इरफान खान: भारतीय अभिनेता

इरफान खान वा इरफान भनेर चिनिने साहबजादे इरफान अली खान (७ जनवरी १९६७ - २९ अप्रिल २०२०) बलिउड र हलिउडमा काम गर्ने भारतीय अभिनेता थिए । भारतीय चलचित्र जगतका उत्कृष्ट अभिनेता मानिने इरफान खानले आफ्नो ३० वर्षको कार्य जीवनमा एक राष्ट्रिय चलचित्र पुरस्कार, एक एसियाली चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार जितेका थिए । सन् २०११ मा उनलाई भारतीय नागरिक सम्मानको चौथो क्रममा पर्ने पद्म श्रीबाट सम्मानित गरिएको थियो ।

इरफान खान
इरफान खान: बाल्यकाल र शिक्षा, कार्य जीवन, अन्य कार्य
सन् २०१५ मा खान
जन्मसाहबजादे इरफान अली खान
(१९६७-०१-०७)७ जनवरी १९६७
टोङ्क, राजस्थान, भारत
मृत्यु२९ अप्रिल २०२०(2020-04-29) (उमेर ५३)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता
कार्यकालसन् १९८५ - सन् २०२०
कार्य
पूर्ण सूची
जीवनसाथी
सुतापा सिकदर
(
वि १९९५; उनको मृत्यु २०२०)
सन्तान
पुरस्कारपूर्ण सूची

कयौँ वर्ष सङ्घर्ष गरेका इरफान खानले सन् १९८८ मा सलाम बम्बई ! चलचित्रमा छोटो भूमिका निर्वाह गरेका थिए । सन् २००१ मा सार्वजनिक गरिएको द वारियर नामक बेलायती चलचित्रमा भूमिका खेलेपछि उनले सन् २००३ मा हासिल र सन् २००४ मा मक्बूल चलचित्रहरूमा प्रमुख पात्र खेली लोकप्रिय बनेका थिए । द नेमसेक (सन् २००६), लाइफ इन अ...मेट्रो (सन् २००७) र पान सिंह तोमर (सन् २०११) जस्ता चलचित्रका लागि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । उक्त सूचीको अन्तिममा सुचिकृत चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेका हुनाले उनले सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । द लन्चबक्स (सन् २०१३), पीकू (सन् २०१५) र तलवार (सन् २०१५) मा प्रमुख भूमिका र द अमेजिङ स्पाइडर-म्यान (सन् २०१२), लाइफ अफ पाई (सन् २०१२), जुरासिक वर्ल्ड (सन् २०१५) र इन्फर्नो (सन् २०१६) मा सहायक भूमिका निर्वाह गरेकाले उनी अन्तर्राष्ट्रिय स्तरमा चर्चित बन्न पुगेका थिए । उनका अन्य चर्चित कार्यहरू अन्तर्गत स्लमडग मिलियनेयर (सन् २००८), न्यू योर्क (सन् २००९), हैदर (सन् २०१४) र गुण्डे (सन् २०१४) जस्ता चलचित्रहरू र इन ट्रीटमेन्ट (सन् २०१०) जस्तो टेलिभिजन शृङ्खला पर्दछन् । उनको सर्वाधिक कमाइ भित्र्याउने चलचित्र हिन्दी मिडियम (सन् २०१७) का लागि उनले सर्वोकृष्ट अभिनेताको श्रेणीमा फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । उक्त चलचित्रको उत्तरकथाको रूपमा सार्वजनिक गरिएको अङ्ग्रेजी मिडियम (सन् २०२०) उनले खेलेको अन्तिम चलचित्र थियो ।

सन् २०१७ मा हिन्दी मिडियमले अन्तर्राष्ट्रिय स्तरमा ₹२ खर्ब ३७ अर्ब कमाएको थियो । सन् २०१८ मा खानलाई न्यूरोएन्डोक्राइन ट्यूमर देखा परेको थियो । २९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा ठूलो आन्द्रा सङ्क्रमणको कारण मृत्यु भयो । द गार्डियनका पिटर ब्र्याडशले खानलाई "हिन्दी र अङ्ग्रेजी भाषाका चलचित्रका प्रतिष्ठित र मनोहर कलाकार जसको मिहिनेतले दक्षिण एसिया र हलिउड सिनेमा जगतलाई जोड्ने काम गरेको छ" भनी वर्णन गरेका थिए ।

