बाजीराव प्रथम

बाजीराव प्रथम (१८ अगस्ट १७०० – २८ अप्रिल १७४०), (बाजीराव बल्लाल पनि भनिन्छ, मराठा साम्राज्यका ७ औं पेशवा (प्रधानमन्त्री) थिए। उनको मुस्लिम पत्नी मस्तानीसँगको प्रेम सम्बन्ध भारतीय उपन्यास र सिनेमामा चर्चा गरिन्छ।

श्रीमन्त पेश्वा
बाजीराव प्रथम
Baji Rao I riding horse
बाजीराव प्रथमको पोट्रेट चित्र
बाजीराव प्रथम मराठा साम्राज्यका ७ औं पेस्वा
कार्यकाल
१७ अप्रिल १७२० (1720-04-17) – २८ अप्रिल १७४० (1740-04-28)
एकाधिपतिसाहु प्रथम
पूर्वाधिकारीबालाजी विश्वनाथ
उतराधिकारीबालाजी राव
व्यक्तिगत विवरण
जन्म(१७००-०८-१८)१८ अगस्ट १७००
Dubere, Sinnar, मराठा साम्राज्य (हालको नाशिक जिल्ला, महाराष्ट्र, भारत)
मृत्यु२८ अप्रिल १७४०(1740-04-28) (उमेर ३९)
Rawerkhedi, मराठा साम्राज्य (हालको खरगौन जिल्ला, मध्य प्रदेश, भारत)
जीवन साथीहरू
  • काशीबाई
  • मस्तानी
नाता
  • चिमाजी अप्पा (भाइ)
  • भिउबाइ जोशी (बहिनी)
  • अनुबाई घोर्पडे (बहिनी)
  • सदाशिवराव भाउ (भतिज)
सन्तान(हरू)
  • बालाजी बाजीराव
  • रामचन्द्र राव
  • शमशेर राव (कृष्ण राव)
  • शमशेर राव]]
  • रघुनाथ राव
  • जनार्दन राव
अभिभावकs
  • बालाजी विश्वनाथ (पिता)
  • Radhabai Barve (आमा)

बाजीरावलाई मराठा साम्राज्यको इतिहासमा शिवाजी, सम्भाजी, सन्ताजी घोरपडे पछि प्रसिद्ध व्यक्तित्वको रूपमा हेरिन्छ। दक्षिण भारतमा मराठा सर्वोच्चता कायम गर्नु र उत्तरमा राजनीतिक वर्चस्व स्थापित गर्नु उनको उपलब्धिको रुपमा हेरिन्छ। पेस्वाको रुपमा आफ्नो २० वर्षे कार्यकालमा उनले निजाम-उल-मुल्कलाई पाल्खेन्डको लडाईमा पराजित गरे, र मालवा, बुल्देलखण्ड, गुजरातमा मराठा साम्राज्यको विस्तार गरे र पश्चिमी तटलाई पोर्चुगलको शासनबाट मुक्त गरे। उनले आफ्नो जीवनमा ४१ लडाइँ लडे र कुनै पनि लडाइँमा उनले पराजय भोग्नु परेन। १७४० अप्रिलमा उनको मृत्यु भयो।

पेशवाको रूपमा नियुक्ति

सन् १७२० मा पेश्वा बाजी विश्वनाथको मृत्युपछि, साहुले विश्वनाथका पुत्र बाजीरावलाई पेश्वा नियुक्त गरे। १७ अप्रिल १७२० मा छत्रपति शाहुले बाजीरावलाई पेशवा नियुक्त गरेका थिए।

सैन्य विजयहरू

बाजीरावको कार्यकालमा मराठा साम्राज्यको भुभाग १० गुणाले बढ्यो। १७२० देखि १९४० को अवधिमा आधुनिक भारतको ३% हिस्सा ओगट्ने मराठा साम्राज्य ३०% भुभागमा फैलियो।

  • पालखेडको लडाई २८ फरवरी १७२८ को बाजीराव तथा हैदराबादका निजामका बीच भएको थियो। बाजीरावले निजामलाई पराजित गरे। यो युद्ध सैन्य रणनीतिको उत्कृष्ट क्रियान्यवनको उदाहरण हो।
  • १७३७ मा, बाजीराव मातहतको मराठा सेनाले दिल्लीको लडाइँमा दिल्ली लुट मच्चाए।
  • डेक्कानका निजामले मराठा विरुद्ध मुगलको सहयोग गरे। तर १९३७ डिसेम्बर २४ मा भएको भोपालको लडाइँमा उनी पराजित भए। मराठाले मुगलबाट ठूलो युद्ध क्षतिपूर्ति पाए र माल्वा मराठालाई दिइयो।
  • वसईचीको लडाइँ मराठा र वसईचीको पोर्चुगिज शासक बीच भएको थियो। यस लडाइँमामा मराठा सेनाको नेतृत्व चिमाजी अप्पाले गरेका थिए। यो युद्धको विजयलाई बाजीरावको कार्यकालको प्रमुख उपलब्धि मानिन्छ।

निजाम

माल्वा

बुन्देलखण्ड

बुन्देलखण्डमा, छत्रसालले मुगल साम्राज्य विरुद्ध विद्रोह गरे र स्वतन्त्र राज्यको स्थापना गरे। डिसेम्बर १७२८ मा, मुहम्मद खान बानगाँस नेतृत्वको मुगल सेनाले बुन्देलखण्डमाथि आक्रमण गर्यो र उनको किल्ला र परिवार घराबन्दीमा परे। छत्रसालले बाजीरावसँग निरन्तर सहयोगको याचिका गरे पनि बाजीराव त्यससमय माल्वामा व्यस्त थिए। उनले उनको अवस्था गजेन्द्र मोक्षसँग तुलना गरेका थिए। बाजीरावलाई पठाएको पत्रमा, छत्रसालले लेखेका थिए:

