भिरिङ्गी

भिरिङ्गी प्यालिडम उपप्रजातिको ब्याक्टेरियम ट्रेपोनेमा प्यालिडमका कारणले हुने यौनरोग हो। भिरिङ्गीलाई चार चरणमा विभाजन गरिएको छ: प्राथमिक, माध्यमिक, निष्कृय र तेस्रो चरणको भिरिङ्गी। यसका लक्षण तथा चिह्नहरू कुन चरणको भिरिङ्गी लागेको हो भन्ने कुरामा निर्भर गर्दछन्। प्राथमिक चरणको भिरिङ्गी लागेको व्यक्तिमा एउटा मात्र खटिरा (कङ्कर) देखा पर्छ। कडा, नदुख्ने र नचिलाउने यो खटिरा प्रायजसो प्रजनन् अङ्गको छालामा देखिन्छ। एउटै खटिरा भए पनि धेरै ठाउँमा पीडा महशुस हुन सक्छ। माध्यमिक चरणको भिरिङ्गी लागेको मानिसको प्रायजसो हत्केला तथा पैतालामा रातो र ठूलो आकारमा फैलिएको फोका देखा पर्छ। त्यस्तै मुख तथा योनीमा पीडा महशुस हुन सक्छ। निष्कृय भिरिङ्गीमा थोरै लक्षणहरू देखिने वा कुनै पनि लक्षण नदेखिने हुन सक्छ। यो धेरै वर्षसम्म निष्कृय रहन सक्छ।

भिरिङ्गी
विभाग:सङ्क्रामक रोग

लक्षण

भिरिङ्गीका लक्षणहरू ब्यक्तिमा बर्सौंसम्म नदेखिन पनि सक्छन् । भिरिङ्गीका लक्षणहरू देखिएमा

  • शरीरभरि डाबर आउने,
  • लिङ्ग, मलद्धार, भगोष्ठ (योनिको बाहिरी भाग), पाठेघरको मुख, घाँटी अनि ओठका वरिपरि नदुख्नेखाले घाउ खटिरा आउने,
  • कपाल झर्ने,
  • टाउको दुख्ने
  • तौल कम हुने

असर

समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले कही मृत्यु नै पनि हुन सक्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

जीवाणुयोनीयौनजन्य सङ्क्रमण

🔥 Trending searches on Wiki नेपाली:

बैङ्कमिकी माउसनेपालका राजाकोहलपुर नगरपालिकाराणा शासनफेसबुकनेपाल राष्ट्र बैङ्कध्रुवचन्द्र गौतमगणेशविद्युतीय अपराधशहिदगेटआँखादाइजोकाठमाडौँ उपत्यकाविसं २०७२ को महाभूकम्पसिङ्गोम्बा रसुवाअर्घाखाँची जिल्लाक्रोकस सिटी हलमा आक्रमणबाख्राचाँगुनारायण मन्दिरतिलगङ्गा आँखा अस्पतालसीतासमूहनम्रता श्रेष्ठज्ञानेन्द्र वीरविक्रम शाहजलवायु परिवर्तनरस (काव्य शास्त्र)अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालशङ्कर लामिछानेनेपालको इतिहासखनिजहनुमान चालीसाराष्ट्रिय प्रजातन्त्र पार्टीआर्थिक कूटनीतिनेपालका गाउँपालिकाहरूऋतुधर्म निरपेक्षतागर्भपतनकूटनीतिलैङ्गिक समानताअङ्कहमासराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)जङ्गबहादुर राणानिर्वाचनरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)गौरा पर्वनेपालको पत्रकारिताको इतिहासजापानी भाषाइटहरी उपमहानगरपालिकाआन्ध्र महासागरस्थिर लागतसहरीकरणनारायणहिटी दरबार सङ्ग्रहालयपाठ्यक्रमअब्राहम लिङ्कनबुद्ध धर्मबैजनीअर्थशास्त्रमौसमपरीक्षानयाँ वर्षनेपालमा धर्मसमुद्र विज्ञानबैतडी जिल्लाखैरहनी नगरपालिकापूँजीवादकृषिपानीनेपाल अङ्ग्रेज युद्धमहिनावारीप्रभुराम शर्माजनमत सङ्ग्रह, २०३७नागरिक लगानी कोषसंस्कृतिनाता🡆 More