बाल्यकाल र शिक्षा

खानको जन्म राजस्थानमा पठान वंशजको मुसलमान परिवारमा भएको थियो । खानकी आमा, राजस्थानको टोङ्ककी मूल निवासी सईदा बेगम र पिता, राजस्थानको टोङ्क जिल्लामा पर्ने खजुरिया गाउँका मूल निवासी यासीन अली खान मिलेर टायर व्यवसाय चलाउँथे । उनले आफ्नो बाल्यकाल टोङ्क र जयपुरमा बिताएका थिए । इरफान क्रिकेट खेल्नमा पनि उत्कृष्ट थिए र भारतमा प्रथम श्रेणी क्रिकेटको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिने सीके नायडू ट्रोफीमा २३ वर्ष मुनिको वर्गमा खेल्न छानिएका थिए । यद्यपि, यात्राको मूल्य तिर्न नसकेर उनले खेलमा भाग लिन सकेका थिएनन् ।

आफ्नो जोधपुरमा नाट्यशालामा काम गर्ने मामाबाट प्रभावित भई खानले पनि अभिनयमा रुचि देखाए । जयपुरमा खानले प्रख्यात नाट्य कलाकारहरूलाई भेटी उनीहरूसँग नाटक प्रदर्शन गरे । खानले अभिनय सिक्न सन् १९८४ मा नयाँ दिल्लीमा अवस्थित राष्ट्रिय नाट्य विद्यालयमा भर्ना हुनु अघि जयपुरमा कलामा मास्टर्स उत्तीर्ण गरेका थिए ।

मुम्बईले आएपछि खानले एयर कण्डिशनर मर्मत गर्ने काममा हात हाली सन् १९८४ मा आफ्नो प्रेरणाको स्रोत राजेश खन्नाको घर पुगेका थिए । पछि खानले अन्तर्वार्तामा भनेका थिए, "राजेश खन्नाले मेरो तर्फबाट देखेको पागलपन अरू कसैले देखेको छैन । बलिउडमा काम गर्ने सबैभन्दा प्रतिभाशाली कलाकार थिए राजेश खन्ना र उनलाई देख्दा मेरो खुट्टा जमीनमा थिए, मलाई अर्कै जगतमा पुगेको अनुभूति भएको थियो ।"

कार्य जीवन

सन् १९८७ - सन् २००१: सुरुवाती कार्य जीवन र टेलिभिजन अभिनय

राष्ट्रिय नाट्य विद्यालयबाट स्नातक प्राप्त गरेपछि सन् १९८७ मा खानले मीरा नायरको सलाम बम्बई ! मा छोटो भूमिका निर्वाह गरी अभिनय सुरु गरे । यद्यपि, उनको अभिनयलाई चलचित्रको अन्तिम संस्करणमा सार्वजनिक गरिएन । उनले दूरदर्शनमा प्रसारित मिखाइल शात्रोवको कथामा आधारित उदय प्रकाशद्वारा अनुवाद गरिएको लाल घाँस पर नीले घोडें कार्यक्रममा लेनिनको भूमिका निर्वाह गरेका थिए । उनले पछि डरमा क्रमिक हत्याराको प्रमुख खलनायक भूमिका निर्वाह गरे । उनले अली सरदार जाफरीद्वारा निर्मित कहकशाँमा क्रान्तिकारी उर्दू कवि र मार्क्सवादी राजनीतिज्ञ मखदूम मोहिउद्दीनको भूमिका खेलेका थिए । उनले सन् १९९० को दशक भरि चाणक्य, भारत एक खोज, सारा जहां हमारा, बनेगी अपनी बात, चन्द्रकान्ता, श्रीकान्त, दूरदर्शनमा प्रसारित अनुगूँज, स्टार प्लसमा प्रसारित स्टार बेस्टसेलर, स्पर्श र डीडी नेशनलमा प्रसारित द ग्रेट मराठा जस्ता टेलिभिजन कार्यक्रमहरूमा काम गरे । उनले सन् १८८८ को देवकी नन्दन खत्रीको उपन्यासमा आधारित चन्द्रकान्तामा दुइटा भूमिका निर्वाह गरेका थिए ।

सन् १९८९ मा उनी रूपा गाङ्गुलीसँग बासु चटर्जीको सकारात्मक आलोचना पाएको चलचित्र कमला की मौतमा देखिएका थिए । सन् १९९० मा एक डाक्टर की मौत र सन् १९९८ मा सच अ लङ वे लगायत अन्य कयौँ ध्यान नदिइएका चलचित्रमा काम गरेका खानले सञ्जय खानको टेलिभिजन शृङ्खला जय हनुमानमा वाल्मीकिको भूमिका खेलेका थिए । सन् २००१ मा उनी त्रासजन्य प्रसङ्गयुक्त टेलिभिजन शृङ्खला श्श्श...कोई हैको "फ्रम रियल टू रील" नामक भागमा देखिएका थिए ।

