ग्रीक सरकार-कर्जा सङ्कट

ढाँचा:Greek economic crisis

ग्रीक सरकार-कर्जा सङ्कटको अर्थव्यवस्था
Frequency: Monthly; Interest rate type: Long-term interest rate for convergence purposes; Transaction type: Debt security issued; Maturity category: 10 years; BS counterpart sector: Unspecified counterpart sector; Currency of transaction: Euro; IR business coverage
ग्रीस सरकारी ऋणपत्रको १० वर्षको ब्याजदरको इतिहास
वित्तीय वर्ष
२००९ पूर्वार्ध- २०१८ उत्तरार्ध (१० वर्ष)
तथ्याङ्क
कुल ग्राहस्थ उत्पादन२००.२९ अर्ब (२०१७)
कुल ग्राहस्थ उत्पादन श्रेणी५१ (nominal per World Bank 2017)
प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन
२३,०२७.४१ (२०१७)
प्रति व्यक्ति श्रेणी
४७ (विश्वबैंक २०१७ अनुसार)
External
Gross external debt
$372 billion as of September 2019

सबै मानहरू, अन्यथा उल्लेख नभएसम्म, अमेरिकी डलरमा छन्।

ग्रीक सरकार-कर्जा सङ्कट २००७-२००८ को वित्तीय सङ्कट पश्चात ग्रीसले भोगेको सार्वभौम ऋण सङ्कट हो। यसलाई ग्रीसमा व्यापक रुपमा सङ्कट (Greek: Η Κρίση) भनेर चिनिन्छ। आकस्मिक सुधारको एक शृंखला र गरिबी र आम्दानी तथा सम्पत्तिको नोक्सान हुने मितव्ययिताको उपाय पछी, यो सङ्कट सर्वसाधारण सम्मनै पुगेको थियो। यो बाट सानो स्तरको मानवीय सङ्कटको स्थिति पनि सिर्जना भएको थियो। कुल मिलाएर, ग्रीक अर्थव्यवस्थाले अहिलेसम्मको कुनै उन्नत मिश्रित अर्थतन्त्रको सबैभन्दा लामो मन्दीको सामना गर्यो।

नतिजा स्वरूप, ग्रीसको राजनीतिक प्रणाली अपराधी भएको छ, सामाजिक बहिष्कार बढेको थियो र लाखौं शिक्षित ग्रीकहरूले देश छोडेका थिए। ग्रीसको सरकारी ऋण सङ्कट सन् २००९ मा सुरु भएको थियो। यसलाई 'ग्रीक मन्दी' पनि भनिन्छ। यो युरोपको युरो-क्षेत्रमा पहिलो सार्वभौम ऋण सङ्कट (सरकारी ऋण सङ्कट) थियो।

ग्रीक सङ्कट २००९ को उत्तरार्धमा सुरु भयो। विश्वव्यापी आर्थिक मन्दीको हलचल, ग्रीक अर्थतन्त्रको संरचनाको कमजोरी, र युरोजोन सदस्य हुनुको नाताले मौद्रिक नीतिमा लचिलोपनमा कमीले गर्दा यो सङ्कट बल्झियो। अघिल्ला ग्रीक सरकारले सरकारी कर्जा र बजेट घाटाको तथ्यांक छलछाम यो सङ्कटको दौरान रहस्योद्घाटन भयो।: अधिकारीहरूले २००९ को बजेट घाटा २०१० मा गतिएको हिसाबको आफ्हा हुने पुर्वानुमान गरेका थिए, तर युरोस्ट्याट विधीबाट पुनः निरीक्षण अनुसार, २००९ सरकारी कर्जा २६९.३ अर्ब डलर बाट २९९.३ अर्ब डलर बढ्यो, जुन पहिले सार्वजनिक गरिएको भन्दा ११% ले बढी पाइयो।

ऋणदाताहरू

युरोपेली बैंक

ग्रीक बैंकहरू बाहेक, जुन २०११ मा युरोपेली बैंकहरूको ग्रीसमा €४५.८ अर्ब लगानी थियो। यद्यपि, २०१५ को प्रारम्भमा, उनीहरूको होल्डिङ लगभग २.४ अर्ब युरोमा झर्यो , ५०% राइट-डाउनको रुपमा।

