इन्स्टाग्राम

इन्स्टाग्राम एक अमेरिकी तस्वीर तथा श्रव्य दृश्य साझेदारी गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। यसलाई केभिन सिस्ट्रोम र माइक क्रेइगरद्वारा संयुक्त रूपमा निर्माण गरिएको थियो। यसलाई सन् २०१० मा आइओएस मार्फत सुरु गरिएको थियो। एन्ड्रोइड उपकरणहरूको लागि यसको आधिकारिक संस्करण अप्रिल २०१२ मा जारी गरिएको थियो भने नोभेम्बर २०१२ मा सीमित सुविधाहरू भएको यसको वेबसाइटलाई जारी गरिएको थियो। १५ जुन २०१४ मा फायर सञ्चालन प्रणालीमा यसको आधिकारिक अनुप्रयोग र सन् २०२६ मा विन्डोज १० ट्याबलेट र कम्प्युटरहरूको लागि यसको अनुप्रयोग जारी गरिएको थियो। अनुप्रयोगले प्रयोगकर्ताहरूलाई तस्वीर र श्रव्य दृश्यहरू उर्ध्वभरण गर्न अनुमति दिन्छ जसलाई छनोटको साथ सम्पादन गर्न र चिनो र स्थान जानकारीको साथ सङ्गठित गर्न सकिन्छ। प्रकाशित सामग्रीहरू सार्वजनिक रूपमा वा पूर्व अनुमोदित अनुयायीहरूसँग साझेदारी गर्न सकिन्छ। प्रयोगकर्ताहरूले चिनो र स्थानहरू मार्फत अन्य प्रयोगकर्ताहरूको सामग्री खोल्न सक्दछन् र अति लोकप्रिय सामग्रीहरू अवलोकन गर्न पनि सक्छन्। प्रयोगकर्ताहरूले तस्वीर मनपराउन सक्दछन् र उनीहरूको सामग्री थप्नको लागि अन्य प्रयोगकर्ताहरूलाई अनुसरण गर्न सक्दछन्।

इन्स्टाग्राम
इन्स्टाग्राम
इन्स्टाग्राम
मूल सम्पादक(हरू)केभिन सिस्ट्रोम, माइक क्राइगर
निर्माणकर्ता (हरू)फेसबुक निगम
मौलिक संस्करणअक्टोबर ६, २०१०; १३ वर्ष पहिले (२०१०-१०-06)
ढाँचा:Infobox software/stacked
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड, फायर सञ्चालन प्रणाली
आकार१२३.८ मेगाबाइट (आइओएस)
४०.७६ मेगाबाइट (एन्ड्रोइड)
उपलब्ध भाषाहरू३२ भाषाहरू
अनुमति पत्रप्रयोगका सर्तहरू का साथ स्वामित्व सफ्टवेयर
अलेक्सा क्रमNegative increase १६ (विश्वव्यापी, जनवरी २०३०)
वेबसाइटआधिकारिक वेबसाइट

सुरुवाती अवस्थामा, इन्स्टाग्रामका मूल सामग्रीहरूलाई केवल एक वर्ग (१:१) दृष्टि अनुपात र ६४० पिक्सेल गुणस्तरको साथ आइफोनको प्रदर्शन चौडाइसँग मिलाउनको लागि अनुमति दिएर पहिचान गरिएको थियो। सन् २०१५ यी बाधाहरूलाई सरल पारिएको थियो, जसमा यसले ६४०बाट १०८० मा आफ्नो पिक्सेल गुणस्तर वृद्धि गरेको थियो। यसले सन्देश सुविधाहरू पनि थप गरेको थियो। जारी गरिएका एकल सामग्रीहरू बहु तस्वीर वा श्रव्य दृश्यहरू पनि यसले आफ्नो सेवामा समावेश गरेको थियो। यसको प्रमुख प्रतिस्पर्धी स्न्यापच्याटको समान यसले "कथाहरू" पनि थप गरेको थियो जसले प्रयोगकर्ताहरूलाई प्रत्येक सार्वजनिक सामग्रीको साथ अनुक्रमिक सामग्रीमा तस्वीर र श्रव्य दृश्य साझेदारी गर्न अनुमति दिन्छ जसमा प्रत्येक सार्वजनिक सामग्रीहरू २४ घण्टाको लागि अन्य प्रयोगकर्ताहरूद्वारा पहुँच योग्य बनाइएको छ। जनवरी २०१९ सम्म, कथाहरू सुविधालाई दैनिक रूपमा ५० करोड प्रयोगकर्ताहरूद्वारा प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अनलाइन भिडियो मञ्चमेटा

🔥 Trending searches on Wiki नेपाली:

मुनामदननेपाली चलचित्रनिबन्धअन्नप्राशन संस्कारबाथमानिसकानूननिखिल उप्रेतीअरिङ्गालसहिदआम निर्वाचन २०१५गणतन्त्रहिमालय शमशेर जङ्गबहादुर राणाखस जातिप्रजनन स्वास्थ्ययौनभवानी भिक्षुसुदूरपश्चिम प्रदेश सभाजलवायु परिवर्तनचौहानकर्णाली नदीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)व्यवसायसिपाही (कथा)अर्घाखाँची जिल्लासार्क शिखर सम्मेलनको सूचीअमेरिकाको राष्ट्रपतिमाधवप्रसाद घिमिरे (साहित्यकार)भारतीय संविधाननेपालको झन्डालुम्बिनी प्रदेशइन्डियन प्रिमियर लिगडढेलोऋतुकाठमाडौँको इतिहासनिर्वाचन प्रणालीबालेन शाहखस ब्राह्मणनेपालको पञ्चवर्षीय योजनाभारतको राष्ट्रपतिराजनीतिआन्तरिक लेखापरीक्षणकनकाई नदीॐ नमः शिवायॐ जय जगदीश हरेमुकेश अम्बानीबाइसे राज्यहरूसंस्कारसुनिल नारायणपरिवारयुवावस्थादोस्रो विश्व युद्धराष्ट्रिय प्रजातन्त्र पार्टीसन ह्युङ-मिनहुम्ला जिल्लानेपालको परराष्ट्र सम्बन्धभूपरिवेष्ठित राष्ट्रशिक्षण विधिबडिमालिकाकास्की राज्यक्षेत्रीकागचूडाकर्म संस्कारगर्भावस्थागुरुङ जातिगाउँपालिकास्थानीय तह निर्वाचन, २०७९आयोजनामहासागररवि लामिछानेजगेडाचिठीमहादेशकान्तिपुर दैनिकनेपालको राष्ट्रिय जनगणनाविश्व बैङ्क🡆 More