सन् २००१ - सन् २००८: लोकप्रियता

इरफान खान: बाल्यकाल र शिक्षा, कार्य जीवन, अन्य कार्य 
द नेमसेकको प्रथम प्रदर्शनमा तब्बूको साथमा इरफान खान

आसिफ कपाडियाले उनलाई द वारियरमा अभिनय गर्ने अवसर दिएका थिए र त्यसको छायाङ्कन हिमाञ्चल प्रदेशराजस्थानमा ११ हप्ताको समयावधिमा पूरा भएको थियो । सन् २००१ मा द वारियरलाई अन्तर्राष्ट्रिय चलचित्र उत्सवहरूमा सार्वजनिक गरिएको थियो ।

सन् २००३ र सन् २००४ को बीचमा उनले अश्विन कुमारको लघु चलचित्र रोड टू लदाखमा काम गरेका थिए जसका लागि उनले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक प्रतिक्रिया पाएका थिए । त्यही वर्ष उनले शेक्सपियरको म्याकबेथको आधिकारिक हिन्दी रूपान्तरण मक्बूलमा शीर्ष भूमिका निभाई ख्याती प्राप्त गरेका थिए ।

उनले सन् २००५ मा सार्वजनिक गरिएको रोगमा आफ्नो कार्य जीवनको प्रथम प्रमुख भूमिका निर्वाह गरेका थिए । उनको अभिनयको धेरैले प्रशंसा गरेका थिए । एउटा चलचित्र समालोचकले लेखेका थिए, "इरफानका आँखाले उनका शब्द भन्दा बढी प्रभाव पार्छन् र जुन पनि दृश्यमा उनले अभिनय गरिरहेका हुन्छन्, उनका साथी बड्डीसँग कुरा गरिरहेको होस् वा सुहेलसँग झगडा गरिरहेको होस्, उनले आफ्नो अभिनय गर्ने क्षमताको स्पष्टसँग पुष्टि गर्छन् ।" त्यसपश्चात उनले धेरै चलचित्रमा प्रमुख पत्र वा खलनायकको भूमिका निर्वाह गरिरहे । सन् २००४ मा उनले हासिल चलचित्रमा आफ्नो अभिनयका लागि फिल्मफेयर सर्वश्रेष्ठ खलनायक पुरस्कार प्राप्त गरे । उनले तेलुगु चलचित्र सैनिकुडूमा पनि खलनायकको भूमिका निभाएका थिए ।

सन् २००७ मा उनी द नेमसेकलाइफ इन अ...मेट्रो चलचित्रहरूमा देखिएका थिए । उल्लिखित दोस्रो चलचित्रमा उनको र कोङ्कणा सेनको प्रेम प्रसङ्गले गर्दा उनले फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेता पुरस्कार जितेका थिए । त्यही वर्ष उनी अ माइटी हार्टद दार्जिलिङ लिमिटेड जस्ता अन्तर्राष्ट्रिय चलचित्रमा पनि अभिनय गर्न थाले ।

बलिउडमा सफलता पाए पनि उनले टेलिभिजनमा काम गर्न भने छोडेनन् । उनले स्टार वनमा प्रसारित मानो या ना मानोक्या कहें जस्ता कार्यक्रममा प्रस्तुतकर्ताको भूमिका निभाए ।

सन् २००८ - सन् २०२०: अन्तर्राष्ट्रिय सफलता

खानले सन् २००८ मा स्लमडग मिलियनेयरमा प्रहरी निरीक्षक खेलेका थिए जसका लागि उनले र चलचित्रका अन्य कलाकारहरूले सर्वश्रेष्ठ चलचित्र प्रदर्शनका लागि स्क्रीन एक्टर्स गिल्ड पुरस्कार जितेका थिए । उनका बारेमा ड्यानी बोयलले भनेका थिए, "कुनै पनि पात्रको 'नैतिक केन्द्र' खोज्ने विशेष र प्राकृतिक क्षमता छ उनमा, जसले गर्दा स्लमडग हेर्दा पनि उनको पात्रले जमाललाई निर्दोष भनेर छोड्छन् भन्ने हामीलाई विश्वास रहिरहेको हुन्छ ।" बोयलले उनलाई एउटै चाललाई बारम्बार उत्कृष्ट ढङ्गले प्रदर्शन गर्ने खेलाडीसँग तुलना गरेका छन् । "उनको प्रस्तुति हेर्नमा नै रमाइलो हुन्छ ।"

