जनसङ्ख्या

जनसंख्या एकै समूह वा प्रजातिको सबै जीवहरू हुन्, जुन कुनै खास भौगोलिक क्षेत्रमा बस्दछन्, र अन्तर प्रजननको क्षमता राख्छ ।

जनसङ्ख्या
सन् १९९४ अनुसारको विश्च जनसङ्ख्या विभाजन

नेपालको जनसङ्ख्या

दस वर्षयता देशको जनसङ्ख्या १५ प्रतिशतले बढेर २ करोड ६४ लाख पुगेको छ।[स्रोत नखुलेको]

केन्द्रीय तथ्यांक विभागले गरेको जनगणनाको प्रारम्भिक नतीजाअनुसार यो दस वर्षअघि -२०५८)को जनगणनामा देखिएभन्दा करिब ३४ लाख ६९ हजार बढी हो। तथ्यांकअनुसार पुरुषको भन्दा महिलाको संख्या करिब २ प्रतिशत बढी छ। औसत वाषिर्क जनसङ्ख्या वृद्धिदर १ दशमलव ४ छ। यसअघि २ दशमलव २५ थियो।

विज्ञहरूले जनगणनाको नतीजा स्वाभाविक भनेका छन्। पछिल्लो गणनाअनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ छ। पुरुषको भन्दा महिलाको संख्या ७ लाख ६६ हजार बढी छ।

पुरुषको संख्या ४८ दशमलव ५६ र महिलाको ५१ दशमलव ४४ प्रतिशत रहेको विभागले जनाएको छ। दस वर्षअघि देशको जनसङ्ख्या कुल २ करोड ३१ लाख ५१ हजार हुँदा पुरुष ४९ र महिला ५१ प्रतिशत थिए। बढ्दो वैदेशिक रोजगारीका कारण पनि महिलाको संख्या बढेको हुन सक्ने विश्लेषकहरूले बताए।

'प्रारम्भिक नतीजाअनुसार जनसङ्ख्या वृद्धि त्यत्ति धेरै अनपेक्षित र आत्तिहाल्नुपर्ने देखिँदैन,' जनसङ्ख्याविद् बालकृष्ण माबुहाङले भने, 'तर धेरै जिल्लामा न्यून जनसङ्ख्या देखिनुचाहिँ चिन्ताको विषय हो।' अनुपस्थित जनसङ्ख्या पनि निकै रहेको उनको भनाइ छ।

विभागले कुल जनसङ्ख्याको ५० दशमलव १५ प्रतिशत तराईमा, ४३ दशमलव ११ प्रतिशत पहाडमा र हिमाली क्षेत्रमा ६ दशमलव ७४ प्रतिशत जनसङ्ख्या बसोबास रहेको जनाएको छ। क्षेत्रका आधारमा सबैभन्दा बढी मध्यमाञ्चलमा ३६ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ९ दशमलव ६ प्रतिशत जनसङ्ख्या सुदूरपश्चिममा छ। १७ प्रतिशत सहरी र ८३ प्रतिशत ग्रामीण जनसङ्ख्या छ। अधिकांश हिमाली र पूर्वी पहाडका जिल्लामा जनसङ्ख्या घटेको र तराईका बढेको पाइएको छ।

देशमा अहिले ४७ लाख ६७ हजार १ सय ९६ घर र ५६ लाख ५९ हजार ९ सय ८४ घरपरिवार छन्। अघिल्लो गणनाका बेलाभन्दा परिवार संख्या १४ लाख ७ हजारले बढेको हो। 'अघिल्लो जनगणनाको तुलनामा जनसङ्ख्या वृद्धिदर भने घटेको छ,' समग्रमा जनसङ्ख्या बढे पनि वृद्धिदर घटेको उल्लेख गर्दै विभागका निर्देशक डा. रुद्र सुवालले भने, 'जनचेतना बढेकाले वृद्धिदर घटेको हो।'

मुलुकको जनघनत्व प्रतिवर्ग किलोमिटर औसत १ सय ८१ व्यक्ति छ। जिल्लागत आधारमा सबैभन्दा बढी जनसङ्ख्या काठमाडौंमा १७ लाख ४१ हजार र मनाङमा सबैभन्दा कम ६ हजार ५ सय २७ छ।

