स्काइरक डटकम

स्काइरक डटकम फ्रान्समा आधारित एक सामाजिक सञ्जाल सेवा तथा वेबसाइट हो जसले यसमा दर्ता भएका प्रयोगकर्ताहरूलाई नि: शुल्कको लागि निजीकृत वेब ठाउँ प्रदान गर्दछ। यो ब्लग बनाउन, प्रोफाइल थप्न र अन्य दर्ता भएका व्यक्तिसँग सन्देशहरू साटासाट गर्न यसले सक्षम बनाएको छ। साइटले सदस्यहरूको सङ्गीत रचनाहरूमा समर्पित ब्लगहरू सृजना गर्न पनि सम्भव बनाउँदछ। यो हाल ७ वटा भाषामा उपलब्ध छ जसमा फ्रान्सेली, अङ्ग्रेजी, जर्मनेली, पोर्चुगाली, डच, इटालीयाली, स्पेनी लगायतका भाषाहरू समावेश छन्। कम्पनीको प्रधान कार्यालय फ्रान्सको राजधानी पेरिसमा अवस्थित छ।

स्काइरक
स्काइरक डटकम
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
उपलब्ध भाषाफ्रान्सेली, अङ्ग्रेजी, जर्मनेली, डच, इटालीयाली, स्पेनी, पोर्चुगाली
मालिकटेलिफन
युआरएलskyrock.com
अलेक्सा क्रमNegative increase ६५७ (सेप्टेम्बर २०१३)
व्यवसायिकहो
दर्ताचाहिदैन

यसको संस्थापक, पियरे बेल्लङ्गरले यसलाई फ्रान्सेली स्काइरक रेडियोसँग जोडेका कारण, स्काई रक डटकमको वेबसाइट अन्तर्राष्ट्रिय रूपमा पहुँच योग्य छ। एक मापक आयोग कमस्कोरका अनुसार, पछिल्ला १४ संस्करणहरू मार्फत यो विश्वव्यापी रूपमा पहुँच योग्य बनेको हो।

पछिल्ला संस्करणहरू कम अद्यावधिक भएकाले कम्पनीले २६ अगष्ट २०१० मा, यसलाई नयाँ संस्करणका साथ सुरू गरेको थियो।

जुन 16, 2023 मा, Skyrock टोलीले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेख मार्फत, व्यक्तिगत डेटा कानूनको पालना गर्न, सामाजिक सञ्जाल स्थायी रूपमा बन्द गर्ने घोषणा गर्‍यो।[१]

पृष्ठभूमि र विवरण

यसको आधिकारिक ब्लग डिसेम्बर २००२ मा, यसका संस्थापक पियरे बेलाङ्गरद्वारा स्थापनम गरिएको थियो। मे २००७ मा, स्काई ब्लग ब्राण्डको विच्छेदन पछि स्काइ रक डटकम एक वास्तविक सामाजिक सञ्जाल सेवाको रूपमा सुरू भएको थियो। यसमा ब्लग सृजना विकल्पमा साथीहरू, सन्देश, वार्ता र प्रोफाइलहरू जस्ता सञ्जाल सुविधाहरू थपिएका थिए।

सन् २००८ मा स्काइ रक डटकम विश्वमा सातौँ ठूलो सामाजिक सञ्जाल थियो जसमा २१ मिलियन भन्दा बढी आगन्तुक समावेश थिए।

आलोचनाहरू

फ्रान्समा स्काई रकको प्रवेश दर उच्च छ। धेरै फ्रान्सेली मध्य विद्यालयहरूमा, विद्यार्थीहरूले उनीहरूको बहिष्कारको परिणामस्वरूप विद्यालय कर्मचारीलाई दुर्व्यवहार गर्न यस मञ्चको प्रयोग गरेका थिए र उक्त विद्यालयहरूद्वारा सतर्कता जारी गर्दै उनीहरूले यस्तो व्यवहारको बारेमा अभिभावक र विद्यार्थीहरूलाई चेतावनी दिएका थिए।

यसबाहेक, केही अमेरिकी पत्रिकाहरूले सन् २००५ को फ्रान्समा भएको नागरिक अशान्तिको विरोधि आन्दोलनमा स्काइ ब्लगका प्रयोगकर्ताहरूलाई जोड्नको लागि प्रयास गरेका थिए। तथापि, फ्रान्सेली राज्यका संस्थानहरूले स्काइ रक ब्लगको प्रयोगलाई सूचित गर्दै कुनै औपचारिक गुनासो पेश गरेका थिएनन्।

केही प्रख्यात फ्रान्सेली संस्थाहरूले सन्देशहरू संप्रेषण गर्न स्काइ रक ब्लगलाई मनपर्ने उपकरणको रूपमा सृजना गरेका थिए जुन चाहीँ फ्रान्सेली समान अवसर र भेदभाव विरोधी आयोगको एक उदाहरण हो।

लोकप्रियता

सिमिलर वेब

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ६,७०८अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ३१५ रहेको छ जसमा यसको उछाल दर ५१.०३% रहेको छ।

अलेक्सा इन्टरनेट

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ५,५०४अौँ स्थानमा रहेको छ भने भारतमा यसको क्रम २७९ रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

स्काइरक डटकम पृष्ठभूमि र विवरणस्काइरक डटकम आलोचनाहरूस्काइरक डटकम लोकप्रियतास्काइरक डटकम सन्दर्भ सामग्रीहरूस्काइरक डटकम बाह्य कडीहरूस्काइरक डटकमपेरिसफ्रान्स

🔥 Trending searches on Wiki नेपाली:

धादिङ जिल्लासमाजवादआन्तरिक नियन्त्रण प्रणालीशरणार्थीजनै खटिरारवि लामिछानेनेपालको एकीकरणतनहुँ जिल्लापाथीभरा देवी (ताप्लेजुङ)महेन्द्र वीरविक्रम शाहआगन्तुक शब्दइलाम जिल्लाजलवायु परिवर्तनगर्भपतनजिल्ला मालपोत कार्यालयसन ह्युङ-मिनभूगोलकटारी नगरपालिकाअरनिकोबजारनेपालको झन्डावेब्याक मेसिनप्रतिनिधि सभा निर्वाचन, २०७९गणेशशान्तिनगर गाउँपालिकाविहादी गाउँपालिकासमाजआसियानजैविक लिङ्गनेपाली सेनाका गणहरुविक्रम सम्वत्इन्डोनेसियाकाँक्रे विहारसगरमाथाबाल अधिकारनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसप्तकोशी नदीअमरसिंह थापाभूमध्यरेखाकोदोनेपालको कानूनी इतिहासस्वास्थ्यदराई जातिराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)सोलुखुम्बु जिल्लाबाघसिन्धुली जिल्लाआमा (वि.सं. २०२१ चलचित्र)शब्दकोशराजनीतिअध्यक्षरगतमहागुरु फाल्गुनन्दनेपालको पत्रकारिताको इतिहासयौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीझापा जिल्लानेपाल-भारत सम्बन्धपूर्वी रुकुम जिल्लाभारदार परिवारत्रिभुवन विश्वविद्यालयप्रवेशिका परीक्षाशिरीषको फूलमोबाइल फोननेपालको प्रमाणिक समयसुर्खेत जिल्लाअरनिको राजमार्गनिबन्धदरबार हत्याकाण्डनविकरणीय उर्जानेपाली बृहत् शब्दकोशनेपाल अधिराज्यको संविधान २०१५सञ्चारचाँगुनारायण मन्दिरअम्ल वर्षा🡆 More