सन् २००९ मा उनले एसिड फ्याक्ट्रीमा प्रमुख भूमिका खेले । त्यही साल उनी चलचित्र न्यू योर्कमा एफबिआइ कर्मचारीको भूमिकामा देखिए । उनले मीरा नायरद्वारा निर्देशित नटाली पोर्टम्यान भएको न्यू योर्क, आइ लभ यू नामक १२ भागमा विभाजित चलचित्रमा गुजराती हिरा व्यापारी खेलेका थिए ।

सन् २०१० मा उनले इन ट्रीटमेन्ट नामक एचबीओ शृङ्खलामा श्रीमतीको मृत्यु पछि महसुस भएको एक्लोपनलाई कम गर्न न्यू योर्क सहरको ब्रुकलिनमा बसाइ सरेका सुनिलको भूमिका निर्वाह गरे ।

सन् २०१२ मा खान द अमेजिङ स्पाइडर-म्यानमा डा. रजित राथाको भूमिकामा देखिए । उनले आङ लीको लाइफ अफ पाईमा व्यसक पिसिन मोलिटोर पटेलको भूमिका निर्वाह गरे जसले गर्दा उनी अन्तर्राष्ट्रिय स्तरमा चर्चित भए । सन् २०१२ मा नै सार्वजनिक गरिएको खेलाडीबाट डकैत बनेका पान सिंह तोमरको कथामा आधारित चलचित्रमा पान सिंह तोमरमा उनले शीर्ष भूमिका निर्वाह गरेको हुनाले सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए । सन् २०१३ मा उनले द लन्चबक्समा अभिनय गरे जसले कान चलचित्र उत्सवमा सर्वोत्कृष्ट चलचित्रको उपाधि र बाफ्टा पुरस्कार जिती उनको सर्वाधिक कमाइ भित्र्याएको हिन्दी चलचित्र बनेको थियो ।

सन् २०१४ मा उनी गुण्डेमा देखिएका थिए जसले बक्स अफिसमा मध्यम कमाइ बटुल्यो । उनी दी एक्स्पोजेमा विशेष उपस्थिति र हैदरमा प्रमुख भूमिका निर्वाह गरेका थिए । सन् २०१५ मा उनले दीपिका पादुकोणअमिताभ बच्चनसँग पीकूमा प्रमुख भूमिका खेलेका थिए । खानले त्यही साल जुरासिक वर्ल्डमा पनि सहायक अभिनेताको काम पाएका थिए र तलवारका लागि सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । अक्टोबर २०१५ मा ऐश्वर्या रायको साथमा जज्बामा अभिनय गरेका थिए जसका लागि पनि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । त्यसपश्चात उनले रोबर्ट ल्याङडनको पुस्तकमा आधारित इन्फर्नोमा टम ह्याङ्क्ससँग सहायक भूमिकामा काम गरेका थिए । त्यही साल, सन् २०१६ मा उनले निशिकान्त कामतद्वारा निर्देशित मदारी चलचित्रमा पनि अभिनय गरेका थिए ।

सन् २०१७ मा खानले हिन्दी मिडियम लगायत दुइटा चलचित्रमा काम गरे । चलचित्रमा राज बत्राको भूमिका निर्वाह गरेका खानले फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त गरेका थिए । भारतचीनमा रातारात प्रसिद्ध भएको हिन्दी मिडियमले खानको सर्वाधिक कमाइ भित्र्याएको चलचित्रको स्थानबाट द लन्चबक्सलाई प्रतिस्थापन गरेको थियो । उनले त्यो वर्ष डूबमा पनि काम गरेका थिए । सन् २०१७ मा उनको चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा ₹२ खर्ब ३७ अर्ब कमाएको थियो । त्यसपछि उनी पार्वती तिरुवोतद्वारा अभिनित प्रथम हिन्दी चलचित्र करीब करीब सिङ्गलमा प्रमुख भूमिका निर्वाह गरे जसका लागि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए ।

सन् २०१८ मा खानले दुलकर सलमान, मिथिला पालकर र कृति खरबन्दाका साथमा कारवाँ र कीर्ति कुलहरिको साथमा ब्ल्याकमेलमा काम गरेका थिए ।

हिन्दी मिडियमको उत्तरकथाको रूपमा १३ मार्च २०२० मा सार्वजनिक गरिएको होमी अदजानियाद्वारा निर्देशित अङ्ग्रेजी मिडियम खानले खेलेको अन्तिम चलचित्र थियो ।

अन्य कार्य

सेप्टेम्बर २०१५ मा उनलाई राजस्थान सरकारको रिसर्जेन्ट राजस्थान अभियानको शुभङ्करको भूमिकामा छनोट गरिएको थियो । जयपुरको विधान सभा सडकमा भारतीय सेनाका लागि आयोजित युद्ध स्मृति श्रव्यदृश्य कार्यक्रममा उनले आफ्नो आवाज प्रदान गरेका थिए । उक्त कार्यक्रममा राजस्थानी सेनाको वीरता झल्काइएको थियो ।

