ब्याटम्यान

ब्याटम्यान (अङ्ग्रेजी: Batman) डिसी कमिक्सको एक काल्पनिक पात्र हो। बब केन र बिल फिंगरले यसको रचना गरेका हुन्। ब्याटम्यान ब्रुस वेनको नामबाट गोथम शहरमा बस्छन्। ब्याटम्यानलाई डार्क नाइट पनि भनिन्छ।

ब्याटम्यान
ब्याटम्यान

अधिकांश सुपरहिरोको जस्तो ब्याटम्यानसँग कुनै अलौकिक शक्ति छैन।

पात्र

ब्रुस वेन

चित्र:Bruce Wayne Concept Art.png
डिसी कमिक्स ब्रुस वेनको को कल्पना चित्र

ब्याटम्यानको गोप्य पहिचान एक धनी अमेरिकी उद्योगी ब्रुस वेन हुन्। बालक हुँदा, उनको आफ्नो आमाबुबा डक्टर थोमस वेन र मार्था वेन को हत्या उनकै आँखा अगाडि भएको थियो। त्यसैले आफ्नो जस्तो नियति अरुले भोगुनु नपरोस् र अपराध विरुद्ध न्यायको खोजी गर्न ब्रुस वेन ब्याटम्यान बने। उनी गोथम सहरमा रहेको आफ्नो निवास वेन मेनर मा बस्छन्। आफ्नो पारिवारिक पैतृक सम्पत्ति र वेन इन्टरप्राइजको नाफाबाट एक ऐयासी देखावटी जीवन बिताएर ब्रुस आफ्नो ब्याटम्यान रुपी अनुहार लुकाउने गर्छन्। उनले वेन फाउन्डेसन मार्फत परोपकारको काम पनि गर्छन्, जस अनुसार अपराधका पिडितलाई सहायता पुर्याइन्छ। सार्वजनिक रुपमा, उनी कहिलेकाही उच्च वर्गको पार्टीमा देखिन्छन्। ब्रुस वेन एक सकृय ऐयासी जीवन बिताएको देखिए पनी, उनले आफ्नो अधिकांश समय ब्याटम्यानको रुपमा भिजितान्ते गतिविधिमा बिताउँछन्।

धेरै आधुनिक कथाहरूमा ब्रुस वेनको खर्चालु र ऐयासी छविलाई देखावटी मुहारको रुपमा प्रस्तुत गरिएको छ। यस विपरित क्राइसिस,सुपरम्यान मा क्लार्क केन्ट वास्तविक परिचान हो भने सुपरम्यान देखावटी हो। टेलिभिजन डकुमेन्ट्री ब्याटम्यान अनमाक्स्डमा ब्याटम्यानको व्यक्तित्व ब्रुस वेन परिवारको पैतृक मानवताबाट प्रेरित भएको उल्लेख गरेका छन्। ब्रुस वेनको सिद्धान्तमा भविस्यमा हुन सक्ने हानी रोक्ने र "कसैको ज्यान नलिने" पर्छ। ब्रुस वेन यो कुरामा विश्वास गर्छन् कि हाम्रो कदमले हामीलाई परिभाषित गर्छ, हामी केही कारण वश असफल हुन्छौ र जे कुरा पनि सम्भव हुन्छ।

ब्याटम्यान र सुपरम्यान कथाका लेखहरूले अक्सर यी दुईको तुलना र फरक गर्ने गरेका छन्। यो व्याख्या लेखक, कथा, र समय अनुसार फरक हुने गर्छ। ग्रान्ट मरिसन ले दुवै हिरोले उनीहरूको दिन/ रातको भुमिकाको बाबजुद "उस्तै किसिमको कुरामा विश्वास गर्ने" उल्लेख गरेका छन्। उनले उनीहरूको वास्तविक पहिचानमा फरक पनि उल्लेख गरेका छन्। ब्रुस वेन र क्लार्क केन्ट भिन्न सामाजिक वर्गसँग सम्बन्धित छन्: "ब्रुस सँग बटलर छ, क्लार्कको आफ्नो मालिक छ।" टि. जेम्स मस्लरको किताब अनलिसिङ द सुपरहिरो इन अस अलमा ब्रुस वेनलाई उनको जीवन र ब्याटम्यानको भुमिकामा प्रस्तुर हुन उनको व्यक्तिगत सम्पत्ति कति महत्त्वपूर्ण थियो भन्ने कुरा उजागर गरेका छन्।

विल ब्रुकरले आफ्नो किताब ब्याटम्यान अनमाक्स्डमा लेखेका छन् "ब्याटम्यानको पहिचानको पुष्टिले युवा दर्शकलाई झुट हुन्छ ...उनलाई ब्रुस वेन हुन पर्दैन; उनलाई सुट र ग्याजेट, दक्ष र अझ महत्त्वपूर्ण नैतिकता र मानवता भए हुन्छ। 'उनीहरूले उनलाई विश्वास गर्छन् ...र उनीहरू कहिल्यै गलत हुदैनन्।"

चलचित्रहरूमा

ब्याटम्यानको धेरै चलचित्रहरू बनेका छन्।

भिडियो गेम

  • ब्याटम्यान: आरखम असायलम

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ब्याटम्यान पात्रब्याटम्यान चलचित्रहरूमाब्याटम्यान भिडियो गेमब्याटम्यान यो पनि हेर्नुहोस्ब्याटम्यान सन्दर्भ सामग्रीहरूब्याटम्यान बाह्य कडीहरूब्याटम्यानen:Batmanअङ्ग्रेजी भाषाडिसी कमिक्स

🔥 Trending searches on Wiki नेपाली:

सोह्र श्राद्धदरबार हाई स्कुलचन्द्र शमशेर जङ्गबहादुर राणासंयुक्त राज्य अमेरिकाविश्व बैङ्कसती प्रथासिन्धुपाल्चोक जिल्लासमाचारआगोमहेन्द्र वीरविक्रम शाहप्रदेश प्रमुख (नेपाल)व्रतबन्धमहिनानेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाली परम्परागत नापका इकाईरामचन्द्र पौडेलसमाजवादनेपालको राजनीतिराम शाहउपमहानगरपालिकापारिस्थितिक प्रणालीघामका पाइलाहरू (उपन्यास)शार्दूलविक्रीडित छन्दढुङ्गे युगहर्सालियोनेल मेसीअलौ पर्वअल्पविकसित देशशेरबहादुर देउवास्टिफन हकिङबौद्धनाथफ्रान्सेली राज्यक्रान्तिनेपाली भाषागर्भपतनतानसेन नगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)कुपोषणशुक्रग्रहमानव संसाधन व्यवस्थापनकम्प्युटरसिङ्गोम्बा रसुवाछाउपडीराउटे जातिराष्ट्रिय स्वतन्त्र पार्टीलुभुउखुमिकी माउससुर्खेत जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूसुनसरी जिल्लाविद्यालयआन्ध्र महासागरदार्चुला जिल्लाबाजुरा जिल्लासंस्कृतपब्लिक कम्पनीवीर अस्पतालमुनामदनभाषासुशील कोइरालाशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जखड्गप्रसाद ओलीचार धामहावापानीकिशोरावस्थासंयुक्त अरब इमिरेट्सलागत निर्धारणहात्तीनेपाल प्रहरीजापानी भाषाकोशी टप्पु वन्यजन्तु आरक्षगणतन्त्र दिवस (नेपाल)बैजनाथ गाउँपालिकाबूढानीलकण्ठ मन्दिरपञ्चैबाजावाच्य (व्याकरण)🡆 More