बिसु पर्व

बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै अछाम, बाजुरा लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गतानी डुब्का' (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ। हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै चैते दशैंसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किने गर्दछन्।

बिसु पर्व
मितिवैशाख १ गते

विभिन्न स्थानमा विशुपर्व

विशुपर्वलाई प्राय हिन्दू धर्म मान्नेहरूको वस्ति भएको प्रत्यक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत भारतको कतिपय ठाउँहरूमा यो पर्वलाई वैसाखी अथवा बैशाखीको नामले चिनिन्छ । बैशाखीको दिनमा गंगा स्नानको ठुलो महत्त्व छ । भारतको हरिद्वारमा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा स्नानार्थीहरू गङ्गास्नान गर्नको लागि आउने गर्दछन् । बिशुपर्वलाई कतिपय ठाउँमा विशुसक्रान्ती पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, बिशु पुज्ने दिन पनि भनिन्छ । भारतको आसाम राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाईन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिशु पूजा गर्दछन् । नयाँवर्षको उपलक्षमा प्रत्यक ठाउँमा विशु पर्वको राती गल्लौडीको जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

बिसु पर्व विभिन्न स्थानमा विशुपर्वबिसु पर्व सन्दर्भ सामग्रीहरूबिसु पर्व बाह्य कडीहरूबिसु पर्व यो पनि हेर्नुहोस्बिसु पर्वअछाम जिल्लाचैते दसैँडेउडा गीतडोटी जिल्लाबझाङ जिल्लाबाघबाजुरा जिल्लाबैतडी जिल्लावैशाखसिस्नोसुदूर-पश्चिमाञ्चल विकास क्षेत्रहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

औद्योगिक क्रान्तिगुरुत्वाकर्षण बलरस (काव्य शास्त्र)एकाधिकारभूपरिवेष्ठित राष्ट्रपृथ्वीविक्रम सम्वत्बालीकाजी भारदार परिवारसहिद दिवसनेपालको झण्डाइलाम जिल्लानेपाली रुपैयाँयौन तथा प्रजनन स्वास्थ्य अधिकाररेखा थापाजनमत सङ्ग्रहछाउपडीविश्वेश्वरप्रसाद कोइरालामोन्स प्यूबिसमृगौलाकिराँत धर्मअन्तिम संस्कारगिरिजाप्रसाद कोइरालाकैलाली जिल्लाराशि-चक्रसुशील कोइरालाजलवायु परिवर्तननौमती बाजानेपालका झरनाहरूको सूचीव्याकुल माइलालिच्छवि कालकम्प्युटर हार्डवेयरपरिवार नियोजनअभिनयनेपालको उपराष्ट्रपतिमदन भण्डारीगोपाल प्रसाद रिमाललुम्बिनीस्वास्थ्यव्यवस्थापननेपालका उर्जा केन्द्रहरूको सूचीदेवकुमारी थापाज्ञानेन्द्र शाहनेपालका विकास क्षेत्रहरूसंस्कारसङ्घीयताजनसांख्यिकीय लाभांशअल्गोरिदमसंस्कृतिहनुमाननेपालका दलित वर्गमा पर्ने थरहरूविज्ञानलक्ष्मीप्रसाद देवकोटागुरुप्रसाद मैनालीदुर्गानन्द झातत्समगुगलचितवन राष्ट्रिय निकुञ्जनेपाल राष्ट्र बैंकस्थानीय व्यवस्थापिकानेपालको पञ्चवर्षीय योजनासन्दीप लामिछानेनिजीकरणबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)माटोबारा जिल्लाघोडारोमानियाअर्थ मन्त्रालय (नेपाल)शाह वंशई सेवामुटुशेर्पा जातिप्रजनन स्वास्थ्य४२ सालको पर्व🡆 More