व्यक्तिगत जीवन

२३ फेब्रुअरी १९९५ मा खानले राष्ट्रिय नाट्य विद्यालयको सहपाठी र लेखिका सुतापा सिकदरसँग प्रेम विवाह गरे । उनका बाबिल र आयान गरी दुइटा छोरा जन्माए ।

पछि गएर इरफानले आफ्नो नाममा "खान" लेख्न छोडे । सन् २०१६ मा लिइएको अन्तर्वार्ता अनुसार उनले आफूलाई आफ्नो वंशले होइन, कामले चिनाउन चाहन्थे ।

रोग र मृत्यु

मार्च २०१८ मा खानले ट्विटरमा उनको न्यूरोएन्डोक्राइन ट्यूमरको बारेमा खुलासा गरेका थिए । एक वर्ष आफ्नो रोगको उपचार गरी खान फेब्रुअरी २०१९ मा भारत फर्केका थिए ।

उनलाई २८ अप्रिल २०२० मा कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको ठूलो आन्द्राको सङ्क्रमणको लागि उपचार सुरु गरिएको थिए । अर्को दिन उक्त सङ्क्रमणको कारणले उनको मृत्यु भयो । उनकी ९३ वर्षीय आमा सईदा बेगमको पनि ४ दिन पहिले जयपुरमा मृत्यु भएको थियो ।

विश्वभरका हस्तीहरूले उनको मृत्युको समाचारमा आफ्नो शोक जनाउँदै उनको परिवार प्रति समवेदना व्यक्त गरेका थिए । उनका छोराहरूले उनको दाहसंस्कार गरी उनलाई मुम्बईको वर्वोसा कब्रिस्तानमा गाडिएको थियो ।

