सन् २०२३ टर्की-सिरिया भूकम्प

६ फेब्रुअरी २०२३ (वि.सं २३ माघ २०७९) मा टर्कीको दक्षिणी र मध्य तथा उत्तरी र पश्चिमी सिरियामा थुप्रै पराकम्पनसहितको भूकम्प गएको थियो। भूकम्प गाजियान्तेप सहरबाट ३४ किलोमिटर (२१ माइल) पश्चिममा बिहान ०४:१७ बजे स्थानीय समय (०१:१७ युटिसी) मा गएको थियो। यसको अधिकतम मेर्साली तीव्रता ११ (चरम) थियो भने र यो कम्तिमा ७.८ म्याग्निच्युड परिमाण थियो। भूकम्पका कारण व्यापक क्षति र दशौँ हजारको मृत्यु भएको थियो। सन् १९३९ मा टर्कीमा गएको एर्जिङ्कान भूकम्पपछिको यो सबैभन्दा घातक र शक्तिशाली भूकम्प थियो र यो सन् १६६८ को उत्तरी एनाटोलिया भूकम्पपछिको दोस्रो शक्तिशाली भूकम्प हो। यो आधुनिक सिरियाको सबैभन्दा घातक भूकम्प पनि थियो, जुन सन् १८२२ को अलेप्पो भूकम्पपछिको सबैभन्दा घातक भूकम्प थियो। यो लेभान्टमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प र सन् २०१० को हाइटी भूकम्पपछि विश्वव्यापी रूपमा सबैभन्दा घातक भूकम्प थियो। यसले इजरायल, लेबनान, साइप्रस र टर्कीको कृष्ण सागर तटसम्म संरचनात्मक क्षति पुर्‍याएको थियो।

सन् २०२३ टर्की-सिरिया भूकम्प
सन् २०२३ टर्की-सिरिया भूकम्प
घडीको दिशामा माथि देखि बायाँ: भूकम्पका पीडितहरूको शोकको प्रतीकको रूपमा आधा-झुकाइएको टर्कीको झण्डा; भत्किएका भवनहरूको सामुन्ने फुटपाथमा बसिरहेका एक जना मानिस; भूकम्पपछिको क्षतिको सर्वेक्षण गर्ने व्यक्तिहरू; एक ध्वस्त प्रहरी चौकी; विस्थापित भूकम्पपीडितहरू प्रदर्शनी केन्द्रमा आश्रय लिँदै।
सन् २०२३ टर्की-सिरिया भूकम्प is located in टर्की
सन् २०२३ टर्की-सिरिया भूकम्प
सन् २०२३ टर्की-सिरिया भूकम्प is located in सिरिया
सन् २०२३ टर्की-सिरिया भूकम्प
युटिसी समय2023-02-06 01:17:35
भूकम्प मापन केन्द्र घटना625613033
संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण-उन्नत राष्ट्रिय भूकम्पीय प्रणालीComCat
स्थानीय समय६ फेब्रुअरी २०२३ (2023-02-06)
स्थानीय समय०४:१७ बिहान (स्थानीय समय) (युटिसी+३)
म्याग्निच्युड७.८
गहिराइ१७.९ किमी (११ माइल)
अधिकेन्द्र३७°१०′२६″N ३७°०१′५५″E / ३७.१७४°N ३७.०३२°E / 37.174; 37.032 ३७°०१′५५″E / ३७.१७४°N ३७.०३२°E / 37.174; 37.032
प्रकारStrike-slip
प्रभावित क्षेत्रमुख्यतया टर्कीसिरिया
अधिकतम् तीव्रताXI (Extreme)
सुनामी०.१७ मी (६.७ इन्च)
पराकम्पनहरू१,०५२ (८ फेब्रुअरी २०२३)
१५०+ म्याग्निच्युड ṃ वा सो भन्दा माथि
सबैभन्दा ठूलो: ७.७ म्याग्निच्युड १३:२४ (स्थानीय समय) (युटिसी+३), ६ फेब्रुअरी २०२३
मानवीय क्षति>२३,४२० deaths, ८४,९९० injuries [अद्यावधिक आवश्यक]
  • >१९,३८० deaths, ७७,७१० injured in Turkey
  • >४,०३० deaths, ७,२८० injured in Syria

मुख्य भूकम्प गएको ७.७ घण्टा पछि असामान्य रुपमा शक्तिशाली म्याग्निच्युड सहितका थुप्रै पराकम्पनहरू आएका थिए। टर्कीमा १८,९९१ र सिरियामा ३,८६८ गरि फेब्रुअरी १० सम्म, २२,८५९ भन्दा बढीको मृत्यु भएको थियो। एक ठूलो हिउँदे आँधीले उद्धार कार्यमा बाधा पुर्‍याएको थियो। यस क्षेत्रमा चिसो तापक्रमको कारण, बाँचेकाहरू, विशेष गरी भग्नावशेषमा फसेकाहरू हाइपोथर्मियाको ठूलो जोखिममा थिए।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

इजरायलकृष्ण सागरटर्कीलेबनानसाइप्रससिरिया

🔥 Trending searches on Wiki नेपाली:

अर्थबनेपा नगरपालिकासती प्रथानेपाल सम्वत्संयुक्त राज्य अमेरिकाविश्व व्यापार सङ्गठनदादुरालक्ष्मीप्रसाद देवकोटापशुपतिनाथ मन्दिरतराईचुरेपाँचथर जिल्लानेपालका राष्ट्रिय चिह्नहरूनेपालका मल्ल राजाहरूको सूचीआमा (वि.सं. २०२१ चलचित्र)नेपालका सर्वोच्च आठ हिमालनेपालको शिक्षा मन्त्रीहरूदक्षिण कोरियामातृकाप्रसाद कोइरालाखैरहनी नगरपालिकाजुनागढ जिल्लामोबाइल फोनपानीभ्रष्टाचारनेपाल स्काउटतिहारयोगमाया न्यौपानेकिशोरावस्थाविकसित देशसुपादेउराली मन्दिरसङ्गठनलैङ्गिक पहिचानबाल दिवसदैवज्ञराज न्यौपानेलोक सेवा आयोग (नेपाल)नेपालका औद्योगिक क्षेत्रहरूको सुचीफेसबुकअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालका विकास क्षेत्रहरूकरारबर्दिया जिल्लाब्रह्माण्डदलितनेपालको लोकतन्त्र दिवसकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)जङ्गबहादुर राणाभूपरिवेष्ठित राष्ट्रइन्डियन प्रिमियर लिगखेलनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीविश्व सम्पदा क्षेत्रनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीछुवाछुतनागरिकगायत्री मन्त्रशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभूगोलयुरोपदेशतेह्रथुम जिल्लाकाल भैरवॐ मणि पद्मे हूँहिन्द महासागरशुक्रग्रहदुर्गानन्द झामष्टो देवतानिर्वाचन प्रणालीबारा जिल्लाब्राह्मणजङ्गलनेपालका नगरपालिकाहरूवसन्तकास्की जिल्लाआन्तरिक लेखापरीक्षणसप्तकोशी नदीच्याटजिपिटी🡆 More