र गोथम फिर्ता ल्याएर पुलिसलाई बुझाउँछन्। लाउद्वारा माफियाको विरुद्ध वयान दिएपछी डेन्ट ती ५४९ अपराधीलाई हिरासत मा पुराउँछन्। त्यसै दिन जोकर टिभीमा धम्की दिन्छन कि यदि ब्याटम्यानले आफ्नो असली पहिचान नबताए ऊ मानिसको ज्यान लिनेछन् र यो क्रम ब्याटम्यानले आफ्नो पहिचान नखुलाएस सम्म जारी रहने बताउँछन्। जोकर आफ्नो योजना अनुसार हार्बी डेन्ट, कमिश्नर लोयेब र न्यायाधीश सुरिलो, जसले माफिया बिरुद्दको मुद्धा सुनुवाई गरेका थिए,को ज्यान लिने सुपारी दिन्छन्। कमिश्नर लोयेब र जज सुरिलोको हत्या हुन्छ तर डेन्टको हत्या प्रयास ब्याटम्यानले असफल गरी दिन्छन्। जोकर आफ्नो अर्को योजनामा मेयर एन्थोनी गार्सियाको हत्या गर्ने बनाउँछन्। तर गार्डनले मेयरलाई बचाएर आफू सहिद हुन्छन्। पक्राउ परेका हत्याराबाट डेन्टले "जोकरको अर्को शिकार रेचल हो" भन्ने थाहा पाउँछ।

ब्रुस बाध्य भएर ब्याटम्यानको पहिचान बताउने निर्णय गर्छन्, अर्को दिन पत्रकार सम्मेलनमा डेन्ट, ब्रुसले केहि गर्नु भन्दा पहिले नै, सबैको सामुन्ने आफू नै ब्याटम्यान भएको खुलासा गर्छन्। डेन्टलाई सुरक्षा निगरानीमा कस्टडीमा लिइन्छ। बीच बाटोमा जोकर आफ्नो हतियारबन्द समुहको साथ घेराबन्दी तोड्दै डेन्ट माथि अचानक हमाला गर्छ। ब्याटम्यान यो हमलामा डेन्टलाई बचाउँछन् र गोर्डन, जसले आफ्नो मृत्युको अफवाह फैलाएको थियो, जोकरलाई गिरफ्तार गर्न सफल हुन्छन्। गोर्डनलाई मेयरले कमिश्नर पदमा पदोन्नती गर्छन्। तर चाडै नै डेन्ट र रेचल वेपत्ता भएको सुचना आउँछ, जसलाई पहिले नै जोकरद्वारा नियन्त्रित पुलिसकर्मी उनीहरूलाई हरण गरेका हुन्छन्। ब्याटम्यान सोधपुछको लागि जोकरको राम धुलाई गर्छन् र भन्छन् कि रेचल र डेन्ट लाई अलग अलग ठाउँमा विस्फोटक संगै बन्धक बनाइएको छ। ब्याटम्यान तब रेचल र गोर्डन डेन्टको उद्धारको लागि निस्कन्छन्। तर ब्याटम्यान लाई जोकरले दिएको ठेगानामा डेन्ट हुन्छन्। त्यसै बेला भवनमा बिष्फोट हुन्छ र डेन्टको आधा अनुहार जलेकाले उसलाई अस्पताल भर्ना गरिन्छ। रेचललाई बचाउन गोर्डन असफल हुन्छन्। यस्तो अस्तव्यस्तको माझ जोकर लाउलाई लिएर जेलबाट भाग्छ।

कल्मेन रिज, जो वेयन इन्टरप्राइजेजमा अकाउन्टेन्ट हुन्छन्, जसलाई कम्पनिको फाइल जाँचको दौरान 'टम्बलर' गाडी वाहनको डिजाइन सम्बन्धित कागज मिल्छ। र ब्याटम्यानको पहिचान सार्वजनिक गर्ने प्रचार गर्छ। उता जोकर माफियाको मिलेको पैसाले लाउलाई जिउँदै जलाउँछ, र चेचेनलाई पनि मारीदिन्छ।