अभिनय

चलचित्र

इरफान खान: बाल्यकाल र शिक्षा, कार्य जीवन, अन्य कार्य 
द नेमसेकको प्रथम प्रदर्शनमा खान
इरफान खान: बाल्यकाल र शिक्षा, कार्य जीवन, अन्य कार्य 
सन् २०१६ मा खान
वर्ष चलचित्र भूमिका टिप्पणी सन्दर्भ
सन् १९८८ सलाम बम्बई ! चिठी लेखक एकेडेमी पुरस्कारको लागि मनोनित
सन् १९८९ कमला की मौत अजित
सन् १९९० दृष्टि राहुल
एक डाक्टर की मौत अमूल्य
सन् १९९१ पिता डा. सेन
जजीरे अल्फ्रेड टेलिभिजन चलचित्र
सन् १९९२ मुझसे दोस्ती करोगे मिर हस्सन
सन् १९९३ करामाती कोट जग्गु
सन् १९९४ बादल द्वार इरफान लघु चलचित्र
वादे इरादे नरेश त्रिपाठी
पुरुष
सन् १९९५ अधुरा
सन् १९९७ प्राइभेट डिटेक्टिभ: टू प्लस टू प्लस वान निरीक्षक खान
सन् १९९८ सच अ लङ वे गुस्तादका पिता
बडा दिन प्रहरी निरीक्षक
सन् १९९९ द गोल (हिन्दी) अनुपम सिंह
सन् २००० घात मामु/रमेश भागवत डोगरा
सन् २००१ कसूर सरकारी वकिल नितिन मेहता
द वारियर लफ्कादिया - योद्धा
सन् २००२ काली सलवार शङ्कर
गुनाह दिगविजय पाण्डे
प्रथा पण्डित निन्नी पाण्डे
हाथी का अण्डा बद्रुद्दीन
बोकशू, द मिथ तान्त्रिक योगी भारतीय अङ्ग्रेजी चलचित्र
सन् २००३ ढून्ढ अजित खुराना
हासिल रणविजय सिंह
सुपारी बाबा
फुटपाथ शेख
द बाइपास प्रहरी लघु चलचित्र
मक्बूल मियाँ मक्बूल
सन् २००४ चरस: अ जोइन्ट अपरेशन प्रहरी रणधीर सिंह राठौर
आन: मेन एट वर्क युसुफ पठान
श्याडोज अफ टाइम यानी मिश्रा
रोड टू लदाख आतङ्कवादी लघु चलचित्र
सन् २००५ रोग निरीक्षक उदय राठौर
चेहरा चन्द्रनाथ दिवान
चकलेट पिपी
७½ फेरे मनोज
द फिल्म शमिम भाइ स्वर
दुबई रिटर्न अफताब अङ्ग्रेज
सन् २००६ यूँ होता तो क्या होता सलिम रजबली
द किलर विक्रम/रूपचन्द स्वरूपचन्द सोलङ्की
द नेमसेक अशोक गाङ्गुली अङ्ग्रेजी चलचित्र
डेडलाइन: सिर्फ २४ घन्टे क्रिश वैद्य
सैनिकुडू पप्पु यादव तेलुगु चलचित्र
मिस्टर १००% मिस्टर पर्फेक्ट
सन् २००७ पार्टिशन अवतार अङ्ग्रेजी चलचित्र
लाइफ इन अ...मेट्रो मोन्टी
अ माइटी हार्ट जीशन काज्मी अङ्ग्रेजी चलचित्र
द दार्जिलिङ लिमिटेड बुबा अङ्ग्रेजी चलचित्र
अपना आसमान रवि कुमार
आजा नचले फारुख - नज्माका पति
सन् २००८ तुलसी सूरज
सन्डे कुमार मङ्गत
वान टू थ्री उद्घोषक
क्रेजी ४ डा. मुखर्जी
मुम्बई मेरी जान थोमस
चम्कू विशाल कपूर
माइग्रेशन लघु चलचित्र
स्लमडग मिलियनेयर प्रहरी निरीक्षक अङ्ग्रेजी चलचित्र
न्यू योर्क, आइ लभ यू मन्सुख भाइ अङ्ग्रेजी चलचित्र, मिरा नायरद्वारा निर्मित
दिल कबड्डी समित
सन् २००९ बिल्लू बिल्लू हजाम/विलास पर्देसी
न्यू योर्क रोशन (एफबिआइ कर्मचारी)
एसिड फ्याक्ट्री केसर
सन् २०१० राइट या रङ' निरीक्षक विनय पटनायक
नक आउट बछू भाइ/टोनी खोसला
हिस्स निरीक्षक विक्रम गुप्ता
सन् २०११ ये साली जिन्दगी अरुण
७ खून माफ वासिउल्लाह खान (मुसफिर)
थ्याङ्क यू विक्रम
सन् २०१२ पान सिंह तोमर पान सिंह तोमर सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कारको विजेता
द अमेजिङ स्पाइडर-म्यान डा. रजित राथा अङ्ग्रेजी चलचित्र
लाइफ अफ पाई पिसिन मोलिटोर पटेल ("पाई") अङ्ग्रेजी चलचित्र
सन् २०१३ साहेब, बीवी और ग्याङ्स्टर रिटर्न्स इन्द्रजीत सिंह
द लन्चबक्स साजन फर्नान्डिज एकेडेमी पुरस्कारमा भारतको आधिकारिक प्रवेश
मेरिडियन लाइन्स देवराज
डी-डे एजेन्ट वली खान
किस्सा अम्बर सिंह
सन् २०१४ गुण्डे सहायक प्रहरी आयुक्त सत्यजीत सरकार
दी एक्स्पोजे एलेक डिकोस्टा विशेष उपस्थिति
हैदर रूह्दार
सन् २०१५ पीकू राणा चौधरी
जुरासिक वर्ल्ड साइमन मसरानी अङ्ग्रेजी चलचित्र
जज्बा निरीक्षक योहान
तलवार आश्विन कुमार
बाजीराव मस्तानी उद्घोषक स्वर, श्रेय नदिइएको
सन् २०१६ द जङ्गल बुक बलू स्वर, हिन्दी डबिङमा
मदारी निर्मल कुमार
इन्फर्नो ह्यारी "द प्रोभोस्ट" सिम्स अङ्ग्रेजी चलचित्र
सन् २०१७ हिन्दी मिडियम राज बत्रा
डूब जावेद हसन बलिउड-ढालिउडको संयुक्त उपक्रम
द सङ अफ स्कोर्पियन्स आदम
करीब करीब सिङ्गल योगी
सन् २०१८ पजल रोबर्ट अङ्ग्रेजी चलचित्र
ब्ल्याकमेल देव कौशल
कारवाँ शौकत
सन् २०२० अङ्ग्रेजी मिडियम चम्पक बंसल इरफानको अन्तिम चलचित्र