युरोपेली लगानी बैंक

नोबेम्बर २०१५ मा, युरोपेली लागानी बैंकले ग्रीसलाई २८५ मिलियन युरो दियो।२०१४ को विस्तृत सम्झौता अनुसार युरोपेली लगानी बैंकले ६७० मिलियन युरो दिने थियो। ग्रीक सरकारले यो पैसा उर्जा सुरक्षा सुनिश्चित गर्न र पर्यावरण मैत्री परियोजना व्यवस्थापन गर्न ग्रीसको उर्जा उद्योगमा लगानी गरिने अपेक्षा थियो । युरोपेली लागानी बैंकका अध्यक्ष वर्नर होवरले यो लगानीले रोजगारी वृद्धि गर्ने र ग्रीसको अर्थतन्त्र र वातावरणमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका थिए।

आर्थिक, सामाजिक तथा राजनैतिक असर

ग्रीक सरकार-कर्जा सङ्कट 
एथेन्सको विरोध प्रदर्शन; २५ मे २०११

आर्थिक असर

सन् २०११ मा ग्रीक कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा नराम्रो गिरावट -६.९% देखापर्यो। यो वर्ष औद्योगिक उत्पादन २००५ को भन्दा २८.४% ले कम भयो। त्यो वर्ष, १ लाख ११ हजार कम्पनीहरू टाट पल्टिए। यो सङ्ख्या २०१० को भन्दा २७% ले उच्च थियो। नतिजास्वरुप, सेप्टेम्बर २००८ मा ७.५% रहेको बेरोजगारी दर २०१२ मे मा त्यतिबेला कै उच्च २३.१% पुग्यो, भने युवा बेरोजगारी दर २२.०% बाट ५४.९% पुग्यो।।

२००९ देखी २०१२ सममा, ग्रीसको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा एक चौथाइको गिरावट देखियो। यो सँगै देशमा मन्दी सुरु भयो।

प्रमुख तथ्यांकहरू संक्षिप्तमा तल प्रस्तुत गरिएको छ। सिआए वर्ल्ड फ्याक्टबुक र युरोस्ट्याट अनुसार:

  • ग्रीक जीडीपी €२४२ अर्ब (सन् २००८ मा) बाट सन् २०१४ मा €१७९ अर्ब, २६% को गिरावट भयो। ग्रीस पाँच वर्ष आर्थिक मन्दीमा फस्यो, सन् २०१४ मा केहि उपायबाट निस्कियो। जीडीपीमा भएको यो गिरावटले गर्दा, कर्जा-जीडीपी अनुपात नाटकीय रुपले वृद्धि भयो, यसले ग्रीसको कर्जा संकट झन् बल्झियो।
  • प्रति व्यक्ति जीडीपी २००७ मा उच्चतम बिन्दु €२२,५०० बाट २०१४ मा €१७,००० सम्म झर्यो, २४%को गिरावट .
  • सर्वजिनिक कर्जा-जीडीपी अनुपात सन् २०१४ मा जीडीपीको १७७% अर्थात €३१७ अर्ब थियो । यो अनुपात जापा र जिम्वावे पछी कै तेस्रो ठुलो थियो । सार्वजनिक कर्जा सन् २०११ मा उच्चतम बिन्दु €३५६ अर्ब थियो; यो सन् २०१२ को जमानत कार्यक्रमद्वारा कम भएको थियो र त्यसपछि बिस्तारै बढ्यो।
  • वार्षिक बजेट घाटा (आम्दानी र खर्चको फरक ) सन् २०१४ मा सुधार भएर जीडीपीको ३.४% मा सिमित भयो, जुन सन् २००९ मा १५% मा पुगेको थियो।
  • सन् २०१४ मा कर राजस्व €८६ अर्ब (जीडीपीको करिब ४८%), भने खर्च €८९.५ अर्ब (जीडीपीको करिब ५०%) थियो।
  • सन् २००५-२००९ मा करिब १०% रहेको बेरोजगारी दर २०१४-२०१५ मा बढेर २५% सम्म पुग्यो ।
  • सन् २०१४ मा अनुमानित ३६% ग्रीक नागरिक गरिबीको रेखा मुनि थिए।