रिजको दाबीमा आफ्नो मत राख्दै जोकर टिभीमा भन्छ कि "अब मलाई ब्याटम्यानको को हो भन्ने जान्न पर्दैन। "जोकरले फेरी टिभीबाट धम्कि दिन्छन् कि "यदि रिजलाई चाडै नै नमारे देखि, म एउटा अस्पताललाई उडाइदिन्छु।"। त्यसैले रिज सर्वसाधारणको निशाना बन्छ। गोर्डन गोथम शहरको हरेक अस्पताल खाली गर्ने निर्देशन दिएर रिजको सुरक्षाको लागि निस्कन्छन्। ब्रुसले गोर्डनलाई पुलिस वायरलेसबाट सुचना दिएर रिजलाई बचाउँछन्। जोकर अस्पतालमा डेन्टलाई खोजेर, उसलाई रिचलको मृत्युको बदला लिन उक्साउँछन्। आखिरमा अस्पतालमा बिस्फोट गरेर, बन्धकले भरिएको बसमा जोकर भाग्छ। डेन्ट रेचलको मृत्युको बदलाको लागि रेचलको मृत्युको जिम्मेवार खोज्छ, र आखिरमा मरोनीलाई मार्छ।

त्यहि रात, दूई पानी-जहाजमा बस्फोटक राखिएको जानकारी मिल्छ, जुन मध्ये एकमा आम सर्वसाधारण नागरिक र अर्कोमा कैदीहरूलाई उनीहरूको यथास्थानमा पुर्याइदै थियो। जोकर रेडियोमा दुवै जहाजमा रहेका मानिसहरूलाई भन्छन् कि "मध्य-रातमा म दुवै जहाजलाई उडाइदिन्छ तर यदि एकले अर्को जहाजलाई उडाउँछ भने म त्यो जहाजलाई बक्स दिन्छु। उनीहरूलाई बाच्नु छ भने अर्को जहाजलाई बस्फोट गर। त्यसैले चाडो निर्णय गर्नु होला किनकी अर्को जहाजमा रहेकाहरू त्यति दयालु नहुन सक्लान्।" दुवै जहाजका यात्री यसलाई नकार्छन्। तब सम्म ब्याटम्यान र स्वाट टिम जोकरको बिल्डिङमा गएर अन्य बन्धकलाई बचाउँछन्। ब्याट-म्यानले जोकरलाई समाउँछ र जोकरले भन्छ कि "मैले त्यो सेतो सिपाही डेन्टलाई भ्रस्ट गरी दिए र अब उसले त्यही गर्छ जुन ऊ चाहन्छ।"

उता गोर्डन त्यही जर्जर बिल्डिङमा पुग्छन् जहाँ रेचलको मृत्यु भएको थियो र अब त्यही डेन्ट बन्दुक ताकेर डेन्टको परिवारको साहारा आफ्नो बदला पुरा गर्नलाई धम्काउँछ। ब्याटम्यान मामिला समाधान गर्ने प्रयास गर्छन् तर डेन्ट उसलाई गोली हान्छ। डेन्ट सिक्का उठाएर गोर्डनको छोरालाई दाउमा लगाउनु भन्दा पहिले नै ब्याटम्यानले डेन्टलाई भवनबाट धकेलेर डेन्टको मृत्यु हुन्छ। डेन्टको मृत्युको दोष ब्याटम्यान आफूले लिन्छन् र गोर्डनसँग डेन्टको आदर्शवादी पहिचान जोगाइ राख्न डेन्टको दोषमा पर्दाले छोप्न भन्छन्। गोर्डन अनिच्छाले ब्याटम्यानलाई भगौडा करार दिएर उसको पिछा गर्नुपर्ने हुन्छ।

गोर्डनले ब्याट सिग्नल नष्ट गर्छन्, अल्फ्रेडले रेचलको पत्र जलाउँछन् ब्याटम्यान

कलाकार / भूमिका

    ब्रुस वेनको बटलर तथा विश्वासपात्र। अल्फ्रेडले ब्रुसलाई उपयोगी सुझाब दिने गर्छन् र उनको पिता समान अभिभावकको भूमिकामा देखिन्छन्। यसको कारण उनलाई " ब्याटम्यानको ब्याटम्यान " पनि भनिन्छ।
  • हेथ लेजर - जोकर
  • गेरी ओल्डमन- जेम्स गोर्डन
  • एरन एकहार्ट - हार्भी डेन्ट
  • म्यागी जिलएनहाल- रेचल दस
  • मोर्गन फ्रिम्यान - लुसियस फक्स
    वेयन इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ)। उनी ब्रुस वेयनको दोहोरो चरित्रबारे परिचित छन्। उनले आफ्नो व्यवसायिक कार्यको साथ साथ ब्रुसको ब्याट कस्टम-सुटको डिजाइनरको रुपमा पनि काम गर्छन्।

