विकिपिडियामा विशेष लेखहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३२,९५८ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।
लेखको माथि दायाँतिर पहेँलो ताराको चिन्हले () सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ।
विशेष सामग्रीहरू
प्रमुख लेख औजारहरू
| colspan="2" style="border: 1px solid #DDDDDD; padding: 0.5em 0.5em 0.5em 1em; background-color: #F9F9F9;" |
विशेष सामग्रीहरू
प्रमुख लेख औजारहरू
श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब), जसलाई दरबार साहिब वा संवरण मन्दिर पनि भनिन्छ, एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । (पूरा पढ्नुहोस्...)
किसन बाबुराव हजारे (मराठी: अण्णा हजारे; ⓘ, चर्चित नाम: अन्ना हजारे, ⓘ; जन्म : १५ जुन १९३७) एक भारतीय समाजसेवी हुन्। सन् १९९२ मा भारत सरकारद्वारा उनलाई पद्मभूषणले सम्मानित गरेको थियो । सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख व्यक्ति हुन् । जन लोकपाल विधेयक पारित गराउनका लागि अन्नाले १६ अगस्त २०११ देखि आमरण अनशन आरम्भ गरेका थिए ।
उनी भारत सरकारबाट सन् १९९२ मा उनले आफ्नो गाउँको विकासको लागी गरेको प्रयासको लागी नागरिकहरूले पाउने तेश्रो उच्च पुरस्कार पद्यम भुषणबाट सम्मानित समेत भएका थिए । (पूरा पढ्नुहोस्...)
टोक्यो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । यो जापानको होन्शू द्वीपमा रहेको छ र यसको जनसङ्ख्या लगभग ८६ लाख छ, जबकि टोक्यो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मान्छे रहन्छन् जुन यस देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको महानगरीय क्षेत्र हो । टोक्यो लगभग ८० किलोमिटरको क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो ।
टोक्यो विश्वको सबैभन्दा विकसित सहरहरू मध्ये एक हो । यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनाको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो विश्वको सबैभन्दा बढी महानगरिय अर्थव्यवस्था पनि हो जसको कुल घरेलु उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो । न्यूयोर्क तथा लण्डनसँग मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने इन्जिन हो र यसलाई अल्फा+ नगरको दर्जा प्राप्त छ । विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोक्योलाई विश्वको लगातार सबैभन्दा महँगो महासहर भएको गौरव प्राप्त छ । (पूरा पढ्नुहोस्...)
नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो । गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हुन्छ भने व्यवस्थापकीय कार्य गर्ने अङ्ग गाउँ सभा हो । नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाई हो जसको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो भने व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगर सभा हो ।
नेपालको संविधान २०७२को धारा ५६ अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ र नेपालको राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्नेछन् भन्ने उल्लेख गरिएको छ । स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा/जिल्ला समन्वय समिति रहने छन् । वडाको सङ्ख्या सङ्घीय कानुन वमोजिम हुनेछ । नेपालमा २०७३ फाल्गुन २७ बाट ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका छन् । (पूरा पढ्नुहोस्...)
जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अङ्गको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । न्यायपालिका, (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूपमा चिनिने) अदालतहरूको एक व्यवस्था हो, जसले व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्दछ । यो न्यायिक शाखालाई कानुनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई न्याय दिनुका साथै अन्याय गर्ने व्याक्तिलाई कार्यवाही समेत गर्ने व्यवस्था गरेको छ । संविधानको भाग–११ ले न्यायपालिकाको व्याख्या गरेको छ भने धारा (१२६) ले न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग भई अन्य कानुन र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने उल्लेख गरेको छ । (पूरा पढ्नुहोस्...)
क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पोर्चुगल राष्ट्रिय फुटबल टिम तथा रियल म्याड्रिडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन् । उनले सन् २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनले सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका थिए।
उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल सङ्घद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने एकमात्र खेलाडी हुन। उनलाई सन् २०१६ मा इएसपिएन र फोर्ब्सले सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए । (पूरा पढ्नुहोस्...)
स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको हो । २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो । यस स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बन्न सफल भएको हो । नेपालको संविधान २०७२ लागू भएपछि राष्ट्रिय स्तरीय, प्रदेश स्तरीय र स्थानीय स्तरीय गरि ३ स्तरीय शासन प्रणालीको आरम्भ गरिएको हो । संविधान अनुरुप स्थानीय तह कार्यान्वयन गर्नका निमित्त नेपाल सरकारले बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय निकाय पुनर्संरचना आयोगको गठन गरेको थियो । सो आयोगले ७१९ वटा स्थानीय तहको अवधारणा सरकार समक्ष प्रस्तुत गरेको थियो जसलाई पछि सरकारले सुधार गरेर ७५३ बनाएको हो । सन् २०१७ मार्च १० मा नयाँ नीति अनुरुप पुराना गाउँ विकास समितिहरूलाई गाभेर गाउँपालिका गठन गरेको हो ।
स्थानीय निकायमा एउटा अध्यक्ष/मेयर र एउटा उपाध्यक्ष/उपमेयर रहने व्यवस्था गरिएको छ । यस वाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको छ । ४ सदस्यहरू मध्ये अनिवार्य रुपमा २ महिला हुनुपर्ने उल्लेख छ । सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ । (पूरा पढ्नुहोस्...)
चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ ।
मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ । बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए । वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए । वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे । (पूरा पढ्नुहोस्...)
कन्काई धाम (कोटीहोम) पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि जनिन्छ । विगत वि.सं २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहाँ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो, त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियो र पछि संस्थागत हुदै गएपछि कनकाईधामको रूपमा विकसित भयो । यस धार्मिक पर्यटन क्षेत्रको विकास कोषको लागि कनकाईधाम धार्मिक विकाससंस्था कोटिहोम सुरङ्गा नामक निकायले यहाँको विकासको लागि कार्य गरिरहेको भएपनि यहाँ अरु २ दर्जन जति साना ठूला संघ-सस्थाहरूले आ-आफ्ना गतिविधि गरिरहेका छन् । कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । यस बाहेक यहाँ दर्जनौ पाटी,पौवा, गोत्र अनुसार बनेका मन्दिर धर्मशाला र अनेकौ देवी देवताका मन्दिरहरू अवस्थित छन् । यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान वाटिकाले यहाँ आउने जो सुकैले वास्तविक शान्ति र मनोरञ्जन प्राप्त गर्दछन्। (पूरा पढ्नुहोस्...)
|-
This article uses material from the Wikipedia नेपाली article २०१७, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.