'यो नतीजाले देशलाई सङ्घीयतामा लैजान सजिलो बनाएको छ। जातीय, भाषिक, धार्मिकजस्ता विस्तृत विवरण पनि अहिल्यै आएको भए वेश हुने थियो,' योजना आयोगका पूर्वसदस्य डा. चैतन्य सुब्बाले प्रतिक्रिया दिए, 'जनसङ्ख्या खासै असमान ढङ्गले बढेको रहेनछ।'

तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या १९ लाख १७ हजार छ। यसलाई कुल जनसङ्ख्यामा समावेश गरिएको छैन।

दस वर्षअघि विदेशमा ७ लाख ६२ हजार नेपाली थिए। गणनाको परिभाषाभित्र नपरेकाले उनीहरूलाई कुल जनसङ्ख्यामा नसमेटिएको निर्देशक सुवालले बताए। ६ महिनाभन्दा बढी समय बसोबास गरेका बासिन्दालाई मात्र गणनामा सम्बद्ध ठाउँबाट समेटिएकाले विदेशिएका लागि समावेश नगरिएको हो। विदेशिएकामध्ये ग्रामीण क्षेत्रका ८६ दशमलव ३८ प्रतिशत र सहरी क्षेत्रका १४ दशमलव ६२ प्रतिशत छन्।

गणनाको अन्तिम नतीजा सुपरिवेक्षक र गणकले भरेका फारम प्रशोधन गरी सूक्ष्म ढङ्गले प्रस्तुत गरिने विभागका महानिर्देशक उत्तमनारायण मल्लले बताए। '२०६९ सालभित्र विस्तृत नतीजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं,' उनले भने।

केन्द्रीय तथ्यांक विभागले गत असार ३ देखि १३ गतेभित्र देशभर एकसाथ लिएको एघारौँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतीजा मंगलबार सार्वजनिक गरेको हो।

उसले जनसांख्यिक विवरणका आधारमा सुपरिवेक्षकले भरेका 'कन्ट्रोल फाराम' का आधार प्रारम्भिक नतीजा प्रकाशन गरिएको जनाएको छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नीति शाहबजारशास्त्रगुगलअहमदाबाद जिल्लाबालीविश्व व्यापार सङ्गठनलेखा प्रणालीग्रहबर्बरआविष्कारकहरूको सूचीकर्णाली प्रदेशविकिपिडियागर्भपतनभूपि शेरचनइतिहासअक्षराङ्क शिक्षापाल्पा जिल्लाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाललाइब्रेरी पर्वशब्दकोशविश्वव्यापीकरणनेपालको एकीकरणमहादेशमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीनेपालको राष्ट्रपतिनेपालमा बोलिने भाषाहरूनुवाकोट जिल्लाहिमालयन बैंक लिमिटेडलेखनाथ पौड्यालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कानुन आयोगमहाकाली नदीगङ्गालाल श्रेष्ठलाली गुराँसदोधारा चाँदनी पुलनेपाली चलचित्रयुरोपभीमसेन थापाभूपरिवेष्ठित राष्ट्रअन्तरिक्षविष्णुसञ्चारस्थानीय तह निर्वाचन, २०७९अष्ट चिरञ्जीवीनेपाली व्याकरणलुभुराजेश हमालसहकारीसमाजशास्त्रलुम्बिनीराणा वंशमहजोडीसौर्यमण्डलनिबन्धतराईभलिबलआगोआसियानभौतिक विज्ञाननेपालका दलित वर्गमा पर्ने थरहरूमहासागरचराकोशिका सिद्धान्तयौनिक अल्पसङ्ख्यककाठमाडौँ ७ (निर्वाचन क्षेत्र)वीरेन्द्र वीरविक्रम शाहसमानुपातिक प्रतिनिधित्व प्रणालीमनकामना मन्दिरध्रुवचन्द्र गौतमनेपालको संविधाननागरिकवाच्य (व्याकरण)भक्तराज आचार्य🡆 More