दशावतार

दशावतार ( संस्कृत: दशावतार ) ले पालनकर्ता भगवान विष्णुका दश मुख्य अवतारहरूलाई जनाउँछ । ब्रह्माण्डको नियम पालना गराउन भगवान विष्णुले अवतार लिने बताइन्छ ।

दशावतार
राजा रवि वर्माद्वारा १९औ शताब्दिमा सिर्जित विष्णु अवतारको चित्रकला

दशावतारमा मत्स्य अवतारकूर्म अवतारबराह अवतारनृसिँह अवतारवामन अवतारपरशुराम अवतार ,श्रीराम अवतारकृष्ण, बलराम वा बुद्ध र कल्की अवतार मानिन्छ ।   दशावतारमा कृष्णलाई नमान्ने परम्परामा , कृष्णलाई सम्पूर्ण अवतारको मूल मानिन्छ । कुनै परम्परामा कृष्ण वा बुद्धको साटो जगनाथलाई लिने गरिन्छ । कल्की बाहेक सबै अवतारहरु पृथ्वीमा देखा परि सकेका छन् भने कल्की कलि युगको अन्तिम समयमा प्रकट हुने छन् ।

व्याख्या

दशावतारको सुची विभिन्न क्षेत्रअनुसार फरक फरक हुन सक्छन । तलको तालिकामा दशावतारका विभिन्न अवतारहरूको श्रेणी सहितको सारांस प्रस्तुत गरेको छ ।

अवतार स्थान युग
मत्स्य सत्य
कुर्म
बराह
नारासिम्ह
वामन त्रेता
परशुराम
राम
कृष्ण (८) वा (९) द्वापर
बलराम (८) वा (९) द्वापर
गौतम बुद्ध (९) कलि
कल्की (१०)

सुची

  • मत्स्य, भगवानले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेशहरू दिए । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो।
  • कुर्म, मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरू फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्डाए।
  • बराह, पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने "हिरण्यक्ष" नाम गरेको राक्षसको बध गरेका थिए।  जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पूथ्वीको उद्दार गर्नु भएको थियो ।
  • नरसिंह दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो। आधा शरिर सिँहको र आधा शरिर मान्छेको थियो।
  • वामन भगवान विष्णुले अदितीको कोखबाट वामन अवतारको रूपमा जन्म लिए। भगवान वामन ८ वर्षको भएपछी ब्रह्माजीले व्रतबंध गरिदीए। व्रतवंधको देशान्तरमा जाने क्रममा भगवान वामन बली राजा कहाँ गए। वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यो वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्नलागे तब शुक्रचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। तब वामले आफ्नो सानो रूपलाई बढाएर एक पाईला पृथ्वीमा र अर्को पाइला स्वर्गमा राखे। अब अर्को पाईला राख्ने ठाउँ नभएका कारण राजा बली चिन्तित भए। पछि प्रह्लादलाई भगवानको लिला थाहा पाएर प्रार्थना गरे। तब वामनले राजा बलीलाई एक पटक स्वर्गको राजा बनाउने आश्वासन दिएर सुतलमा पठाए। आफू पनि राजा बलीसँग छलकपट गरेको पश्चाताप मेटाउन जीवन भर राजा बलिको द्वार पाले भएर बस्ने वाचा दिए। बलीले दानको संकल्प गरीसकेका कारण वामनको एक पाईला आफ्नो शिरमा राखेर दानको विधी पुरा गरे। त्यस पछि वामनले इन्द्रलाई स्वर्ग दिलाएर राजा बलिका साथ सुतलमा गए ।
  • परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ । परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो । परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरू थिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए ।
  • श्रीराम अवतारअयोध्याको राजा दशरथ र रानी कौशल्याको सबै भन्दा जेठो पुत्र थिए। रामकी पत्नीको नाम सीता थियो (जसलाई लक्ष्मीको अवतार मानिन्छ) र उनका तीन भाइ थिए: लक्ष्मण, भरत र शत्रुघ्न । रामले राक्षस जातिको राजा रावणको वध गरे ।
  • बलराम, बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्द र यसोदाका पुत्र हुन्। उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।
  • कृष्ण श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। उनले महाभारतको युद्धको समयमा अर्जुनलाई दिएको गीता उपदेशलाई विश्वको उत्कृस्ट उत्प्रेरणाको शिक्षा मानिन्छ
  • भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् ।  उनी  विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
  • कल्की अवतार कलि युगको अन्तको लागि हुन्छ। जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरी दिन्छ तब यो अवतार हुन्छ।

विकासवादी व्याख्या

केहि आधुनिक व्याख्याताहरूले विष्णुको दशावतारलाई सरल देखि जटिल जीवको क्रम-विकासको सिद्धान्तबाट हेर्छन । यस्तो व्याख्या सर्वप्रथम सन् १८७७ मा हेलेना ब्लावात्सकीले गरेका थिए । उनले दशावतारलाई निम्नानुसार प्रस्ताव गरेका थिए :

दशावतार 
विष्णु र अवतार

नोट्स

सन्दर्भ

Tags:

दशावतार व्याख्यादशावतार सुचीदशावतार विकासवादी व्याख्यादशावतार नोट्सदशावतार सन्दर्भदशावतारअवतारविष्णुसंस्कृत भाषा

🔥 Trending searches on Wiki नेपाली:

एड्सग्रहनेपालको संविधान २०७२ मा बालबालिकाको हकवाणिज्य बैंकनेपालमा विद्यालयको तहगत संरचनाराष्ट्रिय सभा (नेपाल)नेपालकृष्णरेखा शर्मारेबिजझलकमान गन्धर्वअक्षांशनेपाल कृषि अनुसन्धान परिषद्गोरखा जिल्लाराशि-चक्रनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८जिल्ला सभानेपालको राजनीतिमहावीर पुनपरेवायोगी नरहरिनाथनेपालको प्रधानमन्त्रीधान नाचआँकपूँजीवादलियोनेल मेसीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको सर्वोच्च अदालतलाली गुराँसनेपाल स्काउटएडल्फ हिटलरविकास अर्थशास्त्रअर्थ मन्त्रालय (नेपाल)उपयोगिताअंकमुलुकी ऐनदाङ जिल्लाएथलेटिक्सकिराँत जातिमुद्राएकाधिकारनेपालको कानूनी इतिहासरणबहादुर शाहजयपृथ्वीबहादुर सिंहबलभद्र कुँवरनेपालको राष्ट्रिय जनगणनाबसन्त बहादुर कुँवरनेपाल रेडक्रस सोसाइटीनेपालका राजनीतिक दलहरूको सूचीकाठमाडौँ जिल्लासात सालको क्रान्तिनेपाल टेलिकमनेपालका राजाहरूको सूचीप्रजातन्त्र दिवसब्ल्याक ज्याकथारू जातिडोटी जिल्लाप्रौढ शिक्षाकिराँत धर्ममहानगरपालिकासूचना तथा सञ्चार प्रविधि शिक्षाश्रीमद्भगवद गीतायुरोपेली सङ्घक्षेत्रफलसमासहरितगृह प्रभावदेवराज घिमिरेनेपालमा कृषिअर्घाखाँची जिल्लाऊर्जा सङ्कटदोहोरो लेखा प्रणालीचिलिमे जलविद्युतमहाकाली सन्धि🡆 More