सामाजिक असर

ग्रीक सरकार-कर्जा सङ्कट 
२००४ देखि २०१४ सम्मको ग्रीसको रोजगारी डर र बेरोजगारी दर

ग्रीक जनता माथि मितव्ययिता उपायको सामाजिक असर कठोर, गम्भीर थियो। फेब्रुअरी २०१२ मा, २०,००० ग्रीकहरू घरबार बिहिन भएको रिपोर्ट भयो, एथेन्सको ऐतिहासिक सहरको केन्द्रको २० प्रतिशत पसल दोकानहरू खाली भए।

राजनैतिक असर

सन् २०११ मा, आर्थिक सङ्कटबाट मितव्ययिता विरोधी आन्दोलनको जन्म भयो। सन् १९७७ देखि २००९ सम्म ग्रीक राजनीतिमा प्रभुत्व जमाएको दुई दलीय प्रणालीको २०१२ मे ६ र २०१२ जुन १७ को चुनावबाट अन्त्य भयो। यो रुपान्तरणको मुख्य विशेषता यस्तो थियो:

अन्य असरहरू

आयोजक संस्था टाट पल्टिएकाले दौड प्रतियोगिता बन्द भयो।

फुटबल खेलाडीहरूले तलब नयाँ करको दर अनुसार पाउनेछन्।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ग्रीक सरकार-कर्जा सङ्कट ऋणदाताहरूग्रीक सरकार-कर्जा सङ्कट आर्थिक, सामाजिक तथा राजनैतिक असरग्रीक सरकार-कर्जा सङ्कट यो पनि हेर्नुहोस्ग्रीक सरकार-कर्जा सङ्कट सन्दर्भ सामग्रीहरूग्रीक सरकार-कर्जा सङ्कट बाह्य कडीहरूग्रीक सरकार-कर्जा सङ्कट

🔥 Trending searches on Wiki नेपाली:

नेपालका हिमालहरूको सूचीस्थानीय तह निर्वाचन, २०७४कालिका मन्दिर, बागलुङशाह वंशत्रिभुवन वीरविक्रम शाहजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालका बैङ्कहरूको सूचीबर्दिया राष्ट्रिय निकुञ्जलक्ष्मीप्रसाद देवकोटादासप्रथापाटन दरबार क्षेत्रगर्भपतनसमावेशी शिक्षाछुवाछुतएडल्फ हिटलरभक्ति थापानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कार्यसम्पादन मूल्याङ्कनरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोस्थानीय व्यवस्थापिकारुस-युक्रेन युद्धनारायणकाजी श्रेष्ठनुवाकोट जिल्लाभक्तपुर दरबार क्षेत्रखड्गप्रसाद ओलीमोबाइल फोनश्रीमद्भागवत् पुराणगणतन्त्र दिवस (नेपाल)मानव तस्करीअङ्ग्रेजी भाषातामाङ जातिसम्पादननमस्तेमल्ल वंशगाउँ खाने कथाभूपरिवेष्ठित राष्ट्रताप्लेजुङ जिल्लाइन्दिरा प्रसाईँअशेष मल्लजलविद्युतनेपालको अन्तरिम शासन विधान २००७राणा शासनलेखा प्रणालीनेपालको जनआन्दोलन २०६३बाथआयुर्वेदकालिञ्चोक भगवतीनेपाली विकिपिडियाकुवेतअन्नप्राशन संस्कारव्यवसायसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूगणतन्त्रनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकृष्ण मन्दिरसरसफाइनामओखलढुङ्गा जिल्लाकर्णाली नदीभूपि शेरचनअधिकारसंविधानबूढानीलकण्ठ मन्दिरजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनेपालको पञ्चवर्षीय योजनादराजबाबुराम भट्टराईनेपालका सर्वोच्च आठ हिमालनेपालको एकीकरणमनुस्मृतिदेवघाट धामनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)दोस्रो विश्व युद्धहिमालयकथानकबजार निर्मातानेपाल रेडक्रस सोसाइटीपूँजीवाद🡆 More