सिमिलर वेब

सिमिलर वेब व्यवसायहरूको लागि अनलाइन प्रतिस्पर्धात्मक उपकरण हो जसले ग्राहकहरूलाई तिनीहरूको आफ्नै र प्रतियोगीहरूको वेबसाइटमा भएको आवागमन आयतन, सन्दर्भीय स्रोत सहित साइटमा बिताइएको समय, पृष्ठ दृश्य, उछाल दर र अन्य विशेषताहरूको बीचमा अन्तरवार्ता दिन्छ।

सिमिलर वेब, लि.
सिमिलर वेब
व्यवसायको प्रकारनिजी कम्पनी
संस्थापित२००७; १७ वर्ष अघि (२००७)
मुख्यालयहरून्यू योर्क सहर, न्यू योर्क, अमेरिका
लण्डन, इङ्ल्यान्ड
तेल अभिभ, इजरायल
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)अर अफर
उद्योगविज्ञापन, सूचना प्रविधि
सेवाहरूवेब विश्लेषण
कर्मचारीहरू४००
युआरएलSimilarWeb.com
अलेक्सा क्रमवृद्धि २,२८६ (बिश्वब्यापी, जुलाई २०१८)
चालु भएको मिति२००७ (2007)
वर्तमान स्थितिचालु

अलेक्सा इण्टरनेटको जस्तै, वेबसाइटहरूको आफ्नै ट्राफिक तथ्याङ्क सहितका इण्टरनेट गुणहरूको उप समूहका लागि प्रत्यक्ष अवलोकनको साथ यसले वेब प्रयोगकर्ताहरूको अनुदैर्ध्य आँकडाको विधि पुर्वक अनुमान गर्दछ।

सन् २०१९ मा, करोडौं प्रयोगकर्ताहरूका साथ यसले विश्वको सबैभन्दा ठूलो अनुदैर्ध्य भएको दावी गरेको थियो।

इतिहास

कम्पनीको स्थापना सन् २००७ मा अर अफरले इजरायलको राजधानी तेल अभिभमा गरेका थिए। सन् २००९ सम्ममा सिमिलर वेबले पहिलो इजरायली निजी लगानी कम्पनी सिड क्याम्प जितेको थियोे जसले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र लगानीकर्ताहरूको ध्यान आकर्षण गर्न सफल भएको थियो। कम्पनीले योसी भर्दी, र डकर अन्तर्राष्ट्रिय प्रबन्धनको नेतृत्वमा कम्पनीमा कोष सङ्कलनको पहिलो चरणमा १० खाख १० हजार अमेरिकी डलर जुटाउन सफल भएको थियो। ब्राउजर विस्तारले उनीहरूलाई भ्रमण गर्ने वेबसाइटहरूका समान वेबसाइटहरू फेला पार्न मद्दत पुर्‍याउनका लागि त्यसको एक वर्ष पछि सुरु गरिएको थियो।

२४ सेप्टेम्बर २०१३ मा, कम्पनीले डेभिड एलायन्स, मोसे लिच्टम्यानको नेतृत्वमा अवस्थित लगानीकर्ता डकर अन्तर्राष्ट्रिय प्रबन्धनको सहभागितामा ६० लाख अमेरिकी डलरको कोष सङ्कलनको दोस्रो शृङ्खला बन्द गरेको थियो। २४ फेब्रुअरी २०१४ मा, दक्षिण अफ्रीकाको सबैभन्दा ठूलो सञ्चार माध्यम मध्येको एक नस्पर्सले सिमिलर वेबमा १ करोड ८० लाख अमेरिकी डलर लगानी गरेको थियोे र उनीहरूले कोष सङ्कलनको तेस्रो शृङ्खलाको नेतृत्व गरेका थिए। एक महिना भित्र, सिमिलर वेबले इजरायली प्रारम्भिक चरणको कम्पनी ट्यापडगको अधिग्रहणका लागि पूँजीको अंशको प्रयोग गरेको थियो। नोभेम्बर २०१४ मा कोष सङ्कलनको चौथो शृङ्खलामा यसले १ करोड ५० लाख अमेरिकी डलर जुटाएको थियो। जुलाई २०१५ मा, सिमिलर वेबले निजीकृत सामग्रीहरूको खोजीका लागि विकासकर्ता मञ्च स्वेयलाई अधिग्रहण गरेको थियो।

