गुठी

गुठी प्राचीन कालदेखि मठ मन्दिर आदि धार्मिक सम्पदाको नाममा राखिएको जमिन, तथा अन्य सम्पत्ति हो । गुठी स‌ंस्थानले गुठीको परिभाषा यसप्रकार गरेको छ- देवी देवताको पर्व पूजा जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल आदिजस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकारी र सांस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्तिलाई गुठी भनिन्छ । सामान्यत: नेपालमा गुठी दुई प्रकारका छन्- राजगुठी र निजी गुठी । कुनै समय सरकारले बन्दोबस्त र सञ्चालन गरी आएको र पछि गुठी संस्थानमा हक र दायित्व सरेर संस्थानले बन्दोबस्त र सञ्चालन गरेका गुठी राजगुठी हुन् । यस्ता गुठी पनि अमानत र छुट गुठी गरी दुई प्रकारका छन् । सम्पूर्ण आयस्ता गुठी कोषमा जम्मा गरी खर्च पनि सोही कोषबाट विनियोजित बजेटबमोजिम हुने गुठी अमानत गुठी हो । यस्ता गुठीको संख्या नेपालमा १०५० छ । गुठीको आयस्ता गुठीयार आफैँले उठाई लिखत तथा परम्परा बमोजिम गुठीको पर्व पूजा जात्रा चलाई बाँकी रहेको रकम राजगुठीमा बुझाउने वा गुठीयार आफैले खान पाउने गरी छुट पाएका गुठीलाई छूट गुठी भनिन्छ । यस्ता गुठीका गुठीयार, महन्थ, पुजारी आदिको सम्पूर्ण हक समाप्त गरी गुठी संस्थानमा सरेको छ । नेपालमा यस्ता गुठी १०३२ छन् ।

राज गुठीको लगतमा दर्ता नभएका र व्यक्ति आफैले स्थापना र सञ्चालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक गुठीलाई निजी गुठी भनिन्छ । निजी गुठीका दातासहित अघिकांश गुठीयारले लिखित अनुरोध गरेमा भने गुठी संस्थानले जिम्मा लिई सञ्चालन गर्न सक्तछ । सामाजिक हितको लागि राखिएको निजी गुठीका गुठीयारले गुठीको सम्पत्ति हिनामिना गरी धर्मलोप गरेमा गुठीयारले अनुरोध नगरे पनि संस्थानले आफ्नो जिम्मामा लिई सञ्चालन र बन्दोवस्त गर्न सक्ने कानुन बनाइएको छ ।

इतिहास‍‍

गुठीको सुरुवात धार्मिक र परोपकारी कार्यका लागि गुठीहरूको स्थापना गर्ने क्रम मानिसहरू कृषि युगमा प्रवेश गरेसँगै भएको हुनसक्ने इतिहासकारहरूको अनुमान छ। आर्थिक इतिहासकार तथा रोमन म्यागसेसे पुरस्कार पाउने पहिलो नेपाली महेशचन्द्र रेग्मीले 'ल्यान्ड टेन्युर एन्ड ट्याक्सेसन् इन नेपाल भाग-४' पुस्तकमा गुठी प्रणाली 'व्यवस्थित कृषि र सङ्गठित धर्म' जत्तिकै जत्तिकै पुरानो हुनसक्ने दाबी गरेका छन् । संस्कृतको "गोष्ठी"शब्दबाट यो शब्द विकसित भएको मानिन्छ । सबैभन्दा पुरानो वादित्र गोष्ठी, जो भगवानको पूजाआजा र भजनकीर्तनका लागि स‌ंगीतको व्यवस्थापन गर्न स्थापित गरिएको मानिन्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

गुठी संस्थाननेपालमन्दिर

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिक पहिचानफ्लोरेन्स नाइटिङ्गेलदार्चुला जिल्लानागरिक लगानी कोषरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपालको चलचित्रको इतिहासतापक्रमरारातालनेपाल टेलिकमयान्देक्सस्तन सम्भोगबुटवल उपमहानगरपालिकासमासपरराष्ट्र मन्त्रालय (नेपाल)कार्यपालिकामुनामदन (चलचित्र)नेपाल सशस्त्र प्रहरी बलआचार्य (थर)नेपालको प्रधानमन्त्रीसमाजवादललितपुर महानगरपालिकाविज्ञापनजामनगर जिल्लाबौद्धनाथमल्ल वंशसंयुक्त राष्ट्रसङ्घका महासचिवरामप्रतिनिधि सभा निर्वाचन, २०७४महागुरु फाल्गुनन्दपासाङ ल्हामु शेर्पामेलम्ची नगरपालिकाआर्थिक विकाससंस्कृतिसम्भोगहिन्दु धर्मनेपालका राजाहरूको सूचीवर्ण विन्यासनर्मदा जिल्लागरिबीबौद्धिक सम्पत्तिनगर कार्यपालिकापारिजात (साहित्यकार)सप्तरी जिल्लानेपाली भाषानेपाली बृहत् शब्दकोशबोक्सीचन्द्रमारवि लामिछानेनेपालीसुपादेउराली मन्दिरजयपृथ्वीबहादुर सिंहशाह वंशगिरिजाप्रसाद कोइरालानेपाल सम्वत्समयन्यायपालिकाकाठमाडौँशिखरिणी छन्दऐँसेलुनेपाल स्टक एक्सचेन्जनेपाल प्रजा परिषद्प्रदेश प्रमुख (नेपाल)सूर्यमालारानी गाउँपालिकाएकल परिवारवीरेन्द्र वीरविक्रम शाहबडीमालिका नगरपालिकाचाडपर्वकिराँत कालधर्मयोनीमार्गसन्दीप लामिछानेचन्दअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगणितनगरपालिकावनस्पति🡆 More