गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको आमाको सपना कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् ।
गोपाल प्रसाद रिमाल | |
---|---|
जन्म | १९७५ जेठ १८ लगनटोल, काठमाडौँ, नेपाल |
मृत्यु | वि.सं. २०३० कार्तिक ८ |
वासस्थान | काठमाडौँ, नेपाल |
पेशा | साहित्यकार |
सन्तान | मनोहर प्रसाद रिमाल (छोरा) |
मातापिता | उमाकान्त रिमाल |
रिमालको जन्म वि.सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको थियो। उनको बुवाको नाम उमाकान्त रिमाल हो।
उनी वि.सं १९९१ सालक प्रवेशिका परिक्षाको बोर्ड प्रथम हुन्। उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका थिए।
रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ।
उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमा भएको थियो।
This article uses material from the Wikipedia नेपाली article गोपालप्रसाद रिमाल, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.