मेरो अवस्था गोहीले खुट्टा समातेको गजेन्द्र मोक्ष हातीको जस्तै छ। मेरो वीर जाती लोप हुने संघारमा छ। हे बाजीराव आएर मेरो उद्धार गर्नुहोस्।

१७२९ मार्चमा, पेसवाले छत्रसालको अनुरोधको प्रतिक्रिया दिए र २५,००० घोडसवार, उनका लेफ्टिनेन्ट पिलाजी जाधव, तुकोजी पावर, नरो शङ्करजी र दावलजी सोम्वान्सीको साथ बिन्देलखन्ड तर्फ कुच गरे। छत्रसाल बन्दी हुनबाट जोगिए र मराठा सेनासँग जोडिए। त्यसपछि सेनाको आकार ७०,००० भयो। जयतपुर पुगेपछि बाजीरावको सेनाले बन्गासको सेनालाई घेराबन्दीमा पार्यो र उनको आपूर्ति र सञ्चार रेखा विच्छेद गर्यो। बन्गासले प्रत्याक्रामण गरे तर बाजीरावको रक्षात्मक घेरालाई तोड्न सकेनन्। मुहमाद खान बन्गासका छोरा कासिम खानले नयाँ सेना ल्याए तर उनको सेनामाथी बाजीराव सेनाले हमला गर्यो र उनी पराजित भए। बन्गासले "अब कहिल्यै बुन्देलखण्ड माथी आक्रमण नगर्ने" सम्झौता गरेर पछि हट्न बाध्य भए। बुन्देलखण्डको शासकको रुपमा छत्रसाल पुनर्स्थापित भए। उनले बाजीरावलाई ठूलो जागिर दिए र आफ्नो छोरी मस्तानीको विवाह गराइदिए। १७३१ मा छत्रसालको मृत्यु हुनु अगाडि, उनले एक-तिहाई जमिन मराठालाई दिएका थिए।

मृत्यु

रावेरखेडीमा रहेको बाजीरावको स्मारक
Memorial chhatri
Plaque below the memorial's statue

निरन्तरको युद्ध र अविरल सैन्य अभियानबाट बाजीरावको शरीर थकित र जीर्ण भएको थियो। उनलाई रावेरखेडी शिविरमा छँदा कडा ज्वरो आयो र १७४० अप्रिल २८ मा उनको मृत्यु भयो। त्यसै दिन नर्मदा नदीको तटन्मा उनको दाहसंस्कार गरियो। बालाजी बाजीरावले रणोजी सिन्धियालाई उनको स्मारकको रुपमा छत्री निर्माण गर्ने आदेश दिए। स्मारकको वरपर धर्मशाला छ। यस परिसरमा निलकण्ठेश्वर महादेव शिव र रामेश्वर राम प्रति समर्पित दुई मन्दिर छ।

संस्कृतिमा

सन्दर्भ सामग्रीहरू

Tags:

बाजीराव प्रथम पेशवाको रूपमा नियुक्तिबाजीराव प्रथम सैन्य विजयहरूबाजीराव प्रथम मृत्युबाजीराव प्रथम संस्कृतिमाबाजीराव प्रथम सन्दर्भ सामग्रीहरूबाजीराव प्रथमपेशवामराठा साम्राज्य

🔥 Trending searches on Wiki नेपाली:

गृह मन्त्रालय (नेपाल)युरोपनैतिक दृष्टान्तधर्म निरपेक्षताभुक्तानीहनुमान चालीसाअन्धविश्वासदाइजो प्रथाराष्ट्रिय सभा (नेपाल)नेपालको मन्त्रिपरिषद्कर्णाली प्रदेशनेपाली भाषास्थानीय कार्यपालिकाबालीमानव विकास सूचकाङ्करामसार क्षेत्रतनहुँ जिल्लालियोनेल मेसीनेपालका हिमालहरूको सूचीनेपालका राजाहरूको सूचीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)सिद्धिचरण श्रेष्ठअष्टाङ्गयोगकुपोषणलुम्बिनीसंसदनगरपालिकाव्यवस्थापनमगर भाषानेपाली परम्परागत नापका इकाईनेपालको प्रधानमन्त्रीहिमालयगाउँ कार्यपालिकानेपालको उपप्रधानमन्त्रीमोबाइल फोनमध्यपहाडी राजमार्गसङ्घीयताइन्दिरा प्रसाईँज्योतिषयोगकर्मचारी सञ्चय कोषकुवेतसंयुक्त राष्ट्र सुरक्षा परिषद्राष्ट्रिय सुरक्षा परिषद्नेपाली व्याकरणगिर्जाघरनेपाल-भारत सम्बन्धबर्दिया राष्ट्रिय निकुञ्जमार्क्सवादवासुदेव त्रिपाठीकृषिनेपालका गाउँपालिकाहरूनेपालको पञ्चवर्षीय योजनाइन्द्रबहादुर राईस्थानीय व्यवस्थापिकादोलखा जिल्लाछन्दश्रीमद्भगवद गीतामानव अधिकारमुक्तिनाथफौजदारी कानुनमल्ल वंशपत्रकारबालाजु बाइसधारा मेलाघोडाघोडी तालकार्यसम्पादन मूल्याङ्कनसीतावामपन्थी राजनीतियोगमाया न्यौपानेकश्यप ऋषिमुनामदननेपालका संवैधानिक निकायहरूप्रदूषणभीमसेन थापासमाजशास्त्रचाडपर्व🡆 More