सामाजिक सञ्जाल

सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो। यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइल र वेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ।

स्वरूप

सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, सामाजिक सञ्जाल, पोडकास्ट, तस्वीर, भिडियो, चलचित्र आदि सबै आउने गरेको छ। आफ्नो सेवाहरू अनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधिहरू उपलब्ध छ। उदाहरणको लागि-

सामाजिक सञ्जाल 
फेसबुक– विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट
  • सहयोगी परियोजना (उदाहरणको लागि, विकिपिडिया)
  • ब्लग र माइक्रोब्लग (उदाहरणको लागि, ट्विटर)
  • सामाजिक खबर सञ्जाल वेबसाइट (उदाहरणको लागि, डिग र लेकरनेट)
  • सामग्री समुदाय (उदाहरणको लागि, युट्युबडेलिमोसन)
  • सामाजिक सञ्जाल वेबसाइट (उदाहरणको लागि, फेसबुक)
  • आभासी खेल संसार (उदाहरको लागि, वर्ल्ड अफ वारक्राफ्ट)
  • आभासी सामाजिक संसार (जस्तै सेकेन्ड लाइफ)

विशेषता

सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्। वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।

सन्दर्भ सामग्रीहरू

Tags:

कम्प्युटरप्रविधिमोबाइल फोनवेबसाइटव्यक्ति

🔥 Trending searches on Wiki नेपाली:

ठकुरीपर्यटनगायत्री मन्त्रनेपाल वित्तीय प्रतिवेदन मानहरूकागभारतनासो (कथा)नेपालको अन्तरिम संविधान २०६३नेपालको इतिहासरस (काव्य शास्त्र)मेटानैतिक दृष्टान्तकथानकबूढानीलकण्ठ मन्दिरसिख साम्राज्यनेपालका तालहरूको सूचीमारी अँतवानेतआयोजनाटिमुरशौनक गोत्रब्रेजर्सकोशी प्रदेशप्रतिनिधि सभा निर्वाचन, २०७४ब्राह्मणछाउपडीगुठीनयाँ पत्रिका दैनिकरुपन्देही जिल्लानेपालका हिमालहरूको सूचीमोरङ जिल्लाव्यवस्थापन लेखापरीक्षणनेपालको जनआन्दोलन २०४६नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूत्यो फेरि फर्कलाबालेन शाहअर्थशास्त्रलमजुङ जिल्लामौलाकालिका मन्दिरआसियानकोत पर्वशिक्षण विधिहाम्रो पात्रोसमासभक्तपुर नगरपालिकानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीछाब्दिबराही मन्दिररावलनक्साविश्व सम्पदा क्षेत्रऔद्योगिक क्रान्तिअरिङ्गालदाङ जिल्लादोहोरो लेखा प्रणालीअङ्कनिर्वाचनदासप्रथास्याङ्जा जिल्लायुट्युबअन्तर्राष्ट्रिय तिथि रेखायौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपाल राष्ट्र बैङ्ककनकाई नदीग्रहइस्लाम धर्मइमेलइन्डियन प्रिमियर लिगबाँसअष्टाङ्गयोगनेपालका अञ्चलहरूसामाजिक सञ्जालसिन्धुलीगढीचूडाकर्म संस्कारशिवसंयुक्त अधिराज्यगाउँखाने कथाहिन्द महासागरराष्ट्रिय निकुञ्जयुइएफए च्याम्पियन्स लिग🡆 More