टेलिभिजन

वर्ष कार्यक्रम भूमिका टिप्पणी
सन् १९८७ श्रीकान्त
सन् १९८८ भारत एक खोज अब्दुल कादिर बदायुनी भाग ३२ र ३३
सन् १९९१ कहकशाँ
सन् १९९२ चाणक्य सेनापति भद्रसाल
सन् १९९३ शेष प्रश्न शिवनाथ
किरदार
सन् १९९४ चन्द्रकान्ता बद्रीनाथ/सोमनाथ
द ग्रेट मराठा नजीब उद दौला र गुलाम कादिर खान
सन् १९९५ बनेगी अपनी बात कुमार
सन् १९९६ जस्ट मोहब्बत मिस्टर सिंह भाग ४ र ५
सन् १९९७ जय हनुमान महर्षि वाल्मीकि
बम्बई ब्लू रामीज
सन् १९९७ - सन् १९९८ सत्य अधिवक्ता
सन् १९९८ स्पर्श
सन् १९९९ स्टार बेस्टसेलर्स भाग: "एक शाम के मुलाकात"
गीता रहस्य कंस
सन् २००० एक्स जोन जादुगर राहुल भाग १२१ (किरदार)
सन् २००० डर क्रमिक हत्यारा
सन् २००३ श्श्श...कोई है अमर भाग ९ (मुमकिन)
सन् २००४ क्या कहें प्रस्तुतकर्ता
सन् २००६ मानो या ना मानो प्रस्तुतकर्ता
सन् २००७ डन प्रस्तुतकर्ता
सन् २००९ एमटिभी हिरो होन्डा रोडिज ७ आफैँ
सन् २०१० इन ट्रीटमेन्ट सुनिल
सन् २०१६ टोक्यो ट्रायल राधाविनोद पाल

भिडियो खेल

वर्ष खेल भूमिका टिप्पणी
सन् २०१५ लेगो जुरासिक वर्ल्ड साइमन मसरानी
लेगो डाइमेन्शन्स साइमन मसरानी

विज्ञापन

  • सिस्का एलइडी
  • भोडाफोन
  • एन्भी १०००
  • टिभिसी मास्टरकार्ड
  • जिभी मोबाइल
  • हेन्को
  • इडलवाइस समूह
  • ट्रीबो होटेल
  • क्यान्डिड
  • इन्डियामार्ट
  • गोपाल एक्जोटिक इलाइची
  • केइआइ वायर्स
  • ७ अप
  • सिइएटी एसयूभी

पुरस्कार तथा नामाङ्कन

इरफान खान: बाल्यकाल र शिक्षा, कार्य जीवन, अन्य कार्य 
सन् २०११ मा इरफान खान पद्म श्रीबाट सम्मानित
वर्ष चलचित्र पुरस्कार श्रेणी परिणाम सन्दर्भ
सन् २००४ हासिल फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ खलनायक विजयी
जी सिने पुरस्कार सर्वश्रेष्ठ खलनायक मनोनित
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ खलनायक विजयी
मक्बूल सर्वश्रेष्ठ खलनायक मनोनित
जी सिने पुरस्कार सर्वश्रेष्ठ खलनायक मनोनित
सन् २००७ द नेमसेक अलायन्स अफ विमेन फिल्म जर्नलिस्ट्स सर्वश्रेष्ठ प्रलोभन विजयी
इन्डिपेन्डेन्ट स्पिरिट पुरस्कार सर्वश्रेष्ठ सहायक पुरुष मनोनित
स्टारडस्ट पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
लाइफ इन अ...मेट्रो प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
सन् २००८ फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता विजयी
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता विजयी
सर्वश्रेष्ठ हास्य अभिनेता मनोनित
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ हास्य कलाकार विजयी
सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
स्लमडग मिलियनेयर स्क्रीन एक्टर्स गिल्ड पुरस्कार सर्वश्रेष्ठ चलचित्र प्रदर्शन विजयी
सन् २००९ सेन्ट्रल ओहायो फिल्म क्रिटिक्स असोसिएसन सर्वश्रेष्ठ टोली विजयी
मुम्बई मेरी जान अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
उपलब्ध/नभएको जीक्यू (भारतीय संस्करण) वर्षको पुरुष विजयी
सन् २०१० न्यू योर्क प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
सन् २०११ उपलब्ध/नभएको पद्म श्री कला विजयी
उपलब्ध/नभएको अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रमा सर्वश्रेष्ठ प्रदर्शनी विजयी
सन् २०१२ उपलब्ध/नभएको सिएनएन-आइबिएन इन्डियन अफ द यर मनोरञ्जन विजयी
७ खून माफ अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ खलनायक मनोनित
सन् २०१३ पान सिंह तोमर राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
सर्वश्रेष्ठ अभिनेता (आलोचक) विजयी
प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
टाइम्स अफ इन्डिया चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
इन्स्टिट्युट फर रिसर्च एन्ड डक्युमेन्टेशन इन सोशल सायन्सेस सर्वश्रेष्ठ पुरुष पात्र विजयी
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
द लन्चबक्स सर्वश्रेष्ठ अभिनेता मनोनित
एसियाली चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
एसिया-पसिफिक चलचित्र उत्सव उत्कृष्ट उपलब्धि पुरस्कार विजयी
सर्वश्रेष्ठ अभिनेता मनोनित
दुबई अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
सन् २०१४ प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
वर्षको प्रदर्शनकर्ता विजयी
वर्षको मनोरञ्जक विजयी
किस्सा क्विन्सल्यान्डको भारतीय अन्तर्राष्ट्रिय चलचित्र उत्सव सर्वश्रेष्ठ अभिनेता विजयी
डी-डे जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
सन् २०१५ हैदर बलिउड हङ्गामा सर्फर्स चोइस चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
गुण्डे सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
सन् २०१६ तलवार बिग स्टार मनोरञ्जन पुरस्कार थ्रिलरमा सर्वश्रेष्ठ अभिनेता - पुरुष मनोनित
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता (निर्णायक मण्डलको छनोट) - पुरुष विजयी
स्टारडस्ट पुरस्कार वर्षको प्रदर्शनकर्ता (पुरुष) - सम्पादकको छनोट विजयी
पीकू सर्वश्रेष्ठ सहायक अभिनेता - पुरुष मनोनित
प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
मेलबर्नको भारतीय चलचित्र उत्सव सर्वश्रेष्ठ अभिनेता विजयी
बिग स्टार मनोरञ्जन पुरस्कार सर्वश्रेष्ठ मनोरञ्जक अभिनेता - पुरुष मनोनित
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
टाइम्स अफ इन्डिया चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता - पुरुष मनोनित
जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता - पुरुष मनोनित
सन् २०१७ उपलब्ध/नभएको दुबई अन्तर्राष्ट्रिय चलचित्र उत्सव मानद पुरस्कार विजयी
सन् २०१८ हिन्दी मिडियम जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता - पुरुष (निर्णायक मण्डलको छनोट) मनोनित
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
सर्वश्रेष्ठ अभिनेता (आलोचक) मनोनित
न्यूज १८ रील चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
करीब करीब सिङ्गल स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
डूब फिल्मफेयर पुरस्कार पूर्व सर्वश्रेष्ठ अभिनेता (पुरुष) मनोनित