१० डिसेम्बर, २०१५ मा, सिमिलर वेबले, उसले मोबाइल सञ्चालनलाई बृद्धि गर्न सिलिकन उपत्यकामा आधारित मोबाइल विश्लेषण कम्पनी क्वेत्रलाई अधिग्रहण गरेको घोषण गरेको थियो। विस्तृत मोबाइल दूरसञ्चार सम्बन्धित आँकडाको बदलामा क्वेत्रले विकासकर्ताहरूका लागि निजीकृत उपकरणहरूको प्रदान गरेको थियो।

जुलाई २०१७ मा, भियोला ग्रोथ, सबान भेञ्चर्सका साथ सीई भेञ्चर्स र अवस्थित लगानीकर्ताहरूको सहभागितामा कम्पनीले ४७ मिलियन अमेरिकी डलरको वित्तीय चरणको घोषणा गरेको थियो।

८ सेप्टेम्बर २०१९ मा, सिमिलर वेबले एल्गोरिथ्मलाई अद्यावधिक गरेको थियो जसलाई ट्राफिक र संलग्नता तथ्याङ्क उत्पादन गर्न प्रयोग गरिन्छ। अद्यावधिकले आँकडाको गहिराई र निर्भरता सुधार गर्न समान प्रकारका साइटहरूमा आगन्तुकहरूको व्यवहारलाई ध्यानमा राखेको थियो।

सन्दर्भ समाग्रीहरू

बाह्य कडीहरू

आधिकारिक वेबसाइट

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालको निशान छापअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनस्वर्गद्वारीहिन्दु धर्मरेसम किरागुन्यु चोलोवाणिज्य बैंकदसैँनमस्तेवीर अस्पतालहात्तीशिववेदतामाङ जातिनेपालको पहिलो संविधान सभासामाजिक विज्ञाननगदे वालीनेपालको प्रधानमन्त्रीत्रिभुवन विश्वविद्यालयवयली लिप्यन्तरणसुपादेउराली मन्दिरप्रतिनिधि सभा निर्वाचन, २०७९कर्जाअंशुवर्माप्रदेश प्रमुख (नेपाल)अगमसिंह गिरीलिच्छवि कालभट्टराईगर्भपतनमहाकाव्यअनुष्टुप छन्दमदन पुरस्कारप्रजातन्त्र दिवसनिलकण्ठ नगरपालिकाभोजपुर जिल्ला, नेपालनेपालका राष्ट्रिय निकुञ्जहरूगोरखा जिल्लाबस्नेतबौद्धनाथकर्णाली पुलद्रव्य शाहदूधशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)ऋतुठकुरीनेपाल स्काउटदिगो विकासएड्सहिन्दु संस्कारसंविधाननेपालको संस्कृतियौनमष्टो देवताचिठीमाछा पालनसङ्गठनलोकतान्त्रिक समाजवादगुरुङ जातिनेपालमा भलिबलनेपालमा हिन्दु धर्मस्थानीय व्यवस्थापिकाचौतारा साँगाचोकगढी नगरपालिकापुष्पकमल दाहालचाडपर्वसूचना प्रविधिच्याटजिपिटीजनमत सङ्ग्रह, २०३७सहिदकश्यप गोत्रखड्गप्रसाद ओलीगण्डकी प्रदेशनेपालको जनआन्दोलन २०६३कुमाल जातिसुदन किराती🡆 More