प्रतिक्रिया

बक्स अफिस

चलचित्र द डार्क नाइट 
A sign of the film's pre-release at Coliseum cinema in Barcelona, Spain

द डार्क नाइट ले उत्तर अमेरिकामा $५३४.९  मिलियन डलर कमाइ गर्यो र अन्य क्षेत्रमा $४६९.७  मिलियनको कमाइ गर्यो। विश्वव्यापी रुपमा कुल $१ अर्ब डलर कमायो । वैश्विक स्तरमा यो सर्वाधिक कमाइ गर्ने चलचित्रमा चौथो चलचित्र, २००८ मा सर्वाधिक कमाइ गर्ने चलचित्र र चलचित्र इतिहासमा १ अर्ब डलर बढीको कमाइ गर्ने चौथो चलचित्र बन्यो। यसले पहिलो सप्ताह अन्तमा $१९९.७ मिल्यानको कमाइ गरेको थियो। बक्स अफिस मोजोको अनुसार चलचित्रले अमेरिकामा सुरुवाती थियटरिकल रनमा ७४.२६ मिलियन टिकट बिक्री गरेको थियो।

चलचित्रको कमाइ बढाउन र ओस्कार जित्ने सम्भावना बढाउन वार्नर ब्रोसले अमेरिका र अन्य देशमा २००९ जनवरी २३ मा पुनः रिलिज गर्यो। २००९ फेब्रुअरीमा फिल्मको कमाई १ अर्ब डलर पार भयो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चलचित्र द डार्क नाइट कथानकचलचित्र द डार्क नाइट कलाकार भूमिकाचलचित्र द डार्क नाइट प्रतिक्रियाचलचित्र द डार्क नाइट सन्दर्भ सामग्रीहरूचलचित्र द डार्क नाइट बाह्य कडीहरूचलचित्र द डार्क नाइटअङ्ग्रेजी भाषाअराजकतावादक्रिस्टियन बेलक्रिस्टोफर नोलनजोकर (द डार्क नाइट)डिसी कमिक्सब्याटम्यानब्याटम्यान बिगिन्समोर्गन फ्रिम्यानम्याग्गी जिलेनहाल

🔥 Trending searches on Wiki नेपाली:

कूटनीतिगुठीनगरपालिकानेपालको अर्थतन्त्रहेबेईक्रिस्टियानो रोनाल्डोकान्तिपुर दैनिकनेपालको सङ्घीय संसदनेपालका परम्परागत बाजाहरूको सूचीकार्यपालिकागढीमाईवार्षिक प्रतिवेदनप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)संयुक्त अधिराज्यको झण्डानेपाली भाषाअङ्ग्रेजी भाषानागरिक समाजभित्री मधेशदहीअस्ट्रेलियासन्दुक रुइतहिन्दु धर्मको इतिहासअर्जुनधारा धाममेचीनगर नगरपालिकाविद्युतीय अपराधलौह युगअन्तर्राष्ट्रिय नारी दिवससंस्कृतिव्यवस्थापननेपालमा हिन्दु धर्ममाधवप्रसाद घिमिरे (साहित्यकार)वसन्तकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसंयुक्त राष्ट्र सुरक्षा परिषद्दाइजो प्रथानेपालको मन्त्रिपरिषद्वसन्तबहादुर कुँवरनामनेपालका संरक्षित क्षेत्रहरूको सूचीतिलिचो तालशिवपश्चिमी रोमन साम्राज्ययौनसात सालको क्रान्तिरुपैयाँ एककारकमुलुकी ऐनसुपादेउराली मन्दिरदमाई जातिसंविधान सभा निर्वाचन, २०६४चारकोसे झाडीमाटोप्रवेशिका परीक्षाविराटनगर महानगरपालिकातोरीपोखरा महानगरपालिकावेदअछाम जिल्लाबिना माया थिङ लामाजानकी मन्दिरपुनर्जागरणअन्तर्राष्ट्रिय श्रमिक दिवसशारीरिक व्यायामनेपालको प्रमाणिक समयकुपोषणराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मुन्धुमबुद्ध धर्मराष्ट्रिय सभा (नेपाल)चाडपर्वरक्तचन्दन२०२२ फिफा विश्वकपधीरेन्द्र प्रेमर्षि🡆 More