सन्दर्भ सामग्री

बाह्य कडी

Tags:

इरफान खान बाल्यकाल र शिक्षाइरफान खान कार्य जीवनइरफान खान अन्य कार्यइरफान खान व्यक्तिगत जीवनइरफान खान अभिनयइरफान खान पुरस्कार तथा नामाङ्कनइरफान खान सन्दर्भ सामग्रीइरफान खान बाह्य कडीइरफान खानपद्म श्रीफिल्मफेयर पुरस्कारबलिउडराष्ट्रिय चलचित्र पुरस्कारहलिउड

🔥 Trending searches on Wiki नेपाली:

चीनकालकबड्डीसुनडोटी जिल्लामानव अधिकारअलिखित (उपन्यास)नगदे वालीनेपालमा महिलाको अवस्थाबिना माया थिङ लामाकोदोआर्मेनियापहिलो विश्वयुद्धनेपालको प्रशासनिक विभाजनलेखा अभिलेखबनेपा नगरपालिकागणतन्त्रमाइकल फराडेजनसङ्ख्याअङ्कसंस्कारसार्वजनिक वित्तडोल्पा जिल्लानेपालमा महिला अधिकारभिटामिनलोकबाजाबाथमुस्ताङ जिल्लाविराट कोहलीनेपालका गाउँपालिकाहरूमोतीराम भट्टनेपाल समाजवादी पार्टीश्रेष्ठनेपालका हिमालहरूको सूचीनयाँ पत्रिका दैनिकटाइटनकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)कार्ल मार्क्सखस ब्राह्मणसमावेशीकरणनेपाल-भारत सम्बन्धबर्मेली भाषापृथ्वी राजमार्गअन्तर्राष्ट्रिय श्रम सङ्गठनबर्दिया जिल्लाखस राज्यशिवअरुणा लामाराजतन्त्रनातानेपालको प्रधानन्यायाधीशसूचनागुगल एनलाइटिकसिमसारभानु नगरपालिकाप्रदेश सभा (नेपाल)चेकजुम्ला जिल्लासञ्चारविकिमिडिया फाउन्डेसनचिनियाँ भाषाबाघपूर्वीय चिन्तन परम्पराएचटिएमएलजापानसुनवल नगरपालिकाप्रदेश प्रमुख (नेपाल)कविताआविष्कारकहरूको सूचीनेपाल स्काउटराशि-चक्रबालेन शाहसगरमाथालागतवनस्पतिमानव विकास चरणकर्मचारी सञ्चय कोषचन्द्रमा🡆 More